Websoft University

रोटरी क्लब अफ घोपाको आयोजनामा पिण्डेश्वरमा वृक्षारोपण


धरान ।  सामाजिक सेवा समर्पित संस्था रोटरी क्लब अफ घोपाले  धरानमा वृक्षारोपण गरेको छ । धरान १४ स्थित नारयणपुरमा रहेको संस्कृत विद्यालय र पिण्डेश्वर विद्यापीठ हाता भित्र  रोटरी क्लब अफ घोपाले वृक्षारोपण गरेको हो ।

क्लबले  नारायणपुरमा रहेको पिण्डेश्वर विद्यालयमा तथा पिण्डेश्वर विद्यापिण्ठमा विभिन्न फलफूलका बिरुवा रोपेको हो । पिण्डेश्वर विद्यालय र विद्यापिठ परिसरमा विभिन्न फलफूलका २ सय बिरुवा रोपेएिको हो ।  क्लबले लिची, एभोकाडो ,चिउरी,जामुन लगायतका फलफूलका बिरुवा रोपिएको अध्यक्ष गौरभमान श्रेष्ठले जानकारी दिए । 

जलवायु परिवर्तनको विश्वव्यापी असर कम गर्न सकारात्मक सन्देश दिन वृक्षारोपण कार्यक्रम गरिएको कार्यक्रमका संयोजक प्रदिपकुमार श्रेष्ठले जानकारी दिनु भयो । विषेश गरि पिद्यापिडमा र विद्यालय दुवै आवसित भएकोले यहाँ अध्ययन गर्नै तथा होस्टेलमा बस्ने विद्यार्थीहरूलाई लक्षित गरी फलफूलको बिरुवा रोपेको संयोजक श्रेष्ठले बताए  । 

वृक्षारोपण कार्यक्रममा प्राध्यापक डाक्टर चन्द्रमणि नेपाल , कोसी प्रदेश सभा सदस्य यशोदा कायस्थ, क्लबका पदाधिकारी सदस्य लगाएका तको सहभागिता रहेको थियो । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.