विराटनगर, २ असोज | नयाँ शैक्षिक कार्यक्रमहरु सञ्चालन गर्ने प्रस्तावहरु पारित गर्दै कोशी प्रदेश सरकारको मनमोहन प्राविधिक विश्वविद्यालयको चौथो साधारण सभा सम्पन्न भएको छ ।
कोशी प्रदेश सरकारका मुख्यमन्त्री तथा मनमोहन विश्वविद्यालयका कुलपति हिक्मतकुमार कार्कीले औपचारिक रुपमा झण्डा फराएर भदौ ३० गते उदघाटन गरेको चौथो सभा नयाँ शैक्षिक कार्यक्रमहरु सञ्चालन गर्ने प्रस्तावहरु परित गर्दै सम्पन्न भएको हो ।
सभामा कुलपति तथा मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सरकारको गौरब भएकोले प्राविधिक विश्वविद्यालयको स्तारोन्नीमा बिशेष चासो दिने बताए । उनले छोटो समयमा पनि विश्वविद्यालयले उल्लेखय प्रगति हासिल गर्न सफल भएकोमा पदाधिकारी र कर्मचारीहरुको प्रशंसा गर्दै अगामी दिनमा स्तरोन्नतीका लागि सरकारले प्राथमिकतामा राख्ने बताए । उनले एक बर्षभित्र मनमोहनलाई स्वास्थ्यतर्फका प्राविधिक शैक्षिक कार्यक्रमहरु सञ्चालन गर्नेगरि प्रदेश सरकारले अस्पताल हस्तान्तरण गर्ने प्रतिबद्धता जनाएका थिए । उनले प्रदेश सरकारले आफनो दायित्व अनुसार विश्वविद्यालयलाई बजेट दिनुपर्नेमा जोड दिए ।
सभामा विश्विद्यालयका उपकुलपति डा सुवासश्री पोखरेलले नेपालका पहिलो प्राविधिक विश्वविद्यालयलाई कोशी सरकारले गौरवका रुपमा लिएर भौतिक संरक्षण निर्माण र शैक्षिक कार्यक्रमहरु सञ्चालनमा चासो दिनुपर्नेमा जोड दिएका थिए । उनले मनोमहन आफनै पहिचान बोकेको मध्यमदेखी हाईस्केलका दक्ष जनशक्त्ति उत्पादन गर्ने विश्वविद्यालयको भएको जानकारी गराउदै ईन्नियिरिङग , मेडिकल एण्ड एप्लाईड हेल्थ र साईन्स एण्ड टेक्नोलोजी सफलता पुर्वक सञ्चालन भैरहेको बताए ।
उनले विश्वविद्यालयले यसैबर्षदेखी अस्पताल व्यवस्थापनमा पठनपाठन गराउन विद्यार्थी भर्ना लिइसकेको र चाँडै व्यवस्थापन कानुनमा पनि कक्षा सञ्चालन गर्ने तयारी भैरहेको जानकारी गराए । उपकुलपति पोखरेलले विभिन्न ल्यावहरु स्थापना गरेर सञ्चालनमा ल्याइसकेको मोरङको बुढीगंगा गाउँपालिका ४ हात्तीमुढामा केन्द्रिय कार्यालय रहेको मनमोहन प्राविधिक विश्वविद्यालयले चाँडै मेडिसिन टेष्टिङ प्रयोगशाला पनि स्थापना गर्ने योजना बनाएको छ ।
पुर्वमन्त्री तथा विश्वविद्यालय संरक्षण समिति सदस्य जिवन घिमिरेले कोशी प्रदेश सरकारले आफनो गौरबको मानेर लगानी बढाएमा विश्वविद्यालयले अझै तीब्र रुपमा गति लिने बताए । उनले एक मनमोहनले एक बर्षभित्र अस्पताल प्राप्त गरेर स्वास्थ्य क्षेत्रका शैक्षिक कार्यक्रम सञ्चालन गरेमा प्रगति अझै विस्तार भएर जाने बताए ।
सभासभद मुकेश उपाध्यायले प्राकृतिक योग चित्सिाको पढाई सञ्चालन गर्न विश्वविद्यालयले बिशेष चासो दिनुपर्ने आग्रह गरे । उनले नेचुरोप्याथी (प्राकृतिक चिकित्सा) मा पाठयक्रम तयार भैसकेपनि बजेट अभावमा कक्षा सञ्चालन हुन नसकेको बताए ।यसैगरि विश्वविद्य ालयको आफनै तारा मण्डल बनाउन पनि प्रदेश सरकारले चासो दिनुपर्नेमा जोड दिए । सभासद प्रकाशनारायण चौधरीले विश्वविद्यालयले चाँडै आवश्यक भौतिक संरचना निर्माण गरि दक्ष जनशक्त्ति नियुक्त्तगरि सबै स्कुलका शैक्षिक कार्यक्रमहरु सञ्चालन गर्नसकेमात्र आफनो पहिचान विशिष्ट बनाउन सक्ने बताए ।
सभासद गीता रेग्मीले चाँडै प्रदेशका बाहिरी जिल्लामा पनि मनमोहन विश्वविद्यालयले आंगिक क्याम्पसहरु स्थापना गर्नुपर्नेमा जोड दिइन ।
सभामा मनमोहनका रजिष्टार डा दिलनाथ फुँयालले विश्वविद्यालयले उत्पादित जनशक्त्तिलाई रोजगार दिलाउन अधिकृत नियुक्त्त गरिसकेको र चाँडै विभाग नै गठन गर्ने जानकारी दिए । उनले ईकाई गठन गरेर व्यवस्थित रुपमा ‘अर्न टु लर्न ’ कार्यक्रम पनि सञ्चालन गर्न लागेको बताए ।
सभाले व्यवस्थापन कानुनमा स्नातक र अपराध कानुनमा स्नातोकोत्तर कक्षा सञ्चालन गर्ने प्रस्ताव सहित चालु आर्थिक बर्ष २०८०।०८१ का लागि निवयोजित बजेटका कार्यक्रमहरु पारित गरेको थियो ।
Post a Comment