Websoft University

भिषण बर्षाको कारण उदयपुरको जनजीबन प्रभावित


 श्याम राई, उदयपुर  गाईघाट, २५ असार | सोमबार रातीदेखि परेको भिषण बर्षाको कारण उदयपुरको जनजीबन प्रभावित बनेको छ ।

बर्षाको कारण नदी तटिय  क्षेत्रका गाउँबस्ति डुबानमा परेका छन् भने गाईघाट–दिक्तेल सडक, कटारी–घुर्मी सडक लगायत जिल्लाको ग्रामीण सडक क्षेतिग्रस्त बनेको छ ।

बर्षाले बाटो क्षतिग्रस्त बनाएपछि मंगलबार ग्रामीण सडकमा यातायात संचालन हुन सकेन । धेरै ग्रामीण सडकमा पहिरो खसेर बाटो नै बगाएको छ । डहर–रौता सडकको धेरै भागमा पहिरो गएर बाटो बगाएको वडा नम्बर–१४ का वडा अध्यक्ष हेम मगरले बताए ।

जिल्ला सदरमुकाम गाईघा पूर्ब भएर बग्ने बरुवा खोलामा आएको बाढीले बाध कटान गर्न थालेपछि नदी बजार तर्फ पस्त सक्ने खतरा बढेसँगै स्थानीय त्रसित बनेका हुन् ।

अहिले कटान नियन्त्रण गर्न सेना, प्रहरी, स्थानीय बासिन्दहरु त्रियुगा नगरपालिकाको सहयोगमा नदीमा अस्थायी तटबन्ध गर्ने काम खटिरहेका छन् । बर्षाकै कारण त्रियुगा, बरुवा, गिदेरी र द्धवार खोलाको तटीय क्षेत्र आसपासको गाउँबस्ति डुबानमा परेका छन् । निरन्तर रुपमा भैरहेको भारी बर्षाको कारण नदीमा आएको बाढी बस्तीमा पस्दा तपेश्वरी, भागलपुर, बेलका, सुन्दरपुर, जोगिदह, रामपुर, चौदण्ढिगढी र त्रियुगाको अधिकांश भु–भाग डुबानमा परेको प्रहरीले जनाएको छ ।

 

 

 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.