Websoft University

पूर्वराष्ट्रपति भण्डारीको उपस्थितिमा मदन भण्डारी फाउन्डेसनले प्रदेश स्तरिय कार्यशाला गोष्ठि गर्ने


विराटनगर १ असोज । मदन भण्डारी फाउन्डेसन कोशी प्रदेशले प्रदेश स्तरिय कार्यशाला गोष्ठि गर्ने भएको छ । 

पूर्वराष्ट्रपति विद्यादेवि भण्डारीको प्रमुख आतिथ्यमा जबजको मार्गदर्शनमा सुशासन र समृद्धि : अवसर र चुनौति विषयक प्रदेशस्तरिय कार्यशाला गोष्ठि आयोजना गरिएको फाउन्डेसनका सचिव सोमराज थापाले जानकारी दिनुभयो । 

कञ्चनजंघा पार्टी प्यालेसमा असोज ४ र ५ गते हुने कार्यक्रममा विज्ञहरुबाट कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको सचिव थापाले जानकारी दिनुभयो ।  

प्रदेश स्तरिय कार्यशाला गोष्ठिलाई भव्य रुपमा सम्पन्न गर्न फाउन्डेसनका कोशी प्रदेश अध्यक्ष गोपाल गुरागाईको संयोजकत्वमा मूलसमारोह समिति बनाईएको छ । त्यसैगरि इरान राईको संयोजकत्वमा प्रचारप्रसार उपसमिति, उषा झाको संयोजकत्वमा मञ्च व्यवस्थापन उपसमिति र सोमराज थापाको संयोजकत्वमा अतिथि सत्कार उपसमिति गठन गरिएको छ ।

प्रदेश स्तरिय कार्यशाला गोष्ठिको तयारी लगायतका विषयमा आज मदन भण्डारी फाउन्डेसन मोरङ जिल्ला समितिको बैठक बसेको छ । 

बैठकले गोष्ठिलाई भव्य बनाउनका लागि आवस्यक तयारी शुरु गरिसकेको जनाएको छ । फाउन्डेसन मोरङ अध्यक्ष तथा प्रदेश सांसद खड्गबहादुर वस्नेतले कार्यशाला गोष्ठिबारे १७ वटै स्थानीय तहसम्म सूचना पुग्नेगरि काम शुरु गरिएको बताउनुभयो ।

मदन भण्डारी फाउन्डेसनले रचनात्मक काम गर्दै आएको कोशी प्रदेश अध्यक्ष गोपाल गुरागाईले बताउनुभयो । उहाँले फाउन्डेसन जबजको स्कुल भएको बताउनुभयो । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.