Websoft University
August 2024

 


धरान । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले विकास निर्माणमा भइरहेको ढिलासुस्तीको अन्त्य गर्नु पर्ने बताउनुभएको छ । शनिबार  सुनसरीको धरानमा इलाका प्रहरी कार्यालय धरानको हिरासत भवनको उद्घाटन गर्नु हुँदै उहाँले विभिन्न बहानामा विकास निर्माणमा ढिलासुस्ती हुने गरेकोमा चिन्ता  प्रकट गर्नु भयो । उहाँले तोकिएकै समयमा विकास निर्माणको काम सम्पन्न गर्ने गरी सबै पक्ष प्रतिबद्ध हुनुपर्ने बताउनुभयो । 

मुख्यमन्त्री कार्कीले भन्नुभयो – ‘ ७०० दिनमा बन्नु पर्ने भवन पुरा हुन २१ सय दिन लाग्यो । अब यसरि विकास हुन्न आजबाटै सच्याउँने प्रतिबद्धता गर्नु पर्छ । यो देशभरकै अवस्था हो । यस्तो मोडलबाट विकास हुन्न । सुधार गरेर लागौँ, हामी सबैले आज प्रतिबद्धता जनाउनु पर्छ ।’ 

फरक प्रसंगमा मुख्यमन्त्री कार्कीले धर्म जाति सम्प्रदाय सबैकुरा छोडेर म धराने नेपाली हुँ भन्ने सोचेर धरानको संवृद्धि र विकासको लागि लाग्न आग्रह गनुुभयो ।  धरानले आफ्नो पुरानो शाख गुमाउँदै गएको बताउदै उहाँले फेरी पुरानो शाख फर्काउन लाग्न आग्रह गर्नुभयो । धरानको विकासमा प्रदेश सरकार सधै तयार रहेको समेत उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो   ।   

उहाँले भन्नुभयो – ‘केही वर्ष यता केही विषयमा चित्त नबुझेर होला अहिले बसाइँसराइ समेत भइरहेको छ । यसलाई रोक्नु पर्छ । म जस्तोसुकै सहयोग गर्ने छु । आपसी मतभेदहरु छन् भने पनि त्यसलाई बिर्सिएर हामी सबै धरानेहरु एक भएर अघि बढ्नु पर्छ ।’ 

मुख्यमन्त्री कार्कीले देश र प्रदेश दुबैको आर्थिक श्रोतहरु समेत बढ्ने संकेत देखिएको भन्दै अब विकास निर्माणले गति लिने प्रस्ट्याउनु भयो । खेलकुद र शिक्षाको केन्द्र समेत भएको भन्दै धरानमा विकास र संवृद्धिको ठुलो सम्भावना रहेको उहाँले बताउनुभयो  ।  मुख्यमन्त्री कार्की आन्तरिक मामिला तथा कानून मन्त्री हुँदा शिलान्या गर्नुभएको सो भवन जनस्तरबाट सहयोग संकलन तथा संघीय सरकार, प्रदेश सरकार र धरान उपमहानगरपालिकाको सहकार्यमा निर्माण गरिएको हो ।


विराटनगर | सुशील कोइराला फाउण्डेशनले प्रजातान्त्रिक आन्दोलन र समाजसेवामा योगदान पु¥याउने पाँचजना महिला नेतृहरुलाई सम्मान गरेको छ ।

तीजका अवसरमा शनिबार विराटनगरमा आयोजित कार्यक्रममा फाउण्डेशनले पाँचजना महिलालाई सम्मान गरेको हो । ‘संस्कृति जोगाऔं, आत्मियता बढाऔं’ नाराका साथ फाउण्डेशनले आयोजना गरेको तीज विशेष कार्यक्रममा शान्ता रिजाल, नन्दकुमारी हुमागाईं, तेतरी राजवंशी, प्रभा आचार्य र चम्पा राईलाई सम्मान गरिएको थियो । उनीहरुलाई प्रजातान्त्रिक आन्दोलनको अग्रणी मोर्चामा रहेर आन्दोलनलाई सफल बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको निष्कर्ष निकाल्दै सम्मान गरिएको प्रतिष्ठानकी अध्यक्ष मृदुला कोइरालाले जानकारी दिइन् ।

पूर्वउपप्रधानमन्त्री एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य सुजता कोइराला, फाउण्डेशनकी अध्यक्ष कांग्रेस नेतृ मृदुला कोइरालालगायतले दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरेका थिए ।

कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य तथा कोशी प्रदेशसभा सदस्य अमृत अर्याल, भीम पराजुली, नेपाली कांग्रेस मोरङका कार्यबाहक सभापति भक्तिनाथ माझी, विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला, विराटनगर महानगरपालिकाका पूर्वउपमेयर इन्दिरा कार्कीलगायतले शुभकामना व्यक्त गरेका थिए । सो अवसरमा गायक रामा मण्डल, सुमित खड्का र जुनु गौतमले तीजसम्बन्धी गीत प्रस्तुत गरेका थिए ।

 


विराटनगर | मोरङको झोराहाटस्थित झोराहाट नाट्य समूहको भवनमा मञ्चन भइरहेको कथाकार गुरुप्रसाद मैनालीको ‘कर्तव्य’ नाटक हेर्न दर्शकको भीड लागेको छ ।

साहित्यकार तथा कलाकार भरत गुरागाईं ‘बर्बरिक’ले निर्देशन गरेको नाटकको ५१ औं शो शनिबार मञ्चन गरिएको छ । झापाको गौरादहमा समेत ३० शो मञ्चन भइसकेको सो नाटक झोराहाटमा भने २१ शो मञ्चन भएको नाट्य समूहका अध्यक्षसमेत रहेका निर्देशक गुरागाईंले जानकारी दिए । भदौ १ देखि १० गतेसम्म मञ्चन गर्ने योजना भए पनि दर्शकको बढ्दो उपस्थितिले अब कहिलेसम्म मञ्चन हुन्छ भन्ने टुंगो नभएको उनको भनाइ थियो । 

सो नाटकमा शनिबार मञ्चन भएको नाटक हेर्न दमक, उर्लाबारी, इटहरी, विराटचोक, इनरुवा, धरान, विराटनगरलगायतका स्थानबाट बाक्लो संख्यामा दर्शकको उपस्थिति रहेको थियो । नाटकमा सुदीपजंग कार्की, निशा ढुंगेल, दीपक निरौला, प्रज्ज्वल भट्टराई, सन्तोष बन्बो तामाङ, लीला खत्री, अभिसा तामाङ, शिखा लिम्बू, देवानन्द राजवंशी, निर्मला गुरागाईं, सुशीला दंगाल, प्रदीप परियार र लक्ष्मी सिग्देलले अभिनय गरेका छन् ।

कक्षा १० को नेपाली पाठ्य पुस्तकमा राखिएको सो नाटक हेर्न विद्यार्थीको संख्या हरेक दिन बढ्दै गएको गुरागाईंले जानकारी दिए । विभिन्न विद्यालयहरुले अग्रिम शो बुकिङ गरेर विद्यार्थीलाई नाट्क हेराइरहेको उनको भनाइ थियो ।

 


झापा | सुरेन्द्र भण्डारी- व्यवसायीको सहजताका लागि भन्दै गुणस्तर तथा नापतौल कार्यालय झापाको प्राविधिक सहयोगमा बिर्तामोडका व्यवसायीहरुका ढक तराजुको चेक जाँच तथा नवीकरण शुरु गरिएको छ ।
 

बिर्तामोड उद्याोग वाणिज्य संघले संघको कार्यालयमा शनिवारबाट तीन दिनसम्म ढक तराजुको चेकजाँच तथा नबीकरण कार्य शुरु गरिएको संघका अध्यक्ष राजु न्यौपानेले जानकारी दिए । 

गुणस्तर तथा नापतौल कार्यालय झापाका प्रमुख सुनिल कुमार यादवको प्रमुख आतिथ्य तथा संघका अध्यक्ष न्यौपानेको अध्यक्षतामा आयोजित कार्यक्रमकाबीच ढक तराजुको नापजाँच शुरु गरिएको हो । 
व्यवसायीहरु पनि उपभोक्ता नै हुन् – बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष न्यौपानेले भने – चार्डपर्वका समयमा कोही पनि उपभोक्ताहरु नठगिउन् भन्दै ढक तराजुको नापजाँच कार्य शुरु गरिएको हो । 

ढक तराजुको नापजाँच तथा नवीकरण गराउन गुणस्तर तथा नापतौल कार्यालय भद्रपुरसम्म जाने झण्जटबाट मुक्त गराउन यो कार्यक्रम गरिएको बताउँदै अध्यक्ष न्यौपानेले सबै व्यवसायीहरुलाई संघको कार्यालयमा आएर ढक तराजु नापजाँच गर्न÷ गराउन आग्रह गरे । 

कार्यक्रममा बोल्दै गुणस्तर तथा नापतौल कार्यालय झापाका प्रमुख यादवले विशेषागरी भारतबाट सोझैं ल्याइने ढक तराजुमा प्रमाणिकरण गरिएको चिन्ह नहुने र त्यस्ता ढक तराजुबाट उपभोक्ता ठगिने गरेको हुँदा सचेत रहन आग्रह गरे । उनले त्यस्ता ढक तराजु अनुगमनका क्रममा भेटिए २५ हजार रुपैयाँसम्म जरिवाना हुने बताए । 

प्रत्येक नापतौल यन्त्रको अनुमति लिइनुपर्ने बताउँदै उनले अनुमति नलिएका त्यस्ता यन्त्र अनुगमनका क्रममा भेटिए एक हजुरदेखि ५ हजार रुपैयाँसम्म जरिवाना हुने जानकारी दिए । 

गुणस्तर तथा नापतौल कार्यालय झापाको कार्यक्षेत्र साविक मेची अञ्चल रहेको र गत वर्ष ५५० वटा एकल तथा सामुहिक फर्मको अनुगमन गरिएको यादवको भनाई छ । त्यस क्रममा अधिकांश फर्मले नापतौल उपकरणको नवीकरण नगरिएको पाइएको बताए । 

कार्यक्रममा बोल्दै कृषि उपज बजार बिर्तामोडका अध्यक्ष निरज ओलीले बिर्तामोड उद्योग वाणिज्य संघले नापतौल यन्त्रको नवीकरण तथा नाप जाँच गराएउने सिविर सञ्चालन गरेकामा खुशी व्यक्त गर्दै कृषि थोक बजारमा पनि सिविर सञ्चालन गर्न आग्रह गरे । 

संघका वाणिज्य उपाध्यक्ष जीवन खड्काले स्वागत गरेको कार्यक्रमको सञ्चालन वाणिज्य सचिव राजकुमार साहले गरेका थिए । 


विराटनगर | कोशी राजमार्गको मुख्य सडकमा सिटी सफारी लाइ सन्चालन गर्न ट्राफिक प्रहरीले निषेध गरेपछि सिटी सफारी चालकहरुले बरगाछी चोक महानगरको गेट जाम गरेर आजबाट  आन्दोलन सुरु गरेका छन् । यो सबै कलहको बिउ रोप्ने बिराटनगर महानगर पालिका नै हो ! महानगर क्षेत्रमा सफारि रिक्सा चाहिन्छ थाहा हुदैन जथाभाबी सफारी दर्ता गरेर बिकराल बनाएको महानगरले नै हो ?  सबै नपा गाबिसमा दर्ताभएका सफारी सहजै बिराटनगर आउनदिनु गलत हो, रोक्नु पर्छ।कोशी राजमार्ग क्षेत्रमा सफारी चलाउ रोक लगाउनै उचित हुने छ |


विराटनगर | शाहमामेह खेलकुद तथा सांस्कृतिक संघ अष्ट्रियाले आयोजना गर्ने अन्तर्राष्ट्रिय भलिबल प्रतियोगितामा नेपाली युरोपियन खेलकुद संघ (एनईएससी)ले सहभागिता जनाउने भएको छ ।

