Websoft University
November 2024


विराटनगर, १५ मंसिर | सुनसरी इटहरीस्थित तरहरामा रहेको सहिद स्मृति आवासीय विद्यालय वार्षिक सामूहिक क्याम्पसको अवधिमा संचालन भएका विभिन्न प्रतियोगिताहरुमा उत्कृष्ट प्रदर्शन गर्दै बेस्ट प्लाटुन हुन सफल भएको छ ।

नेपाली सेनाद्वारा संचालन हुने राष्ट्रिय सेवा दल पूर्वी तालिम शिक्षालयको तालिमबाट उक्त विद्यालयले बेष्ट प्लाटुनको शिल्ड जितेको हो । सि.सं. ५० जुनियर डिभिजन तालिमको वार्षिक सामूहिक क्याम्प (पहिलो चरण) दीक्षान्त समारोहका अवसरमा शुक्रबार उक्त विद्यालयलाई शिल्ड प्रदान गरिएको हो । उक्त विद्यालयकी प्रधानाध्यापक रिता फुयाल र समन्वय शिक्षक रामचन्द्र चौधरीलाई 

कार्यक्रमका प्रमुख अतिथि तथा नेपाली सेना पूर्वी पृतना हेडक्वाटरका पृतनापति पवनराज घिमिरेले शिल्ड प्रदान गरेका थिए । यस्तै सहिद स्मृति विद्यालयकै क्याडेट सुस्मिता दाहलले भने मोडल ब्रिफिङ प्रतियोगितामा बेष्ट स्पिकर भइ प्रथम स्थान हासिल गर्न सफल भएकी छन् । 

कोशी प्रदेशका सुनसरी, झापा, इलाम, पाँचथर, धनकुटा, ताप्लेजुङ र तेह्रथुम, मधेश प्रदेशका ३ जिल्ला धनुषा, सर्लाही र बारा र बागमती प्रदेशको सिन्धुली जिल्ला गरी जम्मा ११ वटा जिल्लाका १५ वटा विद्यालयहरुबाट ५२७ जना क्याडेट छात्र÷छात्राहरु सहभागी थिए । जसलाई सगरमाथा गणको क, ख, ग, घ र ङ गुल्मको संरचनामा दीक्षान्त कवाज प्रदर्शन गराइएको थियो । 

शिक्षा मन्त्रालयसँगको समन्वयमा विद्यालय तथा विद्यार्थी छनौट गरी एक सय दिनको तालिम संचालन भएको छ । पहिलो चरणमा ७९ दिनको संस्थागत तालिम र दोस्रो चरणमा २१ दिनको वार्षिक सामूहिक क्याम्प संचालन गर्ने गरिएको नेपाली सेनाले जनाएको छ । 

तालिममा खाली हात ड्रिल, खुकुरी ड्रिल, तेक्वान्दो, एरोबिक्स, साधरण सैनिक ज्ञान प्रदान गरिएको थियो भने २१ दिनको वार्षिक सामूहिक तालिम क्याम्पसको दौरान, संस्थागत तालिमको दौरामा सिकेका पाठहरुलाई स्तरोन्नती गर्दै विभिन्न विषयका विशेषज्ञहरुबाट कक्षा संचालन गर्ने तथा हाइकिङ, सामाजिक कार्य, खेलकुद, सांस्कृतिक कार्यक्रम र विभिन्न प्रतियोगितात्मक गतिविधिहरु समेत संचालन गर्ने गरिएको छ ।

 २०७४ साल वैशाख २९ गते राष्ट्रिय सेवा दल पूर्वी तालिम शिक्षालय स्थापना भएको हो । उक्त शिक्षालयले हालसम्म सिनियर र जुनियर डिभिजनतर्फ गरी ७४ हजार ४७६ जना क्याडेटहरुलाई तालिम गराई युवा छात्र÷छात्राहरुको व्यक्तित्व विकास तथा राष्ट्रियताको भावना जागृत गराउँदै राष्ट्र विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आइरहेको छ । 


विराटनगर  मसिर १५ गते | विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले प्राविधिकशिक्षालेमात्रै बेरोजगारी समस्या समाधान हुनेबताउनुभएको छ ।

महानगर बहुप्राविधिक शिक्षालय विराटनगरबाट डिप्लोमा र प्रि–डिप्लोमा गरेका विद्यार्थीहरुको विदाई समारोहलाई सम्बोधन गर्दै मेयर कोइरालाले प्राविधिक शिक्षालाई प्राथमिकतामा नराखेसम्म बेरोजगारी समस्या समाधान नहुने दाबी गर्नुभयो । महानगरपालिकाले प्राविधिक शिक्षालाई उच्च प्राथमिकतामा राखेर कार्य गरिरहेको उहाँको भनाइ थियो । ‘

कम्प्युटर इन्जिनिरिङ, आइटी र विश्वबजारमा के माग भइरहेछ त्यसअनुसारको शिक्षा दिन सकेमा कोही पनि बेरोजगार बस्नुपर्दैन,’ उहाँले थप्नुभयो, ‘आइटीसम्बन्धी राम्रो ज्ञान भएको व्यक्तिले घरमै बसेर पनि राम्रो कमाइ गर्न सक्नेछ ।’ अहिले पनि धेरै युवाले नेपालमै बसेर विदेशको काम गरिरहेको उहाँले बताउनुभयो । गत आर्थिक वर्ष ६४ अर्बभन्दा बढी आईटी क्षेत्रबाट विदेशी मुद्रा नेपाल भित्रिएको मेयर कोइरालाले बताउनुभयो । अहिलेको शिक्षण पद्धतिबाट माथि उठ्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

मेयर कोइरालाले आफूले प्राप्त गरेको ज्ञान र सीपलाई स्वदेशमै प्रयोग गर्न बहुप्राविधिक शिक्षालयबाट विदाई भएका विद्यार्थीहरुलाई आग्रहसमेत गर्नुभयो । आफूले प्राप्त गरेको सीप र ज्ञानलाई जतिसुकै बेला पनि प्रयोग गर्न सकिने उहाँको कथन थियो ।

 कार्यक्रममा वडा नम्बर २ का अध्यक्ष कुमार पोखरेलले महानगरको र अभिभावकको इज्जत र प्रतिष्ठा माथि उठाउने गरी कार्य गर्न बहुप्राविधिक शिक्षालयबाट उत्तीर्ण भएका विद्यार्थीहरुलाई आग्रह गर्नुभयो । महानगर बहुप्राविधिक शिक्षालय सञ्चालक समिति सदस्यसमेत रहनुभएका पोखरेलले बहुप्राविधिक शिक्षालयलाई अझै व्यवस्थित र गुणस्तरीय बनाउँदै लग्न आफूहरु प्रतिबद्ध रहेको सुनाउनुभयो । 

कार्यक्रममा शिक्षालयका प्राचार्य प्ररिवेश पराजुली, महेन्द्र रात्रि माविका प्रधानाध्यापक झङ्क पराजुली, शिक्षक प्रल्हाद भट्ट, अरुणकुमार कर्णलगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । आर्टिटेक्चर, सिभिल इन्जिनियरिङ, इलेक्ट्रिक इन्जिनियरिङ, जेमेक्ट्रिक इन्जिनियरिङलगायत पठनपाठन हुन्छ । 

महानगर बहुप्राविधिक शिक्षालयमा डिप्लोमा र प्रि–डिप्लो पूरा गरी ८० जना विद्यार्थी पास आउट भएका छन् । कार्यक्रममा खादा, अविर लगाई मायाको चिनो प्रदान गरेर विद्यार्थीहरुको विदाई गरिएको थियो ।


विराटनगर । विराटनगरको उत्तरी क्षेत्रको लिडिङ स्कुलको रुपमा रहेको विराटनगर–३ मा स्थित मोडर्न एरा इं. स्कलले ‘मोर्डन एरा लिटिल च्याम्स सिजन ३’ को छनोट चरण कार्यक्रम आयोजना गरेको छ । शुक्रवार छनोट चरणको कार्यक्रमको उदघाटन विराटनगर प्याब्सनका अध्यक्ष मोहन बुढाथोकीले गरे ।

विद्यार्थीमा भएको प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यले तेस्रो सिजनको लिटिल च्याम्सको आयोजना गरिएको हो । लिटिल च्याम्समा गायन, नृत्य र मोडलिङका प्रतियोगिता समावेश गरिएको स्कुलका प्रिन्सिपल इन्द्र राईले जानकारी दिए । प्रतियोगितामा खुई चरणको हुने प्रिन्सिपल राई बताए ।  पहिलो चरणमा नर्सरीदेखि कक्षा ५ र दोस्रो चरणमा कक्षा ६ देखि कक्षा १० सम्म हुने स्कुलले जनाएको छ । प्रतियोगितामा करिव ५ सय भन्दा बढी विद्यार्थी सहभागि रहने स्कुलले जनाएको छ ।

प्रत्येक विधाबाट टप १० मा पुग्ने विद्यार्थीले माघ २७ गते हुने फाइनल चरणमा प्रतिस्पर्धा गर्ने प्रिन्सिपल राईले जानकारी दिए । टप १५ मा पुगेपछि भोटिङ राउण्ड शुरु हुने राई बताए ।फाइनलको निर्णायकमा विशे विज्ञहरु ल्याउँन्े स्कुलले जनाएको छ ।

सोही अवसरमा प्रिन्सिपल राईद्वारा लिखित नाटक स्कुललकै विद्यार्थीहरुले अभिनय गरेको नाटक मंसिरको अन्तिम सातामा विराटनगरको गुरुकुल नाटक घरमा पर्दशन गरिने जानकारी समेत दिइयो ।


