Websoft University

महानगरद्वारा कृषकलाई उन्नत जातको मकैको बिउ वितरण


विराटनगर ÷ विराटनगर महानगरपालिकाले कृषकका लागि उन्नत जातको बिऊ वितरण गरेको छ ।

बिहीबार महानगर परिसरमा आयोजित कार्यक्रममा ५० प्रतिशत अनुदानमा विराटनगर क्षेत्रका कृषकलाई उन्नत जातको मकैको बिउ वितरण गरिएको हो । कार्यक्रममा मेयर नागेश कोइराला, उपमेयर शिल्पा निराला कार्की, निमित्त प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद ढुंगेल र आर्थिक विकास समितिका संयोजक श्याम घिमिरेले बिऊ वितरण गर्नुभएको थियो ।

महानगर क्षेत्रका १८५ घरधुरीका कृषकलाई १० लाख मूल्य बराबरको ७ सय ६९ केजी (पाइनर जात ३३५५) को मकैको बिउ वितरण गरिए कृषि शाखाका प्रमुख खगेश्वर तिम्सिनाले जानकारी दिनुभयो । सो बिऊले करिब २६ हेक्टर जमिनमा खेती गर्न सकिनेछ । 

उहाँका अनुसार कृषि सहकारी, कृषि फर्म र कृषक समूहमार्फत सम्बन्धित किसानलाई वितरण गरिनेछ । विराटनगर महानगर क्षेत्रभित्र १ हजार ३ सय ७५ हेक्टर खेतीयोग्य जमिन रहेको छ । त्यसमध्ये करिब ७ सय हेक्टरमा मकै खेती हुने गरेको छ ।

 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.