Websoft University


गाईघाट, २७ श्रावण | आईतबार बिहानदेखि उदयपुरको प्रमुख ब्यापारीक केन्द्र कटारी बजारमा खानेपानीको सप्लाईमा अबरोध आएको छ ।

बिहान पानी थाप्न खोज्दा धारामा पानी नआएपछि उपभोक्ताहरुले संबन्धित निकायलाई जानकारी गराएपछि अहिले पानी अबरोधको कारण पत्ता लगाएर मुहानमा मर्मत सम्भारको काम भैरहेको छ ।

बजार क्षेत्रमा बितरण हुँदै आएको खानेपानी आयोजनाको कटारी नपा–५ स्थितमा रहेको मुहानको पानी तान्न प्रयोग गरिएको पम्प र पम्प संन्चालनमा प्रयोग गरिदै आएको बिद्युतको ट्रान्सर्फमरमा समस्या आएकोले बिहान देखि नगरमा पानी आपूर्ति ठप्प भएको कटारीका समाजसेबी पबन श्रेष्ठले बताए ।

अहिले बिद्युत प्राधिकरण कटारीबाट मुहानमा रहेको बिद्युत ट्रान्सफर्मर र पम्प मर्मत संभार भैरहेको उनले बताए ।

दिउँसो सम्ममा मर्मत सम्भार सकिएर साँझ देखि पानी आपूर्ति सहज हुने उनले बताए ।

गत २ बर्ष देखि संचालनमा आएको कटारी बजार नँया खानेपानी तथा सरसफाई उपभोेक्ता कटारी आयोजनाले बजार क्षेत्रमा पानी बितरण गर्दै आएको छ ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.