Websoft University

संघमा स्वागत गर्नु भई भेटघाट

 


बिराटनगर | २०८१ असोज ६ गते, आईतबार, मोरङ उद्योग व्यापार संघमा पाल्नु भएका राष्ट्रिय अनुसन्धान विभाग कोशी प्रदेश प्रमुख, डि।आई।जी। श्री इन्द्र लामाज्यूलाई संघका अध्यक्ष श्री अनुपम राठीज्यू सहित संघका पदाधिकारीज्यूहरु, कार्यसमिति सदस्यज्यूहरु, युवा तथा महिला उद्यम समिति सदस्यज्यूहरुले संघमा स्वागत गर्नु भई भेटघाट तथा छलफल गर्नु भएको थियो ।

कार्यक्रममा अध्यक्ष श्री राठीज्यूले डि।आई।जी। लामाज्यूलाई स्वागत गर्दै वहाँको सफल कार्यकालको शुभकामना व्यक्त गर्नु भएको थियो । साथै अध्यक्ष राठीज्यू सहित कार्यक्रममा उपस्थित कार्यसमिति सदस्यज्यूहरुले डी।आई।जी। लामाज्यू समक्ष खुल्ला सीमामा हुने गरेका अवैध व्यापार तथा चोरी पैठारी नियन्त्रण गर्न, स्वदेशी बजार संरक्षणार्थ करको दर न्यूनिकरण गर्न पहल गर्न, अपराध रहित व्यवसायिक वातावरण निर्माण गर्न, सांस्कृतिक विकृति नियन्त्रण गर्न, लागु औषध नियन्त्रण गर्न, कृषि क्षेत्रका सम्भावित अवसरहरुको पहिचान गरी व्यवसायिकरण गर्न पहल गर्न, अपराध मुक्त सामाजिक व्यवस्था सुनिश्चित गर्न लगायतका कार्यहरुका लागि राष्ट्रिय अनुसन्धान विभागको भूमिका अहम रहने बताउँदै सोका लागि अग्रसर रहन अनुरोध गर्नु भई सुरक्षा निकाय र उद्योगीरव्यवसायी बीचका विगतका उदाहरणीय समन्वयतालाई समेत निरन्तरता दिन आदि सुझावहरु दिनु भएको थियो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.