Websoft University

कोशी प्रदेशको लोक सेवा आयोगको अध्यक्षमा पुर्ब सचिब महेन्द्र प्रसाद गुरागाइलाइ नियुक्त गर्न सिफारिस


 बिराटनगर  | कोशी प्रदेशको लोक सेवा आयोगको अध्यक्षमा  पुर्ब सचिब महेन्द्र प्रसाद  गुरागाइलाइ  नियुक्त गर्न सिफारिस  गरिएको छ ।आइतबार  मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यलयमा मुख्यमन्त्री हिक्मत कुमार कार्कीको अध्यक्षता  बसेको सिफारिस समिति को   बैठकले उहालाइ नियुक्त गर्न प्रदेश प्रमुख समक्ष  सिफारिसगर्ने निर्णयगरेको हो ।

 लामो समय निजामती सेवामा काम गरेका गुरागाइ सग लोक सेवा आयोगमा काम गरेको अनुभव छ ।  उहाले दुई बर्ष अघि सेवाबाट अवकाश लिनु भएको थियो। तेह्रथुमको म्याङ्लुङ पुरानो घर भएपनि उहको परिवार मोरङको मंगलबारेमा बसोबास गर्नुहुन्छ । 

  सिफारिस समितिमा मुख्यमन्त्री , प्रदेश सभाका सभामुख र विपक्षि दलका नेता रहने कानुनी ब्यवस्था छ । प्रदेश लोक सेवा आयोग ऐन २०७६ अनुसार  आयोगको अध्यक्ष समावधि ६ बर्षको हुन्छ । यस अघिका अध्यक्ष उतम भट्टराईले उमेर हदका कारण  अवकाश लिनु भएको थियो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.