मोरङ | असोज ११ गते ।मोरङको केराबारी गाउँपालिका-८ खदम खोला स्थितबाट १५ वटा ट्रयाक्टर प्रहरीले नियन्त्रणमा लिएको छ । असोज १० गते बेलुका ६ बजे इलाका प्रहरी कार्यालय केराबारीबाट खटिएको प्रहरी टोलीले खदम खोलाबाट अबैध रुपमा नदिजन्य पदार्थ ढुंगा उत्खनन् गर्दै गरेको अवस्थामा को.२ त ८३४६, को.२ त ९९२७, को.२ त७५५४, को.१ त ५३८०, को.२ त २०३२, को.२ त ७९१२,को.२ त ७८९७, को.२ त ६९४०, को.२ त ८३१९, को. १ त४५८३, को.१ त ८७२२, प्र.१-०२-००३ त २७१२, प्र.१-०२-००३ त १८८१, प्र. १-०२-००३ त २८३९ र प्र.१-०२-००३ त ०७८७ नम्वरको ट्रयाक्टरहरुलाईनियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिईएका उक्त ट्रयाक्टरहरुलाई आवश्यक कारवाहीको लागी केराबारी गाउँपालिकाको कार्यालयमा बुझाईएको छ ।
Post a Comment