Websoft University

कोरोना बीमाको रकम भुक्तानी हुने


विराटनगर २२ साउन । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले कोरोना बीमाको रकम भुक्तानी हुने बताउनु भएको छ । सरकारले कोरोना बीमाको पैसा दिने प्रतिवद्धता जनाएको उहाँले जानकारी दिनुभयो ।

नेपाल पत्रकार महासंघ मोरङमा मंगलबार प्राधिकरणले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा अध्यक्ष सिलवालले कोरोना बीमाको दाबी भुक्तानी गर्नेपर्ने बताउनुभयो । आफू काठमाडौं पुग्ने बितिक्कै बीमा कम्पनीहरूसँग छलफल गर्ने उहाँले आश्वासन दिनुभयो । नेपाल बीमा प्राधिकरणका निर्देशक सुशीलदेव सुवेदीले बीमा सम्बन्धी प्रस्तुती गर्नुभएको थियो । उहाँले कोरोना बीमा दावी भुक्तानीमा प्राधिकरण विश्वस्त रहेको बताउनुभयो ।

अन्तरक्रिया कार्यक्रममा पत्रकार महासंघ मोरङका सल्लाहकार बन्धु पोखरेल, सचिव नेत्र पी अधिकारी, पत्रकारहरु श्यामसुन्दर सुतिहार, सुभाष कार्की लगायतले कोरोना बीमाका विषयमा जिज्ञाशा राख्नु भएको थियो । उच्च अदालतले कोरोना बीमा भुक्तानी दिने आदेश दिँदा पनि कार्यन्वयन नभएको प्राधिकरणका अध्यक्ष सामु जिज्ञाशा राखीएको   थियो ।

कार्यक्रमको संचालन नेपाल बीमा प्राधिकरण, कोशी प्रदेश कार्यालयका प्रमुख विनोदकुमार पोखरेलले गर्नु भएको थियो ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.