सन् २०२० मा अष्ट्रियामा साढे दुई दशकदेखि पर्यटन व्यवसाय गर्दै आएका समाजसेवी दिलकुमार घमालको अग्रसरतामा स्थापित एनईएससीले नेपालको प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउन लागेको हो । आगामी सेप्टेम्बर ७ तारिखमा हुने प्रतियोगितामा नेपाली टोलीसहित १६ देशका खेलाडीहरुले सहभागिता जनाउने एनईएससीका सल्लाहकार विकास कार्कीले जानकारी दिए ।

नेपालको राष्ट्रिय खेललाई अन्तर्राष्ट्रियस्तरमा चिनाउन एनईएससीले प्रयास गरिरहेको कार्कीको भनाइ थियो । प्रतियोगितामा सहभागी हुने खेलाडीको टुंगो लागिसकेको सल्लाहकार काकीले बताए । एनईएससीले यसअघि पनि विभिन्न देशमा भएका प्रतियोगितामा सहभागिता जनाउँदै आएको थियो । प्रतियोगिताले देशको नामसँगै कला र संस्कृतिलाई अन्तर्राष्ट्रियस्तरमा प्रचार गर्न सहयोग पुग्ने उनको विश्वास थियो ।

 चार महादेशका ३४ देशका १२५ भन्दा बढी सहरमा प्रतिस्पर्धामा भाग लिएर ६ दर्जनभन्दा बढी मेडल, ट्रफी, उत्कृष्ट खेलाडीको उपाधि जितेका अष्ट्रियाका राष्ट्रिय खेलाडी विनय कार्कीसहितका नेपाली एनआरएन परिवारले समेत एनईएससीका तर्फबाट प्रतियोगितामा सहभागिता जनाउनका लागि हौसला प्रदान गरिरहेको अध्यक्ष घमालले जानकारी दिए । प्रतियोगितामा संघमा आबद्ध खेलाडीहरुले उच्च मनोबलका साथ खेल्ने उनको भनाइ थियो ।


विराटनगर । गुणस्तरीय शिक्षा प्रदान गरेर विद्यार्थी र अभिभावको मन जितेको विराटनगरस्थित शिक्षादीप कलेज अतिरिक्त क्रियाकलापहरुमा पनि अगाडी रहेको छ । विद्यार्थीको प्रतिभा उजार गर्ने उद्देश्यले शिक्षादीप कलेजले अतिरिक्त क्रियाकलाप पनि गर्दै आएको छ । विद्यार्थीको रोजाइ अनुसार कलेजले बिहीबार कविता प्रतियोगिताको आयोजना गरेको छ । कलेजको सभाहलमा ‘शान्तिका लागि निश्शस्त्रीकरण’ शीर्षकमा आयोजना गरेको कविता प्रतियोगिताको प्रथम कक्षा ११ विज्ञान संकायकी छात्रा मानसी पोखरेल घोषित भइन् ।

यस्तै, इशान पौडेल, सिरिन भट्टराई, प्रतीक भट्टराईले दोस्रो स्थान हासिल गरे भने सम्पता रायमाझी, रितिक्षा भट्टराई, अपेक्षा राई, साम्राज्ञी बस्नेत तृतीय भए । यसैगरी, अफ्रिन खातुन, अमित पटेल, रोशनकुमार मण्डल, रमण मण्डल, मर्यादा भट्ट, प्रगति अधिकारी, सशन दाहाल र समीर साहले सान्त्वना पुरस्कार पाए ।

कक्षा ११ र १२ का २५ सय विद्यार्थीहरूमध्येबाट पहिलो चरणको छनोटबाट ८० जनालाई कविता प्रतियोगितामा सहभागी गराइएको कलेजका प्रिन्सिपल ज्ञानबहादुर खड्काले जानकारी दिए । 

साहित्यकारहरू चुणामणि नेपाल ‘अकिंचन’, मीनकुमार नवोदित र कमलकिशोर श्रीवास्तवले प्रतियोगितामा निर्णायक रहेका थिए । 

बिजेता हुने विद्यार्थीहरुलाई कलेज प्रिन्सिपल ज्ञानबहादुर खड्का र  निर्णायकहरुले प्रमाणपत्र वितरण गरे । 

कार्यक्रममा बोल्दै कलेजका प्रिन्सिपल ज्ञानबहादुर खड्काले विद्यार्थीहरुको प्रतिभा प्रस्फुटन गराउन कलेजले अतिरिक्त क्रियाकलापहरुमा जोड दिदै आएको बताए । गुणस्तरीय शिक्षासँगै विद्यार्थीहरुलाई अतिरिक्त क्रियाकलापमा पनि अगाडी बढाएर लगेको उनले बताए ।

‘कविता सुन्दा यति धेरै आनन्द आउँछ कि आफ्ना थकान मेटिन्छ,’ उनले भने, ‘कवितामार्फत् विद्यार्थीहरूले आफ्नो भावना पोख्न सक्नेछन्, मन शुद्ध बनाउने छन् । धेरै प्रतियोगी भएका कारण सबैलाई सहभागी गराउन सकेनौं । फेरि पनि यस्ता कार्यक्रम गरेर उनीहरूलाई मौका दिनेछौं ।’

कार्यक्रममा प्रतियोगिताका निर्णायक तथा साहित्यकार मीनकुमार नवोदितले विद्यार्थीहरूले पठनपाठनका अलाबा सिर्जनात्मक बनेर अतिरिक्त क्रियाकलापमा सहभागी हुनुपर्ने बताए ।
कार्यक्रममा विज्ञान संकायका संयोजक नवीन रोय, व्यवस्थापन संकायका प्रमुख शंकर भट्टराई, कलेजका निर्देशक भुपेन्द्र दाहाल र रामचन्द्र अधिकारीलागयतको सहभागिता रहेको थियो ।


 सुनसरी । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सुनसरीको कोशी गाउँपालिकामा निर्माणधीन कोशी रिफ्रेसमेन्ट सेन्टर परियोजनाको अनुगमन गर्नुभएको छ । प्रदेशको गौरवको आयोजनाका रुपमा रहेको आयोजनाको पहिलो चरणको काम भइरहेको छ ।  यो परियोजना कोशी व्यारेज पूर्वपट्टी पुर्वपश्चिम राजमार्गमा रहेको छ ।  २२ विगाहा १२ कठ्ठा क्षेत्रफलमा निर्माणाधीन सेन्टरमा १ सय ७५ वटा बस पार्क गर्ने गरी पार्किङ स्थल, पेट्रोल पम्प, चालकहरुका लागि विश्रामस्थल, स्वीमिंग पुल, प्रहरी चौकी, स्वास्थ्य चौकी, रेस्टूरेन्टलगायतका संरचना रहने छन् । 


निर्माणाधीन रिफ्रेसमेन्ट सेन्टरको अनुगमन गर्दै मुख्यमन्त्री कार्कीले पहिलो चरणको काम चाडै सम्पन्न हुने बताउनुभयो । स्थानीयको सहयोगले परियोजनाको काम सहज रुपमा भइरहेको भन्दै उहाँले चैत महिनाभित्रै पहिलो चरणको काम सम्पन्न हुने जानकारी दिनुभयो । दोश्रो चरणको काम हुँदा पनि स्थानीयको सहयोग आवश्यक हुने उहाँले बताउनुभयो । 

सबैको साथ सहयोग रहेमा परियोजनाका सबै काम  तीन वर्षभित्रै पुरा गर्न सकिने मुख्यमन्त्री कार्कीले विश्वास व्यक्त गर्नुभयो । पहिलो चरणका काम सम्पन्न गर्न ५७ करोड ९८ लाख लागत लाग्ने अनुमान गरिएको भएपनि काम सम्पन्न गर्न भने ३० करोड ४३ लाखमा सम्झौता भएको छ । परियोजना सम्पन्न गर्न २ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ । अनुगमनका क्रममा कोशी प्रदेशका पूर्वमन्त्री जगदिशप्रसाद कुसियैतले परियोजनाका विषयमा र स्थानीयका समस्याहरुका विषयमा मुख्यमन्त्री कार्कीलाई जानकारी गराउनुभएको थियो । 

अनुगमन टोलीमा कोशी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर राना,प्रदेश प्रमुख सचिव केदारनाथ शर्मा, सचिव अशोक साह तथा सुरक्षा निकायका प्रमुखहरु सहभागी हुनुहुन्थो ।


विराटनगर | ज्येष्ठ नागरिक सेवा समाज केन्द्रीय कार्यालय विराटनगरले नेपाली महिलाहरुको महान पर्व हरितालिका तीजका अवसरमा विविध कार्यक्रम आयोजना गरेको छ ।

कार्यक्रममा ज्येष्ठ आमाहरुलाई दर खुवाउनुका साथै गीतका गीतमा नाचगानसमेत गरिएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि विराटनगर महानगरपालिकाकी उपमेयर शिल्पा निराला कार्कीले तीजलाई सभ्य र मर्यादित रुपमा मनाउनुपर्नेमा जोड दिनुभयो ।

 उहाँले पछिल्लो समय तीज पर्व भड्किलो र खर्चिलो बन्दै गएकोमा चिन्तासमे व्यक्त गर्नुभयो । उहाँले चाडपर्व मनाउँदा आफ्नो मौलिक संस्कृतिलाई बिर्सन नहुने बताउनुभयो । 

आयोजक संस्थाकी उपाध्यक्ष मिलन कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा गैरसरकारी संस्था महासंघकी अध्यक्ष विष्णु शर्मा, सामुदायिक प्रहरी सेवा केन्द्रकी अध्यक्ष मीना जोशी, वडा नम्बर ११ का वडा सदस्य गायत्री थापा, गेहना पासवान, समाजसेवी तारा शर्मा ज्येष्ठ नागरिक समाज सेवाका सल्लाहकार गायत्री अज्र्याल, पिङ्गला भट्टराईलगायतले शुभकामना व्यक्त गर्नुभएको थियो । सञ्चालनसँगै कार्यक्रमको उद्देश्यमाथि सचिव करुणा जोशीले प्रकाश पार्नुभयो ।


विराटनगर | विराटनगर महानगरपालिकाले स्वास्थ्य संस्थाहरूको अनुगमनलाई तीव्रता दिएको छ । महानगरकी उपमेयर शिल्पा निराला कार्की नेतृत्वको टोलीले विराटनगरका स्वास्थ्य संस्थाहरूको अनुगमन गरेको हो । अस्पतालहरूले प्रवाह गर्ने सेवा सुविधाका विषयमा जनस्तरबाट गुनासो आउन थालेपछि महानगरले अनुगमनलाई तीव्रता पारेको हो । उपमेयर कार्कीको नेतृत्वमा सामाजिक विकास समितिका संयोजक काजीबहादुर बस्नेत, कोशी अस्पतालका प्रतिनिधि रामनारायण यादव, स्वास्थ्य महाशाखा संयोजक डा. दिलीपकुमार यादव, स्वास्थ्य अधिकृत रमेश कार्की, उपमेयरका स्वकीय सचिव निश्चल मायालुलगायत सम्मिलित टोलीले बुधबार सिटी अस्पतालको अनुगमन गरेको छ । 

अस्पतालको अनुगमन गरी सुधार गर्नुपर्ने पक्षका विषयमा निर्देशनसमेत दिएको थियो । टोलीले अस्पतालमा भर्ना भएका बिरामीहरूलाई सेवा सुविधाका विषयमा सोधपुछ गरेको थियो । त्यस्तै टोलीले सरसफाई, ल्याब व्यवस्थापन, एक्स–रे सेवाको गुणस्तर, स्टोर व्यवस्थापनलगायतको प्रत्यक्ष अनुगमन गरी आवश्यक सुझावहरू दिएको स्वास्थ्य महाशाखाका संयोजक यादवले जानकारी दिनुभयो ।

