Websoft University
October 2024

 


नयाँदिल्ली- असोज २२ गते | विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा। डीआर उपाध्यालाई सातौं मानार्थ विद्यावारिधिको प्रमाणपत्र अर्पण गरिएको छ । भारतको जयपुरमा भएको एक विशेष समारोहमा इटलीको कुनेओ युनिभर्सिटीले उहाँलाई विद्यावारिधिको प्रमाणपत्र प्रदान गरेको हो ।

डा। उपाध्यायले गीत र साहित्यमा पुर्‍याएको योगदानको मूल्यांकन गर्दै उक्त विद्यावारिधिको प्रमाणपत्र प्रदान गरिएको आयोजकले जनाएको   छ । सो समारोहमा अन्य विशिष्ट व्यक्तित्वलाई पनि मानार्थ विद्यावारिधिको प्रमाणपत्र प्रदान गरिएको थियो ।

डा।उपाध्यायले सन् २०० मा विधावारिधि गरिसक्नु भएको छ । डा। उपाध्यायलाई अमेरिकालगायत अन्य विश्व विद्यालयले यसअघि ६ वटा मानार्थ विद्यावारिधिको प्रमाणपत्र प्रदान गरेका छन् ।

डा। उपाध्यायले गीत संगीत र विविध विधामा १५३ विश्व कीर्तिमान कायम गर्नुभएको छ । यस्तै, उहाँका एक दर्जन बढी उपन्यास, तीन गीति पुस्तक र ३६ एल्बम सार्वजनिक भएका छन् । दुई सय पचासको हाराहारीमा गीत सार्वजनिक गर्नुभएका उपाध्यायका सयौं गीतका भिडियो पनि सार्वजनिक छन् ।


विराटगगर। विराटनगर महानगरपालिकाले गठन गरेको ‘विराटनगर प्रज्ञा प्रतिष्ठान’का पदाधिकारी र सदस्यहरूको सपथग्रहण सम्पन्न भएको छ ।


भाषा, साहित्य, कला र संस्कृतिको विकास र सम्वद्र्धन गर्ने उद्देश्यले गत साउन ३१ गतेको कार्यपालिका बैठकले प्रतिष्ठान गठन गर्ने निर्णय गरेको थियो । महानगरले अग्रज साहित्यकार प्राज्ञ विवश पोखरेलको अध्यक्षतामा प्रतिष्ठान गठन गरेको थियो ।

मंगलबार महानगरपालिकाको सभाकक्षमा आयोजित कार्यक्रममा महानगरका मेयर नागेश कोइरालाले अध्यक्ष पोखरेललाई सपथ गराउनुभएको थियो । त्यसलगत्तै अन्य पदाधिकारी, कार्यसमिति सदस्य र परिषद सदस्यहरूलाई अध्यक्ष पोखरेलले सपथ गराउनुभएको थियो । त्यस्तै मेयर कोइरालाले अध्यक्षसहित परिषद सदस्यहरूलाई मनोनयपत्र प्रदान गर्नुभएको थियो ।

 कार्यक्रमलाई सम्बोधन गर्दै मेयर कोइरालाले विराटनगर औद्योगिक र राजनैतिक नगरी मात्रै नभएर भाषा, कला, साहित्य र संस्कृतिको नगरी पनि भएको बताउनुभयो । विराटनगरमा १२२ भन्दा बढी विभिन्न जातजातिको बसोबास रहेको उल्लेख गर्दै उहाँले हरेकका आफ्नै भाषा र मौलिक संस्कृति रहेको चर्चा गर्नुभयो । उहाँले महानगरले भौतिक विकास सँगसँगै मानवीय विकासमा पनि ध्यान दिएको प्रस्ट पार्नुभयो ।

 ‘महानगरपालिकाले सडक, भवनलगायत भौतिक संरचनाको विकाससँगै भाषा, साहित्य, कला र संंस्कृतिको विकासलाई पनि ध्यान दिएको छ,’ कोइरालाले भन्नुभयो, ‘सबै क्षेत्रको विकास गर्न सकिए मात्रै त्यो विराटनगरको दिगो विकास हुन्छ ।’ मेयर कोइरालाले विराटनगरको पहिचानलाई थप उचाइमा पु¥याउने गरी काम गर्न प्रतिष्ठानका पदाधिकारी र सदस्यहरूलाई आग्रह गर्नुभयो ।

प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुलीले भाषा, साहित्य र कलाको विराटनगर उर्बर भूमि भएको चर्चा गर्नुभयो । उहाँले प्रतिष्ठान गठनपछि भाषा, साहित्य र संस्कृतिको विकासलेगति लिनेविश्वास व्यक्त गर्नुभयो । सामाजिक विकास समितिका संयोजक काजीबहादुर बस्नेतले ऐन बनाएरै प्रज्ञा प्रतिष्ठान गठन गरेको जानकारी दिनुभयो । प्रतिष्ठानले लोप हुन लागेको भाषा, साहित्य र संस्कृतिको विकासमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।

प्रतिष्ठानका अध्यक्ष प्राज्ञ विवश पोखरेलले विराटनगरले थुप्रै मूर्धन्य साहित्यकार र कलाकार जन्माएको बताउनुभयो । उहाँले विश्वेश्वरप्रसाद कोइराला, महानन्द सापकोटा, देवकुमारी थापा, बालकृष्ण पोखरेल, कृष्णभूषण बल, चर्तुभूज आशावादी, माधव सापकोटालगायत दर्जनौं मूर्धन्य साहित्यकार जन्माएको बताउँदै विराटनगरको शाखलाई उच्च राख्ने गरी कार्य गर्ने प्रतिबद्धता जनाउनुभयो । 

उहाँले भाषा, साहित्य, कला र संस्कृतिको विकास बिना देशको विकास नहुने जिकिर गर्नुभयो । ‘कुनै पनि देश समृद्धि हुन त्यस देशको भाषा, साहित्य र कलाको विकास हुनुपर्दछ,’ उहाँले भन्नुभयो, ‘भाषा, साहित्य देशको मुटु हो ।’

पोखरेलको अध्यक्षतामा गठिन प्रज्ञा प्रतिष्ठानको उपाध्यक्षमा सरला चापागाईं, सदस्यसचिवमा दिङ्लाली कान्छो (दिनेशराज सुवेदी), सदस्यहरूमा माया पौडेल (नृत्य÷गीत–संगीत), अनुराधा थापा (ललितकला), प्रा. भूषण ढुंगेल (भाषा), मधु पोखरेल (साहित्य), भैरव क्षेत्री (नाट्य÷रंगमञ्च) र शिवनारायण पण्डित सिङ्गल (मातृभाषा) रहनुभएको छ । 

त्यस्तै प्रा.डा. हरिहर भण्डारी, लक्ष्मण नेवटिया, गोकुल अधिकारी, रामा मण्डल, हरि कट्टेल, भेषराज पोखरेल, रामबाबु दहाल, केशव रायमाझी, डा. विमला श्रेष्ठ, सविता गौतम दाहाल, शुभलक्ष्मी लम्साल र इन्द्र परियार परिषद् सदस्य रहनु भएको छ । सपथग्रहणपछि उहाँहरु सबैलाई मेयर कोइराला, प्रमुख प्रशासकीय अधिकृत पराजुली र सामाजिक विकास समितिका संयोजक बस्नेतले अविर, टीका, माला र खादा लगाएर स्वागतसमेत गर्नुभएको थियो ।

 



विराटगगर |  विराटनगर महानगरपालिकाको स्वामित्वमा रहेको विराटनगर–१९ स्थित बैजनाथपुर अस्पतालमा बर्थिङ सेन्टर (प्रसूति सेवा) शुभारम्भ गरिएको छ ।

मंगलबार एक समारोहका बीच बर्थिङ सेन्टरको महानगरका मेयर नागेश कोइरालाले उद्घाटन गर्नुभयो । अब बैजनाथपुर अस्पतालबाटै प्रसूति सेवा प्रदान गरिनेछ । विराटनगरको उत्तरी क्षेत्रलाई ध्यानमा राखेर बैजनाथपुर अस्पतालबाट प्रसूति सेवा शुभारम्भ गरिएको मेयर कोइरालाले बताउनुभयो । शिशु र मातृ मृत्युदर घटाउन मद्दत पुग्ने दाबी गर्नुभयो । ‘बैजनाथपुर मात्रै होइन यस आसपासका क्षेत्रका नागरिकका लागि अब प्रसूति गराउनकै लागि कोशी अस्पताल र महँगो शुल्क तिरेर निजी अस्पताल र नर्सिङ होम गइरहनुपर्दैन,’ मेयर कोइरालाले भन्नुभयो, ‘प्रभावकारी बनाउन दक्ष जनशक्तिका साथै उपकरणहरुसमेत थप्दै जानेछौं ।’

