मंगलबार विराटनगरमा आयोजित पालिका सभापतिहरूको भेलालाई सम्बोधन गर्दै कोइरालाले कार्यकर्ताहरूलाई डर र त्रासबिना काम गर्न आग्रह गर्दै आफू उनीहरूको संरक्षणमा कटिबद्ध रहेको घोषणा गरे सभा बाटै गरेका छन । तपाईंहरू कुनै डर, भय नराखी घर फर्कनुहोस्। तपाईंहरूको संरक्षण गर्ने जिम्मा म लिन्छु, कोइरालाले भन्नु भयो । कसैको धम्की र दवावबाट नआत्तिन कोइरालाले कार्यकर्ताहरूलाई प्रष्ट निर्देशन दिँदै, पार्टीको १५औं महाधिवेशनमा कुनै किसिमको अनियमितता हुन नदिने प्रतिबद्धता व्यक्त भेलामा व्याक्त गर्नु भयो ।
नेपाली कांग्रेस केन्द्रीय कार्यालयका कर्मचारीले कोशी प्रदेश सम्मेलन नगर्न लेखेको सुनेको छु तर यस्ता कुराबाट म डराउदिन । नेता कोइरालाले वर्तमान सरकारप्रति कडा आलोचना गर्दै संविधान संशोधनको विषयमा ध्यान दिन नसकेको आरोप लगाए । सरकार बनेको चार महिना बितिसक्दा पनि सत्ता पक्ष र अन्य दलसँग संवाद अघि बढाउन कुनै चासो नदेखाइएको , उनले भने, संविधान संशोधनका लागि अन्य दलहरूसँग छलफल गर्न आवश्यक नठानेकोले नेपाली कांग्रेस अर्काको लौरो टेकेर हिडथालेकोले आलोचना गर्नु परेको सभामा बताएका थिए ।
पार्टीभित्र महाधिवेशन तोकिएको समयमा हुने सम्भावना कमजोर हुदै भएको प्रति आक्रोस व्याक्त गर्दै भन्दै कोइरालाले कार्यकर्ताहरूलाई गाउँ–गाउँबाट दबाब दिन आह्वान गरे । १५औं महाधिवेशन समयमा हुने कुनै सम्भावना म देख्दिनँ, उनले कार्यकर्ताहरूलाई सचेत गराउँदै महाधिवेशन सुनिश्चित गर्न अब गाउं गाउंबाट दबाबका लागि संघर्ष गर्न सबै कांग्रेसी कार्याकर्ताहरुलाइ सभाबाटै आग्रह समेत गरेका छन ।
कटहरी गाउपालिका रामकुमारकामतले गाउपालिकाको तर्फबाट सुभकामना दिदै उपस्थित सबैलाइ धन्यवाद दिए । नेपाली कांग्रेस बिराटनगर महानगर समिति छलफल सयोजक, कार्याक्रमका अध्यक्ष नेता दिपक चापागाइ, सबै मिलेर १५अेो महाधिबेसनबाट सेखर कोइरालालाइ केन्द्रिय अध्याक्ष बनाउनु पर्ने भएकाले अधिबेसन समयमै गर्न माग गरे ।
सबै वक्ताहरुले महाधिबेसन समयमा हुनुपर्छ भन्ने माग गरेका थिए । नेत्री प्रेमिका रानामगर, महाधिवेस प्रतिनिधि दिनेस राइले नेपाली कांगं्रेसका उदव थापाले काठमाडौ बाटं कार्यक्रम रोक्न चिठ्ठी लेखाको प्रति बिरोध गर्दैं अब सभापति सेखर कोइरालालाइ बनाइ छाड्ने उदघोष समेत गरे ्गाउपापालिका तर्फबाट फत्ते कुमार श्रेष्ट ,ताप्लेजुग फुङलिङ नगरका सुरेस लिम्बु ,नेका सुनसरी इटहरी हिमकण पेोडेल, समेतले १५अेो महाधिवेशनबाट डा सेखर कोइरालालाइ पाटी सभापति बनाइ सरकारको नेत्रित्वमा पुगाउनु पर्छ भन्नेमा जोड दिए ्रसुभकामना दिने वक्ताहरू सबैले आगामी दिनमा पाटी सभापति सेखर दाइलालाइ बनउने उदघोष गरेका छन ।
Post a Comment