Websoft University
January 2025


झापा, १८ माघ । झापाको कचनकवल गाउँपालिकाबाट आगामी फागुन ३ गतेदेखि नेकपा माओवादी केन्द्रको हुलाकी राजमार्ग केन्द्रीत अभियान शुरु हुने भएको छ ।

पार्टीको केन्द्रीय कार्यक्रम अनुरुप देशव्यापी रुपमा कचनकवलबाट छ महिने अभियान शुरु हुन लागेको हो । हुलाकी राजमार्गदेखि शुरु हुने अभियान महाकाली पुगेर पुनः मदन भण्डारी राजमार्ग केन्द्रित भएर सोलुखुम्बुको सगरमाथाको फेदीमा समापन हुनेछ । 

हुलाकी राजमार्ग केन्द्रीत अभियानका लागि आज माओवादी केन्द्र झापाको पाँचौं पूर्ण बैठकले कार्यविभाजन समेत गरेको छ । पार्टी–कार्यकर्ता परिचालनदेखि गाउँ–नगर अधिवेशन सम्पन्न गर्ने लगायतका कार्य भइरहेको पार्टीका जिल्ला सचिव मोहन टुडूले जानकारी दिनुभयो । 

बैठकका प्रमुख अतिथि पार्टीका उपमहासचिव हरिबोल गजुरेलले पार्टीलाई मजबुदर बनाउन नेता–कार्यकता रुपान्तरण हुनुपर्नेमा जोड दिनुभयो । पार्टी भित्रका अन्तरविरोध हटाउनु पर्ने बताउनुहुँदै उहाँले सुधारात्मक अन्तरविरोध आवश्यक रहेको औंल्याउनुभयो ।

“पार्टीलाई मजबुद बनाउन सबै नेता–कार्यकताहरु तल्लो तहमा उत्रिएर वैचारिक रुपमा नागरिकलाई संगठित गर्नुपर्छ”, प्रदेश नं. १ का इञ्चार्ज समेत रहनुभएका उहाँले भन्नुभयो, “अब युवाहरु जाग्नु पनि जाग्नुपर्छ ।”

पार्टी कमजोर हुनुमा नेता कमजोर नभई नीतिगत त्रुटीले गर्दा पार्टी कमजोर भएको उहाँले उल्लेख गर्नुभयो । “बिरुवा आधुनिक भए पनि परम्परागत रुपमा मजलज गर्दा प्रतिफल पाउन सकिँदैन”, उहाँले भन्नुभयो, “हाम्रो विचारमा सुधार गर्न नसक्दा पार्टी कमजोर भयो, त्यसलाई सुधार्नु पर्छ ।”

बैठकमा पार्टीकी केन्द्रीय सदस्य धर्मशीला चापागाईंले पार्टीले पूर्वलाई केन्द्रले ध्यान दिनुपर्ने बताउनुभयो । पार्टीका केन्द्रीय सदस्य इन्द्र आङ्बोले पछिल्लो माओवादी पार्टीप्रति जनाधार बढेको बताउनुभयो । उहाँले उत्पादन र रोजगारीको क्षेत्रमा पार्टीले काम गर्नुपर्ने उहाँको भनाइ छ ।

बैठकमा औचित्यमाथि प्रकाश पार्नुहुँदै पार्टीका झापा इञ्चार्ज झलकसिंह दर्लामीले पार्टीलाई मजबुद बनाउन पार्टीले विशेष अभियान सञ्चालन गर्न लागेको जानकारी दिनुभयो । अभियानलाई सफल बनाउन पार्टीलाई एकीकृत र केन्द्रीकृत बनाउने कार्ययोजना बनाइएको उहाँले बताउनुभयो ।

पार्टीका जिल्ला समन्व्य समिति झापाका अध्यक्ष राजु आचार्य (अग्नि) को अध्यक्षमा भएको कार्यक्रममा स्वागत पार्टीका कचनकवल गाउँपालिका अध्यक्ष सुकराज लिम्बूले गर्नुभएको थियो भने सञ्चालन जिल्ला सचिव मोहन टुडूले गर्नुभएको थियो ।

बैठकमा पार्टीका केन्द्रीय लक्ष्मीदेवी न्यौपाने, केन्द्रीय सदस्य रञ्जित तामाङ, केन्द्रीय सदस्य हरिकुमार राना, केन्द्रीय सदस्य ज्योतिसिंह दर्लामी, केन्द्रीय सदस्य भजेन्द्र चापागाईं, केन्द्रीय सदस्य लोकबन्धु कन्दङ्वा, केन्द्रीय अनुशासन आयोग सदस्य पूर्णसिंह राजवंशी, प्रदेश उपाध्यक्ष मणिकुमार साम्पाङ, प्रदेश कोषाध्यक्ष रेवतराज पुरी लगायतको आतिथ्य रहेको थियो । 


बिराटनगर २०८१ माघ १८ गते | शुक्रबार मोरङ उद्योग व्यापार संघका अध्यक्ष श्री अनुपम राठीको सभापतित्वमा मोरङ जिल्लामा अवस्थित यस संघको ९ (नौ) वटा शाखाहरुसँगको भेटघाट तथा छलफल कार्यक्रम सम्पन्न भएको छ ।
 


लेटाङ उद्योग वाणिज्य संघको संयोजकत्वमा लेटाङमा आयोजित उक्त कार्यक्रममा संघका निर्वतमान अध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य श्री नवीन रिजाल, पूर्वमन्त्री माननीय डिक बहादुर लिम्बु सहित संघका पदाधिकारीहरु, कार्यसमिति सदस्यहरु, महिला र युवा उद्यम समितिका संयोजकद्वय, संघका ९ (नौ) वटै शाखाका अध्यक्षहरु, पदाधिकारीहरु तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । 

संघका महासचिव श्री संजय कुमार श्रेष्ठद्वारा संचालित सो कार्यक्रममा संघका शाखाहरु, उर्लाबारी उद्योग वाणिज्य संघ, पथरी उद्योग वाणिज्य संघ, सुन्दर हरैचा उद्योग वाणिज्य संघ, रंगेली उद्योग वाणिज्य संघ, लेटाङ उद्योग वाणिज्य संघ, मिक्लाजुंग व्यापार प्रबन्ध समिति, बेलबारी उद्योग वाणिज्य संघ, इटहरा उद्योग वाणिज्य संघ, केराबारी व्यापार प्रबन्ध समितिका अध्यक्ष तथा प्रतिनिधिहरुले व्यवसायीहरुको नापतौल सम्बन्धी समस्याहरु समाधान गर्न कठिनाई रहेको, आयकर लगायत राजस्व सम्बन्धी समस्याहरु भोग्दै आइरहेको, आर्थिक मन्दीका कारण व्यापार व्यवसाय धारासायी रहेको, व्यवसाय गर्ने सटरहरु खाली हुँदै गईरहेको लगायतका समसामायिक विषयहरुको बारेमा छलफल गरिएको थियो ।


विराटनगर माघ १७ गते । उच्च माध्यमिक शिक्षालय संघ (हिसान) मोरङले आयोजना गरेको खेलसप्ताह अन्तरगत बुधबार राती भएको फुटबल प्रतियोगिताको उपाधि विराटनगरको कान्तिपुर कलेज र पथरीको रेड स्टार कलेजले जितेको छ ।

विराटनगरको शहिदमैदानमा फ्लटलाईटमा भएको रात्रीकालिन छात्र फुटबलको फाइनल खेलमा

कान्तिपुर कलेजले पथरीको रेड स्टार कलेजलाई १–० को गोल अन्तरले पराजित गरि उपाधि जितेको हो ।  कान्तिपुरको जितमा मध्यान्तर पछिको १४ औं मिनेटमा गौतम चौधरीले निर्णायक गोल गरे । फाइनल खेलको प्लेयर अफ द फाइनल कान्तिपुरका शिवनारायण चौधरी  घोषित भए । हाई स्कोरर कान्तिपुरका गौतम चौधरी, उत्कृष्ट गोलकिपर कान्तिपुरका जिवन चौधरी, उत्कृष्ट डिफेन्स कान्तिपुरका आदित्य राना मगर, उत्कृष्ट मिफिल्डर रेड स्तारका सौगात राई भए भने उत्कृष्ड प्रशिक्षक कान्तिपुरका कोमल खवास भए ।

यस अघि भएको छात्रा फुटबलमा साविक विजेता विराटनगरको अर्किड कलेजलाई पराजित गर्दै पथरीको रेड स्टारले पहिलो पटक छात्रा फुटबलको उपाधि जिेतेको छ ।

रेडस्टारले अर्किडलाई ३–० को गोल अन्तरले पराजित गरि उपाधि जितेको हो ।  रेड स्ठारको जितमा स्मृती राई, सलिजा राई र आशिका लिम्बुले १–१ गोर गरिन् । फाइनल खेलको प्लेयर अफ द सिरिज रेड स्टारकी स्मृती राई भइन भने हाइ स्कोरर अर्किडकी समिक्षा आचार्य, उत्कृष्ट मिडफिल्डर रेड स्टारकी सलिजा राई र उत्कृष्ट गोलकिपर रेड स्टारकी विद्या लिम्बु घोषित भइन् ।

विजयी तथा अन्य खेलाडीलाई प्रमुख अतिथि हिसानका केन्द्रीय उपाध्यक्ष भेषराज पोखरेल हिसान कोशी प्रदेशका अध्यक्ष ज्ञानबहादुर खडका, सचिव दिेपेश बास्तोला र हिसान मोरङका अध्यष अमित ढकाललगायतले पुरस्कार तथा ट्रफि वितरण गरे ।


विराटनगर माघ १६ गते । उच्च माध्यमिक शिक्षालय संघ (हिसान) मोरङले आयोजना गरेको खेलसप्ताह अन्तरगत बुधबार भएको क्रिकेट खेलमा अरनिको कलेज विजयी भई उपाधि जितेको छ ।

अरनिकोले वैजनाथपुर क्रिकेट मैदानमा भएको फाइनल खेलमा २ वर्षपछि हिसान खेलेको ग्रिनल्याण्ड कलेजलाई ५८ रनले पराजित गर्दै उपाधि चौथो पटक जितेको हो ।

टस जितेर ब्याटिङ गरेको अरनिकोले निर्धारित २० ओभरमा ९ विकेट गुमाई १ सय १५ रनको योगफल बनायो । अरनिकोका सुरज झाले २५ रन बनाउँदा नुर अहमदले २० रन, रामनारायण यादवले १६ रन र सोनु साहले १३ रनको योगदान दिए । ग्रिनल्याण्डका गणेश यादव, अमित चौधरी र कुष्ण चौधरीले २–२ विकेट लिए ।

जवाफमा १ सय १६ रनको चुनौती पाएको ग्रिनल्याण्डले १९ ओभरमा सवै विकेट गुमाई ५७ रनमा सिमित भयो । ग्रिनल्याण्डका शुसिल यादवले सर्वाधिक १२ रनको योगदान दिए । अरनिकोका प्लेयर अफ फाइनल नुर अहमदले ४ ओभरमा १३ रन दिएर ४ विकेट लिँदा रामनारायण यादव र अमर यादवले २–२ विकेट लिए ।

प्रतियोगिताको प्लेयर अफ सिरिज  ग्रिनल्याण्डका गौरीशंकर माझी घाषित भ एभने उत्कृष्ट ब्याटर मेरिल्याण्डका कृष्ण देव र उत्कुष्ट बलर विकेभिएमका आकाश चौधरी घोषित भए ।