मेयर कोइरालाले भौतिक पूर्वाधारको विकाससँगै शिक्षा र स्वास्थ्यको विकासमा महानगरपालिकाले योजनाबद्ध रुपमा कार्य गरिरहेको जानकारी दिनुभयो । अस्पतालबाट चौवीसै घण्टा सेवा दिने उहाँको भनाइ थियो । प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुली, सामाजिक विकास समितिका संयोजक काजीबहादुर कार्की, विराटनगर–१९ का वडाध्यक्ष श्याम घिमिरे, ९ का अध्यक्ष विश्वनाथ भगत, जिल्ला स्वास्थ्य कार्यालय मोरङका निमित्त प्रमुख मुलुकचन्द राजवंशी, स्थानीय समाजसेवी प्रशान्त चौधरी, स्वास्थ्य महाशाखाका अधिकृत रमेश कार्की, बैजनाथपुर अस्पतालका संयोजक भोला तिम्सिनालगायतले बर्थिङ सेन्टर सुरु भएसँगै शिशु र मातृ मृत्युदरमा कमी आउने विचार व्यक्त गर्नुभएको   थियो । बैजनाथपुर अस्पतालबाट चौवीसै घण्टा प्रसूतिका साथै एम्बुलेन्स सेवा सञ्चालन भइरहेको स्वास्थ्य महाशाखाका संयोजक डा दिलीपकुमार यादवले जानकारी दिनुभयो ।

 


विराटगगर | विराटनगर महानगर क्षेत्रभित्र सञ्चालित अधिकांश माछा–मासु पसलले तोकिएको मापदण्ड पूरा नगरेको पाइएको छ । तोकिएको मापदण्डमध्ये पसलभित्रको सरसफाईमै कमजोरी देखिएको अनुगमन टोलीले भेटेको छ ।

विराटनगर महानगरपालिकाले गरेको अनुगमनका क्रममा माछा–मासु निर्देशिकाविपरीत व्यवसाय सञ्चालन गरेको पाइएको हो । पछिल्ला केही दिनयता महानगरले माछा–मासु पसलको अनुगमनलाई तीव्रता दिएको छ । दशैंलगायतका चाडपर्वको मौका छोपी व्यवसायीले माछा–मासु निर्देशिकाविपरीतको कार्य गर्ने सम्भावना बढेकाले अनुगमनलाई तीव्रता दिइएको कृषि तथा पशुपंक्षी शाखा प्रमुख शुभनारायण यादवले जानकारी दिए ।

अनुगमनका क्रममा अधिकांश पसलले सरसफाई कार्ड नलिएको, मूल्यसूची नराखेको, ढक–तराजुमा कैफियत, पसलभित्रको सरसफाईमा कमजोरी भेटिएको अनुगमन टोलीमा संलग्न हिरालाल यादवले जानकारी दिए । उनका अनुसार निर्देशिकाविपरीत सञ्चालित माछा–मासु पसललाई सात दिनभित्र सुधार गर्ने मौका दिइएको छ । यदि सात दिनभित्र सुधार नभए ती पसललाई कारबाही गरिने यादवले बताए ।

महानगरको आर्थिक विकास महाशाखाका संयोजक कृष्ण पोखरेल, कृषि तथा पशुपंक्षी शाखा प्रमुख शुभनारायण यादव, हिरालाल यादव, डा. सुहाना सुवेदी, गणेश पौडेल, सरसफाई शाखा प्रमुख पुनम दाहाल, किरण न्यौपाने, नगर प्रहरीका प्रमुख राजन पौडेल, पशु सेवा विज्ञ केन्द्रका बडेलाल यादव, नापतौल कार्यालयका संजय यादवलगायतको सहभागितामा गरिएको अनुगमनमा कतिपय व्यवसायी अनुगमन टोली पुग्ुनु अघि बित्तिकै पसल बन्द गरेर हिंडेका थिए ।

 महानगर क्षेत्रभित्र करिब ३ सय मासु पसल सञ्चालनमा रहेका छन् । महानगरले बिजुली अफिस, बरगाछी, कञ्चनबारी, दुर्गाचोक, बसपार्क, जनपथटोललगायतका पसलहरुको अनुगमन गरिसकेको छ ।


काठमाडौं | विवाहित महिलाहरुबीचको सौन्दर्य प्रतियोगिता मिसेस नेपाल वल्र्ड २०२४ का प्रतियोगीले ट्यालेन्ट राउण्डअन्तर्गत आफ्नो भिन्न भिन्न प्रतिभा प्रदर्शन गरेका छन्।

राजधानीको धुम्बाराहीमा अवस्थित भ्वाईस अफ नेपालको स्टुडियोको सेटमा सम्पन्न ट्यालेन्ट शोमा मिसेस नेपाल वल्र्ड २०२४ मा सहभागी २९ विवाहित सुन्दरीले नृत्य, गायन, भाषण कला, चित्रकला, योगा, अभिनय, ड्रेस डिजाइनिङलगायतका आफूमा अन्र्तनिहीत प्रतिभा प्रदर्शन गरेका थिए।

प्रतियोगिताको आयोजक संस्था रिवन इन्टरटेनमेन्टका अध्यक्ष निशुकान्त झाले ट्यालेन्ट शोमा प्रतियोगीहरुले प्रदर्शन गरेको प्रतिभाका आधारमा मिसेस ट्यालेन्ट छानिने र त्यसको घोषणा अन्तिम प्रतिस्पर्धाका दिन गरिने बताए। प्रतियोगिताको अन्तिम प्रतिस्पर्धा आगामी आगामी कार्तिक १० गते राजधानीको कमलादिस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा हुने जानकारी झाले गराए।
रिवन इन्टरटेनमेन्टको आयोजनामा हुने मिसेस नेपाल वल्र्ड २०२४ को ट्यालेन्ट शोमा रंगकर्मी तथा अभिनेता विरेन्द्र हमाल, अभिनेता तथा अधिवत्ता कृष्ण ढुंगाना, पत्रकार तथा गीतकार डब्बु क्षत्री, नृत्य निर्देशक जोगेन्द्र केसी, गायक झुमा लिम्बु, अभिनेत्री सिर्जना अधिकारी र संगीतकार दीपक शर्मा निर्णायक रहेका थिए।
कोरियोग्राफर अश्विनीकान्त झाको कोरियोग्राफीमा हुने प्रतियोगितामा प्रगति श्रेष्ठ, ज्योति शर्मा, सुशिला केसी दाहाल, अनु कार्की, कोपिला गौतम, अनिता मण्डल लामा दोङ्ग, उषा किरण अधिकारी, सिर्जना व्यञ्जन्कार, अम्बिका गौतम, सुयशा राउत, सहारा तिमल्सिना आचार्य, बिनिता ढकाल, अलिना घिमिरे, नानु सिंह, प्रगति अमात्य, सृजना श्रेष्ठ, संगीता गौतम, दीपतारा लुइँटेल, किरण कार्की, बेली मोक्तान, डेनिला कार्की, सिमरन कार्की, सारा तामाङ्ग, माया लामा, निर्मला कार्की, रेश्मा घिमिरे, नेहा कर्ण, सृष्टी अर्याल र दीपा बिश्वकर्मा सहभागी छन्। 

यस वर्षको प्रतियोगितामा गृहिणीदेखि डक्टर, इन्जिनियर, बैंकर, मेनेजर, व्यवसायी, स्वास्थ्यसेवी, फेशन डिजाइनर, नर्स र २–२ पटक क्यान्सर जितेको महिलासम्म अन्तिम स्पर्धाका लागि छानिएका छन्।
यस वर्ष पनि मिसेस नेपाल वल्र्ड विजेताले अमेरिकामा हुने अन्तर्राष्ट्रिय प्रतिस्पर्धा मिसेस वल्र्डमा सहभागिता जनाउने अवसर प्राप्त गर्ने छिन्। सोही मञ्चमा मिसेस नेपाल इन्टरनेसनल र एमएस इन्टरनेसनलको विजेता समेत चयन गरिने भएको छ। यी उपाधि विजेतालाई सिंगापुरमा हुने प्रतियोगितामा सहभागिताको लागि अवसर मिलाइएको आयोजकले जानकारी गराएका छन्। प्रतियोगिता आइना गजुरेलको सह कोरियोग्राफी, रानी खरेल र सम्राट शाहको संयोजनमा सम्पन्न हुनेछ।


काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले काभ्रेको पनौतीका बाढी, डुबान तथा पहिरोबाट प्रभावित ४ सय १ परिवारका लागि राहत वितरण गरेको छ ।

बाढी तथा डुबानका कारण प्रभावितहरुलाई गैरआवासीय संघ केन्द्रको आहवान तथा राष्ट्रीय परिषद यूकेको आर्थिक सहयोगमा खाद्य सामाग्री, म्याट्रेस, त्रिपाल, सोलार बत्ती, प्राथमिक उपचार बक्स, लगायतका सामाग्रीहरु वितरण गरिएको हो । स्थानीय तहसँग समन्वय पश्चात वडा नम्बर १ का १२३ परिवार २ का ५३ परिवार ३  का २५ परिवार र १२ मा २०० परिवार लाई राहत वितरण गरिएको हो । 