जनताको स्वास्थ्यमाथि खेलवाड भइरहेको भन्ने जनगुनासो आएपछि अनुगमनलाई तीव्रता दिइएको उपमेयर कार्कीले बताउनुभयो । स्वास्थ्य क्षेत्रप्रति महानगर गम्भीर रहेको बताउँदै उपमेयर कार्कीले स्वास्थ्य संस्था र अस्पतालहरूको अनुगमनलाई थप व्यापक बनाउँदै लगिने उल्लेख गर्नुभयो । उहाँले दर्ता नगरी अस्पताल सञ्चालन नगर्न, समयमै नवीकरण गर्न तथा तोकिएका मापदण्ड पालना गर्न आग्रहसमेत गर्नुभयो ।


बिराटनगर
भाद्र १२ गते । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको सभाहलमा एक कार्यक्रमको आयोजना गरी आ.व. २०८१/०८२ को बार्षिक कार्य सम्पादन सम्झौतामा हस्ताक्षर कार्यक्रम सम्पन्न भएको छ । 

संगठन प्रमुख प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर र कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक चन्द्र कुवेर खापुङ बीच आ.व. २०८१/०८२ को लागि कार्य सम्पादन सम्झौता सम्पन्न भएको र सोही सम्झौताको बुदामा आधारित रही आ.व. २०८१/०८२ को लागि प्रदेश प्रहरी प्रमुख खापुङ तथा कोशी प्रदेश प्रहरी कार्यालय मातहतका प्रहरी प्रमुखहरु बीच कार्य सम्पादन सम्झौता पत्रमा हस्ताक्षर कार्यक्रम सम्पन्न भएको छ । 

भाद्र १२ गते भएको कार्य सम्पादन सम्झौता हस्ताक्षर कार्यक्रममा कोशी प्रदेश प्रहरी कार्यालयका माहाशाखा प्रमुखहरु, कोशी प्रदेश प्रहरी तालिम केन्द्र विराटनगरनेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरी, बिशेष सुरक्षा प्रहरी गण दुहबीप्रदेश सशस्त्र प्रहरी गण रानी विराटनगर, जिल्ला प्रहरी कार्यालय मोरङ, सुनसरी, नेपाल प्रहरी प्रदेश अस्पताल इनरुवा र नेपाल पुलिस स्कुल धरानका प्रहरी प्रमुखहरु प्रत्यक्षरुपमा सहभागी हुनु भई कार्य सम्पादन सम्झौता पत्रमा हस्ताक्षर गर्नु भएको थियो भने अन्य १२ वटा जिल्लाका प्रहरी प्रमुखहरु र प्रदेश विपद व्यवस्थापन गुल्म चन्द्रगढीका प्रमुखVirtual  माध्यमद्वारा सहभागी हुनु भई सम्झौता पत्रमा हस्ताक्षर गर्नु भएको थियो ।

बार्षिक कार्य सम्पादन सम्झौता बमोजिम सम्झौता पत्रमा हस्ताक्षर गर्ने कार्यालय प्रमुखहरुले प्रहरी ऐन, नियमावली र प्रचलित कानुनको अधिनमा रही नेपाल प्रहरीको काम कर्तव्य र अधिकार अनुसार आफुले गरेका कार्यहरुको प्रगति बिवरण त्रैमासिक,अर्धबार्षिक र बार्षिक रुपमा प्रतिवेदन तयार गरी कोशी प्रदेश प्रहरी कार्यालयमा बुझाउनु पर्ने छ ।


विराटनगर | विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले विराटनगरमा आज मंगलबार निकालिने ऐतिहासिक राधाकृष्णको रथयात्रामा सभ्य र भव्य बनाउन आग्रह गर्नुभएको छ ।

रथयात्राको सफलताको शुभकामना दिँदै मेयर कोइरालाले विराटनगरको प्रतिष्ठासित जोडिएको रथयात्रालाई भव्य र सभ्य बनाउनु हरेक विराटनगरवासीको कर्तव्य भएको बताउनुभएको छ । रथयात्रामा सहभागी हुने ज्येष्ठ नागरिक र बालबालिकाप्रति विशेष ख्याल राख्न मेयर कोइरालाले आग्रहसमेत गर्नुभएको छ ।

‘यस रथयात्रालाई विराटनगर महानगरपालिकाले विशेष महत्वका साथ लिने गरेको छ । रथयात्राको अवसर पारेर महानगरपालिकाले आज सार्वजनिक विदासमेत दिएको छ । रथयात्रालाई सफल बनाउन महानगरपालिकाका तर्फबाट आयोजक समितिले आवश्यक ठानेका सबै किसिमका सहयोग उपलब्ध गराउँदै आएको जानकारी गराउन चाहन्छु,’ शुभकामना सन्देशमा मेयर कोइरालाले उल्लेख गर्नुभएको छ, ‘५६ औं संस्करणका रुपमा आज निकालिन लागिएको रथयात्राले आपसी सद्भाव, एकता र सहिष्णुतालाई थप कसिलो बनाउँदै विराटनगरलाई सफा, सुन्दर, हरियाली, विकसित र व्यवस्थित महानगरपालिका बनाउन सबैमा उत्प्रेरणा जागृत होस् ।’

उहाँले नेपाल बहुभाषी र बहुसांस्कृतिक मुलुक भएको बताउँदै यहाँ विभिन्न धर्म, सम्प्रदाय तथा संस्कार र संस्कृतिहरू अस्तित्वको उल्लेख गर्नुभएको छ । एकअर्काको संस्कार र संस्कृतिको कदर गरी मिलेर बस्नु नेपालीहरूको मुख्य विशेषता भएको बताउँदै कोइरालाले विराटनगर उक्त सबै विशेषता अटाउने सहर भएको दाबी गर्नुभएको छ । ‘सानो क्षेत्रफलभित्र विभिन्न जाति, भाषा, धर्म, संस्कृतिलाई अंगिकार गर्ने समुदाय बसोबास गर्दछ । 

विराटनगरलाई विविधतामा एकता भएको सहरका रुपमा लिन सकिन्छ,’ मेयर कोइरालाको सन्देशमा भनिएको छ, ‘नेपालभित्र मनाइने विभिन्न चाडपर्व र उत्सवले आपसी सद्भाव र एकतालाई थप बलियो बनाउने गरेको छ । राधाकृष्णको रथयात्राले पनि आपसी सद्भाव र एकतालाई अझै प्रगाढ बनाउँदै लगेको मैले महसुस गरेको छु ।’

कोइरालाले महङ्गा गरगहना नलगाउन हुन, आफ्ना सामानको सुरक्षा गर्न, विराटनगर सौन्दर्यकरण अभियानअन्तर्गत रोपिएका फल र विरुवाको संरक्षण गर्नसमेत विशेष आग्रह गर्नुभएको छ ।


विराटनगर | विराटनगरमा निकालिने ऐतिहासिक राधाधकृष्णको रथयात्रामा आपराधिक गतिविधि हुन नदिन सिसी क्यामराबाट निगरानी गर्ने भएको छ ।

महानगरपालिकाको प्रशासनिक भवनस्थित नगर प्रहरीको कन्ट्रोल रुमबाट रथयात्रा हुने आपराधिक गतिविधिको निगरानी गर्ने भएको हो । राधाकृष्ण मन्दिरदेखि रोडशेष चोकसम्म जडान गरिएका सिसी क्यामराबाट सूक्ष्म रुपमा निगरानी गरिने नगर प्रहरीका प्रमुख राजन पौडेलले जानकारी दिनुभयो । 

रथयात्रामा हुने भीडको फाइदाउठाउँदै चोरी,पकेटमारा,महिलामाथि हुने दुव्र्यवहारलगायत सिसी क्यामराबाट निगरानीगरिने पौडेललेबताउनुभयो । पौडेलका अनुसार कसैले आपराधिक गतिविधि गरेको पाइए तत्कालै नेपाल प्रहरी र सशस्त्र प्रहरीसित समन्वय गरेर नियन्त्रणमा लिइनेछ । रथयात्रा निकालिने राधाकृष्ण मन्दिरदेखि रोडशेषसम्मका विभिन्न चोक र स्थानमा महानगरले जडान गरेका ३७ वटा सिसी क्यामरा विगतदेखि नै सञ्चालनमा रहेका छन् । रोडशेषदेखि बरगाछीसम्म प्रहरीले जडान गरेका क्यामराबाट जिल्ला प्रहरीकार्यालयको कन्ट्रोलरुमबाट निगरानी गरिनेछ ।

महानगरले जडान गरेका ३७ वटा क्यामराको प्रहरीलेपनि निगरानीगर्नेछ । हरेक वर्ष राधाकृष्ण रथयात्रामा हजारौंको सहभागिता रहँदै आएको छ । रथयात्रामा विराटनगरसहित आसपासका गाउँपालिकाका साथ भारतका विभिन्न स्थानबाट भक्तजनको सहभागिता रहने गरेको छ ।

यसपटकको रथयात्रामा करिब ५ लाख भक्तजन सहभागी हुने आयोजकले अनुमान गरेको छ । कृष्णजन्माष्टीको भोलिपल्ट निकालिने रथयात्रा यस वर्ष मंगलबार निकालिँदैछ । तीनपैनीस्थित राधाकृष्ण मन्दिरबाट निकालिने रथयात्रा मेनरोड हुँदै रोडशेष चोक पुगेर बसपार्क, महेन्द्रचोक, बिजुली अफिस, बरगाछी हुँदै मन्दिरमा पुगेर समापन हुनेछ ।


विराटनगर | विराटनगर महानगरपालिकाले कक्षा ११ को छात्रवृत्तिका लागि सोमबार परीक्षा लिएको छ ।

विराटनगरस्थित आदर्श मावि र पोखरिया माविमा केन्द्र तोकेर महानगरले छात्रवृत्तिका लागि परीक्षा लिएको हो । परीक्षाको महानगरका मेयर नागेश कोइराला र उपमेयर शिल्पा निराला कार्कीले अनुगमनसमेत गर्नुभयो । जेहेन्दार, गरिब तथा विपन्नका लागि राज्यले तोकेको छात्रवृत्तिको सुविधा लक्षित वर्गलाई उपलब्ध गराउने उद्देश्यले महानगरले परीक्षा लिएको हो । महानगरले गत वर्षदेखि छात्रवृत्तिको परीक्षा लिन सुरु गरेको थियो । त्यसअघि विद्यालयहरुले आफूखुसी छात्रवृत्ति दिँदै आएका थिए । उनीहरुले कागजमा मात्रै सीमित छात्रवृत्ति सुविधा प्रदान गरेको विवरण महानगरमा बुझाउँदै आएका थिए ।

लक्षित वर्गले मात्रै छात्रवृत्ति प्राप्त गरारुन् भन्ने उद्देश्यले महानगरले सबै प्रक्रिया पूरा गरेर परीक्षा लिएको मेयर कोइरालाले बताउनुभयो । ‘वास्तविक जेहेन्दार, विपन्न, दलितसहितका लक्षित वर्गले छात्रवृत्ति सुविधा पाउन् भन्ने महानगरको उद्देश्य हो,’ उहाँले भन्नुभयो, ‘त्यही भएर गत वर्षदेखि हामीले छात्रवृत्तिका लागि परीक्षा लिन सुरु गरेका हौं ।’ मेयर कोइरालाले कक्षा ११ को जस्तै अन्य कक्षाका लागि पनि महानगरले छात्रवृत्तिको परीक्षा लिने योजना गरेको सुनाउनुभयो ।

