Websoft University

काम नगर्ने ३ वटा निर्माण कम्पनीलाई कालो सूचीमा परे


श्याम राई, उदयपुर  गाईघाट, २५ श्रावण | गाईघाट–दिक्तेल सडक योजनामा ठेक्का पारेर काम नगर्ने ३ वटा निर्माण कम्पनीलाई कालो सूचीमा राखिएको छ ।

ठेक्काको काम पारेर बिगत ६ बर्षदेखि आफूले पारेको काम नगरी योजना अलपत्र पारेको भन्दै योजना कार्यालय गाईघाटको सिफारीसमा तिन निर्माण कम्पनीहरुलाई सार्बजनिक खरिद अनुगमन कार्यालयले शुक्रबार सार्बजनिक सूचना जारी गर्दै कालो सुचीमा राखेको जनाएको छ ।

अनुगमन कार्यालयले बिहीबार गरेको निर्णयमा गाईघाट–दिक्तेल सडक योजनामा संगलग्न भारत कन्ट्रक्शन÷ सिद्धबिसाई जेभी काठमाडौं, देबनारायण पबन÷मैनाचुली÷खम्पाचे जेभी काठमाडौं र मैनाचुली÷सिद्धिसाई प्रकाश जेबी काठमाडौं कालो सुचीमा परेको हो । कालो सुचीमा रहेको भारत कन्ट्रक्सन भारतीय कम्पनी रहेको छ । क्रमशः तिन कम्पनीहरुलाई ३ बर्ष÷२ बर्ष÷र २ बर्ष कालो सुचीमा राखिएको छ । उनीहरुले उक्त अबधिभर सार्बजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भागलिन पाउने छैनन् ।

सार्बजनिक खरिद ऐन २०६३ को दफा ६३ को उपदफा १ बमोजिम कालो सूचीमा राखिएको कुनै पनि निर्माण कम्पनीले ठेक्का प्रतिस्पर्धामा भागलिन नपाउने ब्यबस्था छ ।

अनुगमन कार्यालयले यि तिन कम्पनी सहित २० वटा निर्माण कम्पनीलाई समेत कालो सूचीमा राखेर कार्बाही अघि बढाएको सूचना मार्फत जनाएको छ ।

 

 

 

 

                                         

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.