यसअघि संघले अविरल वर्षापछि आएको बाढी, डुबान तथा पहिरो प्रभावितका लागि १ करोड सहयोग गर्ने घोषणा गरेको थियो ।  जसअनुसार एनसीसी यूकेले रू १५ लाख  सहयोग गरेको थियो । यसअघि हिजो  दक्षिणकाली, सिस्नेरीमा राहत वितरण गरिएको थियो ।


यस्तै बुधबार ललितपूर ठोस्नेखोलामा  राहत वितरण गर्ने तयारी पूरा भएको छ । संघले तराईका विभिन्न जिल्लामा पनि राहत वितरणका लागि स्तानीय तहसँग समन्वय गरिरहेको छ । यस्तै प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा समेत संघले आर्थिक सहयोग गर्ने निर्णय भइसकेको छ । 

अध्यक्ष डा बद्री केसीको नेतृत्वमा संघको तर्फबाट गएको टोली उपाध्यक्ष रामशरण सिम्खडा, उपाध्यक्ष रोजिना प्रधान राई, युवा संयोजक सुपेन्द्र घिसिङ, अमेरिकाजका  महिला डिआरसी इन्दिरा त्रिपाठी, मनार्थ सदस्य यदुराज पन्थी, आइसीसी सदस्यहरु हेमन्त काफ्ले, राजकुमार थापा, सल्लाहकार गोबिन्द गौतम, एनआरएन अभियन्ता समिरा केसी, स्वयम्भूराज डंगोल, प्रदीप खनाल   संघका सूचना तथा वैदेशिक रोजगार अधिकृत इन्द्र लक्ष्मी घिमिरे  अधिकृत रुपक  लामिछाने  जुनियर अधिकृत निरोज महर्जन लगायत थिए ।


विराटनगर, २१ असोज | नेकपा (माओवादी केन्द्र) कोशी प्रदेश संसदीय दलले बाढी पहिरोबाट पीडित भएकाहरुलाई दिने राहत तथा क्षतिग्रस्त संरचनाको पुनः निर्माणको काम गर्न ‘राहत एवम् पुनः निर्माण कोष’ निर्माण गर्न माग गरेको छ । 

माओवादी कोशी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो नेतृत्वको टोलीले प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई ज्ञापनपत्र बुझाउँदै यस्तो माग गरेका हुन् । ‘बाढी पहिरोबाट प्रदेशमा ठूलो क्षति भएकोले राहत, पुनःस्र्थापना र पुनःनिर्माण सरकारको नियमित बजेटबाट संभव हुने नदेखिएकोले संघीय सरकार, विकास साझेदार दातृ निकायहरु तथा निजी क्षेत्रसमेतको सहयोग जुटाउनेगरि ‘राहत एवं पुनःनिर्माण कोष’ स्थापना गरियोस्,’ उनले बुझाएको ज्ञापनपत्रमा उल्लेख छ । रा

यस्तै उनले वेपत्ताहरुको खोजी, उद्धार र घाइतेहरूको निःशुल्क तथा प्रभावकारी उपचार गर्न, राहत वितरणको झन्झटिलो प्रक्रियालाई छोट्याएर स्थानीय तहसँग समन्वय गरी पीडितलाई दसैँअघि नै राहत दिन माग पनि गरेका छन् । दलको प्रमुख सचेतक गीता तिम्सिना र सचेतक सपना परियारसहित पुगेको टोलीले बाढीबाट विस्थापित भएर घरवारबिहीन भएका र घरमा क्षति पुगेका नागरिकको लागि तत्काल बसोबासको व्यवस्थापन गर्न पनि माग गरेको छ । 

विपद्का कारण आम नागरिक, किसान, साना व्यवसायी, जलविद्युतलगायत बिभिन्न आयोजनाहरुमा भएको क्षति मूल्यांकन गरी उचित क्षतिपूर्तिको लागि प्रदेश सरकारले प्रभावकारी पहल गर्नुपर्ने बताउँदै आङबोले बाढी तथा पहिरोका कारण अवरुद्ध राजमार्ग यथाशीघ्र सञ्चालनमा ल्याउन सडक, पुल पुलेसाको मर्मत कार्यमा तीब्रता दिँदै तत्काल सञ्चालन हुन नसक्ने स्थानमा वैकल्पिक बाटो प्रयोग गर्ने व्यवस्था मिलाउनु पर्नेमा जोड दिएका छन् । 

ज्ञापनपत्रमा विपदपूर्वको आवश्यक तयारी तथा प्रतिकार्यको तयारीमा सरकार चुकेको भन्दै विषम परिस्थितिमा आम नागरिकमा आशाको सञ्चार गर्दै प्रभावकारी प्रतिकार्य, राहत र सहयोग हुनुपर्नेमा सरकारका तर्फबाट एकीकृत, समन्वयकारी र प्रभावकारी पहल हुन नसकेको उल्लेख छ । ‘विपत् प्रतिकार्यको समयमा सरकारको उच्च राजनीतिक नेतृत्वको सक्रियता नदेखिनु दुःखद् अवस्था हो । 

जसले गर्दा जनस्तरबाट आलोचना र आक्रोश बढेको देखिन्छ,’ उक्त पत्रमा भनिएको छ । ज्ञापनपत्रमा सरकारले यो घटनाबाट पाठ लिएर तत्कालिन तथा दीर्घकालिनरुपमा विपत् व्यवस्थापनका लागि काम गर्नुपर्नेमा जोड दिइएको छ । 


झापा, असोज २१ गते  । सुरेन्द्र भण्डारी- चाडपर्वलाई लक्षित गर्दै बिर्तामोड बजार सरसफाई गरिएको छ ।

बिर्तामोड उद्योग बाणिज्य संघको आयोजना तथा बिर्तामोड नगरपालिकाको सहकार्यमा बिर्तामोड बजार सरसफाई गरिएको हो ।

राष्ट्रिय सभा सदस्य गोपाल कुमार वस्नेतको प्रमुख आतिथ्यमा बिर्तामोडस्थित वानस्टप मल अगाडि सरसफाई कार्यक्रमको उद्घाटन गरिएको थियो ।

सरसफाई कार्यक्रममा अरिदमन गण चारआलीका नेपाली सेना,जिल्ला ट्राफिक प्रहरी कार्यालय झापामा कार्यरत ट्राफिक प्रहरी, इलाका प्रहरी कार्यालय अनारमनीमा कार्यरत प्रहरी, नागरिक समाजका अगुवा, विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरुले बजार सरसफाई गरेका थिए । त्यस्तै बिर्तामोड उद्योग वाणिज्य संघका पदाधिकारी तथा सदस्यहरु समेत सरसफाई कार्यक्रममा सहभागी थिए ।  

सरसफाई कार्यक्रममा बिर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला, इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायव उपरीक्षक प्रकाश विष्ट, जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षण गणेश पौडेल लगायत सहभागी थिए ।

बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष राजु न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा संघका उद्योग उपाध्यक्ष विशाल थापाले स्वागत गरेका थिए । कार्यक्रमको संचालन संघका महासचिव कुशल खतिवडाले गरेका थिए ।


विराटनगर |  विराटनगर महानगरपालिकाले सहकारीलाई व्यवस्थित र अनुशासित बनाउन विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ । जसअन्तर्गत सहकारीका अध्यक्ष र व्यवस्थापकलाई बोलाएर सहकारीका ऐन, नियम, चुनौती, आइपर्ने समस्या समाधानका उपायलगायतका विषयमा विज्ञहरुबाट जानकारी गराउन सुरु गरेको छ ।

आइतबार सहकारी व्यवस्थापनसम्बन्धी अन्तरक्रिया कार्यक्रमसमेत सम्पन्न गरेको छ । महानगरका मेयर नागेश कोइरालाले कार्यक्रमको उद्घाटन गर्नुभयो । कार्यक्रमलाई सम्बोधन गर्दै मेयर कोइरालाले केही सहकारीका कारण सम्पूर्ण सहकारी बद्नाम भएको बताउनुभयो । ‘सहकारीको मर्म र भावनाविपरीत केही सहकारी सञ्चालन हुँदा समग्र सहकारी आन्दोलन नै बद्नाम भएको छ,’ उहाँले भन्नुभयो, ‘अझ राजनैतिक दलका नेताहरुसमेत सहकारीकाण्डमा मुछिँदा सहकारीप्रतिको विश्वास गिर्दै गएको छ ।’

जनतामा सहकारीप्रतिको विश्वास जागृत गराउनुपर्नेमा उहाँले जोड दिनुभयो । गरिबी निवारण र रोजगारी सिर्जनामा समेत सहकारीको योगदान महत्वपूर्ण रहेको मेयर कोइरालाले बताउनुभयो । प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुलीले आफ्नो कार्यक्षेत्रभित्र रहेर लगानी गरेमा सहकारी कहिल्यै नडुब्ने बताउनुभयो । उहाँले समयमै साधारणसभा गर्ने र तोकिएका ऐन कानुनअनुसार सहकारी सञ्चालन गरिए समस्या नआउने दाबी गर्नुभयो । पराजुलीले बचतकर्ताहरुबाट संकलित रकम सञ्चालकहरुले घरजग्गा, गाडीलगायतका अचल सम्पत्ति जोड्नतर्फ लागेका कारण सहकारी संकटमा गएको बताउनुभयो ।