विराटनगरभित्र सञ्चालित १९ विद्यालयका लागि १ हजार २ सय ७ जनाले परीक्षा दिएका छन् । जसमध्ये ७ सय २७ जनाले छात्रवृत्ति प्राप्त गर्नेछन् । जेहेन्दारका लागि ३५ प्रतिशत, विपन्नका लागि ३५ प्रतिशत, जनजातिका लागि १० प्रतिशत, दलितका लागि ५ प्रतिशत, अपाङ्गका लागि ५ प्रतिशत, मुस्लिमका लागि ५ प्रतिशत र अन्यका लागि ५ प्रतिशत छुट्याइएको निमित्त प्रमुख प्रशासकीय अधिकृतसमेत रहनुभएका शैक्षिक महाशाखा प्रमुख रामप्रसाद ढुंगेलले जानकारी दिनुभयो । उहाँका अनुसार एक हप्ताभित्र छात्रवृत्तिको परीक्षाफल सार्वजनिक हुनेछ ।


विराटनगर । विराटनगर–१० मा रहेको शिक्षादीप स्कुलले कृष्ण जन्माष्ठमी मनाएको छ ।

स्कुलमा आइतबा (आज) एक कायृक्रमको आयोजना गरेर कृष्ण जन्माष्ठमी मनाएको हो ।

कक्षा नर्सरीदेखि कक्षा १० सम्मको विद्यार्थीहरुले विभिन्न भेष भुसा लगाएर राधा–कृष्णको नृत्य गरेर उपस्थित विद्यार्थी, अभिभावक तथा शिक्षकहरुले थप मनोरञ्जन प्रदान गरेका थिए । यस्था कार्यक्रमले विद्यार्थीमा भएको क्षमता विकाश हुने स्कुलका कार्यक्रम संयोजक गणेश गौतमले बताए ।


बिराटनगर  भाद्र ९ गते | आईतबार, मोरङ उद्योग व्यापार संघको महिला उद्यम समितिले महिलाहरुको महान चार्ड, ‘तिज पर्व’को उपलक्ष्यमा भाद्र १४, १५ र १६ गते आयोजिना गर्न लागेको नारी उत्सव २०८१ बारे जानकारी गराउने उद्देश्यले पत्रकार सम्मेलनको आयोजना गरेको छ |

 संघका अध्यक्ष श्री अनुपम राठीज्यूको अध्यक्षता र संघको महिला उद्यम समितिकी संयोजक शुश्री श्रुती शर्माज्यूको संयोजकत्वमा विराटनगरको सिटी प्यालेस होटल एण्ड रिसोर्टमा आयोजना हुन लागेको ३ दिने ‘नारी उत्सव २०८१’को तयारीका बारे जानकारी गराउँदै सो उत्सवलाई भव्यतापूर्वक संचालन गराउन सबै संचारकर्मीको साथ र सहयोगका लागि अनुरोध गरिएको थियो ।

 कार्यक्रममा संघका निवर्तमान अध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य श्री नवीन रिजालज्यू, लगायत पदाधिकारीज्यूहरु, कार्यसमिति सदस्यज्यूहरु, युवा उद्यम समिति संयोजकज्यू, महिला उद्यम समिति सदस्यज्यू लगायत संचारकर्मीज्यूहरुको उपस्थिति रहेको थियो ।


विराटनगर |  रोट्रयाक्ट क्लब अफ विराटनगर सेन्ट्रलले वातावरण संरक्षणका लागि इभी गाडीको सचेतनामूलक ¥याली निकालेको छ ।

विराटनगरस्थित मारवाडी सेवा सदनमा आयोजित कार्यक्रममा विराटनगर महानगरपालिकाकी उपमेयर शिल्पा निराला कार्की, मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराई र मोरङका प्रहरी प्रमुख एसपी नवराज कार्कीले ¥यालीको सफलताको शुभकामना व्यक्त गरेका थिए । 

उपमेयर कार्कीले वातावरण संरक्षणका लागि सचेतनामूलक नारा लेखिएको स्टीकर टाँसेर ¥यालीको शुभारम्भ गरिन् । कार्यक्रमलाई सम्बोधन गर्दैै प्रमुख अतिथिसमेत रहेकी उपमेर कार्कीले वातावरण संरक्षण गर्नु सबैको दायित्व भएको उल्लेख गरिन् । नेपालजस्तो ऊर्जाको प्रचुर सम्भावना भएको मुलुकमा इभी गाडीको प्रयोग अत्यन्तै उपयुक्त भएको उनको भनाइ थियो ।

 इभी गाडी वातावरणमैत्रीसमेत भएकाले पेट्रोलियम गाडीको सट्टा इभी गाडीको प्रयोग गर्नु उपयुक्त हुने उपमेयर कार्कीको ठम्याइ थियो । कार्यक्रमका मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले पेट्रोलियम पदार्थबाट चल्नेभन्दा विद्युतबाट चल्ने गाडीको माग विश्वमै बढ्दै गएको बताए । उनले पेट्रोलियम पदार्थको उत्पादनसमेत घट्दै गएका कारण विद्युतीय र सौर्य गाडी सञ्चालनमा जोड दिए । पेट्रोलियम पदार्थबाट सञ्चालित गाडीका कारण वातावरणमा समेत प्रतिकूल असर पर्ने उनको भनाइ थियो ।

वातावरण संरक्षणका लागि सबै नागरिकलाई सचेत गराउन इभी गाडीको ¥याली निकालिएको कार्यक्रम संयोजक आश्रेय कोइरालाले जानकारी दिए । वातावरण संरक्षणका लागि अन्य कार्यक्रमसमेत सञ्चालन गर्ने उनले बताए । ¥यालीमा विभिन्न कम्पनीका करिब ३० वटा गाडी सहभागी भएको आयोजक संस्थाका अध्यक्ष कुशल साहले जानकारी दिए । 

मारवाडी सेवा सदनबाट सुरु भएको ¥याली तीनपैनी चोक, पुष्पलालचोक, दूधफारम, बरगाछी, महेन्द्रचोक, बसपार्क, रोडशेषचोक, ट्राफिक चोक, जलजलाचोक, गोल्छाचोक हुँदै विराटनगर महानगरपालिकामा पुगेर समापन भएको थियो । यसअघि क्लबले जिल्ला प्रशासन चोकदेखि कोशी अस्पतालसम्म वृक्षारोपणसमेत गरेको थियो ।


सुनसरी, भदौ ०६ गते । सुनसरीको धरान उप(महानगरपालिका(१३ साराङग स्थितबाट ठुलो परिमाणमा ट्रकमा लोड गरेर ल्यउदै गरेको गाँजा प्रहरीले बरामद गरेको छ । 

आज बिहान ९ बजे बिशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले धनकुटाबाट धरान तर्फ आउदै गरेको को १ ख ४७३३ नम्बरको ट्रकलाई रोकेर चेकजाँच गर्दा ट्रकमा मुलाको बोरा संगै लोड गरीएको ४४ वटा सेतो बोरामा लुकाई छिपाई ल्याउदै गरेको अवस्थामा १४ सय २० किलो लागुऔषध गाँजा सहित मोरङको सुन्दर हरैचा नगरपलिका(७ गछियाका ३४ बर्षीय राज कुमार दाहाल र धनकुटाको सहिदभुमी गाउँपालिका(७ का ४१ बर्षीय भुपेन्द्र राईलाई नियन्त्रणमा लिएको हो ।

 नियन्त्रणमा लिईएको गाँजा, ट्रक र मानीसहरुको सम्बन्धमा इलाका प्रहरी कार्यालय धरानबाट आवश्यक अनुसन्धान भई रहेको छ ।

 


श्याम राई, उदयपुर  गाईघाट, ५ भदौ | गाईघाट–कदमाहा सडक खण्डको चुरे जंगलमा भदौ २ गते बिङगर गाडी दुर्घटना हुदा एक शिक्षिकाको मृत्यु भएको थियो ।

गाईघाटदेखि लाहानतर्फ जादै गरेको उक्त गाडी ओरालोमा ढुंगालाई ठक्कर दिएर सडक देखि तल खोल्सामा झरेको थियो । दुर्घट्नामा शिक्षिका गिता कार्कीको घट्नास्थलमै मृत्यु भयो भने अन्य १९ जना घाईते भएका थिए । आफनै सुरमा गुडिरहेको गाडी ओरालोमा सडक छेऊमा रहेको ठूलो ढुंगामा एक्कासी ठोक्किएर अर्को तर्फबाट आउँदै गरेको कारलाई समेत हल्का ठक्कर दिदै दुर्घटना भएको थियो ।

चुरे मन्दिर देखि दुई घुम्ति ओरालो आउने बित्तिकै सडकलाई अबरोध गर्ने हिसाबले ढुंगा खसेर बसेको झण्डै २ महिना भैसक्दा समेत सरोकारवाला निकायले हटाउने प्रयास गरेको छैन । २ दिन अघि भएको उक्त सडक दुर्घट्नाको प्रमुख कारण पनि सडक छेऊको ढुंगालाई मानिएको छ ।

आफनै गतिमा आईरहेको कुनै पनि सबारी साधनलाई दुई घुम्ति पार गरेपछि ओरालोमा एक्कासी ढुंगा अगाडी देखेपछि संतुलन गुम्ने गरेको स्वयम चालकहरुले बताउने गरेकाछन् । अस्तिको दुर्घट्ना पनि चालकले एक्कासी ढुंगाको सामना गर्नु पर्दा भएको हिमाली बसका चालक रुस्तम चौधरीले बताए । हामी त झुक्किने गरेका छौ, घुम्ति पछिको ओरालो अनि नजिकै सडकमा बडेमानको ढुंगा , उनले भने । आफनै सुरुमा गाडी चलाएर आईरहदा एक्कासी ढुंगाको सामना गर्नु पर्दा सबारी साधन नियन्त्रण गर्न कठिन हुने गरेको उनले बताए ।

चालकले नियन्ण गुमाउदा ढुंगामा एक्कासी ठोकिएर २ दिन अघि गाडी दुर्घट्ना भएर मानविय क्षेति भएको उनले बताए । सडक छेऊको उक्त ढुंगाकै कारण दुर्घट्ना भएको उनले बताए । अब उक्त ढुंगा तत्काल नहटाउने हो भने अरु पनि दुर्घट्ना नहुन नसक्ने भन्न नसकिने उनले बताए ।

उनले उक्त ढुंगा तत्काल हटाउन लहान सडक डिभिजन कार्यालयलाई खबरदारी गर्नु पर्ने बताए । लहान सडकका डिभिजन प्रमुख आशुतोष कर्णले सडकको ढुंगा हटाने काम भैरहेको बताए । भोलि सम्ममा ढुंगा हटाउने उनले बताए ।

असारमा परेको अबिरल बर्षाको कारण डाँडा देखि ढुंगा खसेको थियो । उक्त ढुंगाले सबारी आबगमनमा समेत अबरोध गर्दै आएको थियो । लामो समयदेखि सडकमा रहेको ढुंगा हटाउने तर्फ कसैको ध्यान गएको छैन ।

 

 

                                                 



विराटनगर | रोट्रयाक्ट क्लब अफ विराटनगर सेन्ट्रलले ‘रोपाइँ जात्रा’ कार्यक्रमअन्तर्गत वृक्षारोपण आयोजना गरेको छ ।

क्लबले विराटनगरमा ‘रोपाइँ जात्रा’ शीर्षकमा वृक्षारोपण कार्यक्रम आयोजना गरेको हो । कार्यक्रमको मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराई, विराटनगर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुली, मोरङका प्रहरी प्रमुख एसपी नवराज कार्की, आदर्श माविको व्यवस्थापन समितिका अध्यक्ष विकास पराजुलीले संयुक्त रुपमा उद्घाटन गरेका थिए । 

