Websoft University

स्थानीयको प्रयासमा नदी नियन्त्रणको काम केही दिन देखि धमाधम हुदै


श्याम राई, उदयपुर गाईघाट, २ श्रावण | सबैको सामुहिक प्रयास भए कसैको मुख नताकी आफ्नो काम आफै मिलेर गर्न सकिने उदाहरण जोगिदहबासीले देखाईदिएका छन् ।

केही दिन आगाडिको अबिरल बर्षाको कारण स्थानीय कंग खोलामा आएको बाढीले नदी कटान गर्दै गाँउ तर्फ पस्न थालेपछि स्थानीयको प्रयासमा नदी नियन्त्रणको काम केही दिन देखि धमाधम भैरहेको छ । नदीको तटबन्ध निर्माणमा गाउँलेहरु दिनहु जुटिरहेको त्रियुगा नगरपालिका–१ का वडा अध्यक्ष मनोज चौधरीले बताए ।

 भत्किएको बाध बाधन गाउँघरमा सबै जुटेर काम निर्माणको काम भैरहेको उनले बताए । गाउँले आफै मात्र खटेको नभएर तटबन्ध निर्माणमा प्रयोग गरिएको बास समेत आफ्नै घरबाट ल्याएर सहयोग गरिरहेको अध्यक्ष चौधरीले बताए । यस पटक बाढीले ठूलो क्षति गरेर मैले सार्वजनिक रुपमै गाउँलेहरुसँग तटबन्ध निर्माणको लागि सहयोग मागेको थिए । चौधरीले भने ।

कंग खोलाले गाँउमा धेरै जमिन कटान गरेर ठूलो क्षति गरेको उनले बताए । विजुलीको पोल भत्तकाउनुको साथै सडक बाटो समेत कटान गरेको उनले बताए । वडासँग सबै बजेट सकिएको अबस्थामा गाउँलेहरुको साथ पाएर तटबन्धको काम गर्न पाएकोमा आफू निकै खुसी भएको र हाम्रो वडाको सहभागिताले समाजमा राम्रो उदाहरण दिन सकेको उनले बताए ।

 

 

 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.