Websoft University

यात्रु सहायता कक्षको समुद्‍घाटन


बिराटनगर, असोज १५ गते । मोरङको बिराटनगर बसपार्क स्थितमा यात्रु सहायता कक्षको समुद्‍घाटन भएको छ । असोज १५ गते बिराटनगर बस पार्कमा आयोजित एक कार्यक्रमका बिच कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक चन्द्र कुबेर खापुङले चाडपर्वको समयमा यात्रुलाई सहज र सुरक्षित यात्राका लागि यात्रु सहायता कक्षको समुद्‍घाटन गर्नु भएको छ ।

यात्रु सहायता कक्षको उद्‍घाटन कार्यक्रमलाई सम्वोधन गर्नु हुदै वहाँले प्रहरी चौविसै घण्टा परिचान भई शान्ति सुरक्षा प्रदान गर्दै आईरहेकोमा बिशेष गरी चाडपर्वको समयमा मानिसहरुको आवात जावत बढी हुने हुँदा सुरक्षाको लागि थप प्रहरी परिचालन गरिनुका साथै बसपार्कहरुमा यात्रु सहायता कक्षको स्थापना गरिएको बताउनु भयो । साथै वहाँले आम नेपालीहरुको चाडपर्व सुखदायी तथा सुरक्षित बनाउन यातायात व्यवसायी, यातायात मजदुर लगायत सबैको सहकार्य आवश्यक रहेको बताउदै १४ वटै जिल्ला स्थित बसपार्क तथा यात्रुहरुको वढी चाप हुने स्थानहरुमा बिगतमा झै यात्रु सहायता कक्षको स्थापना गरिने बताउनु   भयो ।

उद्‍घाटन कार्यक्रममा नेपाल प्रहरी प्रदेश कार्यालय धरानका प्रहरी वरिष्ठ उपरीक्षक जयराज सापकोटा, कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरका प्रहरी वरिष्ठ उपरीक्षक भीम बहादुर दाहल लगायत प्रहरी उपरीक्षकहरु तथा प्रहरी अधिकृतहरु, स्थानिय जनप्रतिनिधि, यातायात व्यावसायी, यातायत मजदुरहरुका साथै संचारकर्मीहरु समेतको उपस्थिती रहेको थियो ।

कोशी प्रदेशका जिल्लाहरुका बिभिन्न स्थानमा पहिलो दिन ३७ स्थानमा यात्रु सहायता कक्षको स्थापना भएको छ ।

यात्राका क्रममा यात्रुहरुलाई कुनै प्रकारको असहज, असुरक्षित महसुस भएमा वा सामान छुटेमा नजिकैको यात्रु सहायता कक्ष अथवा प्रहरीको हटलाइन नम्बर १०० र ट्राफिक प्रहरीको हटलाइन नम्बर १०३ मा सम्पर्क गर्न हुन समेत सुचित गरिन्छ । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.