बिराटनगर २०८१ मंसिर १२ गते | उद्योग संगठन मोरङका अध्यक्ष्ँ राकेश सुरानाको नेतृत्वमा काठमाण्डौ गएको प्रतिनिधि मण्डलले अर्थमन्त्री विष्णु प्रसाद पौडेल, उद्योग मन्त्री दामोदर भण्डारी र प्रधानमन्त्रीका विशेष आर्थिक सल्लाहकार डा.युवराज खतिवडालाई भेटी उद्योग व्यवसाय क्ष्ँेत्रले भोग्दै आएका समसामयिक समस्याका सम्वन्धमा छलफल गरी समाधानका लागि पहल गर्न अनुरोध गरेको छ ।

छलफलमा अध्यक्ष्ँ राकेश सुरानाले अर्थमन्त्री विष्णु प्रसाद पौडेलसंग बजारमा लामो समय देखि छाएको सुस्तताले उद्योग व्यवसाय क्षेत्र प्रभावित हुदै गएको र यो क्रम अझ लम्विए यसले उद्योग व्यवसायहरुमा दुरगामी प्रभाव पर्ने तर्फ ध्यानाकर्षण गराउदै यस क्षेत्रमा देखिएको समस्या समाधानका लागि अर्थमन्त्रालयले अग्रसरताका लागि अनुरोध गरेको छ ।

प्रतिनिधि मण्डलले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीसंगको छलफलमा नेपाली वस्तुले व्यूरो अफ इण्डियन स्टायान्डर्डको प्रमाण पत्र लिएर मात्र भारत निर्यात गर्न पाउने भारतीय नीतिले नेपालका प्लाईउड, जुत्ता, स्यानेटरी प्याड, सिमेन्ट उद्योगहरुलाई समस्यामा पारेको वताएको छ ।  भारतले लागु गरेको सो नीति नेपाली उद्योगका लागि अवसर भएपनि तत्कालका लागि भारत निर्यातमा परेको प्रभावलाई मध्यनजर गरी नेपाली वस्तुलाई व्यूरो अफ इण्डियन स्टायान्डर्डको प्रमाण पत्र लिने प्रकृयामा कृटनीतिक माध्यमबाट सहजीकरण गर्न उद्योगमन्त्री समक्ष अनुरोध गरेको छ ।

त्यसैगरी २०८० जेष्ठ १० गते विराटनगरको आइ.सि.पि. सम्म आएको कार्गो रेल हालसम्म शुल्कका कारण सञ्चालनमा आउन नसकेको तर्फ प्रधिनिधि मण्डलले ध्यानाकर्षण गराउदै कार्गोरेल सञ्चालनका लागि शुल्क परिमार्जन गर्न सम्वन्धित निकायमा मन्त्रालयबाट सहजीकरण हुनुपर्ने धारणा उद्योग मन्त्री समक्ष राखेको छ ।    

प्रधानमन्त्रीका विशेष आर्थिक सल्लाहकार डा.युवराज खतिवडासंगको छलफलमा आर्थिक एवं औद्योगिक विकास र अर्थतन्त्रलाई चलायमान वनाउन सुक्ष्म अध्ययन गरी सरकार र नीजि क्ष्ँेत्र दुवैले हातेमालो गरी अघि वढनु पर्ने धारणा राखेको छ ।

अध्यक्ष्ँ राकेश सुराना, निवर्तमान अध्यक्ष्ँ सुयश प्याकुरेल, वरिष्ठ उपाध्यक्ष्ँ नन्दकिशोर राठी, उपाध्यक्ष्ँ राजकुमार गोल्छा, कार्यसमिति सदस्य प्रतिभा रिजाल ओली, दिपक अग्रवाल, वीरेन्द्र राठी र महानिर्देशक चुडामणि भट्टराई सम्मीलित प्रतिनिधि मण्डलले संगठनको आयोजनामा विराटनगरमा आगामी माघ ११ देखि २० गते सम्म हुने विराट एक्स्पो तथा कोशी प्रदेश लगानी सम्मेलनका सन्दर्भमा छलफल गरी दुवै कार्यक्रमलाई उपलब्धिमूलक वनाउन नेपाल सरकार अर्थ मन्त्रालय, उद्योग मन्त्रालयको सहयोग एवं सहजीकरणका लागि अनुरोध गरेको छ ।

 


विराटनगर  | मोरङ बूढीगंगा गाउँपालिकाले आयोजना गरेको पालिकास्तरीय छैटौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता तथा तेस्रो बृहत प्रतिभा पहिचान कार्यक्रमअन्तर्गत वक्तृत्वकला प्रतियोगितामा नरग्राम माविकी छात्रा उषन नेपाल प्रथम भएकी छन् ।

१८ विद्यालयका प्रतिस्पर्धीलाई पछि पार्दै उषनले पहिलो पुरस्कार जित्न सफल भइन् । ‘हाम्रो संस्कृतिः हाम्रो पहिचान’ शीर्षकमा आयोजित प्रतियोगितामा जेभियर ईङ्लिस स्कुलका छात्र आदित्य कार्की द्वितीय हुँदा लक्ष्मी माविकी छात्रा पिंकी सहनी तृतीय भइन् । कवि एवं पत्रकार मीनकुमार नवोदित र विराटनगरस्थित आदर्श माविका नेपाली विषयका शिक्षक पुण्यराज खनाल निर्णायक रहेको समितिले प्रतिस्पर्धी १८ विद्यालयमध्येबाट प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीको नाम घोषणा गरेको थियो ।  

त्यस्तै मंगलबार नै गायन प्रतियोगिता भएको छ । प्रतियोगितामा जेभियर ईङ्लिस स्कुलका छात्र निराजन हिङ्माङ प्रथम, नरग्राम माविकी छात्रा सदीक्षा राई द्वितीय, मोरङ पब्लिक स्कुलका छात्र नेशन अपूर्व खनाल र कोर्वान ईङ्लिस स्कुलका छात्र जेनिश झाले सान्त्वना स्थान प्राप्त गरे । गायन प्रतियोगिताको निर्णायकमा इटहरीकी गायिका सुनिता कटवाल र रेवन मगर रहेका थिए । वक्तृत्वकलातर्फको नवोदित र गायनतर्फको निर्णयको घोषणा कटवालले गरेकी थिइन् ।

गाउँपालिकाले छैटौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता तथा तेस्रो बृहत प्रतिभा पहिचान कार्यक्रमअन्तर्गत वक्तृत्व, गायन, चित्रकला, नृत्य, ऐथलेटिक्स, भलिबल, कबड्डीलगायतका प्रतियोगिता समावेश गरेको छ । सबै प्रतियोगिताका विजयी विद्यालय र विद्यार्थीलाई मंसिर १५ गते पुरस्कार, ट्रफी, प्रमाण, मेडल, शिल्ड प्रदान गरिने प्रतियोगिता आयोजक बूढीगंगा गाउँपालिकाका अध्यक्ष जितनारायण थापामगरले जानकारी दिए । कार्यक्रम नेपाल सरकारका युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले उद्घाटन गरेका थिए ।

 गाउँपालिकाका अध्यक्ष जितनारायण थापामगरको अध्यक्षतामा भएको कार्यक्रममा मन्त्री चौधरीसहित पूर्व खेलकुदमन्त्री डिगबहादुर लिम्बू, कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्की, गाउँपालिकाकी उपाध्यक्ष अमृतकुमारी गच्छदार, मोरङ व्यापार संघका पूर्वअध्यक्ष नविन रिजाल, नरग्राम माविका प्रधानाध्यापक कैलाश केसीलगायतले शुभकामना मन्तव्य व्यक्त गरे । 

पालिकाभरिका ३५ विद्यालयको सहभागिता रहेको प्रतियोगिता मंसिर १५ गतेसम्म सञ्चालन हुने कार्यक्रमको संयोजन गरिरहेको नरग्राम माविका शिक्षक तुलसी खतिवडाले जानकारी दिए ।


विराटनगर | लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानअन्तर्गत विराटनगर महानगरपालिकाले सोमबार वृहत ¥यालीको आयोजना गरेको छ ।

विराटनगर महानगरपालिका परिसरबाट मेयर नागेश कोइरालाको नेतृत्वमा सुरु भएको ¥यालीले रेडक्रसचोक, जिल्ला प्रशासन चोक, शहीद रंगशाला, अस्पताल चोक, ठाकुरवाडी रोड बुधहाटचोट, ट्राफिक चोक हुँदै हिमालयरोडमा पुगेर कोणसभामा परिणत भएको थियो । 

मेयर कोइरालासहित उपमेयर शिल्पा निराला कार्की, मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराई, एसपी नारायण चिमरिया, महानगरका निमित्त प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद ढुंगेल, काजीबहादुर बस्नेत, कुमार पोखरेल, जितन थापा, तीर्थेन्द्र नेउपानेसहित कार्यपालिकाका सदस्यलगायत विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधिको सहभागितामा भएको ¥यालीमा पञ्चेबाजासँगै सहभागीले नाचगानसमेत गरेका थिए ।  

कोणसभालाई सम्बोधन गर्दै महानगरका मेयर नागेश कोइरालाले लैंगिक हिंसा रोक्न १६ दिने अभियानले मात्रै नपुग्ने बताउनुभयो । उहाँले घरघरमा सचेतना पु¥याउनुपर्नेमा जोड दिनुभयो । ‘लैंगिक हिंसा रोक्नका लागि १६ दिन अभियान सञ्चालन गरेर मात्रै पुग्दैन,’ मेयर कोइरालाले भन्नुभयो, ‘यस्ता अभियान हरेक दिन हुनुपर्दछ । कोही लैंगिक हिंसामा परेका छन् भने महानगरको न्यायिक समितिमा उजुरी गर्न सक्नुहुनेछ । लैंगिक हिंसामा परेर कोही पनि नबस्नुहोला ।’

त्यस्तै उपमेयर कार्कीले महिला मात्रै नभएर पुरुष पनि हिंसामा पर्ने गरेको सुनाउनुभयो । उहाँले कोही पनि पुरुष हिंसामा परेको भए न्यायिक समितिमा उजुरी दर्ता गर्न आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, ‘अहिले महिला मात्रै होइन पुरुष पनि हिंसामा परेका छन् । यदि कोही हिंसामा पर्नुभएको छ भने न्यायिक समितिमा उजुरी गर्नुहोस् हामी नाम योप्य राख्छौं ।’

मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले लैंगिक हिंसा न्यूनीकरणका लागि सबैको सहकार्य आवश्यक रहेको औंल्याउनुभयो । उहाँले सरकार, राजनैतिक दल, नागरिक समाज, पत्रकार सबैको सामूहिक प्रयासले मात्रै लैंगिक हिंसा रोक्न सकिने स्पष्ट पार्नुभयो । महानगरका निमित्त प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद ढुंगेलले लैंगिक हिंसाविरुद्धको अभियानले सचेतना वृद्धिमा सहयोग पुग्ने विचार व्यक्त गर्नुभयो । गैसस महासंघ मोरङकी सहसचिव तथा मानव अधिकार सञ्जालकी सहसंयोजक वाग्मता कट्टेललगायतले

महानगरको नेतृत्वमा भएको ¥यालीमा माइती नेपाल, एवीसी नेपाल, ओरेक नेपाल, नारी विकास संघ, इन्सेक, कोकन, कोशी नर्सिङ कलेज, स्काउट, महेन्द्र मोरङ क्याम्पस, नेपाल प्रहरी, विभिन्न सरकारी कार्यालयका कर्मचारी, नागरिक समाज, नगर बाल क्लबलगायतका गैसस महासंघ मोरङ र मानवअधिकार सञ्जालमा आबद्ध रहेका संघसंस्थाका प्रमुख र प्रतिनिधिसहित १५ सयभन्दा बढीको सहभागिता रहेको थियो । ‘हामी सबैको प्रतिबद्धता ः लैंगिक हिंसा अन्त्यका लागि ऐक्यबद्धता’ भन्ने मूल नाराका साथ मंसिर २५ गतेसम्म सञ्चालन हुने अभियानअन्तर्गत विभिन्न संघसंस्थाको संयोजनमा विभिन्न कार्यक्रम आयोजना हुनेछ ।


विराटनगर÷ लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानअन्तर्गत विराटनगर महानगरपालिकाले विभिन्न कार्यक्रम आयोजना गर्ने भएको छ ।

महानगरले सोमबार बिहान ७ बजे विभिन्न संघसंस्थाको समेत सहभागितामा वृहत ¥याली आयोजना गर्ने भएको छ । महानगर परिसरबाट सुरु हुने ¥यालीले नगरका विभिन्न भागको परिक्रमापछि महेन्द्रचोकमा पुगेर समापन हुनेछ । महेन्द्रचोकमा कोणसभासमेत आयोजना गरिने महानगरको महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखाकी प्रमुख मञ्जु लोहनीले जानकारी दिनुभयो । ¥याली मेयर नागेश कोइराला, उपमेयर शिल्पा निराला कार्की, कार्यपालिका सदस्यहरु, विभिन्न महाशाखा र शाखा प्रमुखहरु, कर्मचारी, प्रहरी, विभिन्न संघसंस्थाका प्रतिनिधिलगायतको सहभागिता रहनेछ ।

यसैबीच, १६ दिने अभियानअन्तर्गत मंसिर २५ गतेसम्म विभिन्न कार्यक्रम हुनेछ । मंसिर ९ देखि २५ गतेसम्म वीएफएममा लैंगिक हिंसाविरुद्धको जिंगल बजाइने, विराटनगर नर्सिङ कलेजको संयोजनमा वक्तृत्वकला प्रतियोगिता, लैंगिक हिंसा र बालबालिका हिंसासम्बन्धी विराटनगरका मावि तहका विद्यालयहरुमा ६५० विद्यार्थीलाई लक्षित गरी अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्ने, ५ विद्यालयका बालबालिकाहरुलाई वक्तृत्वकला गर्ने, विद्यालयमा लैंगिक हिंसासम्बन्धी अभिमुखीकरण गर्ने, लैंगिक हिंसाविरुद्ध समुदायमा अन्तरक्रिया बालविवाहविरुद्ध सचेतना गर्ने कार्यक्रम पनि तय भएको छ ।

त्यस्तै विभिन्न संघसंस्थाको संयोजनमा सचेतना कार्यक्रम, घरदैलो, लैंगिक हिंसासम्बन्धी समुदायमा अभिमुखीकरण कार्यक्रम, अन्तरक्रिया, आमा समूहसँग अन्तरक्रिया, घरेलु हिंसासम्बन्धी ऐनलाई कसरी प्रभावकारी बनाउने भन्ने विषयमा छलफल, समुदायमा गठन भएका दलित महिला समूहमा जोडीसहितको उपस्थितिमा अन्तरक्रिया, विराटनगर महानगरपालिकाका जनप्रतिनिधिहरुको सहभागितामा आर्थिक वर्ष २०८१—८२  को नीति तथा कार्यक्रम र बजेटमा दलित महिला विषयमा संवाद कार्यक्रम, जनपथ माविमा वक्तृत्वकला प्रतियोगिता, लैंगिक हिंसा प्रभावित महिलाहरुलाई मनोपरामर्श सेवालगायतका कार्यक्रम गरिनेछ । 

१६ दिने अभियानमा विराटनगर महानगरपालिका, माइती नेपाल, आफन्त नेपाल, साना हात, सामुदायिक प्रहरी, डब्लूएचआरडी, डब्लूओआरईसी, साझा सवालका लागि साझा मञ्च, पूर्वाञ्चल बाल सेवा आश्रम, फोकस नेपाल, ओसीएमसी, कोशी अस्पताल, एवीसी नेपाल, एकल महिला, दलित महिला संघलगायतका संघसंस्थाले हरेक दिन संयोजन गर्नेछन् ।

 

 


विराटनगर ÷ विराटनगर महानगरपालिकाका जनप्रतिनिधि र कर्मचारीलाई पाठेघरको मुखको क्यान्सरसम्बन्धी एकदिने अभिमुखीकरण दिइएको छ ।

करुणा फाउण्डेसनसँगको सहकार्यमा महानगरले जनप्रतिनिधि र कर्मचारीका लागि अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेको हो । पाठेघरको मुखको क्यान्सरको जोखिम न्यूनीकरण गर्ने उद्देश्यले करुणा फाउण्डेसनसँगको सहकार्यमा महानगरले १९ वटै वडामा परीक्षण अभियान सञ्चालन गर्दैछ । करुणा फाउण्डेसनले सम्बन्धित पालिकाहरुको नेतृत्वमा चालु आर्थिक वर्ष २०८१÷८२ का लागि कोशी प्रदेशका चारवटा पालिकामा पाठेघरको मुखको क्यान्सरको पहिचान तथा रोकथाम परियोजना सञ्चालन गर्दैछ । 

सोही परियोजनाअन्तर्गत बिहीबार महानगरका मेयर नागेश कोइराला, उपमेयर शिल्पा निराला कार्की, निमित्त प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद ढुंगेल, वडाध्यक्षहरु काजीबहादुर बस्नेत, कुमार पोखरेल, वासुबहादुर बस्नेत, मधुबाबु तिवारी, तीर्थेन्द्र नेउपाने, उद्धव भुजेल, श्याम घिमिरेलगायतको उपस्थितिमा जनप्रतिनिधि र कर्मचारीलाई अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको छ ।

परियोजनाअन्तर्गत विराटनगर महानगरपालिकाका करिब ४७ हजार महिलाहरुको पाठेघरको परीक्षण गरिने फाउण्डेशनकी कार्यक्रम अधिकृत रविना खड्काले जानकारी दिनुभयो । परीक्षणपश्चात पाठेघरमा समस्या देखिएका महिलाहरुको महानगरअन्तर्गतका बैजनाथपुर र रानी अस्पतालमा उपचार गर्ने व्यवस्था मिलाइएको स्वास्थ्य महाशाखाका संयोजक डा. दिलीपकुमार यादवले बताउनुभयो ।

 परियोजना सफल बनाउन महानगरका १९ वटै वडामा १३९ जना महिला स्वयंसेविकाहरु परिचालन गरिनेछ । हरेक स्वयंसेविकाले करिब २ सयजना महिलालाई स्वास्थ्य केन्द्रमा परीक्षण गर्न ल्याउनेछन् । 

स्वयंसेविकाहरुले घरघरमा पुगेर जनचेतना फैलाउनुका साथै महिलाहरुलाई परीक्षण गर्नका लागि प्रोत्साहन गरेर स्वास्थ्य संस्थामा जान आग्रह गर्नेछन् । महानगरका १९ वटै वडामा सञ्चालित स्वास्थ्य केन्द्रमा पाठेघरको मुखको परीक्षण गरिनेछ ।

विराटनगर महानगरसहित कोशी प्रदेशका दुहबी, इनरुवा र धरानमा यो परियोजना सञ्चालन हुनेछ । चारवटै पालिकाको नेतृत्वमा करिब १ लाख ७ हजार ५ सय महिलाको परीक्षण गर्ने लक्ष्य लिएको छ । लक्ष्यको कम्तीमा ८० प्रतिशतले परीक्षण गर्ने अपेक्षा राखिएको फाउण्डेसनकी कार्यक्रम अधिकृत खड्काले बताउनुभयो ।



