Websoft University

रंगेलीमा स्कुल बसले ठक्कर दिँदा साइकलयात्रीको मृत्यु


विराटनगर । मोरङको रंगेलीमा स्कुल बसको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ । तीव्र गतिमा रहेको बसका कारण दुर्घटना भएको प्रहरीले जनाएको छ । 

विद्यार्थी लिनका लागि जाँदै गरेको विराटनगरस्थित अरनिको स्कुलको बसले ठक्कर दिँदा धनपालथान गाउँपालिका–३ मायागन्जका ५५ वर्षीय जगन्नाथ ठाकुरको मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले बताए । उनका अनुसार को १ क १७०० नम्बरको बस विद्यार्थी लिनलाई विराटनगरबाट आमबारीतर्फ जाँदै गरेको पाइएको छ । 

तीव गतिमा रहेको उक्त बसले रंगेली नगरपालिका–२ चेका पुलमा आइतबार बिहान ९ः४५ बजेतिर ठक्कर दिँदा साइकलमा यात्रा गरिरहेका ठाकुरको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परेर गम्भीर घाइते भएका उनलाई उपचारका लागि रंगेली अस्पताल पुर्याउनसाथ चिकित्सकले मृत घोषित गरेको डीएसपी बस्नेतले बताए । 

शवलाई पोस्टमार्टमका लागि रंगेली अस्पतालमै राखेर प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ । बस्नेतका अनुसार बस र चालक झापाको कन्काई नगरपालिका–१ का ५७ वर्षीय इन्द्रप्रसाद मिश्रलाई इलाका प्रहरी कार्यालय रंगेलीका इन्सपेक्टर सन्तोष खड्का नेतृत्वको टोलीले नियन्त्रणमा लिएको छ । 

बसमा विद्यार्थी भने थिएनन् । बसको तीव्र गति र चालकको लापरबाही दुर्घटनाको मुख्य कारण रहेको प्रहरीको भनाइ छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.