Websoft University

पर्यटन क्षेत्रको बिकास र प्रबद्र्धनको लागि बुधबार गाईघाटमा होटल ब्याबसायिहरु र सरोकारवालाहरुबीच अन्तरकृया भयो

 


श्याम राई, उदयपुर  गाईघाट, १९ असार | पर्यटन क्षेत्रको बिकास र प्रबद्र्धनको लागि बुधबार गाईघाटमा होटल ब्याबसायिहरु र सरोकारवालाहरुबीच अन्तरकृया गरिएको छ ।

होटेल तथा पर्यटन ब्याबसायी संघ उदयपुरको आयोजना र कोशी प्रदेश पर्यटन, वन तथा बाताबरण मन्त्रालयको आर्थिक सहयोगमा होटेल टाउन हलमा आयोजित कार्यक्रममा वन तथा बाताबरण मन्त्री नारायण बुर्जा मगरको उपस्थितिमा उदयपुरको प्रमुख पर्यटकीय गन्तब्यहरुको पहिचान र बिकास, पूर्बाधार निर्माण, पर्यटन प्याकेजहरुको बिकास र प्रभाबकारी प्रचार–प्रसारमा सहभागिताहरुले जोड दिएका थिए । 

मन्त्री बुर्जामगरले उदयपुरको पर्यटन बिकासमा प्रदेश सरकारले बिशेष कार्यक्रम ल्याउने तयारी गरेको बतात । उनले  जिल्लाको प्राकृतिक र सास्कृतिक सम्पदाको संरक्षण र प्रबद्धन गर्दै पर्यटन क्षेत्रको बिकासमा आफू लागि पर्ने प्रतिबद्धता ब्यक्त गरे ।

अन्तरकृयाबाट निस्किएको निष्कर्ष र सुझाबहरुलाई समेटेर बिस्तृत प्रतिबेदन तयारगरि आगामी दिनमा त्यसैलाई आधार बनाउदै ठोस योजना र कार्यक्रम गरिने संघका अध्यक्ष डेबिट बस्नेतले बताए ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.