Websoft University

महानगरद्वारा टोली गठन गरेरै सामुदायिक विद्यालयहरूको अनुगमन सुरु -पठनपाठनमा लापरबाही गर्ने शिक्षकलाई कारबाही गर्नेसम्मको कार्यदेश


विराटनगर | सामुदायिक विद्यालयको गुणस्तर वृद्धिका लागि विराटनगर महानगरपालिकाले टोली नै गठन गरेर अनुगमनलाई तीव्रता दिएको छ ।

मेयर नागेश कोइराला अध्यक्ष रहेको शिक्षा समितिबाट गठित अनुगमन समितिले विराटनगर महानगर क्षेत्रभित्र सञ्चालित विभिन्न सामुदायिक विद्यालयहरूको अनुगमन गरेको हो । टोलीले बुधबारदेखि अनुगमन सुरु गरेको छ । बुधबार र बिहीबार दुई दिनमा टोलीले विराट महेन्द्र रात्रि मावि, जनता नमुना मावि, सत्यनारायण आधारभूत विद्यालय, विराट आधारभूत विद्यालय, दिघी आधारभूत विद्यालय र जनता आधारभूत विद्यालय खोक्साहा गरी ६ वटा विद्यालयको अनुगमन गरेको थियो ।

समितिले टोलीलाई समग्र सामुदायिक विद्यालयको भौतिक अवस्था तथा शैक्षिक गुणस्तरका बारेमा अध्ययन विश्लेषण गर्ने, विद्यालय सुधारका उपाय पहिल्याउने, सिकाई उपलब्धि बढाउनका लागि आवश्यकताका आधारमा विज्ञसमेत परिचालन गर्नेलगायतका कार्यदेश दिइएको छ । अनुगमनका क्रममा टोलीले सञ्चालन भइरहेको प्रथम त्रैमासिक परीक्षाको समेत अनुगमन गरेको थियो ।

यस क्रममा टोलीले भर्ना भएका विद्यार्थी संख्या र परीक्षा दिने विद्यार्थी संख्याको विश्लेषण, पठनसीप क्षमताको परीक्षण पनि गरेको थियो । विद्यालय सञ्चालन व्यवस्थापनमा देखिएका समस्याका विषयमा विद्यालयका प्रधानाध्यापक, शिक्षक, व्यवस्थापन समिति र विद्यार्थीसित छलफलसमेत गरेको अनुगमन समितिका सदस्यसचिव कृष्ण भट्टराईले जानकारी दिनुभयो । 

शिक्षा समितिका सदस्य रमानाथ भट्टराईको संयोजकत्वको टोलीमा शिक्षा समितिका सदस्य त्रिलोक न्यौपाने, सावित्री पराजुली, सन्तोष पोखरेल र सदस्यसचिव कृष्ण भट्टराई रहनुभएको छ । अनुगमनलाई निरन्तर जारी राख्ने टोलीका संयोजक रमानाथ भट्टराईले बताउनुभयो । आफूहरू निर्वाचित भएर आएदेखि नै शिक्षाको गुणस्तर वृद्धिमा विशेष ध्यान दिएर योजनाबद्ध रुपमा कार्य गरिरहेको मेयर नागेश कोइराला बताउनुहुन्छ ।

 शिक्षाको गुणस्तर वृद्धि बिनाअन्य क्षेत्रको विकास नहुनेउहाँको भनाइ छ । गुणस्तर वृद्धि गर्ने उद्देश्यले महानगरले सबै प्रअहरूसित कार्यसम्पादन करार सम्झौतासमेत गरेको थियो । अनुगमनका क्रममा पठनपाठनमा लापरबाही गरेको भेटिएमा कारबाही गर्नेसम्मको अधिकार अनुगमन टोलीलाई दिएको मेयर कोइरालाले प्रस्ट पार्नुभयो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.