Websoft University

प्रजातान्त्रिक विचार समाज मोरङमा रमानाथ


विराटनगर | शिक्षासेवी रमानाथ भट्टराईको नेतृत्वमा प्रजातान्त्रिक विचार समाजको पुनःगठन गरिएको छ ।

समाजको विराटनगरमा भएको साधारणसभाले भट्टराईलाई सभापतिमा चयन गरेको हो । त्यस्तै उपसभापतिमा डिकप्रसाद घिमिरे, सचिवमा इन्दिरा प्रसाईं, सहसचिवमा ईश्वर घिमिरे र कोषाध्यक्षमा डिल्लीबहादुर कार्की छानिएका छन् ।

साधारणसभाले दिनेशराज सुवेदी, डा. ससितकुमार यादव, राजकुमार राजवंशी, राजेन्द्र घिमिरे, दुर्गा पोखरेल, मीनकुमार नवोदित, यामबहादुर मगर, विष्णुकान्त झा, डा. रोशन खड्का र सदीक्षा कार्कीलाई सदस्यमा चयन गरेको निर्वाचन अधिकृत वरिष्ठ अधिवक्ता भरत थापाले जानकारी दिए । 

वरिष्ठ साहित्यकार दधिराज सुवेदीको निधन भएपछि समाज नेतृत्वविहीन भएको थियो । साधारणसभामा समाजका कोशी प्रदेश उपसभापति युत्सुव बञ्जारा, मोरङका पूर्वअध्यक्ष डा. मदन कोइराला, वरिष्ठ अधिवक्तासमेत रहेका निर्वाचन अधिकृत भरत थापालगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.