महानगरको आर्थिक विकास समितिका संयोजक श्याम घिमिरेले सहकारीलाई व्यवस्थित र अनुशासित बनाउन महानगर लागिपरेको बताउनुभयो । वडा नम्बर १९ का अध्यक्षसमेत रहनुभएका घिमिरेले सहकारीमा समस्या नआओस् भनेर महानगरले बेला–बेला विभिन्न तालिमसमेत सञ्चालन गर्दै आएको जानकारी दिनुभयो । सहकारीको पुँजी सही ठाउँमा लगानी गर्ने र गलत व्यक्तिको हातमा जान नदिने हो भने समस्या नआउने उहाँको भनाइ थियो । सो अवसरमा जिल्ला सहकारी संघ मोरङका कोषाध्यक्ष अमृत गुरुङ, राष्ट्रिय सहकारी बैंक विराटनगर शाखाका प्रबन्धक चिरञ्जीवि तिम्सिना, महानगरको आर्थिक विकास महाशाखाका संयोजक कृष्ण पोखरेलले सहकारीप्रति समाजमा नकारात्मक भावना पैदा भएकाले त्यसलाई चिर्नु जरुरी रहेको औंल्याउनुभयो ।

महानगर क्षेत्रभित्र सञ्चालित १७२ वटा सहकारीमध्ये पहिलो चरणमा ५८ वटा सहकारीका अध्यक्ष र व्यवस्थापक गरी ११६ जनालाई कार्यक्रममा सहभागी गराइएको सहकारी शाखाकी रोजी कार्कीले जानकारी दिनुभयो । उनीहरुलाई प्रदेश सहकारी रजिष्ट्रार तथा प्रशिक्षण कार्यालय, कोशी प्रदेश कार्यालयका रजिष्ट्रार सहकारी विज्ञ हरिबहादुर खत्रीले सहकारीका ऐन, नियम, सञ्चालन गर्दा आइपर्ने समस्यालगायतका विषयमा जानकारी गराउनुभएको थियो । सहकारी शाखाकी कार्कीका अनअुसार महानगरका सबै सहकारीका अध्यक्ष र व्यवस्थापकलाई तीन चरणमा प्रशिक्षण दिइनेछ ।


बिराटनगर असोज १९ गते | मत्स्य देशका राजा विराट महाभारतकालदेखी नै विराट राजवंशी समुदायले मौलिक साँस्कृत रुपमा हुकाहुकी रिति मनाउँदै आईरहेका छन् । यो हुकाहुकी शुभ दीपावली (सुकरात) को पहिलो ऐतिहासिक दिन हो । जसमा विराट राजवंशी समुदायले घर आँगनमा माटोको दियोवाली घरको कुलदेवी देवतासँगसँगै लक्ष्मी पूजा गर्दै सँगै घर बाहिर र खेतीबारीमा गएर (हुकाहुकी) भन्दै विराट राजवंशी समुदायले मनाउने पुरखौली चलन रहीआएको छ ।

सुकरातमा लक्ष्मी माँता भगवान पुजाको साझको बेलामा हुकाहुकी खेल्ने पौरानिक चलन छ । हुकाहुकी सन्ठी र भाँसी (लामो घाँस) ले बनेको क्रस आकारको बस्तु हो । विराट राजवंशी समुदायले घरमा कुलदेवताको (गोसाई सिरा) मा सन्ठीको हुकाहुकी राखी पूजाआजा गर्ने गर्दछ । पूजापाठ गरिसकेपछि दियोबाट सन्ठीको हुकाहुकीमा आगो लगाई आगँन हुँदै खेतबारीमा “हुकाहुकी” भन्दै उत्साहित साथ हामी मनाउँदै आएका   छौ । यो हुकाहुकी रितिमा सबै उमेर समूहका सहभागिता हुने गर्छन् । जसले गर्दा विराट राजवंशी समुदायमा भाईचारा, आदर भाव र भावनात्मक सम्वन्ध प्रदान गर्न यो हुकाहुकीको महत्व रहदै आएको छ।

विराट राजवंशी पूर्वी तराईको मूल आदिवासी समुदाय कृषि पेसामा आश्रित रहेको पाईन्छ । विराट राजवंशी समुदायमा प्राय जसो पशुपालन र खेतीपाती गर्ने पौराणिक पेसा नै कृषि हो । हिउँदै बाली र अन्नबालीमा कीरा फट्याङग्रालाई क्षति पुर्याउने भएकोले कीरा फट्याङग्रालाई धपाउने हेतुले गाँउटोलमा भेलाभई साँझपख खेतबारीमा गई हुकाहुकी मनाउने प्रचलन चलिआएको छ । हुकाहुकी आगोका मुस्लो हो । जसले अदृश्य शैतानी शतिलाई ध्वस्त बनाउने कार्य हुकाहुकी रितिमा भएको विराट राजवंशी समुदायको मान्यता छ । गाँउ र बस्तीमा भएको कीरा फट्याङग्रा कम गर्न र सबैको स्वास्थ्य लाभको कामना गर्दै धुमधाम, भव्य र उत्साहितका साथ मनाउने गर्दछ ।

अन्त्यमा विराट राजवंशी समुदायको हुकाहुकी प्रथा लोप हुदै गईरहेको   छ । यसलाई संरक्षण एव्म सम्वर्द्धन गर्न राज्यको कुनै पनि निकायको पहल देखिदैन । राज्य नै मौन छ । जसले गर्दा विराट राजवंशी समुदायको साँस्कृतिक रितिरिवाज आकर्षण घट्दै गएको छ । तसर्थ विराट राजवंशी यूवा समितिले मौलिक साँस्कृतिक हुकाहुकीलाई प्रवर्द्धन गर्न यहि आउने कार्तिक ३ गते प्रथम हुकाहुकी कार्यक्रम भव्य श्रव्यका साथ मनाउने हुदाँ यस पत्रकार सम्मेलनबाट जानकारी गराउदछौ ।



विराटनगर  |  नेपाली युरोपियन खेलकुद संघ (एनईएससी)को आयोजनामा हुने अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । सो प्रतियोगिता यही अगस्त २७ तारिखमा अष्ट्रियामा हुँदैछ ।

आयोजक एनईएससीले विज्ञप्तिमार्फत प्रतियोगितामा सहभागी हुने टिम, स्थान, अतिथिलगायतको टुंगो लागिसकेको जनाएको छ । संघका अध्यक्ष दिलकुमार घमालले युरोपमा बसोबास गर्ने नेपालीहरुबीच आपसी सद्भाव र भाइचारा अभिवृद्धि गर्ने उद्देश्यका साथ आयोजना गर्न लागिएको प्रतियोगितामा स्वीजरल्याण्ड, फिनल्याण्ड, जर्मनी, नेपाल युरोपियन स्पोर्टस क्लब ए र बी सहित ५ वटा टिमले सहभागिता जनाउने निश्चित भएको जानकारी दिएका छन् । खेलकुमा मात्रै नभएर नेपाली समुदायलाई एकता, मित्रता र सहकार्यका लागि प्रतियोगिता महत्वपूर्ण हुने अध्यक्ष घमालको भनाइ छ । प्रतियोगितामा नेपाली दूतावास, विश्वमै ख्यातिप्राप्त तेक्वान्दो खेलाडी विनय कार्कीलगायतको उपस्थितिरहनेछ ।

‘नेपाल युरोपियन स्पोर्टस क्लबले आफ्नो खेल भावना, समर्पण र परिश्रमको माध्यमबाट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्नेछ भन्नेमा म पूर्ण विश्वास राख्दछु,’ घमालले भने, ‘खेलले हामीलाई शारीरिक मात्र होइन, मानसिक र भावनात्मक रूपमा पनि सुदृढ बनाउँछ । हामीले हार वा जीतलाई केवल नतिजाको रूपमा हेर्नुपर्छ, तर यसले हामीलाई नयाँ अवसर, सिकाई र अझ राम्रो बन्ने प्रेरणा दिन्छ ।’ युरोपमा नेपाली कला, संस्कृति र पहिचान स्थापित गर्न यस्ता प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने अध्यक्ष घमालको भनाइ छ । उनले नेपालको राष्ट्रिय खेलका रुपमा रहेको भलिबलको प्रचारप्रसार र प्रवद्र्धनमा समेत प्रतियोगिताले योगदान पुग्ने बताए ।

‘युरोपमा हामी नेपाली समुदायले हाम्रो पहिचानलाई सम्मानका साथ संरक्षण गर्दै, नयाँ संस्कार र अवसरहरूसँग घुलमिल गर्दै आएका छौं । युरोपेली एकीकरणको यो प्रतियोगिता हामी सबैलाई थप निकट ल्याउने अवसर हो र जसले हामीलाई आपसी समझदारी, सद्भाव र भाइचाराको भावना सुदृढ गर्दछ,’ विज्ञप्तिमा उल्लेख छ ।

