विराटनगर । विराटनगर–१० स्थित संसारी माईस्थान संरक्षण समितिले श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ लगाउने भएको छ ।
आगामी कात्तिक २३ गते २९ गतेसम्म महायज्ञ लगाउने संरक्षण समितिले आज पत्रकार सम्मेलन गरि जानकारी दिएको छ । महायज्ञको प्रमुख कथावाचकमा राधिका दासी रहेको पत्रकार सम्मेलनमा जानकारी दिईएको छ । संसारी माईस्थान संरक्षण समितिका अध्यक्ष कृष्णकुमार मास्केले श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ सम्पन्न गर्न करिव २५ लाख रुपैयाँ खर्च लाग्ने जानकारी दिए ।
श्रीसंसारी माईस्थान मन्दिरको गुरु योजना अनुसार संरचनाको पुनः निर्माणका लागि एवं समस्त नेपालीको कल्याण तथा विश्व शान्तिको कामना सहित श्रीमद्भागवत सप्ताह ज्ञान आयोजना गर्न लागिएको उनले बताए । महायज्ञको उद्घाटनका दिन कात्तिक २३ गते शुक्रबार विहान ११ वजे भव्य कलश यात्रा निकालिने आयोजक समितिले जनाएको छ ।
Post a Comment