Websoft University

खोटाङंमा मंगलबार दिउँसो ट्याक्टर दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ ।


श्याम राई, उदयपुर गाईघाट, १ श्रावण | खोटाङंमा मंगलबार दिउँसो ट्याक्टर दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ ।

साकेला गाउँपालिका–१ बाझे च्यानडाँडास्थीत मध्य पहाडी लोकमार्गमा दिउँसो १२ः१५ बजे सडकदेखि झण्डै ४० मिटर तल खोल्सोमा ट्याक्टर झर्दा बाझे च्यानडाँडाका २१ बर्षिय जिबन राईको घट्नास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

भोजपुरबाट दिक्तेलतर्फ जादै गरेको प्रदेश २–०१–००१ त २०१५ नम्बरको खाली ट्याक्टर अनियन्त्रित भै दुर्घट्ना भएको खोटाङंका प्रहरी नायब उपरीक्षक पुरुषोत्तम खड्काले बताए । मृतक राई सोही ट्याक्टरमा चढेर आएको उनले बताए । दुर्घट्नामा परि सह–चालक घाईते भएकोमा उनको जिल्ला अस्पताल दिक्तेलमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।

गाडीका चालक दुर्घट्नापछि फरार भएकोले प्रहरीले खोजी कार्य जारी राखेको छ । घट्नाको अनुसन्धान भैरहेको खड्काले बताए ।

 

 

 

 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.