विराटनगर माघ १५ गते | विराटनगर महानगरपालिकाको समन्वयमा विराटनगर—३ स्थित ज्येष्ठ नागरिक वडा समिति तथा योग ध्यान केन्द्रमा आयोजना गरिएको निःशुल्क स्वास्थ्य शिविरमा ९२ जना ज्येष्ठ नागरिकले स्वास्थ्य जाँच गराएका छन् ।

स्वास्थ्य कार्यालय मोरङको आयोजना, विराटनगर महानगरपालिकाको समन्वय तथा नोवेल मेडिकल कलेज टिचिङ हस्पिटलको प्राविधिक सहयोगमा ज्येष्ठ नागरिकलाई लक्षित गरी एकदिने स्वास्थ्य शिविर सम्पन्न भयो ।

शिविरमा ६२ जनाले फिजिसियन सेवा, ३५ जनाले नाक, कान घाँटी, ४० जनाले छाला र ४५ जनाले भिडियो एक्सरे सेवा लिएको महानगरको स्वास्थ्य महाशाखाका तथ्यांक अधिकृत दीपक भट्टराईलेजानकारी दिए । 

शिविरमा वडा नम्बर ११ का अध्यक्ष तीर्थेन्द्र नेउपाने, स्वास्थ्य महाशाखाका संयोजक डा. दिलीपकुमार यादवलगायतले शुभकामना दिएका थिए । महानगरको समन्वयमा विराटनगरभित्र सञ्चालित वृद्धाश्रम, मानव सेवा आश्रमलगायतमा निःशुल्क स्वास्थ्य शिविर राखिएको छ ।


बिराटनगर माघ १५ गते |  (Whatsapp, telegram, Viberलगायतका सञ्‍जाल) हरुमा विज्ञापन देखाई वैदेशिक रोजगार (युरोप, अमेरिका, कुवेत, दुवई ) पठाउने भनि भ्रममा पारी इलष्लिभ मार्फत ठगी गर्ने गरेको प्रविधि बढ्दै गइरहेको सन्दर्भमाजिल्ला मोरङ बिराटनगर महानगरपालिका वडा नं ११ बस्ने महेश कुमार चौधरी र निजको छोरा युपेश कुमार चौधरीलाई क्यानाडा देश पठाई दिन्छु भनि बिभिन्न बिदेशी मोवाइल नम्बरहरुबाट खोलिएको ध्जबतकबबउबाट महेश कुमार चौधरीलाई कल गरी भिषा प्रयोजनका लागि आवश्यक कागजातहरु समेत पठाई प्रलोभनमा पारी बिभिन्न मानिसहरुको बैंक खातामा पटकपटक गरी जम्मा रु। ६६,६७,०००| (छैसठ्ठी लाख सतसठ्ठी हजार) जम्मा गर्न लगाई ठगी गरेको भनि पीडितले दिएको जाहेरीको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीलेगरेको प्रारम्भिक अनुसन्धानका क्रममा मिति २०८१र१०र०८ गते निम्म मानिसहरुलाई पक्राउ गरी यस कार्यालयमा ल्याई ठगी सम्बन्धित कसुरमा मुद्धा दर्ता गरी सम्मानित मोरङ जिल्ला अदालतबाट दिन ५ को म्याद थप भई अनुसन्धान कार्य जारी रहेको ।

पक्राउ परेको मानिसहरुको बिवरणः-

देश भारत अररिया जिल्ला जोगवनी ग्राम पंचायत वार्ड नं। ३ बस्ने नरेश यादबको छोरा अं। बर्ष २३ को केशव यादब  ।

जिल्ला मोरङ कटहरी गाँउपालिका वडा नं। ३ बस्ने सजनलाल पासवानको छोरा बर्ष अ। २२ को रोहित कुमार पासवान

 जिल्ला मोरङ बिराटनगर महानगरपालिका वडा नं। ८ बस्ने गोपाल रायको छोरा बर्ष अ। २३ को करण भन्ने अमीत राय

जिल्ला मोरङ कटहरी गाँउपालिका वडा नं। ३ बस्ने लक्ष्मी मलाहको छोरा बर्ष अ। ३० को बुद्धनारायण मलाह

जिल्ला मोरङ पथरी शनिश्चरे नगरपालिका वडा नं, ५  बस्ने चन्द्र प्रसाद राजबंशीको छोरा बर्ष २५ को  बोधराज राजँवशी

अनुसन्धानको क्रममा खुल्न आएको बिवरणः-

प्रारम्भिक अनुसन्धान पश्चात पक्राउ परेका पाँच जना अभियुक्तहरुलाई थप अनुसन्धान गर्दा अभियुक्त मध्ये देश भारत अररिया जिल्ला जोगवनी ग्राम पंचायत वार्ड नं। ३ बस्ने नरेश यादबको छोरा अं। बर्ष २३ को केशव यादबले अन्य मानिसहरुलाई समेत पैशाको प्रलोभन देखाई भ(क्भधबप्जबतिष् जस्ताम्ष्नष्तब िध्बििभत तथा बैंक खाताहरु खोल्न लगाई त्यसको ग्कभच ब्अअभकक, एबककधयचम लिई कारोवार गरेकोदेखिएको ।


काठमाडौं माघ १५ गतर । लोकप्रिय गायक बिमलराज क्षेत्रीले देशभर सांगीतिक कार्यक्रम गर्ने भएका छन् । ‘बिमलराज क्षेत्री लोकतान्त्रिक सांस्कृतिक अभियान’ नाम दिइएको कार्यक्रम नेपाल सांस्कृतिक महासंघले आयोजना गर्न लागेको हो ।

सोमबार महासंघले बुढानिलकण्डस्थित लेवन ट्री होटलमा एक कार्यक्रमको आयोजना सहित अभियानको बिभिन्न पक्षबारे जानकारी दियो । कार्यक्रममा महासंघका अध्यक्ष  तीर्थ बहादुर थापाले नेपाली कांग्रेसले गरेका क्रियाकलाप, उपलब्धि, सामाजिक रुपान्तरका महत्वपुर्ण घटनाहरु र भावी योजना देभरका जनतासमक्ष पुर्याउन ‘बिमलराज क्षेत्री लोकतान्त्रिक सांस्कृतिक अभियान’ सुरु गर्न लागेको बताए ।

‘नेपाली कांग्रेसले यो देशका लागि गरेको जति महत्वपुर्ण काम र गतिबिधि अन्य कुनै पार्टीको छैन ।  ति सबै कामको जानकारी जनतामाझ पुग्न सकेको छैन र अन्यले भ्रम पार्ने काम गरिरहेका छन्’, थापाले भने ‘सांगीतिक माध्यमबाट ति सबै गतिबिधि जनतामाझ अब पुग्छ ।’ नेपालको महत्वपुर्ण अभियान र परिवर्तनमा नेपाली कलाकर्मीको महत्वलाई नेपाली कांग्रेसले सधै आत्मसात गर्दै आएकोले पनि कांग्रेसका बिषयमा जनमानसमा रहेको केही भ्रम चिर्न पनि महासंघले यो अभियान सुरु गरेको थापाको भनाई थियो ।

महासंघका महामन्त्री कलाकार शिवशंकर रिजाल ‘जोगिन्दर’ले नेपाली कांग्रेसले कलाकर्मीलाई सधै माया गरेर साथमा लिएर हिड्दै आएको स्मरण गर्दै नेपाली जनतामाझ कांग्रेसलाई अझ नजिकबाट चिनाउन बिमलराज क्षेत्री लोकतान्त्रिक अभियान महत्वपुर्ण हुने चर्चा गरे ।

नेपाली कांग्रेस महाधिवेसन सदस्य प्रभातमणी ओझाले बिमलराज क्षेत्री लोकतान्त्रिक अभियानको नेपाली कांग्रेसका लागि किन महत्वपुर्ण भन्ने बिषयमा प्रकास पारे ।

नेपाल सांस्कृतिक महासंघकी कोषध्याक्ष राधिका हमाल, बागमती प्रदेशका अध्यक्ष राजेन्द्र खत्री, कलाकार प्रभाकर देव शर्मा, मनोज केसी, सुनिल पुरी लगायतको थुप्रै ब्यक्तिको उपस्थिती कार्यक्रममा थियो ।

कार्यक्रममा गायक बिमलराज क्षेत्रीले ‘बिमलराज क्षेत्री लोकतान्त्रिक अभियान’ आफुले सानैदेखि देखेको सपना भएको भन्दै अहिले आएर पुरा हुन लागेको बताए । ‘मलाई सानैदेखि नेपाली कांग्रेसको चारतारे झण्डा लिएर देशभर सांस्कृतिक अभियान बनाएर घुम्ने रहर थियो । संसारभर पुग्ने रहर थियो’, क्षेत्रीले भने ‘त्यसको सुरुवात नेपाली सांस्कृतिक महासंघले गर्न लागेको छ । महासंघका सम्ुपर्ण कार्यसमिति प्रति हार्दिक आभार ब्यक्त गर्दछु ।’ नेपाली कांग्रेसको इतिहार र भविश्यले आफुलाई सधै चिन्तित तुल्याएको बताउने गायक क्षेत्रीले नेपाली कांग्रेसको इतिहास बिस्तारै छोपिदै गएकोले सबैको जानकारी जनमाझ पुर्याउन आफ्नो अभियान महत्वपुर्ण हुने दाबी गरे ।

‘नेपाली कांग्रेसको बिचार, विकासको हाइवे बेलाबेलामा पहिरो आएर पुरिन्छ’, क्षेत्रीले थपे ‘नेपाली कांग्रेसको काम अन्यले जस लिने काम भएको छ ।’ अभियानमा नेपाली कांग्रेस, जनता सुखदुखका गीतहरु समेत गाउने उनले जानकारी दिए । ‘यो लोकतान्त्रिक सांस्कृतिक अभियानले नेपाली जनतालाई कांग्रेससँग अझ नजिकसँग जोड्छ भन्ने विश्वास लिएको छु’ उनले थपे ।

यहि माघ २४ गते नेपाली कांग्रेसको केन्द्रीय कार्यलय सानेपामा नेपाली कांग्रेसका सभापति तथा पुर्व प्रधानमन्त्री शेरबहादुर देउवाबाट समुद्घाटन सहित कार्यक्रमको सुरुवात हुनेछ । कार्यक्रम पहिलो चरणमा सातै प्रदेशको एक–एक जिल्लामा सम्पन्न हुनेछ । त्यसपछि अन्य जिल्लामा कार्यक्रम हुनेछ । बिभिन्न तामझाम सहित सांगीतिक माहोलमा आयोजना हुने कार्यक्रममा गायक बिमलराज क्षेत्रीलाई गायनमा लोकप्रिय लोक गायिका राधिका हमालले साथ दिनेछिन् । कार्यक्रममा कलाकार शिवंकर रिजाल, सुजाना केसी, शिवहरी बैरागी, प्रभाकर शर्मा, ,ऋतु थापा, संन्ध्या सानु, शशी थापा पुन, विष्णु धामी, उमाशंकर जोशी, टिका कुमारी क्षेत्री लगायतको समेत बिभिन्न सांगीतिक प्रस्तुति रहनेछ ।



मोरङ माघ १५ गते | मिक्लाजुङ गाँउपालिका वडा नं।९ मा “अल्पसंख्यक सँग प्रहरी,कार्यक्रम गाँउपालिकाको सभाहलमा जिल्ला प्रहरी कार्यालय मोरङको आयोजनामा इलाका प्रहरी कार्यालय उर्लाबारीको समन्वय तथा मिक्लाजुङ गाउँपालिकाको सहकार्यमा

