Websoft University

प्रदेशमा दिगो एवं गुणस्तरीय स्वास्थ्य सेवा पु¥याउने- मुख्यमन्त्री कार्की


विराटनगर, साउन १६ गते | कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशमा दिगो एवं गुणस्तरीय स्वास्थ्य सेवा पु¥याउन प्रदेश सरकार  क्रियाशिल रहेको बताउनु भएको छ ।

नेपाल चिकित्सक सङ्घ कोशी शाखाको बुधबार बेलुका बिराटनगरमा   नव निर्वाचित कार्य समितिका पदाधिकारीहरुको पदस्थापन समारोहमा बोल्दै उहाँले सरकार स्वास्थ क्षेत्र प्रति  संवेधनशिल  रहेको बताउनुभयो  ।ग्रामीण तथा दुर्गम क्षेत्रका जनतालाई जनमुखी स्वास्थ्य सेवा सहजरुपमा प्रदान गर्ने उद्देश्यले यसपालिको नीति तथा कार्यक्रममा ब्यवस्था गरिएको मुख्य मन्त्री कार्कीले बताउनु भयो ।

मुख्यमन्त्री कार्कीले सरकारले  जनताको घर–घरमा स्वास्थ्य सेवा पु¥याउनका लागि के कस्तो नीति आवश्यक पर्छ भन्ने उद्देश्यले चाँडै  कार्यदल गठन गर्ने जानकारी दिँदै यसका लागि आवश्यक सुझाव दिन  सङ्घलाई आग्रह गर्नुभयो ।

उहाँले सरकारी स्वास्थ्य संस्थाको जीर्ण रहेको भौतिक संरचनालाई वलियो बनाउने कार्य  शुरु गरेको जानकारी दिँदै यसै क्रममा विराटनगरमा सुविधा सम्पन्न आधुनिक प्रविधियुक्त प्रदेशस्तरीय प्रयोगशाला निर्माण गरी सञ्चालनमा ल्याइएको जानकारी दिनुभयो ।

मुख्यमन्त्री कार्कीले सरकारले स्वास्थ्यकर्मीहरुको सुरक्षाको जिम्मा लिने बताउँदै समयमा  नै जानकारी प्राप्त भएमा  दोषिलाई कारवाही गरी समाजमा सकारात्मक  सन्देश प्रवाह  गर्ने विचार राख्नु भयो ।

चिकित्सकहरुले  भौतिक र आर्थिक सुरक्षाको कुरा उठाएपछि उहाले स्रोत र साधन हेरेर सरकार अघि बढ्ने जानकारी दिदै भौतिक सुरक्षामा भने कुनै कसर नराखी काम गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो । चिकित्सक सघ नेपालको पुरानो संस्था भएकाले यो संग सहकार्य गर्न  प्रदेश सरकार तयार रहेकोे बताउदै उहाँले कोशी प्रदेशलाइ स्वास्थको हब बनाउन सकिने बताउनु भयो ।

विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले चिकित्सक विदेश पलायन रोक्न आवश्यक सेवा सुविधा स्वदेशमा उपलव्ध गराउनु पर्ने सुझाव दिनु भयो ।

 सङ्घका केन्द्रीय अध्यक्ष अनिल विक्रम कार्कीले व्यवस्था परिवर्तन भएपनि चिकित्सककोअवस्था परिवर्तन नभएको गुनासो व्यक्त्त गर्नु भयो ।

मुख्यमन्त्री कार्कीले सङ्घका नव निर्वाचित अध्यक्ष डा राजेन्द्र चौधरी लगायत समितिका पदाधिकारीहरुलाई निर्वाचित प्रमाणपत्र वितरण गर्नुभएको थियो

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.