Websoft University

विराट साहित्य संगमको २१६ औं साहित्यिक शृंखला सम्पन्न


विराटनगर |  विराटनगरस्थित विराट साहित्य संगमको नियमित मासिक साहित्यिक शृंखला सम्पन्न भएको छ ।

राष्ट्र सेवक बहुमुखी सहकारी संस्था लिमिटेडसँगको सहकार्यमा संगमले हरेक महिनाको अन्तिम शनिबार साहित्यिक शृंखला सञ्चालन गर्दै आएको छ । २ सय १६ औं शृंखलामा कवि खेम नेपाली, हरि कट्टेल, भीम कोइराला, मीनकुमार नवोदित, बाबुराम पोखरेल, मीना श्रेष्ठ, शारदा भट्टराई, अच्युतमणि पौडेल, वासुदेव नेपाल, माहनसिंह लिम्बू, कुमार श्रेष्ठ, ऋषि तिवारी, भूपाल अधिकारी, शारदा कार्कीले आ–आफ्ना सिर्जना वाचन गरे ।

साहित्यकार गोपाल निर्भीकको सभापतित्व तथा साहित्यकार शम्भुप्रसाद भट्टराईको प्रमुख आतिथ्यतामा भएको गोष्ठीमा भरत गुरागाईं बर्बरिक, अच्युत खतिवडा, स्वयम्भूनाथ कार्की, भवानीप्रसाद पोखरेल, चन्द्रकान्त पोखरेल, अम्विका खरेल, लक्ष्मी युग्मी, जमुना पौडेल, सिर्जना प्रसाईं ढुंगाना, पुष्पा सायरा, लक्ष्मी पोखरेल, लक्ष्मी रायमाझी, प्रा.डा. मेदिनीप्रसाद शर्मा, रोहिणी रसिक, हरिप्रसाद बराल, भीमेन्द्रबहादुर कार्की, उमानाथ घिमिरे, तारानाथ पोखरेललगायत तीन दर्जनभन्दा बढी साहित्यकारहरुले कविता, गजल, मुक्तक, लघुकथा प्रस्तुत गरेका थिए । कार्यक्रममा प्रतिभा पुरस्कार प्रतिष्ठानद्वारा पुरस्कृत विराट साहित्य संगमका अध्यक्ष मधु पोखरेललाई बधाई ज्ञापन गरिएको थियो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.