कोशी प्रदेश प्रहरी कार्यालय प्रमुख प्रहरी नायव महनिरीक्षक राजन अधिकारीज्यूको प्रमुख आतिथ्यतामा जिल्ला प्रशासन कार्यालय मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव, जिल्ला प्रहरी कार्यालय मोरङका कार्यालय प्रमुख प्रहरी उपरीक्षक नारायण प्रसाद चिमरीया, मिक्लाजुङ गाँउपालिकाका प्रमुख वविकुमार राई, स्थानिय जनप्रतिनिधिहरु, विभिन्न राजनैतिक दलका प्रतिनिधिहरु, संघ संस्थाका प्रतिनिधी, पत्रकार, भद्रभलादमी, वुद्दिजीवि, समाजसेवी र स्थानियवासीहरु गरी ८० जनाको उपस्थितमा गोरधनदास कमलावती परोपकारी प्रतिष्‍ठान विराटनगरका अध्यक्ष एवं वरिष्ठ अद्योगपति, समाजसेवी जगदिश अग्रवाल ज्यूको सहयोगमा अल्पसंख्यक सामुदायका ८० घरधुरीलाई न्यानो कपडा ९ज्याकेट० वितरण गरी अल्पसंख्यक समुदायसंग अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ ।


विराटनगर माघ १४ गते | उच्च माध्यमिक शिक्षालय संघ (हिसान) मोरङले आयोजना गरेको खेलसप्ताह अन्तरगत सोमबार विभिन्न स्पर्धाका सेमिफानल खेलहरु सम्पन्न भएका छन् ।

छात्र फुटबलमा कान्तिपुर र रेडस्टार कलेज विजयी भई फानलमा प्रवेश गरेको छ ।

पहिलो खेलमा कान्तिपुर कलेजले ग्यालेक्सि कलेजलाई पेनाल्टि सुटआउटमा ३–० को गोल अन्तरले पराजित गरेको छ । निर्धारित समयमा दुवै टोलीले १–१ गोलको बराबरीमा खेल खेले पछि खेलको निणर्य पेनाल्टी सुट आउटबाट भएको  हो । खेलको प्लेयर अफ द म्याच कान्तिपुरका जिवन चौधरी घोषित भए ।

दोस्रो खेलमा रेडस्टार कलेजले सेन्ट जोसेफ कलेजलाई ३–१ को गोल अन्तरले पराजित गरेको छ । रेटस्टारको जितमा प्लेयर अफ द म्याच सोनम गुरुङले २ गोल र छोसाङ गुरुङले १ गरे । उता सेन्ट जोसेफका गिरिस कार्कीले १ गोल गरे ।  

छात्रा फुटबलमा रेड स्टार कलेजले शिक्षादिप कलेजलाई ४–० को गोल अन्तरले पराजित गरेको छ । रेड स्टारको जितमा प्लेयर अफ द म्याच स्मृती राईले २ गोल तथा आशिका लिम्बु र एन्जिला राईले १–१ गोल गरिन् ।

सोमबारनै वैजनाथपुर क्रिकेट मैदानमा क्रिकेट खेलमा विकेभिएम र अरनिको कलेज विजयी भई सेमिफानलमा प्रवेश गरेको छ ।

पहिलो खेलमा विकेभिएम कलेजले नमुना विद्या मन्दिरलाई ८ विकेट पराजित गरि सेमिफानलमा प्रवेश गरेको छ । टस जितेर ब्याटिङ गरेको नमुनाले निर्धारित २० ओभरको खेलमा ६ ओभरमा सवै विकेट गुमाई ३१ रन बनाएको थियो । नमुनाका कुनै पनि ब्याटरले दोहोरा अंकलाई छुन सकेनन् । विकेभिएमका प्लेयर अफ म्याच शिवम यादवले ह्याट्रिकसहित ४ विकेट लिँदा आकाश चौधरीले पनि ४ विकेट लिए ।

जवाफमा ३२ रनको झिनो चुनौती पाएको विकेभिएमले ३ दहमलव १ बलमा २ विकेट गुमाई लक्ष पार गरेको थियो । विकेभिएमका आकाश चौधरीले ९ रनको योगदान दिए । कान्तिपुरका रामरतन यादवले १ विकेट लिए ।

दोस्रो खेलमा मेरिल्याण्ड कलेजलाई साविक उपविजेता अरनिको कलेजले ९ विकेटले पराजित गर्दै लगातार दोस्रो पटक फाइनलमा प्रवेश गरेको हो ।   टस जितेर ब्याटिङ गरेको मेरिल्याण्डले निर्धारित २० ओभरको खेलमा १३ दशमलव ३ बलमा सवै विकेट गुमाई २८ रनमा सिमित भयो । मेरिल्याण्डका कुनै पनि ब्याटरले दोहोरा अंकलाई छुन सकेनन्  । अरनिकोका प्लेयर अफ म्याच अमर यादवले ४ विकेट लिए ।

जवाफमा २९ रनको चुनौती पाएको अरनिकोले ४ दशमलव ५ बलमा १ विकेट गुमाई सो विजयी लक्ष पार गरेको थियो । अरनिकोका अमन यादवले सर्वाधिक अविजित ११ रनको योगदान दिए 

सोमबार भएको बास्केटबलको सेमिफाइन खेलमा शिक्षादिप कलेजले अरनिको कलेजलाई २४–२१ को अन्तरले पराजित गरेको छ । खेलको प्लेयर अफ म्याच शिक्षादिपका यूविन मगर घोषित भए ।

सोमबार सम्पन्न कवडीको फाइनल खेलमा २ वर्षपछि हिसान खेलमा सहभागि ग्रिनल्याण्ड कलेजले कान्तिपुर कलेजलाई ३६–२६ को स्कोरले पराजित गर्दै उपाधि जितेको हो । त्यस्तै शिक्षापि कलेजले तेस्रो स्थान हात पारेको छ ।

भलिबलको छात्रर्फ पहिलो खेलमा रेड स्टार कलेजले अर्किड कलेजलाई २–० को सेटले पराजित गरि फानलमा प्रवेश गरेको छ ।

छात्रातर्फ रेडस्मटा कलेजले शिक्षदिप कलेजलाई २–० को सोझो सेटले पराजित गरि फानलमा प्रवेश गरेको छ । खेलको प्लेयर अफ द म्याच रेड स्तारक ीआस्मा राई घोषित भइन् ।


विराटनगर माघ १४ गते | विराटनगर महानगरपालिकाको समन्वयमा विराटनगर—३ स्थित मानव सेवा आश्रममा आश्रितहरुका लागि निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

महानगरको समन्वयमा यसअघि विराटेश्वर वृद्धाश्रमका ज्येष्ठ नागरिकको निःशुल्क स्वास्थ्य चेकजाँच गरिएको थियो । सो शिविरमा ४७ जनाको स्वास्थ्य चेकजाँच गरिएको थियो । सोमबार मानव सेवा आश्रममा ६३ जनाको स्वास्थ्य जाँच गरिएको महानगरको स्वास्थ्य महाशाखाका तथ्यांक अधिकृत दीपक भट्टराईले जानकारी दिए।

 महानगरको सामाजिक विकास समितिका संयोजक काजीबहादुर बस्नेत, ३ नम्बर वडाका अध्यक्ष बासुबहादुर बस्नेत, स्वास्थ्य महाशाखाका संयोजक डा. दिलीपकुमार यादव, स्वास्थ्य अधिकृत रमेश कार्कीलगायतको उपस्थितिमा भएको शिविरमा ६३ जनाको प्रेसर, मधुमेहको जाँच, ३९ जनाको फिजिसियन सेवा, २४ जनाको मानसिक स्वास्थ्यसम्बन्धी सेवा, १० जनाको आँखा जाँचलगायतका सेवा प्रदान गरिएको थियो ।

नोवेल मेडिकल कलेजको प्राविधिक सहयोगमा स्वास्थ्य कार्यालय मोरङले आयोजना गरेको स्वास्थ्य शिविरको गत बिहीबार महानगरका मेयर नागेश कोइरालाले उद्घाटन गर्नुभयो । महानगरको समन्वयमा विराटनगरभित्र सञ्चालित वृद्धाश्रम, मानव सेवा आश्रमलगायतमा निःशुल्क स्वास्थ्य शिविर राखिएको छ । 

शिविरमा आँखा, नाक, कान, घाँटी, छालासहितको चेकजाँच गरिनेछ । महानगरका अनुसार अब माघ १५ गते मंगलबार ज्येष्ठ नागरिक समिति तथा योग ध्यान केन्द्र विराटनगर–११, १८ गते विराटनगर–१३ स्थित पूर्वाञ्चल बालसेवा आश्रम, माघ २२ गते ज्येष्ठ नागरिक हातेमालो समाज विराटनगर–३ र २३ गते विराटनगर–१० स्थित मानव सेवा आश्रममा शिविर सञ्चालन हुनेछ ।


झापा मधुपोखरी १४ माघ । दशवर्षको छोराले भनेको एउटा शब्दले उनलाई मधुपोखरीसम्म डोहोर्यायो ।
 

केही महिना अघि १० वर्षिय छोरा स्वर्णिम सुवेदीले जन्मदिन केक काटेर नभई बृद्धाश्रममा मनाउने भनेर छोराले प्रस्ताव राखेपछि बृद्धाश्रममा गएर बृद्धबृद्धालाई खाना खुवाएकी उनलाई आमाको जन्मदिन  पनि केक काटेर नमनाउन भनेपछि उनको मन फेरी सामाजिक सेवातर्फ मोडियो ।  खुशी बाँड्न बालबच्चालाई न्यानो कपडा लिएर सोमबार बिर्तामोड–१० स्थित मधुपोखरीमा पुगिन् ।  


विपन्न तथा तथा दलित समुदायको बसोबास रहेको सो बस्तीका बालबालिकालाई न्यानो कपडा वितरण गर्न पुगेकी बिर्तामोड–५ कि सिता चुडाल सुवेदी ।  

कपडा वितरणका क्रममा सिताले भनिन्–‘ममी केक काटेर जन्मदिन मनाउने होइन्, गरिब दुखीलाई सहयोग गरेर मनाउनु पर्छ, उनले थपिन्, ‘१० वर्षको छोराले भनेको उक्त कुराले मेरो मन छोयो र नै यहाँ आइपुगे, यसका लागि समन्वय गर्ने सबैप्रति आभार व्यक्त गर्दै सिताले भनिन् ।’

आर्थिक विपन्नताका कारण चिसोमा समस्या खेपिरहेका स्थानीयलाई लत्ता कपडा लिएर आफ्नो टोलमा कुनै पनि संघ–संस्था र व्यक्ति पनि आइ नपुगेको बताउँदै स्थानीय बिनोद दर्जीले सुवेदीलाई धन्यवाद दिए ।
मधुपोखरी टोल विकास संस्थाका अध्यक्ष तुलसी सुवेदीको अध्यक्षता तथा बिर्तामोड नगरपालिका वडा न.१० का वडाध्यक्ष दुर्योधन गुरुङको प्रमुख आतिथ्यमा सम्पन्न बालबालिकालाई न्यानो कपडा वितरण कार्यक्रममा वडाध्यक्ष गुरुङले वडा नं. १० मा चुडाल परिवारको सद्भाव पहिलेदेखि नै रहेको उल्लेख गर्दै सामाजिक कार्यप्रतिको मोह अझ बढेर जानेमा विश्वास व्यक्त गर्नुभयो । 