कार्यक्रमअन्तर्गत जिल्ला प्रशासन चोकदेखि कोशी अस्पतालसम्मको सडकका दुवै किनारमा विरुवासहित १ सय ५० थान गमला राखिएको कार्यक्रम संयोजक आश्रेय कोइरालाले जानकारी दिए । गमलामा रोपेका विरुवाको स्थानीय व्यापारीले संरक्षण गर्ने जनाइएको छ । उनीहरूले आफ्नो पसल अगाडिको विरुवामा पानी लगाएर रेखदेख गर्ने कोइरालाले बताए ।

सो कार्यक्रम रोट्रयाक्ट क्लब र रोटरी क्लब अफ विराटनगर सेन्ट्रलले संयुक्त रुपमा आयोजना गरेका हुन् । विराटनगरलाई हरियाली र सुन्दर बनाउने उद्देश्यसहित वृक्षारोपण गरिएको रोटरी क्लब अफ विराटनगर सेन्ट्रलका प्रेसिडेन्ट जीना थापाले जानकारी दिइन् ।

 सो अवसरमा कार्यक्रमकाप प्रमुख अतिथिसमेत रहनुभएका मोरङका प्रमुख जिल्ला अधिकारी भट्टराईले वनजंगलको विनाश र विकसित मुलुकहरूबाट हुने हानिकारक कार्बन उत्र्सजनले सिंगो मानव समुदायको अस्तित्व खतरामा परेको बताए । ‘यस्तो प्रतिकूल अवस्थालाई परिर्वतन गर्न वृक्षारोपण र तीनको संरक्षण आवश्यक छ,’ उनले थपे, ‘एकजना मानिसलाई आवश्यक अक्सिजनका निम्ति १२ वटा विरुवाको आवश्यकता पर्ने विभिन्न अध्ययनले देखाएको छ ।’ उनले घरघरका साथै नगरक्षेत्रभरि वृक्षारोपणका गर्न आह्वानसमेत गरे ।

रोटरी क्लब अफ विराटनगर सेन्ट्रल र रोट्रयाक्ट क्लब मिलेर विराटनगरमा अन्य सामाजिक कार्यलाई निरन्तरता दिइने रोटरी क्लबकी इलेक्ट प्रेसिडेन्ट सुजु प्याकुरेल कोइरालाले प्रतिबद्धता जनाइन् । सो अवसरमा आदर्श माविका विद्यार्थीहरूले समेत वृक्षारोपणमा साथ दिएका थिए । विराटनगरमा पछिल्लो समय वृक्षारोपणको अभियान तीव्र रुपमा सञ्चालन भइरहेको छ । स्थानीयवासीसमेत वृक्षारोपणमा स्वतस्फुर्त सहभागी भएको देखिन्छ । 

आफ्नो पसल र घर अगाडिका विरुवामा पानी र मल लगाएर संरक्षण गर्ने गर्न विराटनगर महानगरका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुलीले आग्रहसमेत गरे । ‘विराटनगरलाई सफा, सुन्दर र हराभरा बनाउने भनेको यहीका नागरिकले हो,’ उनले भने, ‘त्यसो भएकाले जुनसुकै संस्था र व्यक्तिले रोपे पनि आफ्नो घर र पसल अगाडिका विरुवाको संरक्षण स्थानीयले नै गर्नुपर्छ ।’


बिराटनगर | स्वतन्त्र पत्रकार - तेजेन्द्र भण्डारी | सावधान ? स्टिकर टासेका  फलफुल खाने सबैले अनिवार्य जानै पर्ने कुरा आजभोलि स्याउ, सुन्तोला, र अन्य फलफुलहरूमा स्टिकर टास्ने चलन बढनथालेको पाइन्छ । 

यो किन टासिन्छ भन्ने जानकारी कसैला हुदैन ? यो चै आफनो स्वस्थ्यामा आफै गरेको खेलबाढ हो |  फलफुलमा टासिएका स्टिकरमा ४ बाट सुरू भएर ४अक सम्मका हुन्छन ? जस्तै ४०२६,४९८७  नम्बर लेखिएका स्टिकरका फलफुल किटनासक र पेस्टिसाइट केमिकल धैरै प्रयोग भएकाले यस्ता खानेकुरा,फल बजारमा सस्तो  मुल्य पाइन्छ । 

अर्को ८ बाट सुरू हुने ८४१३१,८६५३२, यो चै जेनेटिक अनुबाछित गुण परिवर्तन गरिएकाले यस्ता खानेकुरा फल स्याउ, आदी  अर्गानिक होइनन | 

अव - स्टिकरमा ९ बाट सुरू ५ अक का फलफुल जस्तै स्याउमा ९३४३५  लगाएत लेखिएका भए यि फल जैबिक हुन,अर्गानिक हुन यसमा किटनासक अेोषधि प्रयोग गरेको हुदैन तर स्टिकर भएको ठाउ काटेर फालेर मात्र खानु पर्छ ।


 श्याम राई, उदयपुर  गाईघाट, ३ भदौ | खोटाङंमा झाडापखालाबाट एक बालकको मृत्यु भएको छ । दिप्रुङ चुईचुम्मा गाउँपालिका–१ याम्खाका ४ बर्षिय दिप्सन भुजेलको आईतबार साँझ ४.३० बजे दिक्तेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

तिन दिनदेखि झाडापखालाबाट बिरामी भएको बालकको आफन्तले उपचारको लागि दिउँसो ३ बजे अस्प्तालमा ल्याएका थिए । चिकित्सकले उपचार गर्दा गर्दै बालकको डेढ घण्टापछि मृत्यु भएको अस्पतालका प्रमुख डा.रुपेश सङ्ग्रौलाले बताए ।

बिरामी निकै सिरियस अबस्थामा ल्याईएको थियो । हामीले बचाउने निकै प्रयास ग¥यौ  तर बालकलाई बचाउन सकिएन । उनले भने । चाडै उपचारमा ल्याएको भए बालकलाई बचाउन सकिने थियो । उनले भने ।

गाउँमा झाडापखालाका अन्य बिरामी समेत रहेको खुल्न आएको छ । मृतक बालकको दुई दाजुभाई समेत झाडापखालाको बिरामी रहेको र उनीहरुको गाउँमै उपचार भैरहेको स्थानीय दिलिप खत्रीले बताए । बिरामी उनीहरुलाई उपचारको लागि अस्पतालमा ल्याउने तयारी भैरहेको छ ।

 

 

                                                


विराटनगर । कोशी प्रदेश सरकारले प्रादेशिक सडकसञ्जाल गुरुयोजना बनाएर काम गर्ने तयारी थालेको छ ।  

सडकको पहिचान गरी वर्गीकरण गर्ने र त्यसका आधारमा प्राथमिकिकरण गरेर सडक सञ्जाल बनाउने तयारी सुरु गरिएको हो ।  कोशी प्रदेशमा प्रादेशिक लोकमार्ग, सहायक लोकमार्ग, प्रदेशिक सडक र अन्य सडक गरेर करिब ६ हजार किलोमिटरको सडकसञ्जालको गुरु योजना बनाउन तयारी गरिएको हो । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आइतबार गुरुयोजना बनाउने छलफल कार्यक्रमलाई सम्बोधन गर्दै नीति मजबुद बनाएर सडक सञ्जाल बनाउन जोड दिनुभयो । 

संघ र प्रदेश सरकारको आन्तरिक श्रोत खुम्चिँदै गएको अवस्थामा श्रोतलाई समेत मध्यनजर गरेर सडक सञ्जालको गुरु योजना बनाउनु पर्ने बताउनुभयो । उहाँले  प्राथमिकतालाई निर्धारण गरेर मात्रै सडक बनाउनु पर्ने बताउदै आफ्नै निर्वाचन क्षेत्रमा मात्रै सडक बनाउने प्राथमिता दिने परिपाटीलाई गुरुयोजनाले अन्त्य गर्ने बताउनुभयो । 

भौतिक पूर्वाधार मन्त्रालयका सचिव अशोककुमार साहले अहिले करिब १० हजार किलोमिटर सडक पहिचान गरिएको भएपनि ६ हजार किलोमिटर सडकको मात्र प्राथमिकिकरणको आधारमा गुरुयोजना बनाउने तयारी गरिएको जानकारी दिनुभयो । प्रादेशिक लोकमार्ग, सहायक लोकमार्ग, प्रादेशिक सडक र अन्य सडक गरेर करिब १० हजार किलोमिटर सडक पहिचान गरिएपनि अब गुरु योजनामा ६ हजार किलोमिटर समेटेर तयारी गरिने र त्यसलाई पास गरेर अघि बढ्ने बताउनुभयो । भौतिक  पुर्बाधार मन्त्रालयको आयोजनामा कार्यक्रम भएको थियो।


बिराटनगर |  मोरङ कानेपोखरी गाउपालिका वडा नं, ७  पुर्व पश्चिम राजमार्गमा पश्चिम बाट पूर्व तर्फ आउदै गरेको प्र १-०२-०५२ प ११६७ नम्बरको मोटरसाईकलमा इप्रका पथरीबाट प्रसनि रुपेश सिंहको कमाण्डमा खटिएको टोलीले चेकजाँच गर्ने क्रममा जिल्ला मोरङ रंगेली न।पा। १ बबिया बस्ने वर्ष ४५ को गगन कुमार गच्छेदार र मोटरसाइकलमा पछाडी सवार जिल्ला सप्तरी कंञ्चनपुर न।पा। ५ बस्ने वर्ष  ३५ को बासुदेव सरदारले बोकेको कालो झोला भित्र८५०ग्राम सालकको खबेटाफेला पारी मोटरसाइकल सहित नियन्त्रणमा लिई इप्रका पथरीमा ल्याई थप अनुसन्धानको लागी सवडिभिजन वन कानेपोखरीमा बुझाएको छ |

जिल्ला बन कार्यालय मोरङबाट खटिगएको कर्मचारीको संयुक्त टोलिले जिल्ला उदयपुर बेलका न।पा। ३ रामपुर ठोक्सिला स्थित रहेको गिदेरी खोला बगरबाट  ऐ।ऐ।बस्ने बर्ष अं। ४८ को कृष्ण राज मगर, ऐ। ६ बस्ने बर्ष ५६ को डिक बहादुर पूर्वछाने मगर, जि। सप्तरी अग्निसायर कृष्णनगर गा।पा। १ बस्ने बर्ष ५५ को उमेश प्रसाद चौधरीको साथबाट अबैध रुपमा लुकाई छिपाई ल्याउदै गरेको ३ केजि ७१२ ग्राम गरी जम्मा ४ केजि ५८४ ग्राम  सालकको खपेटा र बा ८२ प ८८०५ को ११ प ७६२१ नं। को। २ ओटा  मो।सा। सहित निजहरुलाई नियन्त्रणमा लिई थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागी सव(डिभिजन वन कार्यालय उदयपुरमा बुझाएको छ |

मिति २०८१र०४र२५ गते १८स२० बजे जिल्ला मोरङ कानेपोखरीगा।पा।७  पुर्व पश्चिम राजमार्गमा इप्रका पथरीबाट प्रसनि कमाण्डमा खटिएको प्रहरी टोलीले कानेपोखरीबाट पथरी तर्फ आउदै गरेको प्र १(०२(०४४ प ५४७७ नम्बरको मो।सा। चेकजाँच गर्दा जिल्ला मोरङ सुन्दरहरैचा न।पा। ११ बस्ने बर्ष ४० को दिपक चौधरीले कालो ब्यागमा लुकाई छिपाई ल्याउदै गरेको अवस्थामा९त्यपबथ न्भअपय० नामक छेपारो प्रजातीको दुर्लव बन्यजन्तु सहित फेला पारी मो।सा। सहित नियन्त्रणमा लिई सब डिभिजन बन कार्यालय मंगलवारे उर्लावारी लाई बुझाइएको छ |


