Websoft University

निःशुल्क स्वास्थ्य शिविरमा ३ सयभन्दा बढीको स्वास्थ्य जाँच


विराटनगर पुस २८ गते |नोना कोइराला स्मृति प्रतिष्ठान विराटनगरले आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरमा ३ सयभन्दा बढीले स्वास्थ्य चेकजाँच गरेका छन् ।


बूढीगंगा गाउँपालिका केएचडीसी नेपालको सहयोगमा बूढीगंगा वार्ड नम्बर ४ मा अवस्थित सरस्वती आधारभूत स्कुलमा भएको एकदिने निःशुल्क स्वाथ्य शिविरबाट ३ सय जनाभन्दा बढीले स्वास्थ्य चेकजाँच गरेका हुन् ।

बूढीगंगा गाउँपालिकाका अध्यक्ष जितनारायण थापामगरले उद्घाटन गरेको शिविरमा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका वरिष्ठ मुटुरोग विशेषज्ञ प्रा.डा. सन्जीवकुमार शर्माले निःशुल्क स्वास्थ्य शिविरबाट इको, फोक्सो, इसिजी र सुगर टेस्टलगायतका स्वास्थ्य उपचारमा सहयोग पु¥याएको नोना कोइराला स्मृति प्रतिष्ठानका महासचिव अमित श्रीवास्तवले जानकारी दिए । श्रीवास्तवका अनुसार उक्त शिविरमा निःशुल्क औषधिसमेत वितरण गरिएको थियो । नोना कोइराला स्मृति प्रतिष्ठानकी अध्यक्ष पुनम कोइराला, वडा नं. ४ का अध्यक्ष शशीकान्त चौधरीलगायतको उपस्थितिमा भएको शिविरमा विभिन्न स्वास्थ्य जाँच गरिएको थियो ।

नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले आफ्नी आमाको नाममा बूढीगंगा गाउँपालिकाका प्रत्येक वडामा निःशुल्क स्वास्थ्य शिविर आयोजना गर्दै आएको अध्यक्ष थापामगरले बताए । अध्यक्ष थापामगरका अनुसार प्रत्येक महिना यस गाउँपालिकाका ७ सय भन्दा बढी मानिसले स्वास्थ्य उपचार पाइराखेका छन् । 

शिविरमा २ जना मुटुका जटिल बिरामी पत्ता लागेर उनीलाई काठमाडौं पठाइएको छ । बूढीगंगा गाउँपालिकाभित्र बसोबास गर्ने दलित, विपन्न र पछाडि परेका समुदायलाई लक्षित गरेर स्वास्थ्य शिविर आयोजना गरिएको महासचिव श्रीवास्तवले जानकारी दिए । प्रतिष्ठानले स्वास्थ्य शिविरका साथै विभिन्न सामाजिक कार्य गर्दै आएको अध्यक्ष कोइरालाले बताइन् ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.