विराटनगर मङ्सिर ६,  विराटनगर किंग्सले ट्यालेन्ट हन्टबाट तीन जना उदीयमान खेलाडी छनोट गरेको छ । कोशी प्रदेशका ५ जिल्लामा भएको छनोट प्रतियोगिताबाट छानिएका ३ जना उत्कृष्ट खेलाडीको नाम बिहिबार सार्वजनिक गरिएको हो । 
किंग्सले ‘ट्यालेन्ट हन्ट’ बाट फिर्दोश अन्सारी, कमल खत्री र सुजन थपलियालाई छानेको छ । 
अब अन्तिम चरणको छनोटबाट यी  तीनमध्ये एक जनाले एनपिएलमा विराटनगर किंग्सको प्रतिनिधित्व गर्न पाउने छन् । 
विराटनगर किंग्सले कोशी प्रदेशका इलाम, झापा, सुनसरी , उदयपुर र मोरङमा ट्यालेन्ट हन्ट गरेको थियो । 
विराटनगरको मुख्य प्रशिक्षकमा आयरल्यान्डका पूर्वक्रिकेटर केभिन ओ ब्राइन रहेका छन् । विराटनगरको मार्की खेलाडीमा राष्ट्रिय क्रिकेट टोलीका नियमित सदस्य सन्दीप लामिछाने रहेका छन् ।
नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा ८ टोलीको सहभागितामा मंसिर १५ गतेदेखि पुस ६ गतेसम्म एनपीएल हुँदैछ । प्रतियोगितामा आठ फ्रेन्चाइज टोलीको सहभागिता रहनेछ । लिगमा विराटनगरसँगै, पोखरा एभेन्जर्स, जनकपुर बोल्ट्स, काठमाडौं गुर्खाज, चितवन राइनोज, सुदूरपश्चिम रोयल्स, कर्णाली याक्स र लुम्बिनी लयान्सले प्रतिस्पर्धा गर्नेछन् ।
विराटनगरले उद्घाटनकै दिन जनकपुर बोल्ट्ससँग पहिलो खेल खेल्नेछ ।
यस्तो छ विराटनगर किङ्स टोली : 
सन्दीप लामिछाने, लोकेश बम, प्रतिस जीसी, बसिर अहमद, राजेश पुलामी मगर, जितेन्द्रकुमार मुखिया, अनिल खरेल, दीपक बोहोरा, सुभाष भण्डारी, नरेन भट्ट, म्रिनाल गुरुङ, अकिब इल्यास, निकोलस कीर्तन, मार्टिन गप्टिल, क्रिस सोल र इस्मत आलम ।


विराटनगर ÷ विराटनगर महानगरपालिकाले कृषकका लागि उन्नत जातको बिऊ वितरण गरेको छ ।

बिहीबार महानगर परिसरमा आयोजित कार्यक्रममा ५० प्रतिशत अनुदानमा विराटनगर क्षेत्रका कृषकलाई उन्नत जातको मकैको बिउ वितरण गरिएको हो । कार्यक्रममा मेयर नागेश कोइराला, उपमेयर शिल्पा निराला कार्की, निमित्त प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद ढुंगेल र आर्थिक विकास समितिका संयोजक श्याम घिमिरेले बिऊ वितरण गर्नुभएको थियो ।

महानगर क्षेत्रका १८५ घरधुरीका कृषकलाई १० लाख मूल्य बराबरको ७ सय ६९ केजी (पाइनर जात ३३५५) को मकैको बिउ वितरण गरिए कृषि शाखाका प्रमुख खगेश्वर तिम्सिनाले जानकारी दिनुभयो । सो बिऊले करिब २६ हेक्टर जमिनमा खेती गर्न सकिनेछ । 

उहाँका अनुसार कृषि सहकारी, कृषि फर्म र कृषक समूहमार्फत सम्बन्धित किसानलाई वितरण गरिनेछ । विराटनगर महानगर क्षेत्रभित्र १ हजार ३ सय ७५ हेक्टर खेतीयोग्य जमिन रहेको छ । त्यसमध्ये करिब ७ सय हेक्टरमा मकै खेती हुने गरेको छ ।

 


विराटनगर ÷ विराटनगर—८ स्थित सुशिक्षा निकेतनमा मन्टेश्वरीका लागि भौतिक संरचना निर्माण हुने भएको छ ।  

महानगरका मेयर नागेश कोइरालाको उपस्थितिमा भौतिक निर्माण गर्ने विषयमा त्रिपक्षीय सम्झौता भएको छ । विराटनगर वडा नम्बर ८, विद्यालय र राउण्ड टेवल—५ बीच सम्झौता भएको हो । वडाध्यक्ष राम पोखरेल, विद्यालयका प्रधानाध्यापक चित्र पोखरेल र राउण्ड टेवलका तर्फबाट अध्यक्ष पियुष लुनिया र सचिव राजन भगतले हस्ताक्षर गर्नुभयो ।

१५ लाख रुपैयाँ लागत अनुमान गरिएकोमा ८ नम्बर वडाले २५ प्रतिशत र बाँकी रकम राउण्ड टेवल—५ ले व्यहोर्ने सम्झौतामा उल्लेख छ । भौतिक संरचना निर्माणका लागि राउण्ड टेवलले १३ लाख रुपैयाँले व्यहोर्नेछ । एक महिनाभित्र निर्माण सम्पन्न गरी वडा कार्यालयलाई हस्तान्तरण गरिने र राउण्ड टेवल—५ का अध्यक्ष पियुष लुनियाले जानकारी दिनुभयो । राउण्ड टेवलले सो विद्यालयको बगैंचा निर्माण र रंगरोगनसमेत गर्नेछ ।

कार्यक्रममा मेयर कोइरालाले सबैको सहकार्य र सहयोगले भावीपुस्ताले गर्व गर्न लायक विराटनगर बनाउन सकिने उल्लेख गर्नुभयो । विराटनगरको विकासका लागि थुप्रै क्षेत्रमा साझेदारी गर्न सकिने उहाँको भनाइ थियो । वडाध्यक्ष राम पोखरेलले अन्य विद्यालयमा पनि मन्टेश्वरी सञ्चालन, शौचालय, पार्क निर्माणलगायतका विषयमा साझेदारी गर्ने योजना रहेको सुनाउनुभयो ।

यसअघि विद्यालयको भवन निर्माण, कम्प्युटर ल्याब, कक्षाकोठालगायत निर्माण गरेको थियो । त्यस्तै सो विद्यालयका विद्यार्थीलाई पोशाक वितरणसँगै खाजाको समेत व्यवस्था मिलाउँदै आएको छ । विद्यालयका १२ जना विद्यार्थी काठमाडौं घुमाउने योजनासमेत सचिव भगतले सुनाउनुभयो । विद्यार्थीलाई  हवाई जहाजबाट लाने र ल्याउने व्यवस्था मिलाइनेछ ।


विराटनगर किंग्सले नेपाल प्रिमियर लिग (एनपिएल) मा सहभागी हुने जर्सी सार्वजनिक गरेको छ ।

मंगलबार कोशी प्रदेशको राजधानी विराटनगरमा एक भब्य  समारोहकाबीच कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्की, मार्की खेलाडी सन्दिप लामिछाने टिम मालिक पारस लुनिया लगायतको उपस्थितिमा उक्त जर्सी सार्वजनिक गरिएको हो । 

जर्सिको कलर पहेँलो र निलो रहेको छ । जर्सी संगै कार्यक्रममा टिमको ऐन्थम गित समेत सार्वजनिक गरेको छ  ।भ्वाइस अफ विराटनगर किंग्स तथा एम्बासिडर समेत रहेका कुशल पोखरेलले उक्त रचना तयार पारेका हुन् । विराटनगर किंग्सको गित र्याप फर्म्याटमा रहेको छ । यसका साथै विराटनगर किंग्सको फेसमा गायिका रचना रिमाललाई घोषणा गरिएको छ । पुर्बेली गायिका रिमाल क्रिकेटको ठुलो समर्थक हुन् ।

कार्यक्रममा भर्खरै नेपाली अन्डर १९ महिला क्रिकेट टिमलाई विश्वकप यात्रा दिलाउन सफल कोच महेश प्रसाद रिजाल र खेलाडी रिया शर्मालाई समेत सम्मानित गरिएको थियो  ।

कार्यक्रममा कोशी प्रदेशका ५ जिल्लामा रहेका क्रिकेट संघहरुलाई क्रिकेट किट समेत प्रदान गरिएको थियो । ग्रासरुटका खेलाडीहरुको क्रिकेट विकासको लागि उक्त किट हस्तान्तरण गरिएको टिमका मालिक पारस लुनियाले बताए।


बिराटनगर २०८१ मंसिर २ गते | उद्योग संगठन मोरङका पूर्व अध्यक्ष, वरिष्ठ उद्योगपति, समाजसेवी स्व. महेन्द्र गोल्छाको १५औं स्मृतिमा संगठनको कार्यसमितिले सचिवालयमा रहेको अर्धकदको शालिकमा माल्र्यापर्ण गर्नुका साथै पोखरियामा रहेको मानव सेवा आश्रममा खाधान्न तथा भोजन वितरण गरी स्व. गोल्छाले आर्थिक, औद्योगिक, सामाजिक क्ष्ँेत्रमा पु¥याउनु भएको योगदानलाई स्मरण गरेको छ ।

१५ स्मृतिमा संगठनका अध्यक्ष्ँ राकेश सुरानाले पूर्व अध्यक्ष्ँ स्व. गोल्छाले उद्योग÷व्यवसाय क्षेत्रको हित, व्यवसायीक एकतामा पु¥याउनु भएको योगदानलाई स्मरण गरे । तत्कालिन समयमा स्व. गोल्छाले देखाउनु भएको मार्गदर्शनकै कारण संगठन अन्र्तराष्ट्रिय स्तरको क्यासी अवार्ड जित्न सफल भएको धारणा अध्यक्ष सुरानाले राखे ।

पूर्व अध्यक्ष एव स्व. गोल्छाका भाई दिनेश गोल्छाले औद्योगिक विकासका लागि दीर्घकालिन महत्व राख्ने विषय उठान गरी स्व. गोल्छाले संस्थाको गरिममालाई सदैव उच्च राखेको वताए । स्व. गोल्छाले उद्योग संगठन मोरङ उद्योगीको मात्र नभई उद्योगमा कार्यरत श्रमिकको समेत रहेको भन्ने भनाईलाई स्मरण गर्दै उक्त भनाईलाई सबैले आत्मसात गर्नुपर्ने धारणा राखे ।