श्याम राई, उदयपुर  गाईघाट, २ भदौ | मुलुककै सबैभन्दा ठूलो उदयपुर सिमेन्ट उद्योग यतिबेला चरम आर्थिक अबस्थाबाट गुज्रिरहेको छ । आर्थिक अबस्था जर्जर रहेकै कारण उद्योगले बिगत केही बर्ष देखि नियमित रुपमा बिद्युतको महशुल्क बुझाई सकेको छैन ।

५ बर्ष अघि सम्म महशुल्क समयमा बुझाएर छुट समेत लिने गरेको उद्योगले अहिले करोड रुपैया बिद्युत महशुल्क नबुझाएको कारण जरिवाना तिर्नु परेको छ । बिद्युत प्राधिकरण गाईघाटले दिएको जानकारी अनुसार उद्योगले २०८१ श्रावण सम्म ६२ करोड ९९ लाख ३२ हजार रुपैया बिद्युतको महशुल्क बुझाउन बाकी रहेको छ । समयमै बिद्युत महशुल्क नबुझाउदा उद्योगलाई जरिवाना मात्र १२ करोड ५९ लाख ९६१ तिर्नु पर्ने भएको छ ।

प्राधिकरणले महशुल्क बुझाउन पटकपटक पत्र काटेर उद्योगलाई सचेत गराएको भए पनि उद्योगले बिद्युत महशुल्क नबुझाएको प्राधिकरण गाईघाटले जनाएको छ । हामीले केन्द्रलाई समेत जानकारी गराएर महशुल्क असुल्न खोजेका थियौ । तर सफल हुन सकेनौ । प्राधिकरणका कर्मचारी मधुकर थापाले भने ।

उद्याुगसँग पैसा नभएकोले बिद्युत प्रयोग गरे बापतको पैसा बुझाउन नसकेको जानकारीमा आएको उनले बताए । उद्योगको अबस्था अहिले निकै जर्जर रहेकोले महसुल्क बुझाउन नसकेको भन्ने जानकारी आएको उनले बताए । उद्योगले कर्मचारीको अनिवार्य अबकासपछि उनीहरुला दिनुपर्ने उपदान, बिमा, बिदा संचिति र औषधि बापतको रकम समेत दिन सकेको छैन । अबकासमा गएका कर्मचारीहरु आफूहरुले पाउनु पर्ने उक्त रकम लामो समय देखि नपाउँदा अहिले उनीहरुले आन्दोलन नै गरिरहेका छन् । उद्योगको मुल गेटमा बसेर अहिले दिनहु जसो धर्ना दिईरहेका छन् ।

बिद्युत उपयोग गरेर महशुल्क नबुझाउनेमा त्रियुगा नगरपालिका र रौतामाई गाउँपालिका रहेको प्राधिकरणले जनाएको छ । त्रियुगाले ३ करोड ३४ लाख ९६१ रुपैया बुझाउन बाकी रहेको छ । समयमा महशुल्क नबुझाउदा त्रियुगाको ३४ लाख ३६ हजार ९६१ रुपैया त जरिवाना मात्र तिर्नु पर्ने दायित्व रहेको छ ।

रौतामाईले १ लाख ९४ हजार ५६९ महशुल्क बुझाउन बाकी रहेको छ । ३८ हजार ९१३ रुपैया जरीवाना तिर्नु पर्ने प्राधिकरण गाईघाटले जनाएको छ । बक्यौता महशुल्क उठाउने बिषय प्राधिकरणले केन्द्रलाई जानकारी गराई सकेको शाखा कार्यालय उदयपुरका प्रमुख बिजयबाबु खत्रीले बताए ।

 

 

 

                                             


विराटनगरमा आज भव्य कार्यक्रम आयोजना गरी उक्त ब्रिज इन्टरनेशनल कन्सलटेन्सी खुलेको हो । ब्रिज इन्टरनेशनलको उद्घाटन नेपाल शैक्षिक परामर्श संघ ईकानका अध्यक्ष शेषराज भट्टराईले गर्नु भएको थियो । यही महिना भित्रमा ब्रिज इन्टरनेशनल कन्सलटेन्सीको शाखा नेपालगन्ज, धुलाबारी र काठमाडौमा खुल्नेभएका छन |

विराटनगरमा खुलेको पालको छैठौं शाखा हो । विदेश जाने विद्यार्थीहरुलाई शैक्षिक परार्मश ब्रिज इन्टरनेशनल कन्सलटेन्सीले बिगत ९ वर्षदेखि दिदै आएको कार्यकारी अध्यक्ष भुवन गिरीले जानकारी दिए । अहिले ७ वटा देशमा विद्यार्थी अध्ययनको लागि पठाउँदै आएको उनले बताए । हाल अस्ट्रेलिया, न्युजिल्यान्ड, युके, डेनमार्क, अमेरिका, क्यानडालगायतको देशमा विद्यार्थी जाने गरेका छन् ।

ब्रिज इन्टरनेशनल कन्सलटेन्सीबाट जाने विद्यार्थीको रोजगारिको सुनिश्चितता गिरदै आएको छ । अहिलेसम्म ब्रिज इन्टरनेशनल कन्सलटेन्सीबाट १० हजार बढी विद्यार्थी विदेश अध्ययनको लागि पठाएको उनले बताए । बढि अस्ट्रेलिया, युके, क्यानडा जाने गरेका छन् । ‘यो बर्षमा ब्रिज इन्टरनेशनल कन्सलटेन्सीको देशभरीमा पाँच शाखा कार्यालयहरु खुलेको छ । बिद्यार्थीलाई हामी अतिरिक्त सुविधा दिने गरिएको छ । उनीहरुलाई पिकअपदेखि सम्पूर्ण सुविधा दिने गरेका छन् । ट्राभल्स काड देखि रोजगारिको लागि सहयोग गरिन्छ,’ उनले भने ।

कार्यक्रममा बोल्दै नेपाल शैक्षिक परामर्श संघ ईकानका अध्यक्ष शेषराज भट्टराईले विद्यार्थीलाई राम्रो शैक्षिक परार्मश दिनको लागि ब्रिज इन्टरनेशनल कन्सलटेन्सीको भूमिका ठूलो रहेको बताए । सहि तरिकाले परामर्श दिएर विद्यार्थीलाई अगाडी बढनुपर्ने उनले बताए । 

कार्यक्रममा हिसानका केन्द्रीय उपाध्यक्ष भेषराज पोखरेल, मेरील्याण्ड कलेजका प्रिन्पिसल लक्ष्मण ढकाल, शिक्षादीपक कलेजका व्यवस्थापन संकायका प्रमुख शैलेन्द्र सिवाकोटीलगायतको उपस्थिती रहेको थियो । सोही अवसरमा चर्चित गायक हिमाल सागरले आफ्नो चर्चित गीतहरु प्रस्तुत गरी सहभागि भएका विद्यार्थीहरुलाई मनोरञ्जन प्रदान गरे ।


श्याम राइ गाइघाट, ३१ श्रावण | कटारी नगरपालिकाका मेयर राजेशचन्द्र श्रेष्ठले अहिले प्रतिपक्षीहरुले सामाजिक संजाल मार्फत आफू माथि गलत उदेश्यले अफवाह फैलाएर चरित्र हत्या गर्न खोजेको बताएका छन् ।

बुधबार आफ्नो कार्यकक्षमा आयोजित प्रेसमिटमा उनले राम्रो काम गर्दा गर्दै पनि अहिले कसरी मेयरलाई असफल बनाउने भनेर प्रतिपक्षीहरु खुलेरै लागि परेको बताए । मलाई असफल बनाउन निर्धारीत समयमा निती तथा कार्यक्रम र बजेट ल्याउन दिएनन्, अहिले फेरी खर्चको बिषय उठाएर बदनाम गर्न खोजिएको छ । उनले भने ।

कार्यपालिकामा उनीहरुको बहुमत भएकोले परिषद् अगाडी कार्यपालिकाको बैठक पटकपटक बस्न खोजियो तर उनीहरु उपस्थिती नै नहुने उनले भने । अनि निर्धारीत समयमा परिषद् नै हुन सकेन । अहिले निर्धारीत समय भन्दा एक महिनापछि श्रावन २७ गते परिषद् सम्पन्न गरियो उनीहरुको पूर्ण सहयोगमा गरिएको परिषद्पछि भने नकारात्मक सन्देश जानेगरि सामाजिक संजालमा मेयर र प्रमुख प्रशासकीय अधिकृत  बारे मिथ्या प्रचार गरिएको उनले बताए ।

बिगतको अरुको कार्यकाल भन्दा आफूले राम्रो ढंगले पार्दर्शीपूर्बक काम गरिरहेको उनले बताए ।

६ बर्ष अघि ईन्धनमा १ करोड भन्दा बढी खर्च मेयरले गरेकोमा अहिले आफूले ३४ लाख जति मात्र गरेको उनले बताए । जति बेला ईन्धनको मुल्य कम थियो । सवारी साधन पनि थोरै थियो । त्यति बेला १ करोड खर्च ईन्धनमा भएको थियो । त्यस हिसाबले अहिले ३ करोड भन्दा माथि खर्च ईन्धनमा गर्नु पर्ने हुन्थ्यो । मेयर श्रेष्ठले भने ।

परिषद्मा सबैको सहमतिमा बजेट पारीत गरिएको तर अहिले प्रतिपक्षीहरुले चोर बाटोबाट बजेट ल्याईएको भन्दै गलत अफबाह फैलाउने गरेको बताए । बैशाखमा प्राप्त भएको चुनढुंगा खानीको रोयल्टी बापतको रकम टिप्पणी आदेशमा केही शिर्षक अन्तर्गत गरिएको खर्चलाई लिएर उनीहरुले गलत सन्देश प्रबाह गरेको उनले बताए । हामीले कानून अनुसार बिल भर्पाई राखेर आबश्यक काममा मात्र खर्च गरेका छौ । बिनियोजित रकममा पनि खर्च नभएको रकम पुरानो दायित्वमा समेत खर्च गरेको उनले बताए ।

परिषद्मा सबै छलफल भएर पास भएको भए पनि अहिले एक्कासी सम्पन्न भैसकेको बिषयमा गलत सदन्देश जानेगरि सामाजिक संजालमा कुरा उठाउने कामले आफू चकित भएको मेयर श्रेष्ठले बताए । मैले केही गलत गरेको छैन, सबै कानून सम्बत भएको छ । उनले भने । यदि कसैले मैले गलत गरेको प्रमाणित गराएर देखाई दिएमा आफू जस्तोसुकै सजाय भोग्न तयार रहेको र राजनीतिबाट समेत सधैका लागि अलग रहने उनले बताए ।

 


विराटनगर |  नोना कोइराला प्रतिष्ठान र केएचडीसीको प्राविधिक सहयोगमा मोरङको बूढीगंगा वडा नम्बर ७ स्थित डंग्राहामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

बूढीगंगा गाउँपालिकाको आयोजनामा डंग्राहास्थित लक्ष्मी माविमा आयोजित शिविरको नेपाली कांग्रेसका वरिष्ठ नेता तथा सांसद डा. शेखर कोइरालाले उद्घाटन गरेका थिए । कोइरालाले बिरामीको स्वास्थ्य चेकजाँच गरेर शिविरको उद्घाटन गरेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै नेता कोइरालाले गाउँघरमै स्वास्थ्य शिविर सञ्चालन गर्दा बिरामीहरु अस्पताल जानुपर्ने बाध्यताको अन्त्य हुने बताए ।