मधुपोखरी क्षेत्रको विकासका लागि वडाले निकै ठूलो मेहनत गरेको बताउँदै वडाध्यक्ष गुरुङले सकेसम्म साथ सहयोग रहने बताउनु भयो । स्थानीय युवा नेता तथा नेपाली कांग्रेसका जिल्ला सचिव नविन विमलीले साथ र सहयोग समय अनुसार जुरेर आउने बताए ।

सुवेदीले जन्मोत्सवको अवसर पारेर ३० जना विपन्न तथा दलित समुदायका बालबालिकालाई  २० हजार मूल्य बराबरको न्यानो कपडा वितरण गरेकी थिइन । सो अवसरमा बिर्तामोड नगरपालिका वडा नं. १० की वडासदस्य दिपीका शिवा, सुवेदीका श्रीमान् बालकृष्ण सुवेदी, दिदी धनमाया चुडाल, मेदनी विमली लगायत स्थानीयको बाक्लो उपस्थिति रहेको थियो ।

जन्मोत्सवमा खुशीयाली मनाउने नाममा फजुल खर्च गर्ने, आफ्नो संस्कार र संस्कृतिलाई बिर्सिएर पश्चिमा संस्कृतिको सिको गर्दै केक काट्ने, मदिरा र मनोरञ्जनमा ठूलो धनराशी खर्चिने गरेको परम्परालाई तोड्दै जन्मदिन मनाउने हरेक व्यक्तिले सकारात्मक सोच राखेर समाजमा समस्या झेलिरहेकालाई सहयोग गर्नु आफैंमा सह्रानिय कार्य हो । जुन कार्यले लक्षित वर्गमा केही क्षणभएपनि खुशील्याउन सकोस् । अनि आफूले गरेको कामले समाजमा सकारात्मक सन्देश प्रवाह गर्न सकोस् ।  


विराटनगर  माघ १४ गते |  नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले राजनीति देश र जनताका लागि हुनुपर्नेमा पैसाका हुन थालेको बताएका छन् ।

नोना कोइराला स्मृति प्रतिष्ठानले सोमबार विराटनगरमा आयोजना गरेको पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै नेता कोइरालाले व्यक्तिगत स्वार्थभन्दा माथि उठेर राजनीति गर्नुपर्नेमा अहिलेको राजनीति सत्ता, पैसाको पछि हिंडिरहेको टिप्पणी गरे । 

उनले तीनै तहको सरकारमा बसेको अधिकांश व्यक्तिहरु व्यक्तिगत स्वार्थमा केन्द्रित भएको बताए । ‘अहिले राजनीतिलाई व्यावसायिकीकरण गरिँदैछ । राजनीति भनेको पेशा, व्यवसाय होइन सेवा हो,’ उनले थपे, ‘पैसै कमाउने हो अन्य थुप्रै विकल्पहरु छन् । तर राजनीति गर्नु भनेको समाजसेवा गर्नु हो ।’ जनप्रतिनिधिहरु लोभ र लालचमा फस्न नहुनेमा उनको जोड थियो ।

नेता कोइरालाले सरकारले संसदलाई पर सारेर अध्यादेश ल्याएकोमा आपत्ति जनाए । उनले संसद बस्ने समय नजिकिँदै गर्दा हतारमा अध्यादेश ल्याउँदा आमजनतामा आशंका देखिएको टिप्पणी गरे । ‘हतारहतार अध्यादेश ल्याउनुपर्ने कुनै जरुरी थिएन । 

अध्यादेशमा केही खोट छ कि, सरकारको केही स्वार्थ छ कि भन्ने आमजनतामा परेको छ,’ उनले भने, ‘संसदमै पेश गर्दा पनि कांग्रेस र एमाले मिल्दा झण्डै दुई तिहाईको संख्या छ । सजिलै पास हुन्थ्यो । संसद छलेर सरकारले जुन अध्यादेश ल्याएको छ त्यो ठीक भएन ।’

नोना कोइरालाको १८ औं स्मृति दिवसको अवसर आयोजित कार्यक्रममा कोइरालाले नोना कोइरालाले आफूलाई नैतिकता र इमान्दारिताको पाठ सिकाएको बताए । इमान्दारिता र नैतिकता नभए राजनीति गर्ने व्यक्ति कहिल्यै पनि अगाडि बढ्न नसक्ने उनको भनाइ थियो ।  

कार्यक्रमा यस वर्षको नोना कोइराला स्मृति पत्रकारिता पुरस्कार वरिष्ठ पत्रकार किशोर नेपाललाई प्रदान गरिएको थियो । नेता डा. कोइराला र प्रतिष्ठानकी अध्यक्ष पूनम कोइरालालगायतले पत्रकार नेपाललाई दोसल्ला ओढाएर नगद २५ हजारसहित सम्मानपत्र प्रदान गरेका थिए । प्रतिष्ठानले हरेक वर्ष स्मृति दिवसको अवसर पारेर सो पुरस्कार प्रदान गर्दै आएको छ ।

कार्यक्रममा बोल्ने वक्ताहरुले नोना कोइराला त्याग र समर्पणको प्रतीक भएको बताएका थिए । कार्यक्रममा कांग्रेस नेता वसन्त भट्टराईले नोना कोइरालाले पार्टीमा अभिभावकको भूमिका निर्वाह गरेको बताए । उनले मन्त्री पदसमेत अस्वीकार गरेर त्याग राजनीति गरेको स्मरण गरे । 

कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीले कोइराला निवासमा पुग्ने जोकोहीलाई नोनाले आप्mनै छोराछोरीको व्यवहार गर्ने गरेको बताए । उनले विपन्न र शहीदका छोराछोरीलाई धेरैलाई डाक्टर, इन्जिनियर बनाएको भन्दै चर्चा गरे । जनतालाई अधिकार दिलाउन कठोर र पार्टी र प्रजातन्त्रका लागि लडेकाहरुका लागि आमा बनेर प्रस्तुत हुने गरेको उनको भनाइ थियो ।

विराटनगर महानगरका मेयर नागेश कोइरालाले नोना कोइरालासित राजनैतिक, धार्मिक, सामाजिक व्यक्तित्वलगायतका विभिन्न विषय जोडिएको बताए । कोइराला परिवारलाई एक्कढिक्का बनाएर राजनीतिमा अगाडि बढाउन नोनाको योगदान महत्वपूर्ण रहेको मेयर कोइरालाको भनाइ थियो ।

 प्रतिष्ठानकी अध्यक्ष पूनम कोइरालाले विराटनगरको आदर्श, आदर्श बालिका विद्यालयलगायत शैक्षिक संस्थाहरुको स्थापना र विकासमा नोना आमाको महत्वपूर्ण भूमिका रहेको चर्चा गरिन् । उनले नोना कोइरालाले महिलाहरु आत्मनिर्भर र स्वाभिमानपूर्वक बाँच्नुपर्छ भन्ने गरेको बताइन् ।

 पुरस्कृत पत्रकार नेपालले सञ्चार क्षेत्रले जहिल्यै पनि विपक्षीको भूमिका निर्वाह गर्नुपर्नेमा जोड   दिए । सो अवसरमा प्रतिष्ठानका उपाध्यक्ष ज्योति आचार्य, महासचिव अमित श्रीवास्तव, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सक प्रा.डा. संजीवकुमार शर्मालगायतले नोना कोइरालाको योगदानको चर्चा गरेका थिए ।


विराटनगर , १४ माघ । कोशी प्रदेश सरकारको मनमोहन प्राविधिक विश्वविद्यालयमा कानुन विषयको पढाई सुरु भएको छ ।

विश्वविद्यालयको  ‘स्कुल अफ एप्लाईड साईन्स टेक्नोलोजी अफ ल ’ अन्तर्गत व्यावस्थापन कानुन ‘विविए एलएलबी’ स्नातक तहको पढाई औपारिक रुपमा सोमवारदेखी सुरु भएको हो ।

सोमवार विश्वविद्यालयले कानुन अध्यन गर्न भर्ना भएका विविए एलएलबी तहका विद्यार्थीह र उनिहरुका अभिभावकहरुलाई औपचारिक रुपमा अभिमुखिकरण गराएको छ ।

अभिमुखिकरण कार्यक्रममा बोल्दै मनमोहन प्राविधिक विश्वविद्यालयका उपकुलपति डा सुवाश्री पोखरेलले समयसान्र्दभिक प्रविधिले दक्ष आत्मनिर्भर कानुन व्यावसायी उत्पादन गर्न देशमै पहिलो पटक पाँच बर्षे विविए एलएलबीको पाठयक्रम तयार गरेर पढाई सुरु गरेको जानकारी गराए । उनले व्यावस्थापन सहितको व्यवहारिक ज्ञान दिएर दक्ष कानुन व्यावसायी उत्पादन गर्नु विश्वविद्यालयको लक्ष्य भएको भन्दै न्याय दिलाउनका लागि प्रविधिमा अरुको भरनपरि आफै आत्मनिर्भर बनेर उत्पादित विद्यार्थीहरु आत्मनिर्भर बन्न सक्ने दाबी गरे ।

 उपकुलपति पोखरेलका अनुसार देशमै पहिलो पटक मनमोहन विश्वविद्यालयले मात्र सुरु गरेको विविए एलएलबी पाँच बर्षे पाठक्रयमले सैद्धान्तिक र प्रयोगात्मक दुवै बिषयमा जोड दिने बताए । उपकुलपति पोखरेलले कानुनका विद्यार्थी र उनीहरुका अभिभावकहरु समक्ष भने , ‘पाँच बर्षे हाम्रो पाठयक्रम पढेर विद्यार्थीहरु आफै खरिद प्रकृयाबारे बुझन र साइबर अपराधबारे जान्ने अनि जग्गाको नापजाँच गर्नेदेखी अन्य धेरै अध्यन अनुसन्धान गर्न आफै सक्षम हुनेछन ।’

‘मनमोहन ईन्स्टिच्युट अफ ल’ का प्रिन्सिपल  कोषराज न्यौपानेले देशको न्यायप्रणालीमा दक्ष जनशक्त्तिको खाँचो पुरा गर्न विश्विद्यालयले  पहिलो पटक व्यावस्थापन कानुनको पाठयक्रम देशी विदेशी विज्ञहरुबाट तयार गराएर पढाई सुरु गराएको बताए । उनले एक महिनाभित्रै मनमोहनमा अपराध काननुमा स्नातोकोत्तर तहको एलएलबी कक्षा पनि सञ्चालनमा आइसक्ने बताए ।  

मनमोहन प्राविधिक विश्वविद्यालय सेवा आयोगका अध्यक्ष प्राडा नारायणप्रसाद सँग्रौलाले शीप र सँस्कारयुक्त्त विद्यार्थी उत्पादन गर्नसकेमात्र व्यवहारमा खत्रो उत्रन सफल हुने बताए ।

 निमित्त परीक्षा नियन्त्रक भिप्रसाद काफलेले मनमोहनले  परीक्षा सम्पन्न भएको एक महिनाभित्र सबै संकायको परीक्षाफल प्रकाशित गर्ने गरेको र आगामी दिनमा पनि त्यसलाई कायम राख्ने बताए । काफलेले परीक्षाको मर्यादा र समयसीमालाई मनमोहनले कहिल्यै हेलचेक्रयाई गदैन भने ।

