Websoft University

त्रियुगा नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा


 श्याम राई, उदयपुर गाईघाट, १९ असार | त्रियुगा नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ ।

पालिका भित्रका ५९ महिना सम्मका सबै वालवालिकालाई बिभिन्न १३ प्रकारका खोप लगाईसकेपछि बुधबार पूर्ण खोप सुनिश्चितता र दिगोपना घोषणा गरिएको हो ।

त्रियुगा नगरपालिका र जिल्ला स्वास्थ्य कार्यालय उदयपुरको सयुक्त आयोजनामा भएको उक्त कार्यक्रममा नगरपालिका भित्र २ हजार १ सय वालवालिकालाई बिभिन्न १३ प्रकारका खोप लगाईसकेकोले नगरलाई पूण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको जानकारी गराईएको थियो ।

कार्यक्रममा जिल्ला खोप सुपरभाईजर चिरिन्जिबी निरौलाले खोप कार्यक्रमको बारेमा जानकारी गराएका थिए । महिला स्वास्थ्य स्वयमसेबी, जनप्रतिनिधि, संचारकर्मी उपस्थित कार्यक्रममा खोप सुनिस्चितता तथा दिगोपना घोषणाको लागि सबैले प्रतिबद्धता जनाएका थिए ।

 


 

 

 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.