Websoft University

विराटनगर प्रज्ञा प्रतिष्ठानका पदाधिकारी र सदस्यहरूको सपथग्रहण


विराटगगर। विराटनगर महानगरपालिकाले गठन गरेको ‘विराटनगर प्रज्ञा प्रतिष्ठान’का पदाधिकारी र सदस्यहरूको सपथग्रहण सम्पन्न भएको छ ।


भाषा, साहित्य, कला र संस्कृतिको विकास र सम्वद्र्धन गर्ने उद्देश्यले गत साउन ३१ गतेको कार्यपालिका बैठकले प्रतिष्ठान गठन गर्ने निर्णय गरेको थियो । महानगरले अग्रज साहित्यकार प्राज्ञ विवश पोखरेलको अध्यक्षतामा प्रतिष्ठान गठन गरेको थियो ।

मंगलबार महानगरपालिकाको सभाकक्षमा आयोजित कार्यक्रममा महानगरका मेयर नागेश कोइरालाले अध्यक्ष पोखरेललाई सपथ गराउनुभएको थियो । त्यसलगत्तै अन्य पदाधिकारी, कार्यसमिति सदस्य र परिषद सदस्यहरूलाई अध्यक्ष पोखरेलले सपथ गराउनुभएको थियो । त्यस्तै मेयर कोइरालाले अध्यक्षसहित परिषद सदस्यहरूलाई मनोनयपत्र प्रदान गर्नुभएको थियो ।

 कार्यक्रमलाई सम्बोधन गर्दै मेयर कोइरालाले विराटनगर औद्योगिक र राजनैतिक नगरी मात्रै नभएर भाषा, कला, साहित्य र संस्कृतिको नगरी पनि भएको बताउनुभयो । विराटनगरमा १२२ भन्दा बढी विभिन्न जातजातिको बसोबास रहेको उल्लेख गर्दै उहाँले हरेकका आफ्नै भाषा र मौलिक संस्कृति रहेको चर्चा गर्नुभयो । उहाँले महानगरले भौतिक विकास सँगसँगै मानवीय विकासमा पनि ध्यान दिएको प्रस्ट पार्नुभयो ।

 ‘महानगरपालिकाले सडक, भवनलगायत भौतिक संरचनाको विकाससँगै भाषा, साहित्य, कला र संंस्कृतिको विकासलाई पनि ध्यान दिएको छ,’ कोइरालाले भन्नुभयो, ‘सबै क्षेत्रको विकास गर्न सकिए मात्रै त्यो विराटनगरको दिगो विकास हुन्छ ।’ मेयर कोइरालाले विराटनगरको पहिचानलाई थप उचाइमा पु¥याउने गरी काम गर्न प्रतिष्ठानका पदाधिकारी र सदस्यहरूलाई आग्रह गर्नुभयो ।

प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुलीले भाषा, साहित्य र कलाको विराटनगर उर्बर भूमि भएको चर्चा गर्नुभयो । उहाँले प्रतिष्ठान गठनपछि भाषा, साहित्य र संस्कृतिको विकासलेगति लिनेविश्वास व्यक्त गर्नुभयो । सामाजिक विकास समितिका संयोजक काजीबहादुर बस्नेतले ऐन बनाएरै प्रज्ञा प्रतिष्ठान गठन गरेको जानकारी दिनुभयो । प्रतिष्ठानले लोप हुन लागेको भाषा, साहित्य र संस्कृतिको विकासमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।

प्रतिष्ठानका अध्यक्ष प्राज्ञ विवश पोखरेलले विराटनगरले थुप्रै मूर्धन्य साहित्यकार र कलाकार जन्माएको बताउनुभयो । उहाँले विश्वेश्वरप्रसाद कोइराला, महानन्द सापकोटा, देवकुमारी थापा, बालकृष्ण पोखरेल, कृष्णभूषण बल, चर्तुभूज आशावादी, माधव सापकोटालगायत दर्जनौं मूर्धन्य साहित्यकार जन्माएको बताउँदै विराटनगरको शाखलाई उच्च राख्ने गरी कार्य गर्ने प्रतिबद्धता जनाउनुभयो । 

उहाँले भाषा, साहित्य, कला र संस्कृतिको विकास बिना देशको विकास नहुने जिकिर गर्नुभयो । ‘कुनै पनि देश समृद्धि हुन त्यस देशको भाषा, साहित्य र कलाको विकास हुनुपर्दछ,’ उहाँले भन्नुभयो, ‘भाषा, साहित्य देशको मुटु हो ।’

पोखरेलको अध्यक्षतामा गठिन प्रज्ञा प्रतिष्ठानको उपाध्यक्षमा सरला चापागाईं, सदस्यसचिवमा दिङ्लाली कान्छो (दिनेशराज सुवेदी), सदस्यहरूमा माया पौडेल (नृत्य÷गीत–संगीत), अनुराधा थापा (ललितकला), प्रा. भूषण ढुंगेल (भाषा), मधु पोखरेल (साहित्य), भैरव क्षेत्री (नाट्य÷रंगमञ्च) र शिवनारायण पण्डित सिङ्गल (मातृभाषा) रहनुभएको छ । 

त्यस्तै प्रा.डा. हरिहर भण्डारी, लक्ष्मण नेवटिया, गोकुल अधिकारी, रामा मण्डल, हरि कट्टेल, भेषराज पोखरेल, रामबाबु दहाल, केशव रायमाझी, डा. विमला श्रेष्ठ, सविता गौतम दाहाल, शुभलक्ष्मी लम्साल र इन्द्र परियार परिषद् सदस्य रहनु भएको छ । सपथग्रहणपछि उहाँहरु सबैलाई मेयर कोइराला, प्रमुख प्रशासकीय अधिकृत पराजुली र सामाजिक विकास समितिका संयोजक बस्नेतले अविर, टीका, माला र खादा लगाएर स्वागतसमेत गर्नुभएको थियो ।

 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.