Websoft University


श्याम राई, उदयपुर  गाईघाट, २४ श्रावण | रौतामाई गाउँपालिकाको लाफाँगाउँ, धर्मे, फार्स र रुपाटारमा ग्रामीण बिधुतीकरण अन्तर्गत बिद्युत बिस्तारको काम पूरा भएपछि असोजदेखि स्थानीयको घर घरमा बिजुली बल्ने भएको छ ।

पोल गाडेर बिजुलीको तार टाङने काम सकिएपछि अब बिद्युत प्राधिकरणले लाईन असोजदेखि छोड्ने तयारी गरेको छ । बिद्युत बिस्तारको सबै काम पूरा भैसकेको वडा नम्बर–३ का अध्यक्ष दिपेन्द्र दाहालले बताए । उनले बिजुलीको पोल, तार टाङने र ट्रान्सफर्मर जडानको काम सकिएकोले अब बिजुली बाल्ने काम मात्र बाकी रहेको बताए । बिधुत बिस्तारको काम पूरा हुने बित्तिकै गाउँलेहरुले घर वायरीङको काम समेत सकेर बिद्युत मिटर समेत जडान गरिसकेको दाहालले बताए ।

वडा न. ३ को लाफाँगाउँमा गत बर्ष नै बिजुली पुगिसकेको भए पनि आसपासको अन्य ३ वटा गाउँमा भने बिद्युत बिस्तार हुन सकेको थिएन् ।

गत बर्ष बिद्युत प्राधिकरणले रौतामाईमा ग्रामीण बिद्युतीयकरण योजना संन्चालनको लागि ठेक्का लगाएपछि बिद्युत बिस्तारको काम शुरु भएको उनले बताए । उनले असोज देखि ३ सय २५ घरधुरीले बिद्युत उपयोग गर्न पाउने बताए । उनीहरुको लागि वडाको पहलमा स्थानीय रसुवा खोला र कौशिका सामुदायिक वनबाट निःशुल्क बिद्युत मिटर उपलब्ध गराईएको अध्यक्ष दाहालले बताए ।

 

 

 

                                                

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.