संगठनका निवर्तमान अध्यक्ष सुयश प्याकुरेलले संगठनले विगत देखि नै उद्योगी÷व्यवसायीको सामुहिक हितका साथै ंउद्योगको सर्वाङ्गिर्ण विकास गर्ने साझा उद्देश्य लिएकै कारण अन्र्तर्राष्ट्रिय स्तरको क्यासी पुरस्कार जित्न सफल भएको धारणा राख्दै संगठनलाई आजको स्थानसम्म ल्याई पु¥याउन स्व.गोल्छाको महत्वपूर्ण भूमिका रहेको वताए ।

पूर्व अध्यक्ष्ँ स्व. महेन्द्र गोल्छाको १५ औं स्मृतिमा संगठनले पोखरीयामा रहेको मानव सेवा आश्रममा खाधान्न र विहानको भोजन समेत वितरण गरेको छ ।

 स्मृति दिवसको कार्यक्रममा संगठनका पूर्व अधयक्ष्ँ शिवशंकर अग्रवाल, वरिष्ठ उपाध्यक्ष्ँ नन्दकिशोर राठी, उपाध्यक्ष्ँ राजकुमार गोल्छा, कोषाध्यक्ष्ँ सुवोध काईराला, कार्यसमिति सदस्य सुरेन्द्र गोल्छा, पारस लुनिया, सिद्धार्थ कावरा, सृजन प्याकुरेल, जयेन्द्र शर्मा, सन्तोष भगत, स्व. गोल्छाका छोरा पारस गोल्छा सहभागिता रहेको थियो ।

 

 


बिराटनगर /कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले आज आफ्नो निर्वाचन क्षेत्रका जनतासग भेटघाट तथा बिकास निर्माणको अनुगमन गर्नुभएको छ । मुख्यमन्त्री कार्कीले झापाको कमल गाउँपालिका ३ सानो केर्खामा  निर्माण हुनलागेको चिल्ड्रेन पार्क निर्माण स्थलको    निरिक्षण  गर्नु भयो ।

 गाउँपालिकाको वडा नम्बर ३ मा पर्ने चिल्ड्रेन पार्क निर्माण स्थाल १२ कठ्ठा क्षेत्रफलमा  निर्माण हुन लनगेको हो । 

 पार्क निर्माण स्थालको निरिक्षण पछि  मुख्यमन्त्री कार्कीले  शहरी विकास कार्यलय ईलामका प्रमुख मिलन आचार्यलाई स्थानिय बासीको सहकार्यमा  काम गर्न निर्देशन समेत दिनुभयो  ।

पार्क सम्म जानका लागी  गत वर्ष  पर्यटन मन्त्रालय  विराटनगरको२५ लाख रुपैयाको लागतमा ५८ मिटर लम्वाई र साढे ३ मिटर चौडाईको सडकमा ब्लक लगाउने काम सम्पन्न भएको  स्थानिय टिकाराम भण्डारीले बताउनुभयो  ।

  पार्कमा स्वमिङ पुल, बच्चालाई खेल्ने विभिन्न प्रकारमा सामान, चमेना गृह, खुल्ला जिम खाना रहने गरीको प्रस्ताव पेस गरेको वडा अध्यक्ष अग्नि प्रसाद कोईरालाले जानकारी दिनुभयो  ।

यसका साथै मुख्यमन्त्री कार्कीले आफ्नो निर्वाचन क्षेत्र अन्तर्गत रहेका विभिन्न  योजनाको अनुगमन निरिक्षण गर्नुका साथै कार्यकर्ता संग भेटघाट समेत गर्नु भएको थियो ।


विराटनगर ÷ इन्द्र—मोहन स्मृति गुठी धनकुटाले विभिन्न क्षेत्रमा योगदान पु¥याउने चारजना स्रष्टालाई नगदसहित सम्मान गरेको छ ।

गुठीले शनिबार विराटनगरमा विशेष समारोहको आयोजना गरेर पुरस्कार समर्पण गरेको हो । गुठीका अध्यक्ष विवश पोखरेलको अध्यक्षता तथा कोशी प्रदेशका पूर्व प्रदेश प्रमुख प्रा.डा. गोविन्दबहादुर तुम्बाहाङको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा साहित्य, पत्रकारिता र गीतसंगीतका क्षेत्रमा लामो समयदेखि योगदान पु¥याउने स्रष्टाहरुलाई पुरस्कृत गरिएको थियो ।

 कार्यक्रममा गुठीले चर्चित गायिका कुन्ती मोक्तान, साहित्यकार एवं पत्रकार किशोर पहाडी, साहित्यकार रुद्र ज्ञवाली र कवि मञ्जुश्री गिरीलाई नगदसहित सम्मान गरेको थियो । उनीहरुलाई प्रमुख अतिथि तुम्बाहाङ, गुठीका अध्यक्ष पोखरेल, प्रा.डा. टंक न्यौपाने, साहित्यिक पत्रकार संघका अध्यक्ष एवं अग्रज साहित्यकार राधेश्याम लेकाली, गुठीकी संरक्षक डा. विमला श्रेष्ठ, पुरस्कारकी संस्थापक शशी श्रेष्ठ, प्राध्यापक कविराज न्यौपानेलगायतले दोसल्ला ओढाएर सम्मानपत्र र नगद प्रदान गरेका थिए । कवि गिरीलाई १५ हजार र अन्य तीनजना स्रष्टालाई जनही २५ हजार रुपैयाँ प्रदान गरिएको थियो ।

कार्यक्रममा कवि गोकुल अधिकारी, मुरारी सिग्देल, राधिका गुरागाईं, कवि एवं पत्रकार मीनकुमार नवोदित, साहित्यकार हरि कट्टेल, लक्ष्मी रायमाझी र भावना श्रेष्ठले पुरस्कृत स्रष्टाहरुको व्यक्तित्व र कृतित्वमाथि प्रकाश पारेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वप्रदेश प्रमुख तुम्बाहाङले भाषा, साहित्य र संगीत देशको ऐना भएको चर्चा गरे । उनले भौतिक पूर्वाधारको विकाससँगै भाषा, साहित्य र संगीतको विकासले मात्रै मुलुकको समग्र विकास हुने धारणा राखे ।

२०६२ सालमा स्थापित गुठीले हरेक दुई वर्षमा साहित्य, पत्रकारिता, गीतसंगीतलगायतका क्षेत्रमा योगदान पु¥याउने स्रष्टाहरुलाई नगदसहित सम्मान गर्दै आएको गुठीका अध्यक्ष विवश पोखरेलले जानकारी दिए ।


विराटनगर ÷ खोटाङ सामाजिक सेवा मञ्चले विगत चार दशकभन्दा लामो समयदेखि साहित्यका विभिन्न विधामा कलम चलाउँदै आएका संखुवासभाका साहित्यकार ताराबहादुर बुढाथोकीलाई सम्मान गरेको छ ।

मकालु साहित्य समाज र दक्षिण एसियाली साहित्यिक सांस्कृतिक संगठनका अध्यक्षसमेत रहेका बुढाथाकीलाई शनिबार विराटनगरमा आयोजित कार्यक्रममा मञ्चले सम्मान गरेको हो । मञ्चको साहित्यिक उन्नयन उपसमितिको संयोजनमा भएको कार्यक्रममा बुढाथोकीलाई वरिष्ठ साहित्यकार बलराम पोखरेल, गायत्रीकुमार चापागाईं, आयोजक संस्थाका अध्यक्ष कृष्णप्रसाद भण्डारी मार्सेली, मुक्तक प्रतिष्ठान कोशी प्रदेशका अध्यक्ष बाबुराम पोखरेल, प्रेस युनियन कोशी प्रदेशका अध्यक्ष मीनकुमार नवोदितलगायतले दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरेका थिए । बुढाथोकीका जीवनको सीमारेखा, परमेश्वरको एघारौं अवतार, अरुण उपत्यकाका लोकभाका,  भाडाकुटी, बाउ, जिन्दगीका कुइनेटा, काँडेभ्याकुरलगायत एक दर्जनभन्दा बढी कृति प्रकाशित छन् ।

सोही अवसरमा कवि भरत गुरागाईं बर्बरिक, शारदा भट्टराई, नानुमैया दाहाल, जेवी खत्री, पुष्प चौलागाईं, उमानाथ भट्टराई, हेमसागर पोखरेल, चूडामणि घिमिरे, राधिका पोखरेल, केदारनाथ ढकाल, आष्मा खतिवडा, एलपी पराजुली, अच्युत पौडेल विष्णुप्रसाद वाग्ले, किस्मत खतिवडा, धर्मराज चापागाई), सचिन अधिकारी, प्रतिमा खतिवडा निरौला, फडिन्द्र पराजुली, अच्युतप्रसाद खतिवडा, कर्ण संजय, मदन भण्डारी, चन्द्रकान्त भट्टराई, भगवानीप्रसाद पोखरेल, रमेश खतिवडालगायत दुई दर्जनभन्दा बढी स्रष्टाहरुले आ—आफ्ना सिर्जना प्रस्तुत गरेका थिए । मञ्चले हरेक महिनाको पहिलो शनिबार एकजना स्रष्टालाई सम्मानसहित सिर्जना वाचन कार्यक्रम आयोजना गर्दै आएको छ ।

 


विराटनगर | विराटनगर—१५ स्थित सामाजिक बचत ऋण तथा सहकारी संस्था लिमिटेडले असल बचतकर्ता र ऋणीहरुलाई सम्मान गरेको छ ।

शनिबार १३ औं वार्षिक साधारणसभाको अवसर पारेर सहकारीले उनीहरुलाई सम्मान गरेको हो । कार्यक्रममा यादवकुमार खड्का, सलाउँदिन मिया, संस्कार गिरी, युएन साह, शीला चौधरी, अनिल महतो र शोभा देवीलाई कार्यक्रमका प्रमुख अतिथिसमेत रहनुभएका विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला आयोजक संस्थाका अध्यक्ष मित्रलाल गिरीलगायतले सम्मान गर्नुभएको थियो ।

