Websoft University

बालबालिकाको उद्वार


श्याम राइ  गाईघाट | खोटाङंमा असाहाय तिन दलित बालबालिकाको प्रहरीले मंगलबार उद्धार गरेको छ ।

आमाबाबु बिहिन उनीहरु बिचल्ली परेको जानकारी पाए लगत्तै प्रहरीले उनीहरुको उद्धारगरि बुधबार बिराटनगरस्थीत बालसेवा आश्रममा पठाएको प्रहरी नायब उपरीक्षक पुरुषोत्तम खड्काले बताए ।

राबाबेशी गाउँपालिका–२ खार्पाका टेक बहादुर नेपालीको १० बर्षिया छोरी मनकुमारी, ९ बर्षिया भुमिका र ७ बर्षिय छोरा माधबलाई उद्धार गरेको खड्काले बताए । तिनै जनाको पठनपाठन र खान लाउन सबै आश्रमबाट ब्यबस्था हुने उनले बताए ।

आमाको एक बर्ष अघि मृत्यु र बाबु जबर्जस्ती करणी मुद्दामा जेल परेका कारण ति बालबालिका साहारा बिहिन भएका थिए । उनीहरुको आर्थिक अबस्था समेत दयनिय रहेको प्रहरीले जनाएको छ ।

 

 

 

 

श्याम राई, उदयपुर

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.