Websoft University

कोशी प्रदेशले विश्व फार्मेसी दिवस मनायो |

 


काठमाडौं  । विश्व फार्मेसी दिवसको अवसरमा विश्वव्यापी स्वास्थ्य आवश्यकता पुरा गर्दै फमासिस्ट भन्ने मुल नारालाई आत्मसात गर्दै नेपाल फार्मास्यूटिकल एसोसिएसन कोशी प्रदेशले विराटनगरमा प्रभातफेरी, रक्तदान तथा अन्तरक्रिया कार्यक्रम गरी हर्षोल्लासका साथ दिवस मनाएको छ । 

नेपाल फर्मास्युटिकल एसोसिएसन कोशी प्रदेशका अध्यक्ष  शम्भु शाहको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको प्रमुख अतिथि कोशी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री  लिलावल्लभ अधिकारीको उपस्थितिमा  दिप प्रज्वलन गरी कार्यक्रमको समुद्घाटन गरिएको थियो भने विशिष्ट अतिथि स्वास्थ्य मन्त्रालय कोशी प्रदेशका स्वास्थ्य सचिव डा. राधिका थपलिया, विषेश अतिथि औषधि व्यवस्था विभाग शाखा कार्यालय बिराटनगरका निमित्त प्रमुख निकेश श्रेष्ठ तथा अतिथिहरु नेपाल औषधि व्यवसायी संघ, केन्द्रीय सदस्य  प्रदिप कुमार दास, नेपाल औषधि व्यवसायी संघ, कोशी प्रदेशका अध्यक्ष कुमार खतिवडा, नेपाल औषधि बिक्रि प्रवन्धक संघ कोशीका प्रतिनिधी,  तेज नारायण साह, पशुपंक्षी औषधि व्यवसायी संघका पुर्वअध्यक्ष   विष्णु कुमार निरौला, मनमोहन प्राविधिक विश्व विद्यालय फार्मेसी विभागका  साइविजय रिजाल, प्रदेश भरीका अस्पताल फार्मेसीका प्रमुख तथा प्रतिनिधीहरु, औषधि उद्योगमा कार्यरत फर्मासिस्टहरु, फार्मेसी विज्ञान पढाईहुने कलेजका अध्यापकहरु, सामुदायिक  फार्मेसी सञ्चालन गरिरहेका फार्मासिस्टहरु साथै नेपाल फर्मास्युटिकल एसोसिएसनमा आवद्ध रहेका फर्मासिस्ट पेशाकर्मीहरुको उपस्थिती रहेको थियो ।

नेपाल औषधि ब्यबसायी संघ कोशी प्रदेशका अध्यक्ष कुमार खतिवडाले  देशमा संघीयता आएता पनि औषधिको क्षेत्रमा संघीयता सामान्य जनताले अनुभव गर्न नपाएको वताए । हालसम्म बिराटनगर, बिरगञ्ज, नेपालगञ्ज तथा केन्द्र काठमाण्डौमा मात्र विभाग सिमित भएकोले औषधिको दर्ता, नविकरण लगायतका कामका लागि हिमाली पहाडी भेगमा रहेका व्यवसायीहरुलाइ कडिनाइ भएको र प्रदेश र स्थानीय  सरकारले यसको जिम्मा लिइ सेवा प्रवाह राख्नुपर्ने धारणा व्यक्त गरे ।  विभिन्न ऐनहरुमा व्यवस्था भए वमोजिम फार्मेसी जनशक्तिको व्यवस्था गरि व्यवसाय संचालन गर्न नीजिहरुलाई कडाईका रुपमा नियमन गरिदा कतिपय सरकारको आफ्नै आधारभुत अस्पतालदेखि प्रादेशिक अस्पतालहरु सम्म फार्मेसी जनशक्तिको उपलब्धता शून्य रहेको जानकारी दिदै दरवन्दी लगायतका विषयमा सरकार गम्भिर हुनुपर्ने विचार व्यक्त गरे । 

आन्तरिक मामिला तथा कानून मन्त्री  लिलावल्लभ अधिकारीले औषधि संवन्धि जनगुनासो ब्यापक आउने गरेको , निशुल्क औषधि नपाउने गरेको ,  औषधिको गुण्स्तर कम रहने , औषधिको खरिदमा कमिसनको खेल हुने गरेको भन्ने गुनासो व्यापक आउने गरेको तथा प्रलोभनमा परि अनावश्यक औषधिको प्रेस्काइव तथा वितरणहुने गरेको तथा  नियमनकारी निकायबाट कमजोर नियमन हुने भन्ने जनगुनासो सुनिएकाले औषधि उत्पादन देखि उपभोगसम्म फार्मेसी जनशक्तिको व्यवस्था अनिवार्य रहेको आफुले नि महसुस गरेकाले  तमाम समस्या समाधानका लागि अहिलेको सरकार सकारात्मक रहेको जानकारी दिदै सोका लागि सम्वन्धित संघसंस्था, विज्ञ टोलीको सल्लाह सुझाव लिएर अघि बढ्ने प्रतिबद्धता ब्यक्त गरे । 