 नियमित बचत गर्ने र ऋणको साँवा र ब्याज तोकिएको समयभित्र तिर्नेहरुमध्येबाट उत्कृष्ट छनौट गरेर सम्मान गरिएको सहकारीका अध्यक्ष गिरीले जानकारी दिनुभयो । कार्यक्रमलाई सम्बोधन गर्दै मेयर कोइरालाले केही सहकारीका कारण सम्पूर्ण सहकारी आन्दोलन नै बदनाम भएको बताउनुभयो ।

 उहाँले बैंक र वित्तीय संस्थाको पहुँच नपुगेका स्थानमा सहकारीहरुले आमजनतालाई वित्तीय सेवा प्रदान गरिरहेको चर्चा गर्नुभयो । गलत गर्ने सहकारीलाई कारबाही दायरामा ल्याउने उहाँको भनाइ थियो । महानगरमा सहकारी मात्रै हेर्ने छुट्टै शाखा रहेको चर्चा गर्दै हरेक सहकारीका कामकारबाहीलाई महानगरले सूक्ष्म रुपमा हेरिरहेको स्पष्ट पार्नुभयो । 

कार्यक्रममा नेपाली कांग्रेस कोशी प्रदेश कोषाध्यक्ष राजेश गुप्ता, नेपाली कांग्रेस क्षेत्र नम्बर ५ का क्षेत्रीय सचिव फरियाज, विराटनगर १५ का वडाध्यक्ष प्रकाश साह, जिल्ला सहकारी संघ मोरङका कोषाध्यक्ष अमृत गुरुङलगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । २०६८ सालमा स्थापित सो सहकारीमा ४४८ जना शेयर सदस्य रहेका छन् ।

 


विराटनगर कातिक  २३ गते  l विराटनगर महानगरपालिकाले गत आथिक वर्षको वार्षिक समीक्षा गोष्ठी सम्पन्न गरेको छ ।

महानगरका मेयर नागेश कोइराला, उपमेयर शिल्पा निराला कार्की, निमित्त प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद ढुंगेल तथा वडाध्यक्ष, कार्यपालिका सदस्यहरुको उपस्थितिमा आर्थिक वर्ष २०८०÷८१ को वार्षिक समीक्षा गोष्ठी सम्पन्न भएको हो । 

गोष्ठीमा आर्थिक प्रशासन महाशाखा प्रमुख संजीवकुमार भट्टराई, राजस्व व्यवस्थापन महाशाखा प्रमुख सरोजकुमार गौतम, स्वास्थ्य महाशाखा संयोजक डा. दिलीपकुमार यादव, शैक्षिक प्रशासन महाशाखा अधिकृत कृष्ण भट्टराई, योजना तथा पूर्वाधार विकास महाशाखा प्रमुख अर्जुन थापा, घर नक्सा शाखाका प्रमुख इन्जिनियर गोपाल पोखरेल, आर्थिक विकास महाशाखा प्रमुख कृष्ण पोखरेल,, सामान्य प्रशासन शाखाकी प्रमुख अनिता कोइराला, महिला तथा बालबालिका शाखाकी प्रमुख मञ्जु लोहोनीलगायत महाशाख र शाखा प्रमुखहरुले एक वर्षको अवधिमा आफ्नो शाखा महाशाखाले गरेको प्रगति विवरण प्रस्तुत गर्नुभएको थियो । उहाँहरुले आफ्ना महाशाखा र शाखा नीतिगत समीक्षा, कार्यान्वयन गर्दा देखा परेका समस्या र चुनौतीहरुसमेत जानकारी गराउनुभएको थियो ।

गोष्ठीलाई सम्बोधन गर्दै मेयर कोइरालाले आगामी दिनमा अझै प्रतिफल प्राप्त हुनेगरी कार्यसम्पादन गर्न निर्देशन दिनुभएको थियो । त्यस्तै उपमेयर कार्कीले महानगरले अघि सारेका नीति, बजेट तथा कार्यक्रम कार्यान्वयन गर्न रणनीतिक योजनासहित प्रभावकारी रुपमा काम गर्नुपर्नेमा जोड दिनुभयो । निमित्त प्रमुख प्रशासकीय अधिकृत ढुंगेलले जनप्रतिनिधि र कर्मचारीहरुबीचको सहकार्य र एकताले गत वर्ष भौतिक विकास, राजस्व संकलन, बजेट कार्यान्वयन, शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रमा प्रभावकारी काम भएको दाबी गर्नुभयो । 

आगामी दिनमा अझै प्रभावकारी कार्यसम्पादन गर्न कर्मचारीहरुको तर्फबाट प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो । स्थानीय सरकार सञ्चालन ऐनअनुसार स्थानीय तहले हरेक वर्ष वार्षिक समीक्षा गोष्ठी गर्नुपर्ने व्यवस्था छ ।

 

 


विराटनगर । नेपाल क्रिकेट फाउण्डेशनको आयोजना तथा क्रिकेट विथ वाउण्ड्रीको सहयोगमा भएको प्रथम नेपाल हव महिला २०–२० क्रिकेट प्रतियोगिताको अन्तिम खेलमा फाहुना टोली राजविराज विजयी भएको   छ ।

अन्तिम खेलमा विजयी सँगै ३ खेलको २०–२० क्रिकेटमा राजविराज विराटनगरसँग २–१ ले सिरिज गुमाएको छ । 

सोमबार विराटनगरको मेर्लिबोन ज्वाला क्रिकेट मैदानमा भएको अन्तिम खेलमो राजविराजले घरेलु टोली विराटनगरलाई ८ विकेटले पराजित गरि ३ खेलको सिरिजमा २–१ ले सिसिज गुमाएको हो । टस जितेर ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ७ विकेट गुमाई ९९ रनमा सिमित भयो । विराटनगरकालागि रानु राजवंशीले २२ रन बनाउँदा काजल राजवंशीले १० रनको योगदान दिइन् । राजविराजकी सुस्मिता  यादवले २ विकेट लिँदाअपेक्षा यादव, दिपा राम र साक्षी यादवले १–१ विकेट     लिइन् ।

 १ सय रनको विजयी लक्ष्य पछ्याएको राजविराजले १७ दशमलव १ बलमा २ विकेट गुमाई सो विजयी लक्ष्य पार गरेको थियो । राजविराजकी प्लेयर अफ म्याच साक्षी यादवले  ५४ बलमा १ छक्का र ६ चौका प्रहार गर्दै अविजित ५६ रन बनाउँदा बन्दना यादवले अविजित ८ रनको योगदान दिइन् । विराटनगरकी सानु राजवंशीले १ विकेट लिइन् । 

प्रतियोगिताको उत्कृष्ट ब्याटर राजविराजकी साक्षी यादव घोषित हुँदा उत्कृष्ट बलर राजविराजकी अपेक्षा यादव भइन् ।

 विजयी तथा अन्य खेलाडीलाई कोशी प्रदेश क्रिकेट सँघका अध्यक्ष सर्वजितराज पाण्डे र मोरङ जिल्ला क्रिकेट सँघका अध्यक्ष महमद सादबावु कुरैसीले पुरस्कार तथा प्रमाण पत्र वितरण गरे । 



विराटनगर |  विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले तालिममा सिकेको सीपलाई व्यवहारमा लागू गर्नुपर्नेमा जोड दिनुभएको  छ ।

सरकारीस्तर र निजीस्तरबाट थुप्रै जीवन उपयोगी तालिम सञ्चालन हुने गरेको बताउँदै मेयर कोइरालाले तर त्यसको उपलब्धि भने एकदमै न्यून हुने गरेको जिकिर गर्नुभयो । नेपाल ट्रेड युनियन कांग्रेस र जिलाफको संयुक्त आयोजनामा भएको जीवन उपयोगी तालिमको उद्घाटन समारोहलाई सम्बोधन गर्दै नेपाली कांग्रेस मोरङका उपसभापतिसमेत रहनुभएका कोइरालाले जीवन उपयोगी तालिमले स्वरोजगार बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । ‘विराटनगर महानगरपालिकासहित सबै स्थानीय तह र अन्य संघसंस्थाले विभिन्न तालिम दिने गरेका छन्,’ कोइरालाले भन्नुभयो, ‘मलाई लाग्छ हरेक व्यक्तिले तालिम लिइसकेको हुनुपर्ने हो । तर तालिम लिइसकेपछिको उपलब्धि भने एकदमै कम हुनु गरेको छ ।’

सीप सिक्दा जीवनमा कुनै न कुनै दिन काम लाग्ने उहाँको भनाइ थियो । उहाँले महानगरपालिकाले पनि जीवन उपयोगी विभिन्न तालिम दिने गरेको जानकारी दिनुभयो । कार्यक्रममा ट्रेड युनियन कांग्रेसका राष्ट्रिय वरिष्ठ उपाध्यक्ष तेजेन्द्रजंग कार्की, महासचिव अजयकुमार राई, उपमहासचिव देवदत्त बडु, रुक्मिणी थापा, मोरङ अध्यक्ष सुशील कोइराला, सचिव मदन बराल, जिलाफ नेपालका प्रतिनिधि लक्ष्मण शाहीलगायतले जीवन उपयोग तालिमको महत्व र उपादेयताका विषयमा प्रकाश पार्नुभएको थियो । तालिममा मोरङका विभिन्न स्थानका ५० जना सहभागी भएको जिल्ला अध्यक्ष कोइरालाले जानकारी दिनुभयो ।


