Websoft University

अस्पतालमा ल्याईएको एक बिरामीको सफल उपचार भयो


गाईघाट, २ श्रावण | घाटिमा मासु अड्किएर जिल्ला अस्पतालमा ल्याईएको एक बिरामीको सफल उपचार भएको छ ।

राती ८ः३० बजे एकदमै गम्भिर अबस्थामा उपचारको लागि ल्याईएको त्रियुगा नगरपालिका–१० बोक्सेका ३८ बर्षिय कपुर सेवाको चिकित्सकहरुले ज्यान बचाउन सफल भएकाछन् ।

उपचारमा सङलग्न चिकित्सक डा. निर्मला चौधरीले गम्भिर अबस्थामा रहेको बिरामीको तत्काल उपचार गरेर बचाउन सफल भएको बताईन् । अस्पतालमा बिरामी आईपुग्दा बिरामीको अक्सिजन लेबल २० प्रतिशत भन्दा कम थियो । तत्कालै घाटीबाट मासु निकालि हाल्नु पर्ने अबस्थामा थियो । उनले भनीन् । 

बिरामीको हावा जाने पाईप समेत ब्लक भैसकेको अबस्थामा तत्काल सिनियर चिकित्सकको टिम तयार गरेर एम्बु मार्फत अर्थात बाहिरबाट पाईपको माध्यबाट भित्र अक्सिजन पठाएर बिरामीको घाटीबाट मासुको डल्ला निकाल्न सफल भएको चौधरीले बताईन् । उनले केही समय मात्र ढिला भएको भए सायदै बिरामीलाई बचाउन सकिदैनौ थियौ होला उनले भनिन् । 

अक्सिजन लेबलमा कमी, अड्किएको मासुको डल्ला एकै सर्टमा निकाल्नु पर्ने अबस्था निकै कठिन काम थियो । तर पनि हामी सबै जुटेर असम्भबलाई सम्भब बनाउन सफल भएको उनले बताईन् ।

जिल्लामा कठिन अबस्थामा बिरामीको घाटीबाट मासुको डल्ला निकालिएको यो नै पहिलो हो । बिरामीलाई थप उपचारको लागि राती नै बिराटनगरस्थीत नोबेल अस्पतालमा पठाईएको उनले बताईन् । अहिले बिरामीको अबस्था सामान्य रहेको जिल्ला अस्पताल उदयपुरले जनाएको छ । ससुरालीमा भोज खाने क्रममा सेवाको घाटीमा मासु अड्किएको पारीवारीक श्रोतले जनाएको छ ।

 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.