सन् २०२० मा स्थापित एनईएससीले यसअघि पनि दुईपटक भलिबल प्रतियोगिता आयोजना गरिसकेको छ । यसबाहेक युरोपका विभिन्न देशमा आयोजना हुने प्रतियोगितामा एनईएससीले सहभागिता जनाउँदै आएको छ ।


विराटनगर | विराटनगर महानगरपालिकाले १७ वटा बालविकास केन्द्रलाई विभिन्न सामुदायिक विद्यालयमा समायोजन गरेको छ ।

महानगरका मेयर नागेश कोइरालाको अध्यक्षतामा शुक्रबार बसेको शिक्षा समितिको बैठकले बालविकास केन्द्रका दरबन्दी महानगरमा पुलमा राखी बालविकास सहजकर्ताहरूलाई विभिन्न सामुदायिक विद्यालयमा काजमा खटाएको छ । समुदायमा रहेर सञ्चालित बालविकास केन्द्रहरूमा विद्यार्थी संख्या ज्यादै न्यून हुनुका साथै विद्यार्थीको उपस्थितिसमेत नियमित नभएका कारण समितिको बैठकले बालविकास केन्द्रलाई अन्य विद्यालयहरूमा समायोजन गर्ने निर्णय गरेको हो । 

उपमेयर शिल्पा निराला कार्की, प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुली, सामाजिक विकास मितिका संयोजक काजीबहादुर बस्नेत,वडाध्यक्ष कुमार पोखरेल, उद्धव भुजेलसहित शिक्षा समितिका सदस्यहरूको उपस्थितिमा भएको पूर्ण बैठकले विराटनगर–१ स्थित सिर्जना बालविकास केन्द्रलाई पोखरिया मावि, विराटनगर–४ स्थित सिर्जना बालविकास केन्द्र इक्राहीलाई जनता मावि इक्राही, विराटनगर–११ स्थित गोदारवरी बालविकास केन्द्रलाई अरुणोदय आधारभूत विद्यालय, विराटनगर–१९ स्थित दलित वस्ती बालविकास केन्द्रलाई शिवजी आधारभूत विद्यालय, १९ नम्बर वडाकै मनोकामना बाल विकास केन्द्रलाई जागृति आधारभूत विद्यालय र नवज्योति बाल विकास केन्द्रलाई सार्वजनिक माविमा समायोजन गरिएको शैक्षिक प्रशासन महाशाखा प्रमुख रामप्रसाद ढुंगेलले जानकारी दिनुभयो ।

त्यस्तै विराटनगर–१२ स्थित बखरी बाल विकास केन्द्रलाई मिल्स मावि, प्रगतिशील बाल विकास केन्द्रलाई महामाया भगवती आधारभूत विद्यालय, ११ नम्बर वडाको झी गुठी बाल विकास केन्द्रलाई आदर्श मावि, पञ्चमुखी बाल विकास केन्द्रलाई जनता बाल कल्याण आधारभूत विद्यालय, पहिलो पाइला बाल विकास केन्द्रलाई आधारभूत विद्यालय कोचाखाल सृष्टि बाल विकास केन्द्रलाई सत्यनारायण आधारभूत विद्यालय र सुम्निमा बाल विकास केन्द्रलाई अरुणोदय आधारभूत विद्यालयमा समायोजन गरिएको छ ।

अर्को व्यवस्था नभएसम्मका लागि १९ नम्बर वडाको दार बाबा बाल विकास केन्द्रलाई श्री सुशिक्षा निकुञ्ज आधारभूत विद्यालय, ६ नम्बर वडाको नेपाल बालबालिका उत्थान बालविकास केन्द्रलाई शंकरपुर आधारभूत विद्यालय, ४ नम्बर वडाको सप्तकोशी बाल विकास केन्द्रलाई श्री मावि कञ्चनबारी र ६ नम्बर वडाको महिला तथा बाल विकास उत्थान केन्द्रलाई शहीद आधारभूत विद्यालयमा समायोजन गरिएको ढुंगेलले बताउनुभयो । महानगरले बनाएको अनुगमन टोली बालविकास केन्द्रहरूको निरीक्षण गरेको थियो । 

अनुगमन टोलीको प्रतिवेदनका आधारमा महानगरले बालविकास केन्द्रहरूलाई सामुदायिक विद्यालयमा समायोजन गरेको हो । यसबाट विद्यार्थीको पठनपाठनको गुणस्तरमा वृद्धि, खेल सामग्री प्राप्त गर्नुका साथै दिवा खाजा उपलब्ध गराउन पनि सहज हुने मेयर नागेश कोइरालाले बताउनुभयो । उहाँका अनुसार विद्यालयमा देखिँदै आएको दरबन्दी अभावलाई पनि समायोजनले केही हदसम्म पूर्ति गर्नेछ । त्यस्तै बैठकले १९ नम्बर वडामा सञ्चालित चेतना बालविकास केन्द्र र सूर्य बालविकास केन्द्रलाई समुदायमै रहन दिने निर्णय गरेको छ ।

महानगरले शिक्षासेवी रमानाथ भट्टराईको संयोजकत्वमा टोली गठन गरेर सामुदायिक विद्यालयहरूको छड्के अनुगमनलाई पनि तीव्रता दिएको छ । त्यस्तै सामुदायिक विद्यालयको गुणस्तर वृद्धिका लागि महानगरले सबै प्रधानाध्यापकहरूसित कार्यसम्पादन करार सम्झौतासमेतगरिसकेको छ ।


विराटनगर असोज– १८ गते |आइसीपी रोडमा माल बाहक गाडीको ठक्करले साइकलमा सवार एक जनाको मृत्यु भएपछि त्यस क्षेत्र तनावग्रस्त बनेको छ ।

मृतकका आफन्तले लापरवाहीपूर्ण सवारी चलाउने चालकलाई कारवाही र परीवारलाई क्षतिपूर्ती दिनुपर्ने भन्दै आइसीपी क्षेत्रमा स्थानीयले आन्दोलन सुरु गरेका छन् । उनीहरुले आइसीपी क्षेत्रमा सवारी साधन चल्न नदिएर आज दिउँसोदेखि आन्दोलनमा उत्रिएका हुन् । आन्दोलनलाई नियन्त्रणमा लिन प्रहरीले बल प्रयोग गरेका छ ।

भिडलाई नियन्त्रणमा लिन प्रहरीले १० राउन्ड अश्रु ग्यास प्रहार गरेको मोरङ प्रहरीका डिएसपी बेद जोशीले बताए । आन्दोलनको भिड आइसिपी क्षेत्र प्रवेश गर्न खोजेपछि प्रहरीले अश्रु ग्यास प्रहार गरेको उनले बताए । ‘तोडफोडमा उत्रिन खोजेपछि प्रहरीले सामान्य बल प्रयोग गर्नुपर्ने अवस्था आएको छ,’ डिएसपी जोशीले भने ।

बिहीबार बेलुका ६ः४५ बजेको समयमा आइसीपी जादै गरेको ना ४ ख २४८३ नम्बरको ट्रकले सोही दिशा तर्फ गइरहेका साईकलयात्री विराटनगर १८ लवाघाटका ६० वर्षीय श्याम साहलाई ठक्कर दिएर घाईते बनाएको थियो । टाउको र शरिरको बिभिन्न भागमा चोट लागी घाईते उनलाई उपचारको लागि बिराट नर्सिङहोम पठाइएको थियो ।

चिकित्सकले चेक जाँच गर्ने क्रममा बेलुका ७ः३० बजे मृत घोषणा गरेका थिए । प्रहरीले ट्रक चालक सुनसरीको बर्जु गाउँपालिका ५ का ३० वर्षीय दिपक यादवलाई नियन्त्रणमा लिएको छ । ट्रक र चालकलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय रानीमा राखिएको छ ।


ताप्लेजुङ, असोज १८ गते । ताप्लेजुङको मिक्वाखोला गाउँपालिका(२ स्थितबाट पेस्तोल सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । असोज १६ गते राती ९ बजे बिशेष सुचानाको आधारमा

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङबाट खटिएको प्रहरी टोलीले मिक्वाखोला २ का २० बर्षीय उदय पन्थको घर कोठा खनतलासी गर्दा सिरानी मुनी लुकाई छिपाई राखेको अवस्थामा १ थान अटोमेटिक पस्तोल बरामद गरेको हो । पेस्तोल सहित पक्राउ परेका उनको थप अनुसन्धान तथा कानुनि कारवाही भईरहेको छ ।

बाम्फोक प्रहार गरी बाबुको हत्या  गर्ने पक्राउ

ताप्लेजुङको मिरिङ्देन गाउँपालिका - १ ओख्रेका ३२ बर्षीय सुमन ओख्रावु लिम्वुले आफ्नै बाबुलाई बाम्फोक प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । असोज १७ गते बिहान घरायसी वाद बिवादको क्रममा ५५ बर्षीय श्याम ओख्रावु लिम्वुलाई उनकै छोरा सुमन ओख्रावु लिम्वुले धारिलो हतियार बाम्फोक प्रहार गर्दा घटना स्थलमा नै मृत्यु भएको थियो । 

