Websoft University

कटारी हुँदै उदयपुरगढी जोडिने ग्रामीण सडक अबरुद्ध भएको झण्डै दुई सातापछि बुधबारदेखि मर्मत सम्भारको काम शुरु


श्याम राई, उदयपुर गाईघाट, ११ श्रावण | कटारी हुँदै उदयपुरगढी जोडिने ग्रामीण सडक अबरुद्ध भएको झण्डै दुई सातापछि बुधबारदेखि मर्मत सम्भारको काम शुरु भएको छ ।

असार २२ गतेको भारी बर्षाको कारण कटारी नगरपालिका–७ को खालुखोल्सामा आएको पहिरोले सडक बगाएपछि कटारी देखि बुढाबुढी, गैया हुदै उदयपुरगढीको ब्यासे, बाहुनटार–ताप्लि जोडिने सडक अबरुद्ध भएको थियो । बाटो अबरुद्ध हुँदा झण्डै दुई सातादेखि कुनै पनि सवारी साधन नचल्दा पहाडी भेगका बासिन्दाहरुलाई आबतजावतमा निकै समस्या भएको गैयाका प्रेम कार्कीले बताए । हामीलाई अहिले निकै समस्या भएको छ , पैदल हिड्न समेत कठिन भएको उनले बताए ।

बर्षा पछिको पहिरोले १०० मिटर बाटो बगाएको छ । बाटो मर्मत सम्भार कतैबाट हुन सकेको छैन । उनले भने । कटारीका मेयर राजेश चन्द्र श्रेष्ठले उदयपुरगढी गाउँपालिकासँग समन्वयगरि बाटो मर्मत सम्भारको शुरु गरिएको बताए । बाटो मर्मत नहुदा माथिल्लो भेगका जनतालाई निकै समस्या परेको थियो । त्येसैले बाटो जसरी भए पनि मर्मत गरेर यातायात सुचारु गर्नु परेको उनले बताए ।

उनले अब एक हप्ता भित्र बाटो मर्मत सम्भार गरेर यातायात पुःन संचालन गरिने बताए ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.