सुनसरी | सुनसरीको धरान उप(महानगरपालिका ४ स्थिबाट लागुऔषध गाँजा बोकेको ग।२ च ८११७ नम्बरको कार सहित २ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
पुस १२ गते दिउँसो विशेष सुचानको आधारमा इलाका प्रहरी कार्यालय धरानबाट प्रहरी नायव उपरीक्षक प्रकाश जवेगुको कमाण्डमा खटिएको प्रहरी टोलीले धनकुटाबाट धरान तर्फ आउँदै गरेको ग। २ च ८११७ नम्बरको कारलाई रोकी चेकजाँच गर्ने क्रममा कारको डिकी भित्र प्लाष्टिकमा प्याक गरी लुकाई छिपाई राखेको ३७ किलोग्राम गाँजा वरामद गरेको हो ।
गाँजा बरामद भए संगै कार र चालक उदयपुर वेलका नगरपालिका(९ का २३ बर्षीय तिर्थ दर्जी र कारमा सवार बराहक्षेत्र नगरपालिका १ का ४० बर्षीय कृष्ण बिसुङ्खे समेतलाई नियन्त्रणमा लिइ आवश्यक कानुनि कारवाही तथा थप अनुसन्धान भईरहेको छ ।
Post a Comment