Websoft University

संविधान दिवसमा महानगरद्वारा वृक्षारोपण


विराटनगर  |  संविधान दिवसका अवसरमा विराटनगर महानगरपालिकाले वृक्षारोपण कार्यक्रम आयोजना गरेको छ ।

विराटनगरस्थित बरगाछी–रानी सडक सौन्दर्यकरणलाई सफल पार्न महानगरले वृक्षारोपण गरेको हो । महानगरले शनिमन्दिर उत्तरका डिभाइडर (मेडियम)मा विभिन्न जातका विरुवा रोपेको हो । महानगरकी उपमेयर शिल्पा निराला कार्की, प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुली, सामान्य प्रशासन महाशाखा प्रमुख अर्जुन थपलिया, सरसफाई शाखा प्रमुख पुनमकुमार दाहाल, नगर प्रहरी प्रमुख राजन पौडेल, बरगाछी–रानी सडक सौन्दर्यकरण परियोजनाका संयोजक वेनिगोपाल मुन्दडालगायतले वृक्षारोपण गर्नुभएको थियो ।

 उपमेयर कार्कीले विराटनगरमा पछिल्लो समय स्वतस्फुर्त वृक्षारोपणको अभियान चलिरहेको भन्दै खुसी व्यक्त गर्नुभयो । उहाँले सबैको साथ र सहयोगले मात्रै विराटनगरलाई हरियाली बनाउन सकिने बताउनुभयो ।

विराटनगरमा कार्यालय रहेका बैंक तथा वित्तीय संस्थाहरु सहयोगमा महानगरले बरगाछी–रानी सडक सौन्दर्यकरण जारी रहेको छ । हालसम्म महेन्द्रचोकदेखि बरगाछीसम्मका सबै डिभाइडरमा तारजाली लगाउने र विरुवा रोप्ने कार्य सकिएको छ ।

 बैंकहरुले सामाजिक उत्तरदायित्वअन्तर्गत आर्थिक सहयोग उपलब्ध गराइरहेका छन् । हालसम्म ११ वटा बैंक तथा वित्तीय संस्थाहरुले १८ हजार ५० हजार रुपैयाँ परियोजनाको खातामा जम्मा गराइसकेका छन् । प्रदेश राजधानीसमेत रहेको विराटनगरमा ४२ वटा बैंक तथा वित्तीय संस्थाहरू सञ्चालनमा रहेका छन् । ५ किलोमिटर लम्बाई रहेको बरगाछी–रानी सडकमा ४६ वटा मेडिएम (डिभाइडर) छन् ।  

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.