 घटनाको जानकारी प्राप्तहुनासाथ तत्काल प्रहरी चौकी सान्थाक्राबाट खटिएको प्रहरी टोलीले बाबुको हत्यामा संलग्न छोरालाई घटनामा प्रयोग भएको बाम्फोक सहित पक्राउ गरेको छ । हत्यामा संलग्न रहेका लिम्वुको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङबाट थप अनुसन्धान तथा कानुनि कारवाही भईरहेको छ ।  


विराटनगर । दुहवी नगरपालिकाले बहुउद्धेशिय भवन बनाउनेभएको छ । दुहवी नगरपालिका वार्ड ५मा रहेको आफनै जमिनमा ५ तल्ले भवन बनाउन लागीएको हो । २० करोड २ लाख ८७ हजार ९७ रुपैया ७४ पैसा भ्याट र कन्टीजेन्सी चार्ज सहित उक्त भवन २०८३ असोज १० गते सम्पन्न गरि सक्नुपर्ने छ ।उक्त भवन सम्पन्न भएपछी व्यापारिले कोठा भाडामा लिई व्यापार गर्ने र दुहबी बजार नै चलायमान हुनुका साथै दुहवी नगरपालिकाको आम्दानीको स्रोत समेत बृद्धि हुने भएको छ । दुहबी नगरपालिकाका नगर प्रमुख वेद नारायण गच्छदार ले नव निर्मित व्यापारिक भवनको शिल्यानास गर्दै दुहवी नगरपालिकालाई सुधारिएको नगरपालिकाको रुपमा स्थापित गर्न यो व्यापारिक भवनले महत्वपुर्ण योग्दान पुयाउने वताउनुभयो ।
 

दुहवीका बासिन्दाहरुले परिवर्तन चाहेका हुन । बाटो ठुलो चाहिएको छ ,नाला राम्रो बनाउनुपर्छ भन्ने गरेका छन । तर अगाडि नेतृत्वमा आउन सकेका छैनन भन्नुहुदैं दल भन्दा माथी उठेर दुहवीको समग्र विकासमा सवै ले सबै तर्फबाट एकजुट भएर लाग्ने वेला आएको बताउनुभयो । बन्न लागेको व्यापारिक भवन टि डि एफ परियोजनाले लगानि गरेको   छ । उक्त परियोजना ल्याउनको लागी निकै सघर्ष गर्नुपरेको उहाँले सो अवसरमा बताउनुभयो ।

 जुन स्थानमा भवन निमार्ण भैरहेको छ सो स्थानमा सुगुरहरुको विगविगी भएको स्मरण गर्दै आफुले काम गर्दा कहि गल्ती भएमा सजग गराउनको लागी सम्पुर्ण नगरवासीलाई आग्रह गर्नुभयो । व्यापारिक भवन दुहवी नगरपालिकाको सबै बासिन्दाको भएको र त्यसको अनुगमन गर्न अनुरोध गर्दै अनुगमन का लागी समिती नै गठन आवश्यक नरहेको बताउनुभयो । 

दुहवी नगरपालिकाको उप प्रमुख मेनुका पोखरेल खतिवडाले स्वागत भाषण गर्नुभएको थियो ।सो अवसरमा दुहवी नगरपालिका वार्ड ५ का वडा अध्यक्ष रमेश रौनियार , दलका प्रतिनिधि , हैदर अलि , विजय चौधरी लगायतले सो कार्यलाई सम्बोधन गर्नुभएको थियो ।


विराटनगर | राष्ट्रिय शैक्षिक परामर्श संघ कोशी प्रदेशले विराटनगर महानगरपालिकाका बाढीपीडितका लागि आर्थिक सहयोग हस्तान्तरण गरेको छ ।

संघको ६ औं वार्षिकोत्सवका अवसरमा महानगरका मेयर नागेश कोइरालालाई ५० हजार ५ सय ५५ रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेको छ । वडा नम्बर ८ का अध्यक्ष राम पोखरेलसमेतको उपस्थितिमा मेयर कोइरालालाई संघका प्रदेश अध्यक्ष सन्तोष कुरुङ्वाङ, सचिव नरेन्द्र दंगाल, संस्थापक अध्यक्ष मोहन तिगेला, सल्लाहकार टीका ढकाललगायतले चेक हस्तान्तरण गर्नुभएको थियो । 

वार्षिकोत्सवका अवसरमा गरिने कार्यक्रममा लाग्ने खर्च यसपटक बाढीपीडितका लागि सहयोग गरेको संघका सल्लाहकार टीका ढकालले जानकारी दिनुभयो । वडा नम्बर ८ मा छुट्टै राहतकोष स्थापना गरेर सोही कोषमा सो रकम जम्मा गरिनेछ । वडा नम्बर ८ का बाढीपीडितका लागि खर्च गर्ने गरी सहयोग प्रदान गरेकोमा मेयर कोइरालालाई संघलाई धन्यवाद दिनुभएको थियो ।


विराटनगर असोज १७  गते | विराटनगरको महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसमा रहेको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू)ले फुटसल प्रतियोगिता आयोजना गरेको छ ।

बिहीबार प्रतियोगिताको विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले उद्घाटन गर्नुभयो । दोस्रो इन्टर एमएमएएमसी दशैं कप फेस्टिबल प्रतियोगिताको मेयर कोइरालाले बल हानेर उद्घाटन गर्नुभएको हो । जम्बोरी नेक्सस लाउञ्चको खेल मैदानमा शनिबारसम्म प्रतियोगिता हुने भएको आयोजक स्ववियूका सभापति जसवन्त पौडेलले जानकारी दिनुभयो ।

 उक्त प्रतियोगितामा पुरुषतर्फ ४ वटा संकायबाट १४ वटा टिम र महिलातर्फ ८ वटा टिमले सहभागिता जनाएका छन् । प्रतियोगिताको विजेताले २१ हजार रुपैयाँ नगद र दोस्रो हुने टिमले ११ हजार रुपैयाँ नगद पुरस्कार साथै अन्य आकर्षक उपहारहरु पाउने सभापति पौडेलले बताउनुभयो ।

मेयर कोइरालाले खेलकुदले मानिसको शारीरिक र मानसिक विकाससँगै अनुशासन सिकाउने बताउनुभयो । उहाँले खेलका माध्यमबाट आणविक र आर्थिक रुपमा जतिसुकै शक्तिशाली मुलुकलाई पनि परास्त गर्न सकिने विचार व्यक्त गर्नुभयो । प्रतियोगिताले विद्यार्थीलाई खेलकुदप्रति आकर्षित गर्ने र आपसी भाइचारा अभिवृद्धि गर्ने सभापति पौडेलको भनाइ थियो ।


विराटनगर  |  जापान सरकार (जाइका)को अनुदान सहयोगमा विराटनगरमा सुरु हुन लागेको वृहत्तर खानेपानी परियोजनालाई बिना अवरोध सम्पन्न गर्न विराटनगर महानगरपालिकाले सरोकारवालाहरूसित छलफल गरेको छ ।

महानगरको समन्वयमा भएको छलफलमा सरोकारवालाहरूले परियोजना सफल बनाउन सबै किसिमको सहयोग गर्ने प्रतिबद्धता जनाए । महानगरवासीलाई शुद्ध खानेपानी उपलब्ध गराउने उद्देश्यका साथ जापान सरकारको सहयोगमा वृहत्तर खानेपानी परियोजनाका लागि पाइपलाइन बिछ्याएर परीक्षणसमेत भइसकेको छ । 

जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, वडा प्रहरी कार्यालय, जिल्ला ट्राफिक प्रहरी कार्यालय, खानेपानी संस्थान, विद्युत प्राधिकरण, नेपाल टेलिकमलगायतका प्रमुख तथा प्रतिनिधिसँगको छलफलमा परियोजना सञ्चालनका क्रममा आइपर्ने समस्या समाधान गरिदिन परियोजनाका इन्जिनियर अरविन्द कर्णले आग्रह गर्नुभयो । 

मेयर नागेश कोइराला, उपमेयर शिल्पा निराला कार्की, प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुली, परियोजना सञ्चालन हुने वडाका वडाध्यक्ष काजीबहादुर बस्नेत, वासुबहादुर बस्नेत, विश्वनाथ भगत, सूर्यलाल यादव, वडासदस्य देवु मण्डल, सामान्य प्रशासन महाशाखा प्रमुख अर्जुन थपलिया, भौतिक पूर्वाधार महाशाखा प्रमुख इन्जिनियर अर्जुन थापा, खानेपानी तथा सरसफाई प्रमुख कल्पना दाहाल, परियोजनाका परामर्शदातालगायतको उपस्थितिमा भएको छलफलमा कर्णले सरोकारवालाहरूले सहयोग गरे तोकिएको मितिभित्र परियोजना सम्पन्न गर्ने जानकारी दिए ।

