Websoft University

प्रहरीले उर्जा पेट्रोल पम्पका संचालक बैधनाथ साह बिरुद्ध कार्बाही चलाउने


श्याम राई, उदयपुर  गाईघाट, १३ श्रावण | कम ईन्धन दिएर उपभोक्ता ठगी गरेको आरोपमा प्रहरीले उर्जा पेट्रोल पम्पका संचालक बैधनाथ साह बिरुद्ध कार्बाही चलाउने तयारी गरेको छ ।

त्रियुगा नगरपालिका–११ स्थित रियाज पेट्रोल पम्प ठेक्का लिएर  संचालन गर्दै आएका सिराह धनगढीका साहले ईन्धनमा ठगी गरेको आरोप लाग्दै आएको थियो । आईतबार उनले ठेक्का लिएर संचालन गर्दै आएको रियाज पेट्रोल पम्पमा तेल हाल्न आएको सबारी साधनमा कम परिणाममा  तेल हालेर ठगी गरेको प्रमाणित भएपछि प्रहरीले पम्पमा तालाबन्दीगरि संचालक साहलाई प्रहरी कार्यालयमा उपस्थिति हुन पत्रचार गरेको छ । तर साह भने घट्ना लगत्तै फरार भएकाछन् ।

तेल भर्ने पम्पले सबारी साधनको ट्याकीमा तेल हाल्दा उल्लेख गरिएको परिणाममा तेल नझर्ने गरि मिलाएर उपभोक्तलाई ठगी गर्ने गरेको पाईएको प्रहरीले जनाएको छ । मुल्य र तेलको परिणाम सही देखिए पनि सबारी साधनमा तेल भने कम परिणाममा हाल्ने गरिएको थियो । 

साहले आफनै पेट्रोल पम्प उर्जाबाट समेत उपभोक्तालाई ठगी गर्ने गरेको गुनासो आईरहेको प्रहरीले जनाएको छ । उनले कम परिणाममा ईन्धन भरेर उपभोक्तासँग बढी मुल्य लिने गरेको आईरहेको उपभोक्ता मंञ्च उदयपुरका अध्यक्ष बद्री प्रसाद काफ्लेले बताए ।

 


 

 

 

 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.