बिराटनगर | जिल्ला मोरङ उर्लाबारी नगरपालिका वडा नं। ४ पुर्व पश्चिम राजमार्ग बक्रा पुल स्थितमा पश्चिमबाट पूर्व तर्फ आईरहेको को १ ह ६३०९ नम्बरको अटो रिक्सामा भन्सार छली अवैध रुपमा मालसामान ल्याई रहेको भन्ने सुचनाको आधारमा यस कार्यालयबाट खटिएको प्रहरी टोलीले खानतलासी तथा चेक जाच गर्ने क्रममा लेडिज टप्स १०९२ थान, कुर्ता सुरवाल २० थान गरी अन्दाजी मुल्य जम्मा रु।३,३७,६००।– ९तीन लाख सैतिस हजार छ सय र अं।मु।रु।२,५०,०००।– (दुई लाख पचास हजार) बराबरको अटो रिक्सा १ थान समेत निम्न व्यक्तिहरुलाई नियन्त्रणमा लिई उक्त सामानहरू बरामद गरी आवश्यक अनुसन्धान तथा कारवाहीको लागि भन्सार कार्यालय रानीमा बुझाईएको ।

 अटो चालक जिल्ला मोरङ बिराटनगर १५ बस्ने वर्ष ३५ को ओम जित साह ।

 ऐऐ बस्ने बर्ष २२ को अभिशेक चौधरी ।

    ऐऐ बस्ने बर्ष २८ को तबरेज अन्सरी ।



विराटनगर । नेपाल क्रिकेट फाउण्डेशनको आयोजना तथा क्रिकेट विथ वाउण्ड्रको सहयोगमा प्रथम नेपाल हव महिला २०–२० क्रिकेट प्रतियोगिता शुरु भएको छ ।

 प्रतियोगितामा विराटनगर हव महिला टिम र राजविराज हव महिला टिम विच ३ खेलको २–२० क्रिकेट प्रतियोगिता हुने खेल संयोजक मन्दिप साहले बताए ।

शनिबार भएको पहिलो खेलमा विराटनगरले राजविराजलाई ३८ रनले पराजित गरि ३ खेलको सिरिजमा विराटनगरले १–० को अग्रता लिएको   छ । टस हारेर ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ७ विकेट गुमाई १ सय ५ रन बनाएको थियो । विराटनगरकालागि प्लेयर अफ द म्याच टिका साहले ३८ रन बनाउँदा सानु राजवंशीले १२ रन तथा पूर्णिमा राजवंशी र प्रिन्सा मगरले १०–१० रनको योगदान दिइन् । राजविराजकी बन्दना रजक, अपेक्षा यादव र साक्षी यादवले २–२ विकेट लिइन् ।

१ सय ५ रनको विजयी लक्ष्य पाएको राजविराजले पुरै ओभर खेल्दै ८ विकेट गुमाई ६७ रन मात्र बनायो । राजविराजकी दिपा रामले १४ रन बाहेक अन्य ब्याटरले दोहोरो अंकलाई छुन सकेनन् । विराटनगरकी स्मारिका गौतमले ३ विकेट र अंशु मण्डलले २ विकेट इिन् । यी दुइविचको दोस्रो खेल आइतबार हुने छ ।

 


बिराटनगर  कार्तिक २४ गते | उद्योग संगठन मोरङका अध्यक्ष राकेश सुरानाको नेतृत्वमा संगठनको १४ सदस्यीय प्रतिनिधि मण्डल एशिया ईकोनोमिक फोरममा भाग लिन आज सिंगापुर तर्फ प्रस्थान गरेको छ । आज २४ गते शनिबार एक प्रेस नोट जारी गर्दै संगठनले सिआईएम डेलिगेशन मिसन टु सिङापुर नामक मिसनमा त्यस तर्फ जान लागेको जानकारी गराएको छ ।

प्रतिनिधिमण्डलमा संगठनका निवर्तमान अध्यक्ष सुयश प्याकुरेल, वरिष्ठ उपाध्यक्ष नन्द किशोर राठी, उपाध्यक्ष त्रय राजकुमार गोल्छा, भोलेश्वर दुलाल, बिपिन काबरा, कार्यसमिति सदस्य सुरेन्द्र गोल्छा, पारस लुनिया, जयन्द्र शर्मा, सिद्धार्थ काबरा, सिर्जन प्याकुरेल, बिरेन्द्र राठी, सन्तोष कुमार भगत र महानिर्देशक चुडामणी भट्टराई सहभागी हुदैछन ।

 एशिया प्रशान्त क्षेत्रका २७ भन्दा वढी देशका व्यापारिक समुदायहरू सहभागि हुने कन्फेडेरेशन अफ एशिया प्यासिफिक चेम्वर अफ कमर्श एण्ड ईण्डष्ट्रिज र सिङापुर म्यानुफ्याक्चरिङ एशोसिएशनको संयुक्त आयोजनामा कार्तिक २६ र २७ गते सिंगापुरमा हुने ईकोनोमिक फोरम तथा ३८ औं क्यासी कन्फेरेन्समा संगठनको प्रतिनिधि मण्डलले सहभागिता जनाउने छ ।

 एशिया इकोनोमिक फोरममा सहभागीता, उत्कृष्ठ चेम्बर अवार्ड ग्रहण, कोशी प्रदेश लगानी सम्मेलन २०८१ मा लगानीकर्ताहरुलाई आमन्त्रण गर्न र संगठनले आयोजना गर्ने विराट एक्स्पो २०२५ को प्रचार प्रसार तथा कोशी पर्यटन बर्ष २०८२ को प्रचार प्रसार गर्ने गरि ४ वटा मिसनका उद्देश्य तय गरि टोली सिङापुर प्रस्थान गरेको संगठनका अध्यक्ष राकेश सुरानाको भनाई छ ।

 दुई दिने चल्ने सम्मेलनमा विश्वव्यापी व्यापार, एआई प्रविधि र नवप्रवर्तन प्रभाव, दिगोपन, विश्वव्यापी रुपमा प्रभाव पार्ने महत्वपूर्ण विषयहरूमा विशेषज्ञहरूको नेतृत्वमा छलफल हुनेछ । त्यसैगरी व्यापार, आपूर्ति श्रृंखला र अन्य व्यापारिक विषयहरूका साथै एशिया प्रशान्त क्षेत्रका प्रमुख व्यापारिक साझेदार वीच विश्वव्यापी व्यापारको भविष्यका वारेमा अनुभवहरू साटासाट गर्ने कार्यक्रम रहेको छ ।

 सम्मेलनको दोश्रो दिन अर्थात कार्तिक २७ गते १०औं क्यासी उत्कृष्ट लोकल चेम्बर अवार्ड बिग चेम्बर क्याटेगोरीको विजेताको रूपमा चयन हुन सफल उद्योग संगठन मोरङलाई औपचारिक समारोहमा ट्रफि र यु.यस. डलर २००० को नगद राशी पुरस्कार प्रदान गरिने कार्यक्रम रहेको छ ।

 एशिया प्रशान्त क्षेत्रका बिजनेश लिडर, लगानीकर्ताहरुहरुको बृहत सहभागिता रहने उक्त फोरमलाई अवसरका रुपमा प्रयोग गर्दै संगठनले कोशी प्रदेशका लगानीका सम्भावनाहरु बारे एशिया फोरमका सहभागीहरुलाई जानकारी गराउदै अद्धितिय लगानीको सम्भावना रहेको कोशी प्रदेशमा लगानीका लागी कोशी प्रदेश सरकारका तर्फबाट कोशी प्रदेश लगानी सम्मेलन २०८१ मा औपचारिक आमन्त्रण गरिने संगठनका अध्यक्ष राकेश सुरानाले जानकारी दिए । 

आगामी माघ ११, १२ र १३ मा विराटनगरमा आयोजना हुने लगानी सम्मेलनमा अन्तर्राष्ट्रिय फोरममा प्रचार प्रसार गर्न र आमन्त्रण गर्न प्रदेश सरकारले संगठनलाई अनुरोध गरेको अध्यक्ष सुरानाले जानकारी दिए । कोशी प्रदेश लगानी सम्मेलनलाई थप उपलब्धीमुलक बनाउन संगठनले गर्ने विराट एक्स्पोको ८औं संस्करणको कार्यक्रम समेत लगानी सम्मेलनसगै उद्योग संगठनसंगको सह–आयोजनामा कोशी प्रदेश लगानी सम्मेलन गर्ने प्रदेश सरकारको निर्णय स्वागतयोग्य रहेको सूरानाले जानकारी दिए ।

 स्मरणः रहोस कोशी प्रदेश सरकारले संगठनसंगको सह–संयोजनमा विराट एक्स्पोको आयोजना स्थलमा नै कोशी प्रदेश लगानी सम्मेलन २०८१ गर्ने औपचारिक पत्र पाएपछि संगठनले विराट एक्स्पोको कार्यतालिका २०८१ माघ ११ देखि २० गते सम्म डिग्री क्याम्पस विराटनगरमा गर्ने गरि परिमार्जन गरेको संगठले जनाएको छ ।

 

 


विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले शिक्षाको गुणस्तर सुधार गर्न आवश्यक रहेको बताउनुभएको छ । 

झापाको दमकमा आज नेपाल इंग्लिश ल्याङ्वेज टिचर एसोसिएसनको कोशी प्रदेश स्तरीय सम्मेलनको उदघाटन गर्दै मुख्यमन्त्री कार्कीले भन्नुभयो - 'प्रदेश शिक्षा नीति बनाएर, अहिले भइरहेका विद्यालयहरु, स्कुल कलेजहरुको भौतिक पूर्वाधार र गुणस्तर बढाउन सहयोग गर्ने हाम्रो योजना छ । हामी यसमा लागिरहेका छौँ । ' विद्यालय मर्ज गर्दा भौतिक पूर्वाधार थप गर्न सहयोग गर्ने नीति रहेको बताउदै उहाँले अर्काे वर्षबाट यो विषयमा नीति नै बनाउने जानकारी दिनुभयो । गुणस्तर बढाउने विषयमा भने स्थानीय तहका जनप्रतिनिधिहरुले ध्यान दिन नसकेको उहाँले बताउनुभयो । यी सबै कुरालाई ध्यान दिएर शिक्षाको सुधार गर्ने प्रतिबद्धता उहाँले बताउनुभयो ।