 उनले नोना कोइराला प्रतिष्ठानले विगतदेखि नै जनताको स्वास्थ्यप्रति सचेत रहँदै निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको जानकारी दिए । उनले जनताहरुले गाउँघरमै स्वास्थ्य सेवा लिन चाहिरहेको बताए । ‘अहिले जनताले गाउँघरमै स्वास्थ्य र शिक्षाको सहज पहुँच चाहिरहेका छन् । नोना कोइराला स्मृति प्रतिष्ठानले पनि जनताको चाहनालाई बुझेर गाउँघरमै स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ,’ उनले भने, ‘यसले सामान्य बिरामीको तत्कालै उपचार हुन्छ भने जटिल र दीर्घरोगीका रुपमा पहिचान भएका बिरामीलाई तत्कालै अस्पताल जान पनि सहयोग पुग्छ । औषधि पनि प्रतिष्ठानले निःशुल्क वितरण गरेको छ ।’

शिविरमा मृगौला,मुटु,मधुमेहलगायतका रोगको परीक्षण गरिएको थियो । चेकजाँचका क्रममा जटिल समस्या देखिएका बिरामीलाई अस्पतालमा उपचारको समेत व्यवस्था मिलाएको प्रतिष्ठानले जनाएको छ । त्यस्तै शिविरमा इको, इसीजी, फोक्सो, उच्च रक्तचापसँग सम्बन्धित सबै किसिमको ल्याब सेवा समेत प्रदान गरिएको थियो । शिविरमा औषधिसमेत निःशुल्क रुपमा वितरण गरिएको प्रतिष्ठानका महासचिव अमित श्रीवास्तवले जानकारी दिए ।

 अस्पतालमा गएर चेकजाँच गर्दा कम्तीमा ७ हजार रुपैयाँ खर्च लाग्ने चेकजाँच र उपचार प्रतिष्ठानले निःशुल्क गरेको उनको भनाइ छ । प्रतिष्ठानले हरेक वर्ष स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ । गत वर्ष बूढीगंगाकै वडा नम्बर २, ४ र ६ नम्बरमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको थियो । यस आर्थिक वर्षको पहिलो शिविरमा ५ सय १७ जनाले स्वास्थ्य सेवा लिएको महासचिव श्रीवास्तवले जानकारी दिए ।


श्याम राई, उदयपुर  गाईघाट, ३१ श्रावण। खोटाङंमा पहिरोले पुरीएर एक शिक्षिकाको मृत्यु भएको छ ।

बिद्यालयतर्फ जादै गरेको बेला बिहीबार बिहान १० बजेको सयममा रावाबेसी गाउँपालिका–३ नम्बर वडा कार्यालय छेउको बाटोमा माथि देखि झरेको पहिरोले पुरीएर लामिडाँडास्थीत बिश्वज्योति उच्च माबिकी शिक्षिका ५७ बर्षिया साबित्रादेबी नेवारको घट्नास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

राती परेको पानीको कारण बाटो देखि झण्डै ३० फिट माथि देखि पहिरो खसेको प्रहरीले जनाएको छ । बिद्यालय पढाउने जाने क्रममा उक्त घट्ना भएपछि बिद्यालय बन्द गरिएको छ । मृतकको शब पोष्टमार्टमको लागि जिल्ला अस्पताल दिक्तेलमा राखिएको छ । घट्नाको अनुसन्धान भैरहेको प्रहरी नायब उपरीक्षक पुरुषोत्तम खड्काले बताए ।

 

 

 

 

                                              


बिराटनगर | कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले आवधिक योजना एकातिर निति तथा कार्यक्रम र बजेट अर्कोतिर गईरहेको बताउनुभयो। कोशी प्रदेश योजना आयोगले पञ्चबर्षिय आवधिक योजना सार्वजनिक गर्दै मुख्यमन्त्री कार्कीले प्रदेशको विकासको आधारको रुपमा रहेको आवधिक योजनासँग निति तथा कार्यक्रम र बजेट मिल्न नसकोको बताउँदै अवका दिनमा यस्तो हुन नदिने प्रतिबद्धता व्यक्त गर्नुभयो  ।

सरकारको सय दिन पुगेको अवसरमा सार्वजनिक गरिएको आवधिक योजनालाई अबको केही दिनमा नै कर्मचारी, सासंद सबैको हात हातमा पुर्याउन निर्देशन दिदै मुख्यमन्त्री कार्कीले कर्मचारी र सासंदहरुले राम्रोसँग अध्ययन गर्नुपर्नेमा जोड दिनुभयो  । आवधिक योजनासँग निति तथा कार्यक्रम र बजेटको तालमेल मिलाउनको लागि सबैले अध्ययन गरेर सोही अनुसारको योजना मात्र अगाडि सार्नुपर्ने उहाको भनाई छ । आगामि दिनमा सोही अनुसार अगाडि बढ्न पनि उहाँले आग्रह गर्नु भयो ।

आर्थिक बर्ष २०८५÷०८६ सम्ममा कोशी प्रदेशको आर्थिक वृद्धिदर ७.५५ प्रतिशत पुर्याउने लक्ष्य राखिएको छ । कोशी प्रदेश सरकारको आर्थिक बर्ष २०७९÷०८० मा २.३८ प्रतिशत आर्थिक वृद्धिदर थियो भने आर्थिक बर्ष २०८०÷०८१ मा ३.५१ प्रतिशत रहेको थियो ।

प्रदेश योजना आयोगले विहिबार सार्वजनिक गरेको दोस्रो आवधिक योजना अनुसार आर्थिक वर्ष २०८५ ÷८६ मा प्रतिव्यक्ति कुल ग्रार्हस्थ उत्पादन १६४५ अमेरिकी डलर पुग्ने अनुमान गरिएको छ । आर्थिक वर्ष २०७९÷८० मा १२९९ अमेरिकी डलर थियो भने आर्थिक वर्ष २०८० ÷८१ मा १३३६ अमेरिकी डलर थियो ।  

 त्यसैगरी आर्थिक वर्ष २०८५÷८६ सम्ममा गरिबीको रेखामुखी रहेको जनसंख्या १२ प्रतिशमा झार्ने लक्ष्य रहेको छ । आर्थिक वर्ष २०७९÷८० मा कोशी प्रदेशमा १७.५० प्रतिशत जनसंख्या गरिबीको रेखामुनि रहेका थिए भने गएको आर्थिक वर्षमा यसमा ०.३० प्रतिशत घटेर १७.२० प्रतिशत पुगेको छ ।

यसैगरि अहिले १० प्रतिशत रहेको बेरोजगारी दरलाई आर्थिक वर्ष २०८५÷८६ सम्ममा ५.४ प्रतिशतमा झार्ने लक्ष्य लिइएको छ ।

आर्थिक बर्ष २०८५÷०८६ मा कोशी प्रदेशका जनताको अपेक्षित आयु ७२ बर्षको अनुमान गरिएको छ । मातृमृत्यु दर (प्रतिलाख जीवित जन्ममा) ७० मा झार्ने अनुमान गरिएको छ । त्यस्तै पाँच बर्ष मुनिको बाल मृत्युदर (प्रति हजार जीवित जन्ममा) २० मा झार्ने अनुमान गरिएको छ ।

त्यसैगरी आर्थिक बर्ष २०८५÷०८६ सम्ममा साक्षरता दर ९० प्रतिशत पुर्याउने लक्ष्य राखिएको छ भने श्रमशक्ति सहभागिता दर ६० प्रतिशत पुर्याउने लक्ष्य राखिएको छ । लैङ्गिक विकासको सूचांक ०.९२ पुर्याउने लक्ष्य राखिएको छ भने मानव विकासको सूचांक ०.६२ पुर्याउने लक्ष्य छ ।

आवधिक योजनामा डिजिटल साक्षरता ९० प्रतिशत पुर्याउने अनुमान गरिएको छ भने विधुत उत्पादन २२०० मेगावट अनुमान गरिएको छ ।

आवधिक योजनामा उल्लेख भएको क्षेत्रगत परमाणात्मक लक्ष्य अनुसार कुल ग्रार्हस्थ उत्पादन (उपभोक्ता मूल्यमा) १३१७.९५ अर्वमा पुर्याउने लक्ष्य रहेको छ भने कृषि क्षेत्रको बार्षिक वृद्धिदर ६ प्रतिशत पुर्याउने लक्ष्य राखिएको छ भने उद्योग क्षेत्रको बार्षिक वृद्धिदर १०.५६ प्रतिशत पुर्याउने लक्ष्य राखिएको छ । आर्थिक बर्ष २०८५÷०८६ सम्ममा सेवा क्षेत्रको बार्षिक वृद्धिदर ७.४१ प्रतिशत पुर्याउने अनुमान गरिएको छ ।  प्रतिव्यक्ति कुल गार्हस्थ (उत्पादन उपभोक्त मूल्यमा) १६४५ अमेरिकी डलर पुर्याउने लक्ष्य अनुमान गरिएको छ । कोशी प्रदेशको आर्थिक बर्ष २०८५÷८६ सम्ममा २.१० प्रतिशत हुने अनुमान गरिएको छ ।

कोशी प्रदेश योजना आयोगका उपाध्यक्ष डा. राजेन्द्र अधिकारी पञ्च बर्षिय आवधिक योजनाको मुख्य मुख्य आयोजनाहरु प्रस्तुत गर्दै दोस्रो आवधिक योजनाको सोच ‘शुसासित, खुसी, आर्थिक रुपले गतिशील र सम्मुन्नत प्रदेश’ रहेको जानकारी दिनुभयो । उहाकस अनुसार आवधिक योजनाको मुख्य उदेश्य कृषि, उद्योग र सेवा क्षेत्रमा लगानीको वातावरण तयार गरी प्रविधिमैत्री उत्पादन तथा उत्पादकत्व वृद्धिमार्फत सम्पन्न नागरिक र समुन्नत प्रदेश निर्माण गर्ने, शिक्षा, स्वास्थ्य, रोजगारी, सामाजिक सुरक्षा लगायतका सामाजिक विकासका क्षेत्रमा लगानी अभिवृद्धि गरी सामाजिक न्याय सहित नागरिकमा खुसी वृद्धि गर्ने, प्रदेशका भौतिक तथा सामाजिक पूर्वाधारको उच्चतम उपयोग गरी उपयोग गरी समृद्धि हासिल गर्ने, प्रदेशमा सार्वजनिक, निजी तथा सामुदायिक क्षेत्रको सेवा प्रवाह नागरिकमैत्री बनाई प्रत्येक नागरिकमा शान्ति, सुरक्षा तथा सुशासनको अनुभूति गर्न सक्ने बातावरण तयार गर्ने रहेको छ ।


 श्याम राई, उदयपुर  गाईघाट, ३१ श्रावण | सिद्धिचरण राजमार्ग अन्तर्गत कटारी– १४ घुर्मि– लामिडाँडा सडक खण्डमा बुधबार राती गएको पहिरोले काठ बोकेको ट्रकलाई बगाएर तल खोल्सोमा झारेको छ ।

ओखलढुंगादेखि उतिसको काठ बोकेर ईटहरीतर्फ आउँदै गरेको प्र–०२–००–२ ख ०१२६ नम्बरको ट्रकलाई पहिरोले बगाउँदा सडक देखि झण्डै २० मिटर तल झरेको प्रहरीले जनाएको छ ।

पानी परीरहेको बेला साघुरो बाटो देखेर ट्रकको चालक र सह–चालक तल झेर बाटो हेर्नेक्रममा माथिदेखि झरेको पहिरो र सडक भासिएर ट्रक बगेको ईलाका प्रहरी कार्यालय कटारीका प्रहरी नायब उपरीक्षक शुभाष राईले बताए ।

उनले गाडीका स्टाफहरु बाहीर रहेकोले मानविय क्षेति भने नभएको   बताए । चालक ललित बिश्वकर्माले रोकिराखेको गाडी पहिरो र सडक बगेर तल खसेको बताए । हामीहरु गाडीबाट तल उत्रिएको दस मिनेट नहुदै पहिरो खसेको बताए । तल बाटो हेर्न झरेको कारण आफूहरु बाच्न सफल भएको उनले बताए ।

