Websoft University

छात्रा माथि शिक्षक द्धारा भएको बलात्कारको बिरोधमा वालवालिकाहरुले सदरमुकाम दिक्तेलमा पद्रर्शन


श्याम राई, उदयपुर गाईघाट, १९ असार | खोटाङंमा एक १३ बर्षिया छात्रा माथि शिक्षक द्धारा भएको बलात्कारको बिरोधमा वालवालिकाहरुले सदरमुकाम दिक्तेलमा पद्रर्शन गरेकाछन् ।

हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीस्थीत ज्योति माबिकी १३ बर्षिया छात्रालाई उक्त बिद्यालयका शिक्षक ५८ बर्षिय शम्भु प्रसाद घिमिरेले बलात्कार गरेको बिरोधमा मंगलबार बिद्यार्थीहरुले प्रद्रर्शन गरेका हुन् ।

बैज्ञानिक समाजबादी बिद्यार्थी संगठनको नेतृत्वमा भबन गौराबाट निस्किएको बिद्यार्थीहरुको जुलुसले बजार परिक्रमा गर्दै किरात चौकमा पुगेर कोण सभामा परिणत भएको थियो । बिद्यार्थी बक्ताहरुले बलात्कारमा संङलग्न शिक्षक घिमिरेलाई कडा कार्बाहीको माग राख्दै पिडित वालिकालाई क्षेतिपूर्ति दिनु पर्ने माग राखेका थिए ।

प्रहरीले उक्त बलात्कार घटनामा सङलग्न शिक्षक घिमिरेलाई असार १५ गते पक्राऊ गरि १६ गते अदालतबाट ५ दिनको म्याद थपगरि अनुसन्धान शुरु गरेको छ ।

 

 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.