Websoft University

महिलाहरुका लागि २ दिने फिनाईल वनाउने तालिमको आयोजना


बिराटनगर २०८१ साउन २ गते  | उद्योग संगठन मोरङ, महिला उद्यम समितिको आयोजनामा महिलाहरुका लागि फिनाईल वनाउने तथा सरसफाई सम्वन्धी २ दिने तालिम कार्यक्रम सम्पन्न भएको छ ।

तालिमको समापनमा महिला उद्यम समितिको सह–संयोजक जयश्री जाजुले महिला उद्यमशिलता विकासका माध्यमबाट स्वरोजगारलाई प्रर्वद्धन गर्न फिनाईन वनाउने तालिम आयोजना गरिएको वताईन । गृहणी महिलाहरुमा उद्यमशिलताको भावना जागृत गरी स–सानो रुपमा भएपनि व्यवसाय संचालन गर्न सहयोग पुगोस भनि संचालन गरिएको तालिमले महिलाहरुलाई आयआर्जनमा सहयोग पुग्ने विश्वास व्यक्त गरिन ।

संगठनका अध्यक्ष्ँ राकेश सुरानाले महिलाहरुलाई उद्यमशिलताम लाग्न अभिप्रेरित गर्न तालिमले सहयोग पुग्ने विश्वास व्यक्त गर्दै तालिममा सिकेका कुरालाई उद्यमशिलतामा रुपान्तरण गर्न आग्रह गरे ।

तालिमको प्रशिक्षक एवं महिला उद्यमी सोमी चौलागाईले घरको कामकाजमा व्यस्त महिलाहरुले पनि सहजै रुपमा फिनाईल वनाई बजारमा विक्रि वितरण गर्न सक्ने वताईन । उनले तालिम अवधिमा फिनाईलका प्रकार, वनाउदा अपनाउनु पर्ने सर्तकता, समिश्रण गर्दा ध्यान दिनुपर्ने कुरा, प्याकेजिङ र विक्रि प्रवद्र्धनका लागि अपनाउनु पर्ने विधिका साथै सरसफाईको महत्वका वारेमा सहभागिलाई सिकाएको थिईन ।

 ३४ जना महिलाहरु सहभागि रहेको तालिमको समापन कार्यक्रममा संगठनका वरिष्ठ उपाध्यक्ष्ँ नन्दकिशोर राठी, विन मोरङको अध्यक्ष कृति उपाध्याय, घरेलु तथा साना उद्योग महासंघ मोरङकी महिला समितिको पूर्व सभापति सुनिता छाराहाङ, उद्योग संगठन मोरङ महिला उद्यम समितिका सदस्यहरुको सहभागिता रहेको थियो ।

 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.