प्रहरीले तल झरेको ट्रक निकाल्ने प्रयास भैरहेको जनाएको छ ।


विराटनगर |  विराटनगरमा निकालिने श्री राधाकृष्णको रथयात्राका क्रममा हुने फोहोर व्यवस्थापनमा विराटनगर महानगरपालिकाले अहिलेदेखि नै तयारी थालेको छ ।

जथाभावी फोहोर हुन नदिनका लागि महानगरले सम्बन्धित संघसंस्था र व्यक्तिलाई पूर्वस्वीकृत लिएर मात्रै पानी, सर्बत, प्रसादलगायतका सामग्री वितरण गर्न आग्रह गरेको छ । रथयात्राका क्रममा सर्बत, पानी, प्रसादलगायतको खोल, बोतल र प्लाष्टिक सडकमा फ्याल्दा बजार फोहोर देखिने गरेको थियो । गत वर्षदेखि महानगरले रथयात्राका क्रममा निस्कने फोहोर व्यवस्थापन योजनाबद्ध रुपमा गर्न सुरु गरेको छ । यस वर्ष आगामी भदौ ११ गते राधाकृष्ण रथयात्रा निकालिँदैछ । महानगरले सार्वजनिक सूचना नै जारी गरेर जथाभावी फोहोर नगर्न अपिलसमेत गरेको छ । महानगरपालिकाको सरसफाई व्यवस्थापन शाखाका प्रमुख पुनम दाहालले सबै सरोकारवालाहरूलाई फोहोर व्यवस्थापनमा सहयोग गर्न आग्रह गर्नुभयो ।

रथयात्राको क्रममा पानी, सर्बत तथा प्रसाद वितरण गर्न चाहने व्यक्ति तथा संघ–संस्थाहरूले अनिवार्य रूपमा महानगरबाट पूर्वस्वीकृति लिनुपर्नेछ । महानगरपालिकाले सेवा प्रदायकहरूलाई फोहोरलाई डस्टबिन वा बोरामा संकलन गरी सडक सरसफाईको साधनमा राख्न निर्देशन दिएको दाहालले बताउनुभयो । महानगरपालिकाले स्वीकृति नलिई फोहोर उत्पादन गर्ने कुनै पनि व्यक्ति वा संस्थालाई कारबाही गरिने चेतावनी दिएको छ । पछिल्लो वर्ष सेवा प्रदायकहरूले फोहोर नउठाउँदा महानगरको टोलीले सरसफाई गरेको थियो ।

यस पटकको रथयात्रामा महानगरपालिकाले फोहोर व्यवस्थापनलाई प्राथमिकतामा राखेको छ । सबै पक्षको सहयोगले मात्र विराटनगरलाई सफा र सुन्दर राख्न सकिने मेयर नागेश कोइरालाले बताउनुभयो । ‘रथयात्रामा पानी, सर्बत, प्रसादलगायत वितरण गर्नेहरुले फोहोरलाई व्यवस्थित गर्नु जरुरी छ,’ उहाँले भन्नुभयो, ‘गत वर्षझैं यस वर्ष पनि रथको पछि–पछि महानगरको टोलीले फोहोर संकलन गरेर तत्कालै व्यवस्थापन गर्नेछ ।’ महानगरले सूचना जारी गरेपछि पूर्वस्वीकृत लिन विभिन्न संघसंस्था र व्यक्तिहरू आउन थालेको सरसफाई व्यवस्थापन शाखाका सुपरभाइजर किरण न्यौपानेले जानकारी दिनुभयो ।


धरान | धरान उपमहानगर पालिका क्षेत्र भित्र पूर्वाधार सडक सेवा उपभोग शुल्कका नाममा जबरजस्ती शुल्क उठाएको विरोधमा धरानमा व्यवसायीहरूले मेयर तथा उपमेयरलाई ज्ञापन पत्र बुझाएका छन् । 

दैनिक रूपमा पूर्वाधार सडक सेवा उपभोग शुल्कका नाममा ए. वि. रात देऊ निर्माण सेवा राम धुनीले जबरजस्ती शुल्क उठाउने गरेको भन्दै उनीहरूले बन्द गर्न माग गरेका हुन् । 

ठेकेदार कम्पनीले  जबरजस्ती करको नाममा उठाउँदै आएको शुल्क बन्द गर्न मेयर हर्कराज राई र उपमेयर अइन्द्र बिक्रम बेघालाई ज्ञापन पत्र बुझाएको  धरान वितरक सङ्घका अध्यक्ष  तथा  मदिरा व्यवसायी सङ्घ  कोसी प्रदेश  अध्यक्ष  नवीन तामाङले जानकारी दिए ।  धरान उपमहानगरपालिकामा व्यवसाय दर्ता गरी सामान डेलिभरी गर्न आवतजावत गर्ने क्रममा व्यवसायीलाई   पूर्वाधार सडक सेवा उपभोग शुल्कका नाममा दैनिक प्रति सवारी ७५ रुपैयाँ जबरजस्ती गुण्डागर्दी शैलीमा असुली गर्ने गरेको भन्दै व्यवसायीहरूले तत्काल खारेजीको माग गरेका हुन् ।  

अघिल्लो आर्थिक वर्षमा  धरानमा रहेका सम्पूर्ण वितरक व्यवसायीहरूलाई  एक फर्म एक  ढुवानी सवारी साधन  छुट गरेकोमा यो वर्ष उक्त सुविधा समेत हटाइएको दुखेसो गरेका छन् । वितरक व्यवसायी  सङ्घहरूले  व्यवसायीहरूलाई पलाइन हुन वाट रोक्न विशेष छुटको व्यवस्था गर्न समेत माग गरेका छन् ।   वितरक व्यवसायीहरूले कानुन विपरित लगाइएका करहरू जबरजस्ती गुडा गर्दी शैलीमा   असुली  गर्ने भइरहेको कारण  व्यवसाय नै  बन्द गर्नुपर्ने अवस्था पुगेको भन्दै  सबै व्यवसायीले आफ्नो व्यवसाय बन्द गरी ताला–चाबी बुझाउन बाध्य हुने धरान वितरक सङ्घका अध्यक्ष  तथा  मदिरा व्यवसायी सङ्घ  कोसी प्रदेश  अध्यक्ष  नवीन तामाङले बताए ।   
‘उनीहरूका व्यवहार मर्यादित छैन साथै गुण्डागर्दी शैलीमा समेत असुली गर्ने गरेका छन्’ तामाङले भने –    व्यवसाय कर, बहाल कर, लगायतका सबै करहरू भुक्तानी गरेर  व्यवसाय गर्दा समेत दैनिक रूपमा अमर्यादित, गुण्डागर्दी एवम् जबरजस्ती शैलीमा दैनिक रूपमा सवारी साधनबाट कर असुली गर्ने गरेका क्रियाकलाप प्रति हाम्रो आपत्ति हो  ।’    

 उनीहरूले  नेपाल सरकारले तोकेको मापदण्डभित्र रही स्थानीय, प्रदेश तथा केन्द्रीय सरकारका सबै करहरू भुक्तानी गरेको दाबी गरेका छन् । व्यवसायी सङ्गठनले आफ्नो लगानीलाई जोखिममा राखी व्यवसाय सञ्चालन गर्दा समेत अमर्यादित तथा जबरजस्ती तरिकाले कर उठाएको  आरोप लगाएका छन् । 
 धरान वितरक सङ्घ, धरान मदिरा व्यवसायी सङ्घ, स्थानीय भवन निर्माण व्यवसायी सङ्घ, धरान हार्डवेयर व्यवसायी सङ्घ, सुनसरी मुद्रक व्यवसायी सङ्घ, पूर्वाञ्चल पेट्रोलियम ढुवानी व्यवसायी सङ्घलगायत ६ व्यावसायिक सङ्गठनले पुर्वाधार सडक उपभोग सेवा शुल्कका नाममा कर उठाउन तुरुन्तै बन्द गर्न ध्यानाकर्षण गराएको  धरान वितरक सङ्घका महासचिव तथा वितरक सङ्घ कोशिका सदस्य राम श्रेष्ठले ले जानकारी दिए  ।


बिराटनगर  | आजभन्दा १४ वर्ष पहिला ओपीडी- १४ वेड बाट सुरू भएको गोल्डेन अस्पताल निजि र बैकको लगानीबाट ४८ करोड खर्च गरेर बिराटनगर - ११ मा बनाइएको ठुलो गोल्डेन अस्पतालको भवनको आज कोशी प्रदेशका मुख्य मन्त्री माननीय हिक्मत कुमार कार्कीले उदघाटन गर्नु भएको छ | अव यो अस्पतालमा सबै खाले रोगको उपचार हुनेछ भने आजबाट १०० बेड बाट सन्चालन हुने भएको आयोजकले बताएका छन |


श्याम राई, उदयपुर  गाईघाट, २९ श्रावण   |  बलात्कार मुद्दामा दोषी ठहर भै फरार रहेका एक प्रतिबादी ९ बर्षपछि पक्राऊ परेकाछन् ।

सुस्त मनस्थितिकी १४ बर्षिया बालिकालाई बलात्कार गरेको अभियोगमा जिल्ला अदालत खोटाङंले १३ बर्ष कैदको फैसला गरेको खोटाङं साकेला गाउँपालिका–२ रतन्छाका बर्ष ३६ का नरदेश राईलाई आईतबार प्रहरीले पक्राऊ गरेको हो । उनी घर मै लुकेर बसेको बेला पक्राऊ परेका हुन् ।

अदालतले सोमबार राईलाई कैद भुक्तानको लागि खोटाङ कारागार पठाएको प्रहरीले जनाएको छ  ।

२०७२ माघ १८ गते राती १२ बजेको समयमा राईले ति बालिकालाई सुतेको बेला बलात्कार गरेका थिए । बलात्कारपछि राई फरार थिए ।

राई बिरुद्ध बलात्कार मुद्दा चल्दै गर्दा २०७९ चैत्र ३० गते अदालतले राईलाई दोषी ठहर गर्दै १३ बर्ष कैद सजायको फैसला गरेको प्रहरी नायब उपरीक्षक पुरुषोत्तम खड्काले बताए ।

 

 

 

 

 

 

                                               

  

 

 

 

 

                                         


श्याम राई, उदयपुर  गाईघाट, २९ श्रावण |  खोटाङमा बैकिंङ्क कसुर मुद्दामा फरार एक प्रतिबादी पक्राऊ परेकाछन् ।

मोटरसाईकल खरिद गरेर ब्यापारीलाई खातामा पैसा नभएको चेक दिएर ठगी गरेको जाहेरीको आधारमा दिक्तेल रुपाकोट मझुवागढी–१२ जाल्पा बस्ने बर्ष ३७ का हेमन्त राईलाई प्रहरीले पक्राऊ गरेको हो ।

राईलाई काठमाडौं–६ बौद्धबाट श्रावण २४ गते पक्राऊ गरि आईतबार खोटाङं प्रहरी कार्यालयमा ल्याईएको हो । कार्तिक ७ गते खोटाङंस्थीत अटो लिङं्क प्रालिबाट राईले मोटरसाईकल खरिद गरेका थिए । उनले अटो लिङं्कलाई ३ लाखको चेक दिएका थिए ।

 उनले दिएको चेक खातामा पैसा नभएकोले पटकपटक बैंक जादा समेत फिर्ता भएपछि बैंकले चेक बाउन्स गरिदिएको थियो । चेक बाउन्सपछि अटो ब्यापारी रोशन सैजुले प्रहरीमा लिखित उजुरी दिएका थिए । प्रहरीले सैजुको उजुरीको आधारमा राईलाई पक्राऊ गरेको प्रहरी नायब उपरीक्षक पुरुषोत्तम खड्काले बताए ।

अदालतबाट ७ दिनको म्याद थपगरि थप अनुसन्धान भैरहेको उनले   बताए ।


MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.