Websoft University

सहिद स्मृति आवासीय विद्यालय ‘बेस्ट प्लाटुन’ बन्न सफल


विराटनगर, १५ मंसिर | सुनसरी इटहरीस्थित तरहरामा रहेको सहिद स्मृति आवासीय विद्यालय वार्षिक सामूहिक क्याम्पसको अवधिमा संचालन भएका विभिन्न प्रतियोगिताहरुमा उत्कृष्ट प्रदर्शन गर्दै बेस्ट प्लाटुन हुन सफल भएको छ ।

नेपाली सेनाद्वारा संचालन हुने राष्ट्रिय सेवा दल पूर्वी तालिम शिक्षालयको तालिमबाट उक्त विद्यालयले बेष्ट प्लाटुनको शिल्ड जितेको हो । सि.सं. ५० जुनियर डिभिजन तालिमको वार्षिक सामूहिक क्याम्प (पहिलो चरण) दीक्षान्त समारोहका अवसरमा शुक्रबार उक्त विद्यालयलाई शिल्ड प्रदान गरिएको हो । उक्त विद्यालयकी प्रधानाध्यापक रिता फुयाल र समन्वय शिक्षक रामचन्द्र चौधरीलाई 

कार्यक्रमका प्रमुख अतिथि तथा नेपाली सेना पूर्वी पृतना हेडक्वाटरका पृतनापति पवनराज घिमिरेले शिल्ड प्रदान गरेका थिए । यस्तै सहिद स्मृति विद्यालयकै क्याडेट सुस्मिता दाहलले भने मोडल ब्रिफिङ प्रतियोगितामा बेष्ट स्पिकर भइ प्रथम स्थान हासिल गर्न सफल भएकी छन् । 

कोशी प्रदेशका सुनसरी, झापा, इलाम, पाँचथर, धनकुटा, ताप्लेजुङ र तेह्रथुम, मधेश प्रदेशका ३ जिल्ला धनुषा, सर्लाही र बारा र बागमती प्रदेशको सिन्धुली जिल्ला गरी जम्मा ११ वटा जिल्लाका १५ वटा विद्यालयहरुबाट ५२७ जना क्याडेट छात्र÷छात्राहरु सहभागी थिए । जसलाई सगरमाथा गणको क, ख, ग, घ र ङ गुल्मको संरचनामा दीक्षान्त कवाज प्रदर्शन गराइएको थियो । 

शिक्षा मन्त्रालयसँगको समन्वयमा विद्यालय तथा विद्यार्थी छनौट गरी एक सय दिनको तालिम संचालन भएको छ । पहिलो चरणमा ७९ दिनको संस्थागत तालिम र दोस्रो चरणमा २१ दिनको वार्षिक सामूहिक क्याम्प संचालन गर्ने गरिएको नेपाली सेनाले जनाएको छ । 

तालिममा खाली हात ड्रिल, खुकुरी ड्रिल, तेक्वान्दो, एरोबिक्स, साधरण सैनिक ज्ञान प्रदान गरिएको थियो भने २१ दिनको वार्षिक सामूहिक तालिम क्याम्पसको दौरान, संस्थागत तालिमको दौरामा सिकेका पाठहरुलाई स्तरोन्नती गर्दै विभिन्न विषयका विशेषज्ञहरुबाट कक्षा संचालन गर्ने तथा हाइकिङ, सामाजिक कार्य, खेलकुद, सांस्कृतिक कार्यक्रम र विभिन्न प्रतियोगितात्मक गतिविधिहरु समेत संचालन गर्ने गरिएको छ ।

 २०७४ साल वैशाख २९ गते राष्ट्रिय सेवा दल पूर्वी तालिम शिक्षालय स्थापना भएको हो । उक्त शिक्षालयले हालसम्म सिनियर र जुनियर डिभिजनतर्फ गरी ७४ हजार ४७६ जना क्याडेटहरुलाई तालिम गराई युवा छात्र÷छात्राहरुको व्यक्तित्व विकास तथा राष्ट्रियताको भावना जागृत गराउँदै राष्ट्र विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आइरहेको छ । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.