उहाँले अंग्रेजी भाषाको ज्ञान अनिवार्य जस्तै भएको भन्दै सबै सामुदायिक विद्यालयहरु अंग्रेजी माध्यमको बनाउन समेत स्थानीय तहहरुलाई सुझाव दिनुभयो ।  विश्व नै सानो गाँउ जस्तै भएको अवस्थामा अवसरको खोजी गर्न र जीविकोपार्जन गर्न पनि अहिले अंग्रेजी भाषा आवश्यक रहेको मुख्यमन्त्री कार्कीले धारणा राख्नुभयो। उहाँले भन्नुभयो - 'अंग्रेजी भाषा असाध्यै आवश्यक छ । स्थानीय तहले सबै विद्यालयलाई अंग्रेजी माध्यमबाट सुरु गर्न आवश्यक छ ।'   

उहाँले पहाडी र हिमाली क्षेत्रका विद्यालयहरुलाई बलियो बनाएर गुणस्तरीय शिक्षा दिने गरी नीति तथा कार्यक्रममा समेटिएको उहाँले जानकारी दिनुभयो । सम्मेलन आज र भोलि दुई दिनसम्म सञ्चालन हुने छ ।


विराटनगर। साविक विजेता सूद्रपश्चिम प्रदेशले विराटनगरमा जारी नरेश श्रेष्ठ मेमोरियल वाइ वाइ पुरुष यु–१९ राष्ट्रिय एकदिवसिय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ ।

 सूद्रले बुधबार बैजानाथपुरको गिरिजाप्रसाद कोइराला खेलमैदानमा भएको फाइनल खेलमा लुम्विनी प्रदेशलाई ८ रनले पराजित गर्दै उपाधि रक्षा गरेको स२२ मा त्रियू क्रिके मैदानमा भएका सूदुरले ल ुम्विनीलाई नै पराजित गरि उपाधि जितेको । उपाधि जितेको सूदुरले नगद २ लाख तथा ट्रफि तथा उपविजेता लुम्विनीले १ लाख तथा ट्रफि हात पारे ।

टस जितेर ब्याटिङ गरेको गरेको सूदुरले ले निर्धारित ५० ओभरको खेलमा ३७ दहमलव ३ बलमा सवै विकेट गुमाई १य २७ रनको सूदुरकालागि अविशेक थापाले २९ रन बनाउँदो २७ रन, नरेन । राउदले १५ रन, राजेश एयेर १४ रन रोकयाले ११ रनको योगदान सन्तोष यादवले ट लिए । उनले १० ओभरमा २ मेटन राख्दै २८ रन दिए । त्येस्तै रमेश कुर्मीले ३ विकेट र शिव कुमार १ विकेट लिए ।

सय २८ रनको लक्ष्य पाएको लुम्विनीले ४३ दशमलव १ बलमा सवै विकेट गुमाई १ सय १९ रन मात्र बनाउँन सक्यो । लुम्विनी आकाश त्रिपाथीले २२ रन बनाउँदा शिव कुमारले २० रन, विजय कोहरले १९ रन, समिर अलीले १८ रन र सन्तोष यादवले १२ रनको योगदान दिए सुदुरका प्लेयर अफ द म्याच र नरेन साउदले २–२ विकेट लिए ।

प्रतयोगिताको उत्कृष्ट खेलाडि लुम्विनीका सन्तोष यादव घोषित भए । यादव उत्कृष्ट बलर समेत भए । उत्कृष्ट ब्याटर कोशीका सोनु अन्सारी घोषित भए । उत्कृष्ट खेलाडिले नगद ५० हजारका साथ ट्रफि तथा उत्कृष्ट ब्याटर र बलरले नगद २५ हजारका साथै ट्रफि हात पारे । प्लेयर अफ द म्याच सूदुरका कप्तान हेमन्त धामीले पाएको नगद ३ हजार पुरस्कार ग्राउण्ड स्टाफलाई वितरण गरे ।

विजयी तथा अन्य खेलाडिलाई कोशी प्रदेशका पूर्व मूख्यमन्त्री केदार कार्की, क्यानका केन्द्रीय उपाध्यक्ष रोशन ंिह, कोशी प्र देश क्रिकेट , ंघका अध्यक्ष सर्वजित पाण्डे र मोरङ जिल्ला क्रिकेट , ंघका अध्यक्ष महमद बाबुलगायतले पुरस्कार तथा प्रमाण पत्र वितरण गरे |


विराटनगर | विराटनगर महानगरपालिकाअन्तर्गतको खगोल तथा अन्तरीक्ष विज्ञान अध्ययन अनुसन्धान समितिले विभिन्न स्थानबाट टेलिस्कोपमार्फत सूर्यको अवलोकन गराएको छ ।

विद्यार्थीलाई विज्ञान र प्रविधिका साथै खगोल तथा अन्तरीक्ष विज्ञानमा चासो बढाउने उद्देश्यले समितिले टेलिस्कोपमार्फत सूर्यको अवलोकन गराएको हो । 

महानगर परिसरमा मेयर नागेश कोइराला, उपमेयर शिल्पा निराला कार्की, निमित्त प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद ढुंगेलले समेत टेलिस्कोपमार्फत सूर्यको अवलोकन गर्नुभएको थियो ।

 महानगरपालिका परिसर, पुष्पलालचोक, नहर चोक, जामा मस्जिद रानी, ट्राफिक चोक, बालउद्यान पार्कलगायतका स्थानमा अवलोकनको व्यवस्था मिलाएको समितिका अध्यक्ष प्रविण विश्वासले जानकारी दिनुभयो ।

 चक्कामा खगोल विज्ञान नाम दिएको उक्त कार्यक्रमपछि समितिको समेत प्रचार हुने र विद्यार्थीहरुमा खगोल विज्ञानप्रति रुचि बढ्ने अध्यक्ष विश्वासले बताउनुभयो ।

 


विराटनगर । विराटनगरमा जारी नरेश श्रेष्ठ मेमोरियल वाई वाई पुरुष यु–१९ राष्ट्रिय एकदिवसिय क्रिकेट प्रतियोगितामा कर्णाली र सूदुरपश्चिम प्रदेशले विजयी भएका छन् ।

 प्रतियोगिता अन्तर्गत सोमबार बैजानाथपुरको गिरिजाप्रसाद कोइराला खेल मैदानमा भएको खेलमा कर्णालीले मधेश प्रदेशलाई ४७ रनले पराजित गर्दै प्रतियोगितामा पहिलो जित हात पारेको छ ।

 टस जितेर ब्याटिङ गरेको कर्णालीले निर्धारित ५० ओभरको खेलमा ४५ ओभरमा सवै विकेट गुमाई १ सय ३३ रनको योगफल बनायो । कर्णालीका हिरालाल चनराले ४५ रन बनाउँदा मनिस थापाले २२ रन र यूनिस ठकुरीले २१ रनको योगदान दिए । मधेशका राजेश यादवले ४ विकेट लिँदा अफ्रुदिन रैनले ३ विकेट लिए ।

 १ सय ३४ रनको लक्ष्य पाएको मधेशले २७ दशमलव २ बलमा सवै विकेट गुमाई ८६ रनमा सिमित हुन पुग्यो । मधेशका मयन यादवले १५, जितेश मण्डलले १३ रनको योगदान दिए । कर्णालीका प्लेयर अफ द म्याच विपिन शर्माले ४ विकेट लिँदा यूनिस ठकुरीले ३ विकेट लिए । कर्णालीले खेलेको ५ खेलमा १ मा जित हात पार्दै २ अंककासाथ अन्तिम स्थानमा रहेको छ भने मधेशले खेलेको ५ खेलमा २ मा जित र ३ मा पराजित हुँदै ४ अंकका साथ पाँचौ स्थानमा रहेको छ ।

 त्यसैगरी, मेर्लिबोन ज्वाला क्रिकेट मैदानमा आजै भएको अर्काे खेलमा सूदुरसँग कोशी  प्रदेशले १ सय २३ रनको लज्जापद पराजित भोगेको छ । टस जितेर ब्याटिङ गरेको सूदुरले निर्धारित ५० ओभरको खेलमा ४७ दशमलव ४ बलमा सवै विकेट गु्माई १ सय ८३ रन बनायो । सूदुरका सूवराज खत्रीले ४४ रन बनाउँदा  अविशेक थापाले ३७ रन र नरेन भट्टले २४ रन बनाए । कोशीका सौजन घिमिरेले ४ विकेट लिँदा विपिन महतोले २ विकेट लिए ।

 १ सय ८४ रनको विजयी लक्ष्य पाएको कोशीले २२ दशमलव ३ बलमा सबै विकेट गुमाउँदै ६० रनमा खुम्चियो । कोशीका सौजन घिमिरेले २६ रन बनाउँदा आशिष मगरले १३ रन बाहेक अरु ब्याटर चल्न नसक्दा लिगको अन्तिम खेलमा लज्जास्पद पराजय हुन पुग्यो । सूदुरका प्लेयर अफ द म्याच सचिन भट्टले ५ विकेट लिए । उनले ६ ओभरमा २ मेडन राख्दै ७ रन मात्र दिए त्यस्तै नरेन भट्टले पनि ४ विकेट लिए । सूदुरले सवै ५ खेल खेल्दै ५ मा जित हात पार्दै १० अंककासाथ दोस्रो स्थानमा रहेको छ भने कोशीले खेलेको ६ खेलमा १ खेलमा जित र ५ खेलमा पराजित हुँदै २ अंकका पुछारबाट दोस्रो स्थानमा रहेकोे छ ।

 मंगलबारको खेल बैजानाथपुरको गिरिजाप्रसाद कोइराला खेल मैदानमा लुम्विनी र मधेश प्रदेश तथा मेर्लिबोन ज्वाला क्रिकेट मैदानमा वागमती र कर्णाली प्रदेशबीच अन्तिम लिग खेल हुनेछ  ।

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.