Websoft University

वाणिज्य संघलाई पानी प्रशोधन गर्ने मेसिन प्रदान


सुरेन्द्र भन्डारी-बिर्तामोड,साउन २३ गते। बिर्तामोड उद्योग वाणिज्य संघलाई निलकण्ठ ट्रेडएण्डसप्लायर्स(एनके)ले पानी प्रशोधन गर्ने मेसिन प्रदान गरेको छ ।

भारतीय ब्राण्ड प्युरोसिसको नेपालका लागि आधिकारिक बिक्रेताको रुपमा रहेको एनकेले सोही ब्राण्डको एक थान पानी प्रशोधन गर्ने मेसिन प्रदान गरेको हो ।

बिर्तामोडस्थित संघको कार्यालयमा आयोजित कार्यक्रमका बीच संघका अध्यक्ष राजुन्यौपानेलाई पानीप्रशोधन गर्ने मेसिन प्रदानगरिएको थियो । 
एनकेका प्रतिनिधि कञ्चना पोखरेल र मञ्जुश्री संग्रौला गिरीले संघका अध्यक्ष न्यौपानेलगायत संघका पदाधिकारीलाई मेसिन हस्तान्तरण गरेका थिए ।

निलकण्ठ ट्रेड एण्ड सप्लायर्स बिर्तामोड नगरपालिका २ स्थित रामचौकमा रहेको छ । मेसिनको बजार मूल्य झण्डै ४० हजार रुपैयाँ रहेको बताइएको छ । 

कार्यक्रममा एनके प्रतिनिध पोखरेलले मेसिनका विशेषताका बारेमा जानकारी गराएकी थिइन् भने संघका अध्यक्ष न्यौपानेले धन्यवाद दिएका थिए ।

एनकेका हालसम्म आठ हजारको हराहारीमा पानी प्रशोधन गर्ने मेसिनका सदस्यहरु रहेको कम्पनीले जनाएको छ । कार्यक्रमको सञ्चालन संघका महासचिव कुशल खतिवडाले गरेका थिए । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.