Websoft University

खेलकुदले राष्ट्रिय एवं सामाजिक एकतालाई बलियो बनाउछ - मुख्यमन्त्री कार्की


बिराटनगर २२ असार |  कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले खेलकुदले राष्ट्रिय एवं सामाजिक एकतालाई बलियो बनाउने बताउनु भएको छ । 

कोशी प्रदेश दोस्रो मुख्यमन्त्री कप राष्ट्रिय महिला भलिवल प्रतियोगिता –२०८१ को आज उद्घाटन गर्दै   उहाँले खेलकुदको माध्यमबाट मुलुकको नाम विश्वमा राख्न सकिने र सामाजिक एकता पनि बलियो बनाउन सकिने भएकोले  अनुशासित एवं स्वस्थ्य प्रतिस्पर्धामा उभिएर  खेलाडीहरुलाई खेल खेल्न आग्रह गर्नु भयो ।

मुख्यमन्त्री कार्कीले खेलाडी राष्ट्रका गहना भएको बताउनु हुँदै खेलवाट खेलाडीहरुको मानसिक एवं शारीरिक तन्दुरुस्तीमा बल पु¥याउने विचार राख्नु भयो ।

उहाँले  विराटनगर आसपास क्षेत्रमा  जुनसुकै मौसममा पनि  भलिवल खेल लगायत अन्य इन्डोर खेलका लागि कभर्ड हल निर्माण गर्न सामाजिक विकास मन्त्रालयलाई तयारीमा लाग्न निर्देशन दिनु भयो ।

प्रदेशका सामाजिक विकासमन्त्री पाँचकर्ण राईले सरकारले खेलकुदका पूर्वाधार, प्रशिक्षण र खेलाडीहरुको क्षमता वृद्धिका लागि विशेष ध्यान दिने बताउनु भयो ।

प्रदेश खेलकुद विकास वोर्डका सदस्य सचिव कृष्ण बस्नेतले १० औं राष्ट्रिय खेलकुदका उत्कृष्ट प्रदर्शन गर्ने तयारीस्वरुप  प्रदेशका विभिन्न जिल्लामा खेलकुद प्रतियोगिता सञ्चालन गरिएको बताउनु भयो ।

महिला भलिबल प्रतियोगितामा कोशी, वागमती, मधेश र सुदुरपश्चिम प्रदेशको सहभागिता रहेको छ ।

 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.