Websoft University

हुकाहुकी शुभ दीपावली


बिराटनगर असोज १९ गते | मत्स्य देशका राजा विराट महाभारतकालदेखी नै विराट राजवंशी समुदायले मौलिक साँस्कृत रुपमा हुकाहुकी रिति मनाउँदै आईरहेका छन् । यो हुकाहुकी शुभ दीपावली (सुकरात) को पहिलो ऐतिहासिक दिन हो । जसमा विराट राजवंशी समुदायले घर आँगनमा माटोको दियोवाली घरको कुलदेवी देवतासँगसँगै लक्ष्मी पूजा गर्दै सँगै घर बाहिर र खेतीबारीमा गएर (हुकाहुकी) भन्दै विराट राजवंशी समुदायले मनाउने पुरखौली चलन रहीआएको छ ।

सुकरातमा लक्ष्मी माँता भगवान पुजाको साझको बेलामा हुकाहुकी खेल्ने पौरानिक चलन छ । हुकाहुकी सन्ठी र भाँसी (लामो घाँस) ले बनेको क्रस आकारको बस्तु हो । विराट राजवंशी समुदायले घरमा कुलदेवताको (गोसाई सिरा) मा सन्ठीको हुकाहुकी राखी पूजाआजा गर्ने गर्दछ । पूजापाठ गरिसकेपछि दियोबाट सन्ठीको हुकाहुकीमा आगो लगाई आगँन हुँदै खेतबारीमा “हुकाहुकी” भन्दै उत्साहित साथ हामी मनाउँदै आएका   छौ । यो हुकाहुकी रितिमा सबै उमेर समूहका सहभागिता हुने गर्छन् । जसले गर्दा विराट राजवंशी समुदायमा भाईचारा, आदर भाव र भावनात्मक सम्वन्ध प्रदान गर्न यो हुकाहुकीको महत्व रहदै आएको छ।

विराट राजवंशी पूर्वी तराईको मूल आदिवासी समुदाय कृषि पेसामा आश्रित रहेको पाईन्छ । विराट राजवंशी समुदायमा प्राय जसो पशुपालन र खेतीपाती गर्ने पौराणिक पेसा नै कृषि हो । हिउँदै बाली र अन्नबालीमा कीरा फट्याङग्रालाई क्षति पुर्याउने भएकोले कीरा फट्याङग्रालाई धपाउने हेतुले गाँउटोलमा भेलाभई साँझपख खेतबारीमा गई हुकाहुकी मनाउने प्रचलन चलिआएको छ । हुकाहुकी आगोका मुस्लो हो । जसले अदृश्य शैतानी शतिलाई ध्वस्त बनाउने कार्य हुकाहुकी रितिमा भएको विराट राजवंशी समुदायको मान्यता छ । गाँउ र बस्तीमा भएको कीरा फट्याङग्रा कम गर्न र सबैको स्वास्थ्य लाभको कामना गर्दै धुमधाम, भव्य र उत्साहितका साथ मनाउने गर्दछ ।

अन्त्यमा विराट राजवंशी समुदायको हुकाहुकी प्रथा लोप हुदै गईरहेको   छ । यसलाई संरक्षण एव्म सम्वर्द्धन गर्न राज्यको कुनै पनि निकायको पहल देखिदैन । राज्य नै मौन छ । जसले गर्दा विराट राजवंशी समुदायको साँस्कृतिक रितिरिवाज आकर्षण घट्दै गएको छ । तसर्थ विराट राजवंशी यूवा समितिले मौलिक साँस्कृतिक हुकाहुकीलाई प्रवर्द्धन गर्न यहि आउने कार्तिक ३ गते प्रथम हुकाहुकी कार्यक्रम भव्य श्रव्यका साथ मनाउने हुदाँ यस पत्रकार सम्मेलनबाट जानकारी गराउदछौ ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.