Websoft University

रेडियो अपरेटर ग्रेड थ्री तालिम १२ औं समूहको समापन


विराटनगर, असोज ९ गते । कोशी प्रदेश प्रहरी तालिम केन्द्र बिराटनगरको तत्वावधानमासंचालन भएको रेडियो अपरेटर ग्रेड थ्री तालिमको समापन भएको छ ।


 साउन २ गतेबाट संचालन भएको ५६ कार्य दिन अवधिको रेडियो अपरेटर ग्रेड थ्री तालिम १ औं समूहकोतालिम कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको सभाहलमा प्रहरी वरिष्ठ उपरीक्षक भीम बहादुर दाहालको प्रमुख  आतिथ्यतामा असोज ९ गते समापन भएको हो |



तालिम समापन कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै प्रमुख अतिथि दहालले प्रहर संगठनमा सुचना प्रवाह गरी संगठनको उदेश्य परिपुर्ति गर्न मेरुदण्डको रुपमा रहेको प्रहरी संचारलाई  समय परिस्थिति अनुरुप दक्ष जनशक्ति उत्पादन गरी प्रहरी संचार परिचालनलाई सुदृढसक्षम  तथा जवाफदेही बनाउन तालिमको आवश्यकता रहेको बताउदैतालिममा सिकेका ज्ञान र सिपलाई कार्य क्षेत्रमा अक्षरस पालना गरी जस्तो सुकै कठिन परिस्थितिमा पनि उच्च मनोवलका साथ 

सफलतापुर्वक सुचना प्रवाह गर्न प्रशिक्षार्थीहरुलाई निर्देशन दिनु भएको थियो । 


साथै वहाँले प्रशिक्षार्थीहरुसंग अन्तरक्रिया गर्नुका साथै तालिम समापन भएर जाने प्रहरी कर्मचारीहरुलाई तालिमको प्रमाणपत्र समेत प्रदान गर्नु भएको थियो |


उक्त तालिममा कोशी प्रदेश अन्तरगतका जिल्ला प्रहरी कार्यालय तथा मातहत कार्यालयमा कार्यरत ३१ जना पुरुष र  जना महिला प्रहरी कर्मचारीहरुको सहभागिता रहेको थियो भने समापन कार्यक्रममा कोशी प्रदेश प्रदेश प्रहरी कार्यालय बिराटनगरका सिनियर प्रहरी अधिकृत तथा जुनियर प्रहरी अधिकृत सहित प्रशिक्षकहरुको उपस्थितिरहेको थियो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.