विद्यार्थी अभिमुखिकरण समारोहमा विश्वविद्यालयक प्रशासन अधिकृत गीता लम्साल , पुस्तकालय विज्ञ टिका निरौला , अस्पताल व्यावस्थापन कार्यक्रम संयोजक प्रतीक्षा रेग्मी , कानुन विज्ञ गोबिन्द न्यौपाने लगायतले बिद्यार्थीहरुलाई सफलताको शुभकामना दिएका थिए ।

कोशी प्रदेश सरकारले स्थापना गरेको मनमोहन प्राविधिक विश्वविद्यालयले स्थापना भएको चार बर्षे पहिलो कार्यकालमै आवश्यक कानुन , नियमावली र निर्देशिका निर्माण गरि सेवा आयोग , परीक्षा कार्यालय , तीनवटा स्कुलहरु स्थापना गरि विभिन्न बिषयमा पढनपाढन गराउन थालेको छ । 

हालसम्म मनमोहनमा सिभिल ईन्जिनियरिङ, ईलेक्ट्रिक एण्ड ईलेक्ट्रोनिक्स  बिषयमा स्नातक तेस्रो बर्ष , वि फर्माको स्नातक तह दोस्रो बर्ष , अस्पताल व्यवस्थापन बिषयमा स्नातोकोत्तर पहिलो बर्ष र कानुन बिषयमा स्नातक पहिलो बर्षको पढाई सञ्चालन गरिरहेको छ । चाँडै प्राकृतिक योग चिकित्सा सहित अन्य विभिन्न बिषयमा स्नातक , स्नातोकोत्तर देखी पिएचडीसम्मको पढाई सुरु गर्ने मनमोहनको लक्ष्य रहेको छ ।

 


झापा, माघ १४। बिर्तामोडमा जारी ‘एपोलो पेन्ट्स बिर्तामोड अन्तराष्ट्रिय औद्योगिक व्यापार महोत्सव’मा प्रवेश निःशुल्क बनाइएको छ । महोत्सवमा सहभागीलाई थप सहज बनाउन महोत्सव मूल आयोजक समितिले प्रवेश निःशुल्क बनाएको हो ।

 अपरान्ह ४ बजेसम्मका लागि महोत्सव स्थल प्रवेश गर्दा शुल्क नलिने निर्णय भएको बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष राजु न्यौपानेले बताएका छन् । ग्राहकलाई समेत मध्यनजर गर्दै प्रवेश शुल्क निःशुल्क बनाइएको हो अध्यक्ष न्यौपानेले भने – महोत्सवमा स्थानीयदेखि भारत, वंगलादेश, पाकिस्तानका व्यवसायीले समेत आफ्ना उत्पादन राखेकाले अवलोकन र खरिद बिक्रीका लागि सहज पु¥याउन महोत्सव निःशुल्क गरिएको हो । माघ ८ गतेदेखि जारी महोत्सव माघ १९ गतेसम्म सञ्चालन हुनेछ । 


झापा, माघ १४ गते । (सुरेन्द्र भण्डारी) युवा पुस्ताका चर्चित ¥यापर पालैपालो बिर्तामोडमा जारी एपोलो पेन्ट्स  अन्तराष्ट्रिय औद्योगिक व्यापार महोत्सवमा सहभागी बनेका छन् । उनीहरुको प्रस्तुतिले महोत्सवलाई बेग्ले रोनकता प्रदान गरेको छ । हजारौ समर्थकले उनीहरुको प्रस्तुतिलाई रुचाएर महोत्सवलाई थप रौनकता दिएका हुन् ।
 


गत माघ ८ बाट जारी महोत्सवमा आज माघ १४ गते भाइवर साइमन एण्ड मेक व्याण्ड र  अनु चौधरीले बिर्तामोडको माहोल तताउने भएका छन् । उनीहरका झापामा हजारौ हजार समर्थक छन् । 
बिर्तामोड उद्योग वाणिज्य संघको आयोजनामा शुरु भएको महोत्सव अवधिभर नै नेपालका सुप्रशिद्ध कलाकारहरुको प्रस्तुति रहने छ ।  लाहुरे एण्ड कम्पनी र साहिमाको प्रस्तुति यस अघि नै प्रस्तुत गरिएको महोत्सव मूल आयोजक समितिका  व्यवस्थापक ललित सिम्खडाले बताए । 
युवा पुस्तामा अधिक रुचाइएका कलाकारको प्रस्तुतिले महोत्सवमा रौनक थप्ने भएपछि आयोजक समितिले यस पटक नेपालका सुप्रशिद्ध कलाकारको उपस्थिति गराएको हो ।
युवाको क्रेजलाई मध्यनजर गर्दै आयोजक समितिले चर्चित ¥यापरलाई महोत्सवमा सहभागी गराएसंगै अहिले युवाको ध्यान महोत्सवमा केन्द्रीत छ । 
विगतका वर्षमा पनि संघले आयोजना गरेको महोत्सवमा कलाकारको प्रस्तुति रहने गरेको थियो । तर, यस पटक युवालाई लक्षित गर्दै कलाकार तय गरिएको हो । 
यसैगरी माघ १५ गते वेनिषा पौडेल, १६ गते सुसान्त घिमिरे र आशिष अविरल , १७ गते रकेटको प्रस्तुति रहने छ भने १८ गते छेवाङ लामा र द क्रिएटर्स व्याण्ड तथा १९ गते स्वप्न सुमनको प्रस्तुति रहने छ । उनीहरुको प्रस्तुतिले महोत्सवलाई थप रोनकता प्रदान गर्ने विश्वास लिइएको छ । 


विराटनगर माघ १३ गते । उच्च माध्यमिक शिक्षालय संघ (हिसान) मोरङले आयोजना गरेको खेलसप्ताह अन्तरगत आइतबार विभिन्न स्पर्दाका खेलहरु सम्पन्न भएका छन् ।

छात्रफुटबलमा रेडस्टार र कान्तिपुर कलेज विजयी भई सेमिफानलमा प्रवेश गरेको छ ।

पहिलो खेलमा रेडस्टार कलेजले जेभियर्स स्कुललाई २–० को गोल अन्तरले पराजित गरेको छ । रेटस्टारको जितमा सदानन्द मगर र छोसाङ गुरुङले १–१ गोल गरे । खेलको प्लेयर अफ द म्याच रेडस्टारका जोशन कार्की घोषित भए ।

दोस्रो खेलमा कान्तिपुर कलेजले शिक्षा सन्देश कलेजलाई २–० को गोल अन्तरले पराजित गरेको छ । कान्तिपुरको जितमा सोनु चौधरी र प्रशान्त लिम्बुले १–१ गोल गरे । खेलको प्लेयर अफ द म्याच कान्तिपुरका सरोज साह घोषित भए ।

छात्रा फुटबलमा साविक विजेता अर्किड कलेजले शिक्षादिप कलेजलाई ४–० को गोल अन्तरले पराजित गरेको छ । अर्किडको जितमा समिक्षा आचार्यले ह्ट्रिक गरिन । उनले ३ गोल तथा पुर्णीमा बास्तोलाले १ गोल गरिन् । खेलको प्लेयर अफ द म्याच अर्किडकी सुस्मिता बस्नेत घोषित भए ।

आइतबारनै वैजनाथपुर क्रिकेट मैदानमा क्रिकेट खेलमा ग्रिनल्याण्ड कलेज र मेरिल्याण्ड कलेज विजयी भई सेमिफानलमा प्रवेश गरेको छ ।

पहिलो खेलमा ग्रिनलयाण्ड कलेजले साविक विजेता कान्तिपुर कलेजलाई ९ विकेट पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको कान्तिपुरले निर्धारित १५ ओभरमा ७ विकेट गुमाई ८१ रन बनाएको   थियो । कान्तिपुरका हेमराज हमालले सर्वाधिक नटआउट २० रनको योगदान दिए । ग्रिनल्याण्डका फैजल अन्सारी, गोरीशंकर माझी र सन्जिव शर्माले २–२ विकेट लिए ।

जवाफमा ८२ रनको चुनौती पाएको ग्रिनल्याण्डले १३ दहमलव २ बलमा १ विकेट गुमाई लक्ष पार गरेको थियो । ग्रिनल्याण्डको जितमा सुनिल यालवले २७ रन बनाउँदा प्लेयर अफ म्याच हेमन्त शर्मा नटआउट २६ रनको योगदान दिए । कान्तिपुरका रामरतन यादवले १ विकेट लिए ।

दोस्रो खेलमा मेरिल्याण्ड कलेजले सेन्टजोसेफ कलेजलाई ९० रनले पराजित गरेको छ ।  टस जितेर ब्याटिङ गरेको मेरिल्याण्डले निर्धारित १८ ओभरमा ४ विकेट गुमाई १ सय ४५ रन बनाएको थियो । मेरिल्याण्डका कुष्ण देवले सर्वाधिक अविजित ५५ रनको योगदान दिए । सेन्टजोसेफका सुदिप ठाकुरले २ विकेट लिए ।

जवाफमा १ सय ४६ रनको चुनौती पाएको सेन्टजोसेफले १३ औं ओभरमा सवै विकेट गुमाई ५५ रनमा सिमित भयो । सेन्टजासेफले सर्वाधिक २० अतिरिक्तमा पाएको थियो । मेरिल्याण्डका प्लेयर अफ म्याच मौसम यादवले ह्याट्रिकसहित ५ विकेट लिए ।

आइतबार भएको बास्केटबलको पहिलो खेलमा शिक्षादिप कलेजले सगरमाथा कलेजलाई २१–७ को अन्तरले पराजित गरेको छ ।

दोस्रो खेलमा विकेभिएम कलेजले अरनिको कलेजलाई ४६–२१ को अन्तर पराजित गरेको छ ।

आइतबार टेवलटेनिसका फाइनल खेल सम्पन्न भएको छ । छात्र टीम इभेन्टतर्फ  विकेभिएम कलेजले मेरिल्याण्ड कलेजलाई ३–१ को सेट स्कोरले गरि उपाधि जितेको छ भने छात्रातर्फ अरनिको कलेजले सगरमाथा कलेजलाई ३–२ को सेट स्कोरले पराजित गर्दै उपाधि जितेको छ ।

छात्र एकलमा विकेभिएमका यथार्थ आचार्यले सगरमाथाका रजतरमण दवाडीलाई ३–० सेट स्कोरले पराजित गर्दै उपाधि हात पारेको छ भने छात्रातर्फ सगरमाथाकी रुवी मेहताले अरनिकोकी ओमकुमारी चौधरीलाई ३– को सेट स्कोरले पराजित गर्दै उपाधि जितिन् ।

भलिबलको छात्रर्फ पहिलो खेलमा कान्तिपुर कलेजले सगरमाथा कलेजलाई २–० को सेटले पराजित गरि सेमिफानलमा प्रवेश गरेको छ ।

दोस्रो खेलमा मोडर्न एरा कलेजले अर्किड कलेजलाई २–० को सेटले पराजित गरि सेमिफानलमा प्रवेश गरेको छ ।

तेस्रो खेलमा शिक्षा सन्देश कलेजले ग्रिनल्याण्ड कलेजलाई २–१ को सेटले पराजित गरि सेमिफानलमा प्रवेश गरेको छ ।

चौथो खेलमा रेड स्टार कलेजले विकेभिएम कलेजलाई २–० को सेटले पराजित गरि सेमिफाइनलमा प्रवेश गरेको छ ।

छात्रातर्फ मोडर्न एरा कलेजले कान्तिपुर कलेजलाई २–० को सेटले पराजित गरि सेमिफानलमा प्रवेश गरेको छ ।


विराटनगर माघ १३ गते |  विराटनगर महानगरपालिकाले महिलाहरुको स्थितिपत्र तयार पार्ने भएको छ ।