परियोजना सञ्चालन गर्दा विभिन्न अवरोध आउन सक्ने सम्भावना देखेर सरोकारवालाहरूसित छलफल राखिएको महानगरका तर्फबाट परियोजनाका लागि सम्पर्क व्यक्ति पुनमकुमार दाहालले बताउनुभयो । उनले सानो विषयले पनि परियोजनाको काममा अवरोध हुन सक्ने सम्भावनालाई मध्यनजर गर्दै राखिएको छलफल अत्यन्तै फलदायी भएको जानकारी गराए । 

छलफलमा नागेश मेयर कोइरालाले शुद्ध खानेपानी वितरण गर्ने क्रममा कुनै समस्या नआउने गरी काम गर्न परियोजनालाई आग्रह गरे । ‘भविष्यमा पानीका पाइप फुट्ने, खिया लाग्ने, अन्य परियोजना सञ्चालन गर्दा खानेपानीका पाइपले अवरोध गर्नेजस्ता कुरालाई अहिले नै विचार पु¥याएर काम गर्न म आग्रह गर्दछु,’ उनले भने, ‘परियोजना गुणस्तरीय रुपमा तोकिएकै मितिभित्र सम्पन्न हुनुपर्छ । त्यसका लागि महानगरका तर्फबाट जुनसुकै समयमा जस्तोसुकै सहयोग गर्न तयार छ ।’ उनले परियोजना सञ्चालन हुने वडाका वडाध्यक्षहरूलाई सहजीकरण गर्न आग्रह गरे ।

परियोजनाका व्यवस्थापक सन्तोष रौनियारले जाइकाको परियोजना कार्यान्वयनका क्रममा आइपरेका सबै समस्या समाधानका लागि महानगरकाप्रमुखलेखेलेको भूमिकाका कारण समयमै सुरुभएको बताए । महानगरका प्रमुखको सहयोगले विभिन्न समस्या सहज रुपमा समाधान गर्दै आएकाले परियोजना सञ्चालनका क्रममा भविष्यमा पनि कुनै समस्या नहुने उनले विश्वास व्यक्त गरे ।

 २ अर्ब २९ करोड जापानी ऐन लागत रहेको उक्त परियोजनाका लागि ६८ किलोमिटर पाइपलाइन विस्तार गरिनेछ । देवकोटाचोक, तीनपैनीचोक र मुनालपथस्थित संस्थान परिसरमा १२–१२ लाख लिटर क्षमताको अण्डरग्राउण्ड ट्यांकी निर्माण गरिनेछ । 

त्यस्तै विराटनगर–५ स्थित महानगर बहुप्राविधिक शिक्षालय नजिक १२ लाख लिटर क्षमताको ओभरहेड ट्यांकी निर्माण हुनेछ । त्यस्तै सोही स्थानमा साढे ४ लाख लिटर क्षमताको अण्डरग्राउड ट्यांकी पनि निर्माण हुने इन्जिनियर कर्णले जानकारी दिनुभयो । कर्णका अनुसार सबै ट्यांकी भएको स्थानमा ३–३ वटा पानी तान्ने बोरिङ, पानी प्रशोधनका लागि फिल्टरसमेत जडान हुनेछ । सन् २०२६ को मे ३१ तारिखमा सम्पन्न गर्ने गरी सुरु गरिएको परियोजनाबाट १ लाखभन्दा बढी महानगरवासी लाभान्वित हुनेछन् ।


विराटनगर | विराटनगरलाई सफा, सुन्दर, उज्यालो, व्यवस्थित र विकसित बनाउने अभियानअन्तर्गत बरगाछी–रानी सडक सौन्दर्यकरण परियोजनाका लागि बैंक तथा वित्तीय संस्थाहरूबाट सहयोग जुट्ने क्रम जारी रहेको छ । सो परियोजनाका लागि एसवीआई बैंक लिमिटेड प्रदेश कार्यालय कोशीले रकम प्रदान गरेको छ ।

बैंकले बुधबार महानगरका मेयर नागेश कोइरालालाई २ लाख रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेको छ । कार्यकक्षमै पुगेर बैंकका प्रदेश प्रमुख रविन घिमिरे, प्रदेश उपप्रमुख अमित कोइराला र विराटनगर शाखा प्रमुख सुदीपकुमार अर्यालले मेयर कोइरालालाई चेक हस्तान्तरण गरेको हो । हालसम्म २० लाख ५० हजार रुपैयाँ परियोजनाको खातामा जम्मा भइसकेको छ ।

यसअघि ११ वटा विभिन्न बैंक तथा वित्तीय संस्थाहरूबाट १८ लाख ५० रुपैयाँ जम्मा भइसकेको थियो । सो सडकको सौन्दर्यकरणका लागि ५५ लाख रुपैयाँको लागत अनुमान गरिएको छ । यसअघि एनआईसी, एनआईएमवी, नेपाल बैंक, ग्लोबल आइएमई, कुमारी बैंक, सानिमा बैंक, कृषि विकास बैंक, एनएमवी बैंक, स्टान्डर्ड चार्टर्ड बैंक, छिमेकी लघुवित्त र जीवन विकास लघुवित्त वित्तीय संस्थाले रकम जम्मा गरिसकेका थिए ।

 महानगरको आग्रहमा सामाजिक उत्तरदायित्वअन्तर्गत बैंक तथा वित्तीय संस्थाहरूले बरगाछी–रानी सडक सौन्दर्यकरणमा सहयोग पु¥याइरहेका छन् । हाल तारजाली लगाएर फूल रोप्ने कार्य भइरहेको छ । बरगाछीदेखि महेन्द्र चोकसम्मका सबै मेडिएम (डिभाइडर)मा तारजाली लगाएर फूल र विरुवासमेत रोपिसकिएको महानगरका तर्फबाट सौन्दर्यकरणको संयोजन गरिरहनुभएका पुनम दाहालले जानकारी दिनुभयो ।

मेयर नागेश कोइरालाले विराटनगरको सौन्दर्यकरणका लागि बैंक तथा वित्तीय संस्थाहरूले पु¥याइरहेको सहयोगप्रति आभार व्यक्त गर्नुभएको   छ । विराटनगर बनाउने सबैको दायित्व भएको भन्दै मेयर कोइरालाले विराटनगरलाई सुन्दर बनाउन बैंकहरूले खेलेको भूमिकाप्रति प्रशंसा व्यक्त गर्नुभयो । ‘महानगर एक्लैले विराटनगर बनाउन असम्भव भएकाले यहाँ रहेका बैंक तथा वित्तीय संस्थाको सामाजिक उत्तरदायित्वअन्तर्गत बरगाछी–रानी सडक सौन्दर्यकरण गर्न आह्वान गरेअनुसार सहयोग प्राप्त भइरहेको छ,’ मेयर कोइरालाले भन्नुभयो, ‘महानगरले अन्य परियोजनाहरू पनि यस्तै साझेदारीमासञ्चालनको योजना बनाएको छ ।’

५ किलोमिटर लम्बाई रहेको विराटनगर बरगाछी–रानी सडकमा ४६ वटा मेडिएम (डिभाइडर) रहेका छन् । एउटा डिभाइडरमा भने नेपाल उद्योग परिसंघ कोशी प्रदेशले सौन्दर्यकरण गरिसकेको छ ।

महानगरले गठन गरेको आर्थिक संकलन समितिले ‘क’ वर्गका बैंकका लागि २ लाख, ‘ख’ वर्गका लागि १ लाख ५० हजार, ‘ग’ वर्गका लागि १ लाख र ‘घ’ वर्गका बैंक र लघुवित्त संस्थाहरूका लागि ५० हजार रुपैयाँ निर्धारण गरेको थियो । प्रदेश राजधानीसमेत रहेको विराटनगरमा ४२ वटा बैंक तथा वित्तीय संस्थाहरू सञ्चालनमा रहेका छन् । 

परियोजनाका लागि छुट्टै बैंक खाता सञ्चालनमा ल्याइएको छ । परियोजनालाई पारदर्शी र व्यवस्थित बनाउन उद्योगी तथा समाजसेवी वेनिगोपाल मुन्दडाको संयोजकत्वमा महानगरले गठन गरेको समितिले हाल सौन्दर्यकरण अभियानलाई तीव्रता दिइएको छ । हाल महेन्द्रचोकदेखि रोडशेषसम्मको डिभाइडरमा तारजाली लगाउने कार्य धमाधम भइरहेको छ ।

 


विराटनगर । कोशी प्रदेशका संस्थापक मुख्यमन्त्री तथा नेकपा एमाले स्थायी कमिटी सदस्य शेरधन राई तथा कोशी प्रदेश मुख्यमन्त्री कार्यालयकी राज्यमन्त्री सृजना राईसहितको टोलीले मंगलबार भोजपुरको बाढी प्रभावित क्षेत्रको अनुमगन गरेको छ । 

