Websoft University

लागूऔषध दुव्र्यसनी नियन्त्रणमा परिवारको भूमिका महत्वपूर्ण - मेयर कोइराला


विराटनगर | विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले लागूऔषध दुव्र्यसनी नियन्त्रणका लागि परिवारको महत्वपूर्ण भूमिका हुने बताउनुभएको छ ।

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले रानीमा आयोजना गरेको ‘दुव्र्यसनी नियन्त्रणका लागि आमाहरू’ अभियानको शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै मेयर कोइरालाले दुव्र्यसनी नियन्त्रणका लागि परिवारसँगै आमाहरूको विशेष भूमिका हुने बताउनुभयो । उहाँले घरपरिवार सचेत भए परिवारका कोही पनि सदस्य दुव्र्यसनी नफस्ने दाबी गर्नुभयो । ‘आफ्नो छोराछोरी कता जाँदैछन्, के गर्दैछन् भनेर चासो राख्ने गरेमा लागूऔषधको दुव्र्यसनी नियन्त्रण गर्न सकिन्छ,’ उहाँले भन्नुभयो, ‘बाहिरबाट घर आएपछि छोराछोरीसँग गफ गर्ने, उनीहरूका समस्या सुनिदिने गर्नुपर्दछ । उनीहरूसँग घुलमिल हुनुपर्दछ । जसले गर्दा उनीहरूका समस्या बुझ्न सकिन्छ । विशेष गरी आमाहरूले छोराछोरीको बारेमा चासो राख्नुपर्दछ ।’

मेयर कोइरालाले कुनै पनिव्यक्तिरहरले दुव्र्यसनी नहुनेजिकिर गर्नुभयो । बाध्यता र विवशताका कारणले युवाहरू दुव्र्यसनीमा पर्ने गरेको उहाँको भनाइ थियो । लागूऔषध नियन्त्रणका लागि महानगरपालिकाले विभिन्न कार्यक्रम सञ्चालनगरिरहेको समेत मेयर कोइरालाले जानकारीदिनुभयो । उहाँले सीमावर्ती वडाहरूमा सचेतनामूलक कार्यक्रम सञ्चालन गर्नु बजेटको समेत व्यवस्था गरेको बताउनुभयो । मेयर कोइरालाले सीमावर्ती भारतीय बजारका औषधि पसललाई लागूऔषध बिक्री गर्न नदिन भारतीय पक्षसित कुराकानी भइरहेको जानकारी दिनुभयो ।

मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले पछिल्लो समय समाधार सुधारकको बाधकका रुपमा दुव्र्यसनी देखा परेको उल्लेख गर्नुभयो । उहाँले समाजलाई बिरामी र रोगी हुनबाट जोगाउन सबै लाग्नुपर्नेमा जोड दिनुभयो । प्रजिअ भट्टराईले दुव्र्यसनी छाडेर असल नागरिक बन्न सक्ने उहाँको धारणा थियो । ‘लागूऔषधको कुलत छाडेर देशको असल नेता, कर्मचारी, व्यापारी, उद्योगी, बन्न सकिन्छ ।’

प्रदेश प्रहरी प्रमुख डीआईजी चन्द्रकुवेर खापुङले पारिवारिक कलह, असफलता, साथीभाइको गलत संगतलगायतले युवाहरू दुव्र्यसनीमा पर्ने गरेको बताउनुभयो । उहाँले आमाहरू जिम्मेवार भएमा दुव्र्यसनीलाई न्यूनीकरण गर्न सकिने प्रस्ट पार्नुभयो । डीआईजी खापुङले हरेक घरपरिवारले आफ्ना परिवारका सदस्यको समस्या बुझेर बेलैमा समाधान गरेमा दुव्र्यसनीमुक्त समाज निर्माण गर्न सकिने धारणा राख्नुभयो । उहाँले भन्नुभयो, ‘हामी समाज बिग्रियो भन्छौं । हामी सबै जिम्मेवार भएर पहिला घरलाई सुधार गर्ने हो भने हरेक घरमा कोही पनि दुव्र्यसनी नहुने हो भने समाज र राष्ट्र नै दुव्र्यसनीमुक्त हुनेछ । पहिला घरबाटै सुरु हुनुपर्दछ । घरपरिवार नै जिम्मेवार हुनुपर्दछ ।’

वडा नम्बर १५ का अध्यक्ष प्रकाश साहले सीमावर्ती क्षेत्रमा हुने लागूऔषधको ओसारपासर, बिक्रीवितरण र सेवनलाई न्यूनीकरण गर्न सरोकारवाला निकायबीच सहकार्य हुनुपर्नेमा जोड दिनुभयो । उहाँले प्रयोगकर्तालाई मात्रै लक्षित गरेर कार्यक्रम सञ्चालन गर्दा अभियानले सार्थकता नपाउने विचार व्यक्त गर्नुभयो । उहाँले प्रयोगकर्तासँगै बिक्रेता, ओसारपसारमा संलग्न व्यक्तिहरूसम्म अभियानलाई पु¥याउन सुझाव दिनुभयो । 

कोशी प्रदेश प्रहरी कार्यालयका वरिष्ठ प्रहरी उपरीक्षक एसएसपी भीम दाहालले लागूऔषधको दुव्र्यसनीले समाजलाई भयावह बनाउँदै लगेको बताउनुभयो । परिवार र समाजलाई दुव्र्यसनीले ध्वस्त बनाउने अवस्थामा पुगेको भन्दै उहाँले सबैले बेलैमा ध्यान दिनु आवश्यक रहेको औंल्याउनुभयो । कोशी प्रदेशमा लागूऔषध सेवन गर्ने ५३ प्रतिशत १६ देखि २५ वर्ष उमेर समूहका व्यक्तिहरू भएको उहाँले जानकारी दिनुभयो । उहाँले कोशी प्रदेशमा ४ हजार ५ सय महिलासहित मात्रै ३४ हजार दुव्र्यसनी रहेको तथ्यांक प्रस्तुत गर्नुभयो । दुव्र्यसनीविरुद्ध आमाहरू अभियानअन्तर्गत १२४ वटा पालिकामा समूह गठन गरिसकेको उहाँले बताउनुभयो ।

मोरङका प्रहरी प्रमुख एसपी नवराज कार्कीले लागूऔषध सेवन गर्नेको संख्या हरेक वर्ष बढ्दै गएको बताउनुभयो । उहाँले चालु आर्थिक वर्ष २०८०÷८१ मा मोरङमा ३२५ वटा लागूऔषधका मुद्दा दर्ता भएको जानकारी दिनुभयो । त्यसमध्ये २३४ वटा फछ्र्यौट भइसकेको उहाँको भनाइ थियो । त्यस्तै २६ महिलासहित ४३० जना पक्राउ गरिएको एसपी कार्कीले बताउनुभयो । 

कार्कीले ५७८ ग्राम हिरोइन, २ हजार २२५ किलो गाँजा, ३ हजार १८३ एप्पुल, ५ हजार ६८ चक्की, ८१ दशमलव ४९० ग्राम चरेशसमेत बरामद गरेको जानकारी दिनुभयो । उहाँले प्रहरीको एक्लो प्रयासले मात्रै लागूपदार्थ नियन्त्रण गर्न गाह्रो भएकाले सबैको सहकार्य र समन्वयले नियन्त्रण गर्न सकिने धारणा राख्नुभयो । सामाजिक अभियन्ता सदिना खातुनङले सीमा नाकामा कडाइ गर्नुपर्नेमा जोड दिनुभयो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.