महानगरकी उपमेयर शिल्पा निराला कार्की, निमित्त प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद ढुंगेल, वडाध्यक्ष काजीबहादुर बस्नेत, कुमार पोखरेल, बासुबहादुर बस्नेत, सन्तोष न्यौपाने, राम पोखरेल, अर्जुन गिरी, तीर्थेन्द्र नेउपाने, सूर्यनारायण महतो, श्याम घिमिरे, कार्यपालिका सदस्य सरिता घिमिरे, ओमप्रकाश साह, सुन्तली विश्वकर्मा, सामान्य प्रशासन महाशाखा प्रमुख अर्जुन थपलिया, राजस्व महाशाखा प्रमुख सरोज गौतम, कानुन शाखाकी प्रमुख शारदा थपलिया, महिला, बालबालिका शाखाकी प्रमुख मञ्जु लोहनीलगायतको उपस्थितिमा भएको कार्यशालामा स्वतन्त्र विज्ञ चन्द्र तिम्सिना उपाध्यायले स्थितिपत्र तयार पार्दा अबलम्बन गरिने विषयबारे जानकारी गराउनुभएको थियो ।

स्थितिपत्र आगामी जेठ मसान्तभित्र तयार गर्ने लक्ष्य रहेको छ । महानगर क्षेत्रभित्र बसोबास गर्ने १ लाख २१ हजार ७५३ जना महिलाको पारिवारिक, आर्थिक, वैवाहिक, पेशा, व्यवसाय, रोजगारी, जातीय, राजनीतिलगायतको अवस्थाका विषयमा अध्ययन गरिनेछ । 

१९ वटै वडामा पुगेर महिलाको स्थितिपत्र तयार पारिने उपमेयर शिल्पा निराला कार्कीले जानकारी दिनुभयो । उहाँले निर्वाचित भएर आएपछि महानगरका महिलाको अवस्था के रहेछ भनेर स्थितिपत्र तयार पार्ने योजना रहेको सुनाउनुभयो । स्थितिपत्र तयार पारेपछि महिलाका क्षेत्रमा बजेट विनियोजन गर्न सजिलो हुने उपमेयर कार्कीको भनाइ थियो ।

 


झापा, माघ १३ गते । (सुरेन्द्र भण्डारी) सामाजिक कार्यकर्ता रुपा राजवंशी राजवंशी समाज विकास समितिकी अगुवा कार्यकर्ता हुन् । जातीय संस्कृति र चिनारीलाई प्रवर्धन गर्न राजवंशी समाज विकास समिति मार्फत उनी क्रियाशील छिन् । बिर्तामोड – ५ निवासी रुपा संगठनकी वडा संयोजक पनि हुन् । आफ्नो जातिको संस्कृति र मौलिक चिनारी लिएर उनी यतिवेला बिर्तामोडमा जारी अन्तराष्ट्रिय औद्योगिक व्यापार महोत्सवमा व्यस्त छिन् ।

तराईमा लोकप्रिय खाजा भक्काको स्टल लिएर महोत्सवमा सहभागी उनले आफ्नो संस्थाको व्यानरलाई समेत चिनाउने प्रयत्न गरेकी छिन् । महोत्सवमा आएका अवलोकनकर्ता र ग्राहकलाई भक्का, वैगुन चप र चिया बेचीरहेकी उनले हामीसंगको भेटमा भनिन् –‘यो हाम्रो मौलिक चिनारी हो । त्यही भएर राजवंशी समाज विकास समितिको व्यानर राखेका हौं ।’

अर्जुनधारा १० सालवारीकी स्वेता चौधरी घुँगी, भक्का र बगिना बेच्दै यो महोत्सवमा थारु कल्याणकारिणी सभालाई परिचित गराई रहेकी छिन् । मौलिक संस्कृति र चिनारीलाई प्रवर्धन गर्न यस प्रकारका मेला महोत्सवले मद्दत पु¥याएको उनको बुझाई छ ।

मेलामा सहभागीले घुँगी र बगिना अधिक रुचाएको स्वेताको भनाई छ । ग्राहक र उपभोक्ताले चिसो मौसममा यो परिकारको बढी माग गर्ने गरेको बताइन्छ । उपभोक्ताहरुले माघ १९ गतेसम्म सञ्चालन हुने महोत्सवमा नेवारी र लिम्बू परिकारका खाद्य सामग्री पनि स्वाद मानेर खाइरहेका छन् ।

उता मेचे सिवियारी आफातले आइतवार दिनभर मुख्य मञ्चबाट आफ्नो मौलिक सांस्कृतिक प्रस्तुति पस्किएको छ । मेचे जाति झापाको पूर्वी भेगमा बसोवास गर्दै आएको नेपालको लोपोन्मुख जाती हो । पछिल्लो राष्ट्रिय जनगणना अनुसार उनीहरुकोे कूल संख्या ५ हजार एक सय ९३ छ ।

विभिन्न जातजातिका अगुवाहरुले महोत्सव भित्र व्यवसयिक स्टलमार्फत मौलिक गरगहना र अन्य उत्पादनका सामग्रीहरुलाई बेचबिखनका लागि सजाएर राखेका छन् । महोत्सवको आयोजक बिर्तामोड उद्योग वाणिज्य संघले आदिवासी जनजातिहरुलाई १० वटा स्टल निःशुल्क उपलब्ध गराएको अध्यक्ष राजु न्यौपानेले बताएका छन् ।

नेपाल आदिवासी जनजाति महासंघको समन्वयमा उनीहरुले महोत्सव अवधिभर आ– आफ्ना कला र संस्कृतिहरु समेटिएका सांङ्गीतिक कोसेली राख्दै आएको बिर्तामोड उद्योग वाणिज्य संघका सदस्य दिनेश श्रेष्ठले जानकारी दिएका छन् । उनलाई महोत्सवको आदिवासी जनजाति संस्कृति संयोजकको जिम्वेवारी समेत दिइएको छ ।

गत माघ ८ गतेदेखि शुरु भएको महोत्सवमा साना ठूला सवारी साधन,पाकिस्तानी छालाका सामग्री, पूर्वी पहाडका कृषि जन्य उपज, स्थानीय सहकारी र महिला समूहका घरेलु उत्पादनदेखि जुम्लाको मार्सी, र डोल्पाको भीरमाहुरीको मह समेतले ग्राहकलाई आर्कषित बनाएको छ । 


विराटनगर माघ १३ गते |विराटनगर महानगरपालिका १९ वटै वडामा पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप अभियान सञ्चालन गरिने भएको छ ।

यही माघ २३ देखि फागुन ७ गतेसम्म महानगरका १९ वटै वडा र विद्यालयमा खोप अभियान सञ्चालन गर्न लागिएको हो । अभियानका विषयमा आइतबार महानगरले वडाध्यक्ष, कार्यपालिका सदस्य, वडा सदस्यसहित कर्मचारीहरुका लागि अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेको छ । पाठेघरको मुखको क्यान्सरबाट हुने मृत्युलाई रोक्ने उद्देश्यले १० देखि १४ वर्ष उमेर समूहका किशोरीहरुलाई पाठेघरको क्यान्सरविरुद्धको खोप लगाउन लागिएको हो । विद्यालय जाने किशोरीहरु कक्षा ६ देखि १० सम्म विद्यालय नजाने १० देखि १४ वर्ष उमेर समूहका किशोरीलाई खोप लगाइने महानगरकी उपमेयर शिल्पा निराला कार्कीले जानकारी दिनुभयो । 

निमित्त प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद ढुंगेल, वडाध्यक्ष काजीबहादुर बस्नेत, कुमार पोखरेल, वासुबहादुर बस्नेत, सन्तोष न्यौपाने, अर्जुन गिरी, तीर्थेन्द्र नेउपाने, श्याम घिमिरे, कार्यपालिका सदस्य सरिता घिमिरे, सुन्तली विश्वकर्मा, सामान्य प्रशासन महाशाखा प्रमुख अर्जुन थपलिया, राजस्व महाशाखा प्रमुख सरोज गौतम, स्वास्थ्य महाशाखा प्रमुख डा. दिलीपकुमार यादवसहित विभिन्न वडाका अध्यक्ष, कार्यपालिका सदस्य, विभिन्न महाशाखा र शाखा प्रमुखहरुको उपस्थितिमा भएको अभिमुखीकरणमा प्रदेश स्वास्थ्य निर्देशनालयका खोप अधिकृत भरत भण्डारीले सहजीकरण गर्नुभएको थियो ।

खोप अधिकृत भण्डारीले नेपालमा हरेक वर्ष २ हजार १६९ जना महिलालाई पाठेघरको मुखको क्यान्सर हुने गरेको जानकारी दिनुभयो । जसबाट १ हजार ३१३ जना अर्थात् कुल बिरामीमध्ये ६१ प्रतिशत महिलाको मृत्यु हुने गरेको उहाँले तथ्यांक प्रस्तुत गर्नुभयो । भण्डारीका अनुसार नेपालमा पाठेघरको मुखको क्यान्सरबाट औसतमा हरेक दिन ४ जना महिलाको मृत्यु हुने गरेको छ । नेपालमा पाठेघरको मुखको क्यान्सर जटिल र भयावह भएको उहाँले सुनाउनुभयो ।

पाठेघरको मुखको क्यान्सरबाट हुने मृत्युदरलाई कम गर्ने उद्देश्यले खोप अभियान सञ्चालन गर्न लागिएको हो । उपमेयर शिल्पा निराला कार्कीले पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप अभियान राष्ट्रिय अभियान भएकाले सबैको सहकार्यले सफल हुने बताउनुभयो । उहाँले अभियानबारे सबै जागरुक हुनुपर्नेमा जोड दिनुभयो । 

अभियानलाई सफल बनाउन १९ वटै वडामा माइकिङ, वडावडामा सचेतनामूलक कार्यक्रमलगायत सञ्चालन गरिनेछ । महानगरभित्र १२१ वटा विद्यालय, २९ वटा समुदाय र १९ वटा वडा स्वास्थ्य कार्यालयसहित १६९ वटा खोप केन्द्र तोकिएका छन् । 

खोप अभियानमा करिब २ सय जना स्वास्थ्यकर्मी परिचालन गरिएको महानगरका जनस्वास्थ्य निरीक्षक यादव गौतमले जानकारी दिनुभयो । विद्यालयबाहिरका २ हजार ७ जनासहित १४ हजार ४८६ जनालाई खोप लगाउने लक्ष्य राखिएको गौतमले बताउनुभयो ।


विराटनगर  माघ १३  गते । (गणेश लम्साल) मनमोहन प्राविधिक विश्वविद्यालयको आंगिक शिक्षालय मनमोहन स्मृति पोलिटेक्निकमा तीन दिने ‘स्र्पोट मिट’ सुरु भएको छ ।  

मोरङको बुढीगंगा गाउँपालिका १ हात्तीमुढा स्थित विश्विद्यालय परिसरमा आइतवारदेखी मनमोहन स्मृति ‘स्र्पोट मिट’ २०८१ सुरु भएको हो ।

आइतवार मनमोहन प्राविधिक विश्वविद्यालय संरक्षण समिति सदस्य सत्यनारायण चौधरीले उक्त्त ‘स्र्पोट मिट’ को उदघाटन गरे । प्रतियोगिताको उदघाटन गर्दै चौधरीले आगामी दिनदेखी आंगिक शिक्षालय पोलिटेक्निकको मात्र नभएर विश्वविद्यालयका विभिन्न संकायहरुलाई सहभागी गराएर खेलकुद बोर्डसँगको सहकार्यमा प्रदेश स्तरिय खेलकुद प्रतियोगिता आयोजना गर्न लागिपर्ने बताए ।

