विराटनगर मसिर २२ गते |विराटनगर–११ स्थित ज्येष्ठ नागरिक सेवा समाजले ज्येष्ठ नागरिकहरुलाई तीर्थयात्रा गराएको छ ।
समाजमार्फत ३५ जना ज्येष्ठ आमाहरुलाई ३ दिने तीर्थयात्रा गराइएको हो । विराटनगर महानगरपालिकाकी उपमेयर शिल्पा निराला कार्कीले तीर्थयात्रामा जाने आमाहरुको विदाई गरेकी थिइन् । उपमेयर कार्कीले आमाहरुको धार्मिक यात्रा सफलताको शुभकामनासमेत व्यक्त गरिन् । समाजकी सदस्य समाजसेवी अनुजा कोइरालाका अनुसार ज्येष्ठ आमाहरुलाई देवघाटका विभिन्न मठमन्दिर, आश्रम, मौलाकाली मन्दिर र शाश्वत धामको दर्शन गराइएको थियो ।
समाजकी अध्यक्ष अञ्जु कार्की, उपाध्यक्ष मिलन कार्की, सहसचिव विन्दु लाखे र सदस्य अनुजा कोइरालाले आमाहरुलाई तीर्थयात्रामा लिएर गएका थिए । आउँदा–जाँदा गाडीमा भजन गाउँदै आमाहरुलाई रमाइलो गराइएको थियो । सामूहिक रुपमा तीर्थयात्रा गराउँदा आमाहरु निकै खुसी भएको अध्यक्ष कार्कीको भनाइ थियो । समाजले यसअघि ज्येष्ठ नागरिकलाई वनभोज गराएको थियो ।
Post a Comment