Websoft University

विराटनगरको सडक सौन्दर्यकरणका लागि नविल बैंकको सहयोग


विराटनगर | विराटनगरलाई सफा, सुन्दर, उज्यालो, व्यवस्थित र विकसित बनाउने अभियानअन्तर्गत बरगाछी–रानी सडक सौन्दर्यकरण परियोजनाका लागि बैंक तथा वित्तीय संस्थाहरूबाट सहयोग जुट्ने क्रम जारी रहेको छ । सो परियोजनाका लागि नविल बैंक लिमिटेड प्रदेश कार्यालय कोशीले रकम प्रदान गरेको छ ।

बैंकले महानगरका मेयर नागेश कोइरालालाई २ लाख रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेको छ । बैंकका प्रदेश प्रमुख दीपककुमार श्रेष्ठ, विराटनगर शाखाका प्रमुख समीर श्रेष्ठ, विराटनगर शाखाकै डीआरएम सृष्टि ओझाले मेयर कोइरालालाई चेक हस्तान्तरण गरेको हो । हालसम्म २४ लाख ५० हजार रुपैयाँ परियोजनाको खातामा जम्मा भइसकेको छ ।

यसअघि १३ वटा विभिन्न बैंक तथा वित्तीय संस्थाहरूबाट २२ लाख ५० रुपैयाँ जम्मा भइसकेको थियो । सो सडकको सौन्दर्यकरणका लागि ५५ लाख रुपैयाँको लागत अनुमान गरिएको छ । यसअघि एनआईसी, एनआईएमवी, नेपाल बैंक, ग्लोबल आइएमई, कुमारी बैंक, सानिमा बैंक, कृषि विकास बैंक, एनएमवी बैंक, स्टान्डर्ड चार्टर्ड बैंक, एसवीआई बैंक, हिमालयन बैंक, छिमेकी लघुवित्त र जीवन विकास लघुवित्त वित्तीय संस्थाले रकम जम्मा गरिसकेका थिए ।

 महानगरको आग्रहमा सामाजिक उत्तरदायित्वअन्तर्गत बैंक तथा वित्तीय संस्थाहरूले बरगाछी–रानी सडक सौन्दर्यकरणमा सहयोग पु¥याइरहेका छन् । हाल तारजाली लगाएर फूल रोप्ने कार्य भइरहेको छ । बरगाछीदेखि रोडशेष चोकसम्मका सबै मेडिएम (डिभाइडर)मा तारजाली लगाएर फूल र विरुवासमेत रोपिसकिएको महानगरका तर्फबाट सौन्दर्यकरणको संयोजन गरिरहनुभएका पुनमकुमार दाहालले जानकारी दिनुभयो । बरगाछी–रानी सडकखण्डमा रहेका ४६ वटा डिभाइडरमध्ये ३३ वटामा सौन्दर्यकरणको काम सकिएको छ ।

मेयर कोइरालाले बैंकहरुको सहयोगकै कारण बरगाछीदेखि रोडशेषचोकसम्मको सौन्दर्यकरण भइसकेको जानकारी दिनुभयो । नविल बैंकको कोशी प्रदेशमा ४० वटा शाखा छन् । जसमध्ये ५ वटा विराटनगर महानगरपालिका क्षेत्रभित्र सञ्चालित छन् । प्रदेश प्रमुख श्रेष्ठले आगामी दिनमा पनि महानगरको अभियानमा बैंकको साथ रहने प्रतिबद्धता जनाउनुभयो ।

मेयर कोइरालाले विराटनगरको विराटनगरको समग्र विकासमा सबैको सहयोग आवश्यक रहेको बताउँदै आउनुभएको छ । कोइरालाले सौन्दर्यकरण अभियानमा बैंक तथा वित्तीय संस्थाहरुले पु¥याउँदै आएको सहयोगप्रति विभिन्न सार्वजनिक मञ्चहरुबाटै धन्यवादसमेत दिँदै आउनुभएको छ ।

५ किलोमिटर लम्बाई रहेको विराटनगर बरगाछी–रानी सडकमा ४६ वटा मेडिएम (डिभाइडर) रहेका छन् । एउटा डिभाइडरमा भने नेपाल उद्योग परिसंघ कोशी प्रदेशले सौन्दर्यकरण गरिसकेको छ । महानगरले गठन गरेको आर्थिक संकलन समितिले ‘क’ वर्गका बैंकका लागि २ लाख, ‘ख’ वर्गका लागि १ लाख ५० हजार, ‘ग’ वर्गका लागि १ लाख र ‘घ’ वर्गका बैंक र लघुवित्त संस्थाहरूका लागि ५० हजार रुपैयाँ निर्धारण गरेको थियो । प्रदेश राजधानीसमेत रहेको विराटनगरमा ४२ वटा बैंक तथा वित्तीय संस्थाहरू सञ्चालनमा रहेका छन् । परियोजनाका लागि छुट्टै बैंक खाता सञ्चालनमा ल्याइएको छ । परियोजनालाई पारदर्शी र व्यवस्थित बनाउन उद्योगी तथा समाजसेवी वेनिगोपाल मुन्दडाको संयोजकत्वमा महानगरले गठन गरेको समितिले सौन्दर्यकरण कार्यलाई मूर्त रुपमा दिइरहेको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.