बिराटनगर माघ २ गते |मोरङ बिराटनगर महानगरपालिका वडा नं।११ स्थितमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले प्लाष्टिकको बोरा भित्र प्याक गरी मोटरसाइकल र लोड गरी सडक किनारमा बेवारिसे अवस्थामा १०० थान मोट्रर्स पार्टस अन्दाजी मुल्य रू। ४०,००० (चालिस हजार)मुल्य बरारकोको सामनहरु फेला पारी नियन्त्रणमा लिई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि भन्सार कार्यालय रानी पठाइएको छ।
२०८१।१०।०१ गते जिल्ला मोरङ विराटनगर महानगरपालिका वडा नं। ४ बरगाछी स्थितमा रहेको रन्जित साहको घरबाट विलविजक नभएको अवैध औषधीहरू लुकाई छिपाई राखिएको अवस्थामा जम्मा मुल्य रू। ६,५५,००० (छ लाख पच्पन्न हजार) मुल्य वरावरको ६५५ वटा बट्टा औषधीहरु जिल्ला प्रहरी कार्यालय मोरङबाट खटि गएको प्रहरी टोलीले फेला पारी नियन्त्रणमा लिई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि भन्सार कार्यालय रानी पठाइएको व्यहोरा सूचित गरिन्छ ।
Post a Comment