पोलिटेक्निकका प्रचार्य ईन्जिनियर सुदिप अधिकारीले शरिरीक तन्दुरुस्ती र आत्मअनुशासनका लागि खेलकुदको भुमिका महत्वपुर्ण हुन्छ भन्दै स्पोर्ट मिटमा शिक्षालयका विभागिय टोलीहरु विच स्वच्छ प्रतिस्पर्धा हुने जानकारी दिए। प्रचार्य अधिकारीले अगामी बर्षदेखी प्रेदश स्तरिय प्राविधिक शिक्षालय स्तरिय खेलकुद प्रतियोगिता सञ्चालन गर्न प्रयास गर्ने बताए ।

उदघाटन सत्रमा विश्विद्यालयका परीक्षा नियन्त्रक भिप्रसाद काफले , पोलिटेक्निका प्रशासन प्रमुख सुजन भुर्तेल , तालिम संयोजक लोचन न्यौपाने , ईन्जिनियरहरु युवराज चौधरी , दिपेश यादव , रामप्रसाद यादव , ईप्रका नेमुवाका सई भुवन श्रेष्ठ लगायत विभागिय शिक्षक कर्मचारीहरुको सहभागिता थियो ।

प्रचार्य अधिकारीका अनुसार मंगलबार सम्म सञ्चालन हुने उक्त्तस्पोर्टस मिटमा पोलिटेक्निकका विभागिय छात्र र छात्रा टोलीहरु विच फुटबल , भलिबल  , डोरीतान , चेस , व्याडमिन्टन लगायतका खेलहरुमा आन्तरिक प्रतिस्पर्धा हुनेछ । मनमोहन स्मृति पोलिटेक्निकले हरेक बर्ष ‘स्र्पोट मिट’ सञ्चालन गर्दै आएको सञ्चालन गर्दै आएको छ ।


झापा, माघ १२ गते । बिर्तामोडमा जारी अन्तराष्ट्रिय औद्योगिक व्यापार महोत्सवमा अवलोकन गर्नेहरुको उपस्थिति बढ्दै गएको छ । देश भित्र र बाहिर उत्पादित बस्तुहरुको खरिद र अवलोकनका लागि जानेहरुको भीड बढेको हो । महोत्सव स्थलमा ग्रहकको उपस्तिथि बाक्एिसंगै व्यवसायीहरु उत्साहित देखिएका छन् । किचन सामग्री र स्वरोजगार मूलक उद्यमका उत्पादनमा ग्राहकको विशेष चासो देखिएको छ । शनिवार विदाको सदुपयोग गर्दै वालवालिका समेतको उपस्थितिमा ग्राहकहरु महोत्सवस्थल पुगेको देखिन्न्थे ।

मेलामा रौनक थप्न पोखराका नन्दनी साह चटपट र भेलपुरी लिएर बिर्तामोड आएका छन् । यस अघि उनले धरान एक्सोमा पनि चटपट र भेलपुरीको स्वाद चखाएका थिए । धनकुट्टा हिलेबाट ल्याइएको घरेलु ठेकी र तोङ्वा सहितका घरायसी प्रयोजनका सामग्री बिर्तामोड महोत्सवको आकर्षण बनेको छ । मौसममा आएको सुधारसंगै ग्राहकको उपस्थिति बाक्लिएपछि महोत्सवमा खरिद बिक्री बढेर गएको व्यवसायी थीरमाया राउतले  बताइन् । महोत्सवस्थलको किड्स जोनमा पनि वालवालिकाहरु खेल सामग्री प्रयोग गर्दै रमाई रहेका देखिन्छन् ।

महोत्सवलाई थप आकर्षण दिन यस पटक मुख्य प्रवेशद्वार विशेष प्रकारले डिजाइन गरिएको छ । मुख्य मञ्च अगाडि झापाकै प्रशिद्ध तिर्थस्थल अर्जुनधारा जलेश्वर धामको चित्र झल्कने मन्दिरको आकृति राखिएको छ । सेल्फी लिने र टिकटक बनाउने केन्द्रका रुपमा ति डिजाइनले साथ दिएको छन् ।

माघ १९ गतेसम्म सञ्चालन हुने महोत्सव अवधिभर बिभिन्न जातिका सांस्कृतिक प्रस्तुतिहरु नियमित रहेका छन् । शनिवार राई जातिका कलाकारहरुले सांस्कृतिक प्रस्तुति राखेका थिए । जातीय भेषभूषामा सजिएर आएका उनीहरुले दिनभर मौलिक संस्कृतिको जर्गेनाका लागि छलफल सहित प्रस्तुति प्रर्दशन गरेका थिए ।

प्रत्येक साँझ प्रशिद्ध कलाकारहरुले वेजोड साङ्गीतिक प्रस्तुति राखिरहेको बिर्तामोड उद्योग वाणिज्य संघले जनाएको छ । साझ संगीतमा रमाउनेको पनि उल्लेख्य उपस्थिति रहदै आएको छ ।


विराटनगर  माघ १२ गते । उच्च माध्यमिक शिक्षालय संघ (हिसान) मोरङले आयोजना गरेको खेलसप्ताह अन्तरगत पुरुष फुटबलमा सगरमाथा र कान्तिपुर, क्रिकेटमा विभिएम र अरनिको तथा कवडीमा अर्किड, मोडर्न एरा, कान्तिपुर र ग्रिनल्याण्ड कलेज विजयी भएका छन् ।

शनिबार भएको फुटबलको पहिलो खेलमा सगरमाथा कलेजले जेभियर्स स्कुललाई २–० को गोल अन्तरले पराजित गरेको छ । खेलको प्लेयर अफ द म्याच सगरमाथाका प्रसान्त राई घोषित भए ।

दोस्रो खेलमा कान्तिपुर कलेजले होलीचाइल्ड कलेजलाई २–० को गोल अन्तरले पराजित गरेको छ । कान्तिपुरको जित प्लेयर अफ द म्याच गौतमकुमार चौधरी घोषित भए ।

शनिबारनै वैजनाथपुर क्रिकेट मैदानमा भएको पहिलो खेलमा विकेभिएम स्कलले रेडस्टार स्कुललाई ८ विकेट पराजित गरेको छ । टस हारेर ब्याटिङ गरेको रेड स्टारले निर्धारित १३ ओभरको खेलमा १२ ओभरमा सवै विकेट गुमाई ४६ रन बनाएको थियो । रेडस्टारका मुकेश शर्माले सर्वाधिक १३ रन बनाए । विकेभिएमका शिभम यादवले ४ विकेट लिँदा प्लेयर अफ म्याच सचिन्द्रप्रसाद यादवले ३ विकेट लिए ।

जवाफमा ४७ रनको झिनो चुनौती पाएको विकेभिएमले ९ ओभरमा २ विकेट गुमाई लक्ष पार गरेको थियो । विकेभिएमका धिरेन्द्र खदहरीले १९ रनको योगदान दिए । रेडस्टारका सक्षम नेउपाने र रोशन थापाले १–१ विकेट लिए ।

दोस्रो खेलमा अरनिको कलेजले शिक्षादिप कलेजलाई ९६ रनले पराजित गरेको छ ।  टस जितेर ब्याटिङ गरेको अरनिकोले निर्धारित २० ओभरमा ८ विकेट गुमाई १सय ३० रन बनाएको थियो । अरनिकोका समिर आलमले सर्वाधिक ३२ रनको योगदान दिए । शिक्षादिपकासौरभ कामत र सुदिप यादवले १–१ विकेट लिए ।

जवाफमा १ सय ३१ रनको चुनौती पाएको शिक्षादिपले १४ औं ओभरमा सवै विकेट गुमाई ३४ रनमा सिमित भयो । शिक्षदिपका सोरभ कामतले ११ रनको योगदान दिए । अरनिकोका प्लेयर अफ म्याच नुर अहमदले ४ विकेट लिए ।

शनिबार भएको कवडीको पहिलो खेलमा अर्किड कलेजले सिद्धार्थ स्कुललाई ५६–२४ को स्कोरले पराजित गरेको छ ।

दोस्रो खेलमा कान्तिपुर कलेजले भानु कलेजलाई ४१–२७ को स्कोरले पराजित गरेको छ ।

तेस्रो खेलमा मोडर्न एरा कलेजले शिक्षादिप कलेजलाई ५७–३० को स्कोरले पराजित गरेको छ ।

चौथो खेलमा ग्रिनल्याण्ड कलेजले विराट क्याम्पसलाई वाक ओभरमा पराजित गरेको छ । समयमा विराट क्याम्पस मैदान प्रवेश नगरेपछि खेल ग्रिनल्याण्डले वाक ओभरमा विजयी भएको हो । कवडीको सेमिफाइनल र फाइनल खेल आइतबार हसने खेल सम्योजक ठाकुर भण्डारीले जानकारी दिए ।

शनिबार भएको टेवलटेनिसका खेलहरुमा गल्र्स टीम इभेन्टतर्फ  सगरमाथा कलेजले शिक्षादीप उमाविलाई ३–१ को सेट स्कोरले हराउदै फाइनल प्रवेश गर्याे । अर्काे सेमिफाइनलमा अरनिको कलेजले मेरिल्याण्ड कलेजलाई ३–० को सेट स्कोरले पराजित गर्दै फाइनलमा प्रवेश गर्यो ।

त्यसैगरि ब्वाइज टीम इभेन्टतर्फ  मेरिल्याण्ड कलेजले शिक्षादीप कलेजलाई ३–० को सेट स्कोरले हराउदै फाइनल प्रवेश गर्याे । अर्काे सेमिफाइनलमा  विकेभिएम कलेजले सगरमाथा कलेजलाई ३–१ को सेट स्कोरले पराजित गर्दै फाइनल्स प्रवेश गर्याे ।

गल्र्स सिङल्सको सेमिफाइनलमा सगरमाथा कलेजकी रुबी मेहताले शिक्षादीप कलेजकी दिव्यान्का खडकालाई ३–० सेट स्कोरले पराजित गर्दै फाइनल प्रवेश गरिन् । त्यसैगरि अर्को सेमिफाइनलमा अरनिको उमाविकी ओमकुमारी चौधरीले मेरिल्याण्ड कलेजकी प्राप्ति कार्कीलाई ३–१ को सेट स्कोरले पराजित गर्दै फाइनल प्रवेश गरिन् ।

त्यसैगरि ब्वाइज सिङल्सको सेमिफाइनलमा सगरमाथा कलेजका रजतरमण दवाडीले  मेरिल्याण्ड कलेजका सागरबहादुर बस्नेतलाइ ३–१ को सेट स्कोरले पराजित गर्दै फाइनल प्रवेश गरे । त्यसैगरि अर्काे सेमिफाइनलमा विकेभिएम कलेजका यथार्थ आचार्यले अरनिको कलेजका  आयुष यादवलाई ३–० को सेट स्कोरले पराजित गर्दै फाइनल प्रवेश गरे ।

प्रतियोगीताका सम्पूर्ण फाइनल खेलहरु आइतवार सम्पन्न गरिने जानकारी हिसान टेबल टेनिस प्रतियोगीता संयोजक मणिराज भट्टराईले जानकारी दिए ।