स्वास्थ्य मन्त्रालय कोशी प्रदेशका स्वास्थ्य सचिव डा. राधिका थपलियाले प्रदेशमा फार्मेसी सेवा समुहको जनशक्ति न्युन रहेको स्वीकार गर्दै आगामी दिनमा दरबन्दी बढाउन पहलकदमी लिने जानकारी दिइन ।त्यस्तै  औषधि अन्वेषण, उत्पादन अनुसन्धान, परिक्षण, खरिद, विक्रिवितरण, भण्डारण, गणस्तर कायम साथै आपुर्ति व्यवस्थापन कार्यमा फार्मेसी जनशक्तिको भुमिका महत्वपुर्ण  रहेको र सो सेवा समुहलाइ अलग राखि गुण्स्तरीय स्वास्थ्य सेवा प्रवाह परिकल्पना गर्न नसकिने बिचार ब्यक्त गर्दै  आफु फार्मेसी सेवा समुहको आवश्यकता प्रति जानकार रहेकाले प्रदेशको संगठन तथा व्यवस्थापन सर्भेमा सरोकारवालासँग छलफल गरि दरवन्दी सृजनाका विषयमा सकारात्मक रहेको र  अहिलेको मुख्य चुनौती प्रति जैविक प्रतिरोधको बढ्दो समस्या तथा औषधिको समुचित प्रयोगमा भएको विकृतिलाइ कम गर्न पनि फार्मेसी जनशक्तिको अपरिहार्यतामा जोड दिइन । 

नेपाल फर्मास्युटिकल एसोसिएसन कोशी प्रदेशका अध्यक्ष श्री शम्भु शाहले औषधि उत्पादन देखि उपभोगसम्म फार्मेसी जनशक्तिको महत्वपुर्ण भुमिका रहने भएता पनि व्यवहारमा लागु नभएको ,जहाँ जहाँ औषधि त्यहाँ त्यहाँ फर्मासिस्ट भन्ने कुरा  पनि कागजमा मात्र सिमित रहेको ,रोजगारीको अवसर न्युन रहेको दक्ष जनशक्ति विदेश पलायन हुनु वाध्य रहेको , फार्मेसी सेवा समुहलाई राज्यबाटै अवमुल्यन गर्नु दुःखद रहेको, दरवन्दीका विषयमा असमानता देखिएको –५० वेड भन्दा माथिको  अस्पतालहरुमा फार्मेसी अधिकृतको दरवन्दी हुनुपर्नेमा प्रादेशिक अस्पताल समेतमा भएको दरवन्दी समेत शून्य वनाइएको, इलाम, धनकुटा, उदयपुर र संखुवासभामा १–१ वटा मात्र फार्मेसी सहायकको दरवन्दी रहेकोमा अन्य जिल्लामा शून्य रहेको, समय समयमा जारी भएको नीति नियम निर्देशिका जस्तै २०३५ सालमा औषधि ऐन, २०५२ सालमा आएको राष्ट्रिय औषधि नीति, २०७१ को स्वास्थ्य नीति , २०७२ को अस्पताल फार्मेसी संचालन निर्देशिका, २०७५ को जनस्वास्थ्य ऐन २०७६ को स्वास्थ्य नीति हरुमा स्वास्थ्य सेवा सुदृढीकरणका लागि  फार्मेसी जनशक्तिको आवश्यकता  उल्लेख भएता पनि कागजमा मात्रै सिमित रहेकोले यसलाइ लागू गराउन एनपिए लाग्ने र सरोकारवाला सबै निकायलाइ यो अभियानमा साथ दिन अनुरोध गरे ।

 त्यस्तै स्थानीय तहका अस्पताल देखि स्थानीय तहले खरिद गर्ने औषधिको गुणस्तर यकिन , भण्डारण तथा यथोचित बितरण फार्मेसी जनशक्ति बाट हुनु पर्नेमा सो नभएको पाइएकाले प्रदेश सरकारको यस तर्फ ध्यान जान जरुरी रहेको बताउदै सरकारी अस्पतालमा फार्मेसी सेवा अनिवार्य गरि आवश्यक औषधिहरु सहज र सहुलियत मुल्यमा उपलब्ध हुने ब्यबस्था मिलाउने भनी अख्तियारको ३२ औ बार्षिक प्रतिवेदनले समेत सुझाव दिएको अवस्था रहेको र  अख्तियार तथा महालेखा परिक्षकको प्रतिवेदनमा समेत औषधि बिक्री बितरणमा फार्मासिस्टको प्रत्यक्ष सहभागीता हुनु पर्नेमा सो  नभएको जानकारी दिए । 

सो अवसरमा फार्मेसी क्षेत्रमा लामो समय देखि कार्य गरेका गणेश कुमार तामाङ , औषधि उत्पादन क्षेत्रमा सक्रिय रहेका अलाइभ फार्मास्युटिकलका सस्थापक सुवर्ण भक्त जोशीलाई  सम्मान गरिएको थियो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.