उदयपर र भोजपुरको सीमा क्षेत्रमा सुनकोशी नदीले पुर्याएको क्षतिको अवस्थाबारे जानकारी लिन पूर्वमुख्यमन्त्री राई अनुमगनका लागि पुग्नु भएको हो । भोजपुरको चुहारमा निर्माणाधिन मोटरेवल पुल, एखुवा खोला पुल, अविरल वर्षातको कारण क्षतिग्रस्त चुहारको झोलुङ्गे पुल, जोगेपाथर घारे झोलुङ्गे पुल, बाक्सीखोप झोलुङ्गे पुलको उहाँहरुले अनुमगमन गर्नुभएको छ । 

बाढीले जोगेपाथरको घारे झोलुङे पुल बगाएको छ भने बस्तीमा समेत क्षति पुर्याएको छ । यस्तै बालीमा समेत क्षति पुयाएको राज्यमन्त्री सृजना राईले जानकारी दिनुभयो । स्थानीयले लगाएको केरा तथा ड्रागन खेतीमा क्षति पुगेको उहाँको भनाइ छ । पुल बगाएको कारण उदयपुरसँग भोजपुरको आमचोक र उदयपुरको बेलका नगरपालिकाबीच आवतजावतमा कठिनाइ भएको छ । पूर्वमुख्यन्त्री राई पीडितहरुसँग छलफल समेत गर्नुभएको थियो ।

 उहाँले झोलुङ्गे पुल तत्काल बन्न आवश्यक रहेको बताउँदै आफुले पनि पुल निर्माणका लागि सहयोग गर्ने बताउनुभयो । उहाँले स्थानीयसँग छलफल गरी तत्काल पुल बनाउने भए आफ्नो र श्रीमतीको तर्फबाट ५० हजार रुपैयाँ सहयोग गर्ने घोषणा गर्नुभयो । नेकपा एमालेका नेता कार्यकर्ता र स्थानीयसँग छलफल गर्दै हिजो भोजपुरको आमचोक लगायतका क्षेत्रमा भएको क्षतिबारे बुझ्न अनुगमन गरिएको पूर्वमुख्यमन्त्री राईले बताउनुभयो । सुनकोशी नदीमा आएको बाढीले उदयपुर र भोजपुरको सीमाक्षेत्रमा ठुलो क्षति पुर्याएको उहाँले जानकारी दिनुभयो ।


बिराटनगर, असोज १५ गते । “६९ औँ प्रहरी दिवस २०८१” को अवसरमा कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक चन्द्र कुवेर खापुङको अध्यक्षतामा असोज १५ गते बिराटनगर महानगरपालिका ९ स्थित ट्राफिक चोकमा भएको रक्तदान कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री लिला बल्लभ अधिकारीले रक्तदाता कोशी प्रदेश प्रहरी तालिम केन्द्र बिराटनगरका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक अबि नारायण काफ्ले र कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरका प्रहरी वरिष्ठ उपरीक्षक भीम बहादुर दाहाललाई ब्लड ब्याग हस्तान्तरण गर्नु भई कार्यक्रमको उद्‍घाटन गर्नुभएको थियो ।

कार्यक्रमलाई सम्वोधनको क्रममा वहाँले प्रहरीले शान्ति सुरक्षाका साथै जनताको साथी भएर निरन्तररुपमा सामाजिक कार्यहरु गर्दै आईरहेकोमा आयोजित यो रक्तदान कार्यक्रम ज्वलन्त उदाहरण रहेको बताउदै रक्तदान जीवन दान भन्दै यस्ता पुनित कार्यको लागि अग्रणि स्थानमा रहेर देश र जनताको सेवा गर्ने नेपाल प्रहरीलाई हार्दिक कृतज्ञताका साथ धन्यवाद व्यक्त गर्नु भयो । वहाँले मानविय सेवामा सहयोग पुर्‍याउनु हुने रक्तदाताहरुलाई प्रसंसा पत्र समेत प्रदान गर्नु भएको थियो । नेपाल प्रहरी अस्पताल इनरुवा सुनसरी र नेपाल रेडक्रस सोसाईटी बिराटनगरको प्राबिधिक सहयोगमा भएको रक्तदान कार्यक्रममा नेपाल प्रहरी र सर्वसाधारण समेत गरी ६८ जनाले रक्तदान गरेका थिए ।

उक्त कार्यक्रममा जिल्ला प्रशासन कार्यालय मोरङका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराई, नेपाल प्रहरी प्रदेश कार्यालय धरानका प्रहरी वरिष्ठ उपरीक्षक जयराज सापकोटा, प्रहरी उपरीक्षकहरु लगायत प्रहरी अधिकृत तथा प्रहरी कर्मचारीहरुका साथै संचारकर्मीहरु समेतको उपस्थिती रहेको थियो ।

 


 


बिराटनगर, असोज १५ गते । मोरङको बिराटनगर बसपार्क स्थितमा यात्रु सहायता कक्षको समुद्‍घाटन भएको छ । असोज १५ गते बिराटनगर बस पार्कमा आयोजित एक कार्यक्रमका बिच कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक चन्द्र कुबेर खापुङले चाडपर्वको समयमा यात्रुलाई सहज र सुरक्षित यात्राका लागि यात्रु सहायता कक्षको समुद्‍घाटन गर्नु भएको छ ।

यात्रु सहायता कक्षको उद्‍घाटन कार्यक्रमलाई सम्वोधन गर्नु हुदै वहाँले प्रहरी चौविसै घण्टा परिचान भई शान्ति सुरक्षा प्रदान गर्दै आईरहेकोमा बिशेष गरी चाडपर्वको समयमा मानिसहरुको आवात जावत बढी हुने हुँदा सुरक्षाको लागि थप प्रहरी परिचालन गरिनुका साथै बसपार्कहरुमा यात्रु सहायता कक्षको स्थापना गरिएको बताउनु भयो । साथै वहाँले आम नेपालीहरुको चाडपर्व सुखदायी तथा सुरक्षित बनाउन यातायात व्यवसायी, यातायात मजदुर लगायत सबैको सहकार्य आवश्यक रहेको बताउदै १४ वटै जिल्ला स्थित बसपार्क तथा यात्रुहरुको वढी चाप हुने स्थानहरुमा बिगतमा झै यात्रु सहायता कक्षको स्थापना गरिने बताउनु   भयो ।

उद्‍घाटन कार्यक्रममा नेपाल प्रहरी प्रदेश कार्यालय धरानका प्रहरी वरिष्ठ उपरीक्षक जयराज सापकोटा, कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरका प्रहरी वरिष्ठ उपरीक्षक भीम बहादुर दाहल लगायत प्रहरी उपरीक्षकहरु तथा प्रहरी अधिकृतहरु, स्थानिय जनप्रतिनिधि, यातायात व्यावसायी, यातायत मजदुरहरुका साथै संचारकर्मीहरु समेतको उपस्थिती रहेको थियो ।

कोशी प्रदेशका जिल्लाहरुका बिभिन्न स्थानमा पहिलो दिन ३७ स्थानमा यात्रु सहायता कक्षको स्थापना भएको छ ।

यात्राका क्रममा यात्रुहरुलाई कुनै प्रकारको असहज, असुरक्षित महसुस भएमा वा सामान छुटेमा नजिकैको यात्रु सहायता कक्ष अथवा प्रहरीको हटलाइन नम्बर १०० र ट्राफिक प्रहरीको हटलाइन नम्बर १०३ मा सम्पर्क गर्न हुन समेत सुचित गरिन्छ । 


विराटनगर  | केशलिया खोलाको कटानबाट विराटनगर–१२ स्थित सम्पन्न बस्ती जोगाउन विराटनगर महानगरपालिकाले अस्थायी तटबन्ध निर्माण सुरु गरेको छ ।

महानगरको जेसीवी प्रयोग गरेर नगर प्रहरी र सशस्त्र प्रहरीले बोरामा माटो हालेर तटबन्ध निर्माण गरिरहेका छन् । मौसम विभागले बुधबार र बिहीबार भारि वर्षाको सम्भावना रहेको भन्दै सतर्क रहन आग्रह गरेपछि केशलियाको बाढी बस्तीमा नपसोस् भनेर तत्कालका लागि अस्थायी तटबन्ध निर्माण गरिएको हो । केही दिनअघि आएको अविरल वर्षाका कारण केशलियाको बाढी विराटनगर–१२ स्थित सम्पन्न बस्तीमा प्रवेश गरेको थियो ।

कोशी प्रदेशको खानेपानी, सिंचाइ तथा ऊर्जा मन्त्रालय मन्त्रालयले खोलामा स्थायी तटबन्ध निर्माण गर्ने प्रतिबद्धता जनाएको छ । मन्त्रालयले लागत इस्टिमेट तयार पार्न जल तथा सिंचाइ विकास डिभिजन कार्यालय मोरङका इन्जिजियर अनिलकुमार महतोलाई खटाइसकेको छ । केशलियाको बाढीका कारण प्रदेश प्रहरी कार्यालय, तालिम केन्द्रलगायतका क्षेत्र जलमग्न भएको थियो । महानगर आवास योजनाअन्तर्गत विपन्नका लागि सो स्थानमा घर निर्माण गरी हस्तान्तरण गरिएको थियो ।

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.