विराटनगर १५ गते । व्यवस्थापन शिक्षामा अब्बल रहेको विराटनगरस्थित मेरिल्याण्ड कलेजले विविएसमा भर्ना भएका विद्यार्थीहरूलाई स्वागतसँगै अभिमुखीकरण कार्यक्रम आयोजना गरेको छ ।
कलेजले सोमबार एक भव्य कार्यक्रम आयोजना गरी भर्ना भएका विविएस प्रथम वर्षका विद्यार्थीहरूलाई स्वागत गर्दै अभिमुखिकरण कार्यक्रम गरेको हो ।
गुणस्तरीय शिक्षा प्रदान गरी विद्यार्थी र अभिभावको रोजाइमा परेको केलजमा भर्ना भएका नयाँ विद्यार्थीहरूलाई कलेजका नियम, कक्षा संचालनको बिधि, कलेजको इतिहास लगायतको बिषयमा अभिमुखीकरण गरिएको कलेजका प्रिन्सिपल लक्ष्मण ढकालले जानकारी दिए ।
कलेज व्यवस्थापन समितका उपाध्यक्ष प्राडा पिके झाको सभापतित्वमा भएको कार्यक्रममा निर्देशकहरू, डा. मनोज गुप्ता, भेषराज पोखरेललगायतले गुणस्तरीय शिक्षा प्रदान गरेको कारण विद्यार्थीहरू मेरिल्याण्ड रोजाइमा परेको बताए । उनीहरूले विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षा सँगै संस्कार र रोजगारमुखी शिक्षा प्रदान गर्न कलेज कठिबद्ध भएको बताए ।
कार्यक्रममा मेरिल्याण्ड कलेजका प्रिन्सिपल लक्ष्मण ढकालले सक्षम नेतृत्व, कुशल व्यवस्थापन र मेहनती प्रध्यापक, शिक्षक शिक्षिकाहरुका कारण मेरिल्याण्ड सधै उत्कृष्टमा परेको बताए ।
२०६२ सालमा मेरिल्याण्ड कलेजले विविएस अध्यापन गराउँदै आएको १९ औं ब्याचमा ७६ विद्यार्थी भर्ना गरेको प्रिन्सिपल ढकालले बताए । मेरिल्याण्डमा प्लसटु, विविएस र सिए प्रोग्रामहरु छुटाछुट्टै अत्याधुनिक सुविधा सम्पन्न भवनमा भयरहित वातवरणमा पढाइ हुने गरेको छ ।
उत्कृष्ट शैक्षिक वातावरण, कडा अनुशासन, डेडीकेटेड फ्याकेल्टी, एडेक्वेट क्यारियर डेबलपमेन्ट अवसर, निरन्तर सुपरिवेक्षण मेरिल्याण्डका केहि सफलताको शुत्र भएको प्रिन्सिपल ढकाल बताए । ‘एक उत्कृष्ट शैक्षिक संस्थाको मापन गर्ने मध्यम उक्त संस्थाबाट पास भएर गएका लिद्यार्थीहरु हुन्,’ प्रिन्सिपल ढकालले भने, ‘मेरिल्याण्ड पढेर गएका विद्यार्थीहरु देश विदेशमा हासिल गरेको सफलता नै हो । यहाँबाट पासआउट भएका विद्यार्थी विभिन्न ओदामा पुगेका छन् । समयको माग अनुसारको शिक्षा विद्यार्थीको उन्नयनको लागि सधै नयाँ योजना ल्याउनुले पनि मेरिल्याण्ड अग्रिणी संस्था बन्न सकेको हो ।’
निशा राजवंशी, किन्जन पोखरेल, सिमरन अग्रवाल र रोहितजंग कार्कीलगायतले विविएसको विभिन्न वर्षमा नेपाल प्रथम भएको कलेजले जनाएको छ
Post a Comment