Websoft University

बिजुलीको करेन्ट लागेर १ जनाको मृत्यु


श्याम राई, उदयपुर  गाईघाट, २७ श्रावण | सोलुखुम्बुमा बिजुलीको करेन्ट लागेर १ जना बिद्युत प्राबिधिकको मृत्यु भएको छ । अन्य ३ जना घाईते भएकाछन् ।

शनीबार दिउँसो बिद्युतको काम गर्ने क्रममा थुलुङ दुधकोशी गाउँपालिका–९ लोखिमका ४३ बर्षिय बिष्णु राईको मृत्यु भएको हो । चल्लेरी च्याल्सा बिद्युत कम्पनीमा कार्यरत बरिष्ठ प्राबिधिक राईको फाप्लु जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ ।

शनीबार बिहान देखि नै हाईटेन्सन लाईन आसपासका रुखको हागा काट्छाट् गर्दै बिजुलीको काम गर्ने क्रममा एक्कासी बिद्युतको पोलमा करेन्ट प्रबाह हुदा उक्त घट्ना भएको थियो । राई पोलमा चढे्र काम गरिरहेका थिए । भने अन्यले उनलाई सहयोग गरिरहेका थिए । करेन्ट लागेर घाईते भएका प्राबिधिक सहयोगी बर्ष ३० का बुद्धि राजभण्डारी, ज्यालादारी कर्मचारी बर्ष ३४ का टासी शेर्पा र बर्ष ५१ का कुमार बस्नेतको जिल्ला अस्प्तालमा उपचार भैरहेकोमा थप उपचारको लागि काठमाडौं लाने तयारी भैरहेको छ ।

निजी क्षेत्रबाट बिधुत उत्पादन गर्दै आईरहेको च्याल्सा बिद्युत कम्पनी सल्लेरीले झँण्डै ३ हजार ४ सय घरधुरुलाई बिद्युत सेवा उपलब्ध गराउँदै आएको छ ।

 

 

 

 

 

                                            

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.