भलिबलको छात्रर्फ पहिलो खेलमा कान्तिपुर कलेजले बुद्ध स्कुललाई २–१ को सेटले पराजित गरेको छ । खेलको प्लेयर अफ म्याच कान्तिपुरका केवल लिम्बु घोषित भए ।

दोस्रो खेलमा मोडर्न एरा कलेजले ग्यालेक्सी कलेजलाई २–० को सेटले पराजित गरेको छ । खेलको प्लेयर अफ म्याच मोडर्न एराका देवराज थापा मगर घोषित भए ।

तेस्रो खेलमा रेड स्टार कलेजले सिद्धार्थ कलेजलाई २–० को सेटले पराजित गरेको छ । खेलको प्लेयर अफ म्याच रेड स्टारका सुरज राई घोषित भए ।

चौथो खेलमा शिक्षा सन्देश कलेजले शिक्षादिप कलेजलाई २–१ को सेटले पराजित गरेको छ । खेलको प्लेयर अफ म्याच शिक्षासन्देशका सन्तोष खवास घोषित भए ।

छात्रातर्फ रेड स्टार कलेजले अर्किड कलेजलाई २–० को सेटले पराजित गरेको छ ।खेलको प्लेयर अफ म्याच रेडस्टारकी स्मृतीराई घोषित भइन् ।


बिराटनगर माघ १२ गते |   प्रहरी सेवाको सहज पहुँचमा नभएका, अल्पसंख्यक तथा जोखिममा रहेका वर्गलाई प्रहरीले दिने सेवालाई थप सुदृढ एवं प्रभावकारी बनाउने उदेश्य अनुरुप जिल्ला प्रहरी कार्यालय मोरङको हिजो आयोजना र इलाका प्रहरी कार्यालय रंगेली तथा मंगलबारे टोल विकास समितिको सहकार्यमा रंगेली नगरपालिका वडा नं। २ स्थित श्री महेन्द्र माध्यमिक विद्यालयको प्राङ्गणमा तालुक कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजन अधिकारी ज्यूको प्रमुख आतिथ्यमा, मोरङ प्रहरी प्रमुख प्रहरी उपरीक्षक नारायण प्रसाद चिमरीया, स्थानिय जनप्रतिनिधिहरु, विभिन्न राजनैतिक दलका प्रतिनिधिहरु, विद्यालयका शिक्षक र विद्यार्थी, संघ संस्थाका प्रतिनिधी, पत्रकार, भद्रभलादमी, वुद्दिजीवि, समाजसेवी र स्थानियवासीहरु गरी अं। २०० जनाको उपस्थितमा गोरधनदास कमलावती परोपकारी प्रतिष्‍ठान विराटनगरका अध्यक्ष एवं वरिष्ठ अद्योगपति, समाजसेवी जगदिश अग्रवाल ज्यूको सहयोगमा अल्पसंख्यक सामुदायका ७० घरधुरीलाई न्यानो कपडा ९कम्बल० वितरण गरी कार्यक्रम सम्पन्न भएको छ ।


बिराटनगर  हिसान खेल - पुरुष फुटबलमा सेन्टजोसेफ, रेड स्टार र  माघ ११ गते । उच्च माध्यमिक शिक्षालय संघ (हिसान) मोरङले आयोजना गरेको खेलसप्ताह अन्तरगत पुरुष फुटबलमा सेन्टजोसेफ, रेड स्टार र ग्यालेक्सि, क्रिकेटमा ग्रिनल्याड र सेन्टजोसेफ तथा कवडीमा विराट क्याम्पस, मोडर्न एरा,ग्रिनल्याण्ड र शिक्षादिप कलेज विजयीभएका छन् ।


शुक्रबार भएको फुटबलको पहिलो खेलमा सेन्ट जोसेफ कलेजले मोडर्न एरालाई पेनाल्टीसुट आउटमा ३–२ को गोल अन्तरले पराजित गरेको छ । निर्धारित समयमा दुवै टिम २–२ गोलको बराबरी खेले पछि खेलको निणर्य पेनाल्टी सुटआउटबाट भएको हो । खेलको प्लेयर अफ द म्याच सेन्ट जोसेफका अमर साह घोषित भए ।

दोस्रो खेलमा रेडस्टार कलेजले मेरिल्याण्ड कलेजलाई पेनाल्टीसुट आउटमा ५–४ को गोल अन्तरले पराजित गरेको छ । निर्धारित समयमा दुवै टिम १–१ गोलको बराबरी खेले पछि खेलको निणर्य पेनाल्टी सुटआउटबाट भएको हो । खेलको प्लेयर अफ द म्याच रेडस्टारका विजय गुरुङ घोषित भए ।

तेस्रो खेलमा ग्यालेक्सि पब्लिक स्कुलले शिक्षादिप कलेजलाई पेनाल्टीसुट आउटमा ४–३ को गोल अन्तरले पराजित गरेको छ । निर्धारित समयमा दुवै टिम १–१ गोलको बराबरी खेले पछि खेलको निणर्य पेनाल्टी सुटआउटबाट भएको हो । खेलको प्लेयर अफ द म्याच ग्यालेक्सिका अपिल राई घोषित भए ।

विहिबारनै वैजनाथपुर क्रिकेट मैदानमा भएको पहिलो खेलमा दुई बर्षपछि हिसान खेलमा फर्किएको ग्रिनल्याण्ड कलेजले प्रतियोगिताको दावेदार अर्किड कलेजलाई १५ रनले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको ग्रिनल्याण्डले निर्धारित १३ ओभरको खेलमा सवै विकेट गुमाई ७१ रन बनाएको थियो । ग्रिनल्याण्डका अमित चौधरीले सर्वाधिक ११ रन बनाए । अर्किडका नागेश्वर यादवले ३ विकेट लिए ।

जवाफमा ७२ रनको चुनौती पाएको अर्किडले निर्धारित पुरै ओभर खेल्दै ९ विकेट गुमाई ५६ रनमा सिमित भयो । अर्किडका रन्धिर कामतले १६ रनको योगदान दिए । ग्रिनल्याडका फैजल अन्सारी ४ विकेट लिए । उनी खेलको प्लेयर अफ म्याच भए ।

दोस्रो खेलमा सेन्ट जोसेफ कलेजले ग्यालेक्सि पब्लिक स्कुललाई वाक ओभरमा पराजित गरेको छ । खेल शुरु हुने समयमा ग्यालेक्सिका खेलाडीहरुको डकुमेन्ट ल्याउन नसकेको कारणले सेन्ट जोसेफ कलेज विजयी भएको एम्पायरले घोषणा गरे ।

विहिबार भएको कवडीको पहिलो खेलमा विराट क्याम्पसले नेशनल एकाडेमीलाई ५१–४ को स्कोरले पराजित गरेको छ ।

दोस्रो खेलमा मोडर्न एरा स्कुलले विकेभिएम स्कुललाई ६४–२३ को स्कोरले पराजित गरेको छ ।

तेस्रो खेलमा ग्रिनल्याण्ड कलेजले अरनिको कलेजलाई ३७–२९ को स्कोरले पराजित गरेको छ ।

चौथो खेलमा शिक्षदिप कलेजले शिक्षा सन्देश कलेजलाई वाक ओभरमा पराजित गरेको छ । समयमा शिक्षा सन्देश मैदान प्रवेश नगरेपछि खेल शिक्षादिप वाक ओभरमा विजयी भएको हो ।


झापा, माघ ११ गते ।सुरेन्द्र भण्डारी- बिर्तामोडमा पहिलो पटक माघ १७ गतेबाट २१ गतेसम्म आयोजना गरिएको  पाँच दिवसीय धार्मिक अनुष्ठान सफल बनाउन बिभिन्न ४८ वटा संघ संस्थाले सहयोग पु¥याउने प्रतिवद्धता व्यक्त गरेका छन् । उनीहरुले धार्मिक अनुष्ठानलाई सफल बनाउन आ– आफ्नो ठाउँबाट सहयोग पु¥याउने प्रतिवद्धता व्यक्त गरेका हुन्। 


बिर्तामोड ५ अग्रसेन भवन नजिक बालाजी टोलमा गायत्री माताको मन्दिर उद्घाटन र माताको प्राण प्रतिष्ठा गर्न धार्मिक अनुष्ठान आयोजना गरिएको हो । जसका लागि गायत्री मन्दिर सेवा समितिले अनुष्ठान सफल बनाउन यहाँका विभिन्न ४८ वटा संघ संस्थाका प्रमुख तथा प्रतिनिधिसंग परामर्श सहित सम्वाद गरेको छ। 

अनुष्ठानको उद्घाटन, मन्दिरको शिलन्यास र माताको प्राण प्रतिष्ठाका लागि सभामुख देवराज घिमिरे, कोशी प्रदेशका सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्की, नेपाल राष्ट्रका प्रथम ऐतिहासिक जगतगुरु अनन्त श्री विभूषित बालसन्त मोहनशरण देवाचार्य महाराजको समेत उपस्थिति रहने भएकाले सुरक्षा व्यवस्थाका लागि जिल्ला प्रशासन कार्यालय झापा र सुरक्षा निकायका प्रमुखसंग समेत छलफल गरिएको छ । 

प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारी, जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक मिलन केसी , सशस्त्र प्रहरी उपरीक्षक कविन्द्र राई सहितको उपस्थितिमा मन्दिर परिसरमा सुरक्षा संवेदनसिलताका विषयमा छलफल भएको हो ।
 
प्रदेश सरकार, स्थानीय तह बिर्तामोड नगरपालिका र स्थानीय दानवीर दाताको सहयोगमा दुई करोड ५० लाख रुपैयाँ लगानी गर्दै नगरमा नै पहिलो र झापामा चौथो गायत्री माताको मन्दिर निर्माण भएसंगै उद्घटनका लागि गायत्री मन्दिर सेवा समितिले धार्मिक अनुष्ठानको आयोजना गरेको हो । 

२०८० साल जेठ १७ गतेबाट  निर्माण प्रारम्भ भएको माताको मन्दिर १० घुर जमिनमा निर्माण गरिएको छ । पाँच धुर जमिन दाताले प्रदान गरेको र पाँचधुर जमिन समितिले खरिद गर्दै मन्दिर निर्माणको काम सम्पन्न गरिएको कार्यक्रम संयोजक रौनक वंशलले जानकारी दिए ।
 
गायत्री माताको मन्दिर निर्माण सम्पन्न भएसंगै माघ १७ गते प्रतिनिधि सभा नेपालका सभामुख  देवराज घिमिरले पाँच दिवसीय अनुष्ठानको उद्घाटन गर्ने र माघ २० गते नेपाल राष्ट्रका प्रथम ऐतिहासिक जगतगुरु अनन्त श्री विभूषित बालसन्त मोहनशरण देवाचार्य विशेष प्रवचन हुने र माघ २१ गते माताको प्राण प्रतिष्ठा मुख्यमन्त्री कार्कीले गर्ने कार्यक्रम रहेको वंशलले जानकारी दिए । 

माघ २१ गतेसम्म पाँच दिन सञ्चालन हुने अनुष्ठानमा दैनिक भजन कीर्तन तथा महाप्रसाद बितरण गरिने कार्यक्रम तय भएको र  दैनिक भजन कीर्तनका लागि नेपाल तथा  भारतका चर्चित भजन गायक तथा कलाकारहरुको उत्कृष्ट प्रस्तुति रहने बताइएको छ । भजन कीर्तनका लागि कृष्ण भण्डारी,आयुष शर्मा,साहिल कोहली, धीरज सिंह राजपुत र नेहा सिंह राजपुत सहभागी हुने वंशलले जानकारी दिए । 

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.